गण्डकी

नेकपा निकट मजदुर संगठनले बुझायो महानगरलाई १ करोड ५३ लाखमा बनेको भवनसहित ४ रोपनी जग्गा

सन्देश श्रेष्ठपोखरा, जेठ ९ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट मजदुर संगठनले दुईतले भवनसहित ४ रोपनी जमिन पोखरा महानगरपालिकालाई बुझाएको छ । नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले २०६७ सालदेखि उपयोग गर्दै आएको सो भवन र जमिन शनिबार महानगरलाई फिर्ता गरेको हो । कार्यक्रममा महासंघ गण्डकी प्रदेश अध्यक्ष रुद्र गौतमले पोखरा उपत्यका नगर विकास समितिका अध्यक्षसमेत रहेका पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई भवनको चावीसहित जमिनको कागजात हस्तान्तरण गरे । पोखरा उपत्यका नगर विकास समितिको स्वामित्वमा रहेको पोखरा पृथ्वीचोकस्थित यातायात कार्यालय… पुरा पढौ

पोखरा बसपार्क क्षेत्रका सटर कवल हटाउन नगर विकास समितिको १५ दिने अल्टिमेटम

पोखरा उपत्यका नगर विकास समितिले समितिको स्वामित्वमा निर्माण भएका सटर कवल संरचना हटाउन सुचना जारी गरेको छ । शनिबार सुचना जारी गदै नगर विकास समितिले पोखरा बसपार्क क्षेत्र,पोखरा घरदेखि सेतीपुलसम्म,पृथ्वी राजमार्गको दक्षिण, एयरपोर्ट देखि उत्तर र पुर्वमा सेती नदीका क्षेत्रमा पसल कवल सहितका सम्पुर्ण संरचना १५ दिनभित्र संरचना हटाउन व्यवसायीलाई निर्देशन दिएको छ ।समितिले संरचना हटाउन अटेर गरेमा आफैले हटाउने र हटाउँदा लागेको खर्च सम्बन्धित व्यक्ति वा संस्थासँग असुल उपर गरिने जनाएको छ ।उसले बसपार्क निर्माण प्रक्रियामा सहजिकरण गरिदिन पनि… पुरा पढौ

विद्यार्थीलाई हिमालय क्लवको सहयोग

पोखरा महानगरपालिका वडा नं. १६ को गर्लाङमा रहेका सरकारी विद्यालयका विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान गरिएको छ । पोखराको अग्रणी सामाजिक संस्था हिमालय क्लव, बाटुलेचौरले एक कार्यक्रमको आयोजना गरी त्यस क्षेत्रका तीनवटा विद्यालयका विपन्न तर जेहेन्दार २५ जना विद्यार्थीलाई स्टेशनरी सामाग्री प्रदान गरिएको क्लवले जनाएको छ । सो सामाग्री वडा सदस्य राजकुमारी बानियाँ,क्लवका मानार्थ सदस्य बेनीबहादुर बस्नेत, सल्लाहकार दुर्गा केसी थापा र क्लवका पुर्व अध्यक्ष सुशील बस्नेतले हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै क्लवका अध्यक्ष मोहनबहादुर थापाले विपन्नता कै कारण कुनै पनि… पुरा पढौ

यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका युवाको भिरबाट लडेर मृत्यु

यार्सागुम्बा सङ्कलन गर्न गएका गोरखाका एक जना युवाको भिरबाट लडेर मृत्यु भएको छ । आफ्ना दाजुभाइसँग यार्सा टिप्न गएका चुमनुब्री गाउँपालिका–३ पाङसिङका २५ वर्षीय प्रकाश गुरुङको भिरबाट लडेर मृत्यु भएको हो । बुद्ध हिमालको फेदबाट यार्सागुम्बा सङ्कलन गरेर फर्कने क्रममा गत बुधबार भिरबाट लडेर मृत्यु भएको वडासदस्य विकास गुरुङले जानकारी दिए । प्रकाशको शव गाउँमा ल्याएर शुक्रबार गुरुङ परम्पराअनुसार अन्त्येष्टि गरिएको उनले बताए । “आफ्नै चार दाजुभाई यार्सागुम्बा टिप्न गएका थिए । प्रकाश अघिअघि हिँडेका रहेछन्”, वडासदस्य गुरुङले भने ,… पुरा पढौ

अखिल नेपाल ट्रेड युनियन महासंघको भवन, नगर विकास समितिलाई हस्तान्तरण

अखिल नेपाल ट्रेड युनियन महासंघ गण्डकीले प्रयोग गर्दै आईरहेको भवन पोखरा उपत्यका नगर विकास समितिलाई हस्तान्तरण गरेको छ । नगर विकास समितिको जग्गामा बनेको पक्की भवन शनिबार एक कार्यक्रमका बिच महासंघ गण्डकीका अध्यक्ष रुद्र गौतमले नगर विकास समितिका अध्यक्ष समेत रहेका नगर प्रमुख धनराज आचार्यलाई हस्तान्तरण गरे । आचार्यलाई भवनको साँचो बुझाएसँगै महासंघले उक्त स्थान खाली गरेको छ। कार्यक्रममा नगर प्रमुख आचार्यले जग्गा उपभोग गरिरहेका संघ, संस्थाका प्रतिनिधिहरु, जनप्रतिनिधिहरु सहित सरोकारवालाहरु विचको छलफल र सहमतिबाट उपर्युक्त कार्य सफल भएको बताए… पुरा पढौ

मुस्ताङको लोमान्थाङमा नेपाल–चीन सुरक्षा समन्वय बैठक

नेपाल चीन सीमा सुरक्षा समन्वयात्मक बैठक शुक्रबार उपल्लो मुस्ताङको लोमान्थाङमा सम्पन्न भएको छ । चीनको तिब्बतस्थित झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरो र नेपालका तर्फबाट मुस्ताङका स्थानीय सुरक्षा अधिकारी तथा जनप्रतिनिधिहरुबीच उपल्लो मुस्ताङको लोमान्थाङमा संयुक्त सीमा सुरक्षासम्बन्धी समन्वयात्मक बैठक बसेको हो । बैठकमा झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा ब्युरोका आठ जना चिनियाँ प्रतिनिधिमण्डलको सहभागी थियो । चिनियाँ प्रतिनिधिमण्डलमा झोङ्बा काउन्टीका जनसरकारका उपकाउन्टी प्रमुख डुन्जु युजिए, सुरक्षा ब्युरोका निर्देशक लोयिङ, काउन्टीका सुरक्षा ब्युरोका वैदेशिक सम्पर्क अधिकृत सिरेन झाशी र झोङ्बा काउन्टी सार्वजनिक सुरक्षा… पुरा पढौ

कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः केसी

कालिका बहुमुखी क्याम्पसको अध्यक्षमा पुनः किरण के.सी चयन भएका छन् । शुक्रबार सम्पन्न भेलाले केसीको अध्यक्षतामा १३ सदस्यीय संचालक समिति गठन गरेको हो ।समितिको उपाध्यक्षमा बोध बहादुर कार्की , सदस्यहरुमा भिमसेन थापा जे वी कुवर, प्रेम कार्की , ई.महेश कार्की, विमल बहादुर कार्की , वीर बहादुर बुढाथोकी , बन्दना के सी कार्की, कमल बहादुर वस्नेत, मिन बहादुर गिरी, किरण अधिकारी अधिबक्ता विरन्द्र के सी सर्व सम्मत चयन भएको निर्वाचन समिति संयोजक कृष्ण बहादुर थापाले जानकारी दिए । नवनियुक्त अध्यक्ष के… पुरा पढौ

मालेपाटनमा ज्येष्ठ नागरिकका लागि मैत्रीपूर्ण फुटबल प्रतियोगिता हुने

पोखरा महानगरपालिका वडा नं.५ मा ज्येष्ठ नागरिकहरूलाई लक्षित गर्दै ‘ज्येष्ठ नागरिक वाकिङ फुटबल खेल तथा मैत्रीपूर्ण कार्यक्रम २०८३’ आयोजना गर्ने भएको छ । ‘स्वस्थ शरीर, सक्रिय जीवन र भाइचारा हाम्रो अभियान’ भन्ने मूल नारासहित यहीजेठ ९ गते शनिबार मालेपाटनमा प्रतियोगिता आयोजना गर्न लागिएको आयोजकले जनाएको छ । प्रतियोगिताको सम्पूर्ण तयारी पूरा भएको बताइएको छ । प्रतियोगिता पोखरा महानगरपालिका वडा नम्बर ५ को प्रवर्द्धन तथा ज्येष्ठ नागरिक मैत्रीपूर्ण फुटबल खेल समितिको आयोजनामा हुन लागेको हो । प्रतियोगिता संयोजक डा सरोज कोइरालाका… पुरा पढौ

सार्वजनिक जग्गामा बनेको संरचना हटाउने अभियान : नेकपा निकट मजदुर संगठनले भत्काउँदा एमाले, कांग्रेस निकट अन्यौलमा

सन्देश श्रेष्ठपोखरा, जेठ ८ नेपाली कम्युनिष्ट पार्टी (नेकपा) निकट मजदुर संगठनले सार्वजनिक जग्गामा बनेको आफ्नो संरचना भत्काएको छ । महानगरपालिकाले फिर्केखोला, पोखरा बसपार्कलगायतका क्षेत्रमा बनेका अतिक्रमित संरचना भत्काउन ताकेता गर्दै सार्वजनिक सूचना निकालेपछि नेकपा निकट अखिल नेपाल ट्रेड युनियन महासंघले पोखरा पृथ्वीचोकस्थित यातायात कार्यालयको अगाडि पट्टी रहेको आफ्नो संरचना डोजर लगाएर भत्काएको हो । पोखरा महानगरपालिकाले सार्वजनिक जग्गा संरक्षण गर्ने भन्दै फिर्केखोला, पोखरा बसपार्कलगायतका क्षेत्रमा बनेका अतिक्रमित संरचना भत्काउन पहिलो पटक ३५ दिने सूचना निकालेको थियो । सूचनाको म्याद सकिन… पुरा पढौ

कालीगण्डकी करिडोर: अलपत्र बनेको कोवाङ–जोमसोम सडकको सम्झौता तोडियो

चीन र भारत जोड्ने कालीगण्डकी करिडोरको बेनी–जोमसोम–कोरला सडकअन्तर्गत कोवाङ–जोमसोम खण्डको ठेकेदारसँगको ठेक्का सम्झौता तोडिएको छ । मुस्ताङको थासाङ गाउँपालिकाको कोवाङ खन्तिदेखि टुकुचे, मार्फा हुँदै जिल्ला सदरमुकाम जोमसोम बजार जोड्ने १७ किलोमिटर दूरीको सडक नौ वर्षदेखि अलपत्र बनाएको निर्माण कम्पनीसँगको सम्झौता तोडिएको बेनी–जोमसोम–कोरला सडक योजना कार्यालयले आज सार्वजनिक सूचनामार्फत जानकारी गराएको हो । योजना प्रमुख तेजस्वी शर्माले दुई वर्षमा सम्पन्न गर्नुपर्ने काम सातपटक म्याद थप गर्दा पनि नसकेको निर्माण कम्पनी पप्पु–गौरी पार्वती कोशी एन्ड न्यौपानेसँगको ठेक्का तोडेर अधुरो काम पूरा गर्न… पुरा पढौ