गण्डकी

गण्डकीका सचिवले भने : बलात्कारीलाई फासीको सजाय दिने व्यवस्था गरियोस्

सन्देश श्रेष्ठपोखरा, जेठ २० गण्डकी प्रदेशका एक सचिवले बलात्कारीलाई फासीको सजाय गर्ने व्यवस्था गर्न माग गरेका छन् । गण्डकी प्रदेश सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयसँगको सहकार्यमा संघीय सरकार महिला, बालबालिका, लैंगिक तथा यौनिक अल्पसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयको आयोजनामा बुधबार पोखरामा आयोजित ‘लैंगिक समानता नीतिलगायत मन्त्रालयबाट सञ्चालित कार्यक्रमहरुको अभिमुखीकरण’ कार्यक्रममा बोल्दै गण्डकी प्रदेश सरकार सामाजिक विकास, युवा तथा खेलकुद मन्त्रालयका सचिव शेषनारायण पौडेलले नेपालमा बलात्कारीलाई फासीको सजाय हुने व्यवस्था गर्न माग गरेका हुन् । नेपालमा कुनै पनि अपराध गर्नेलाई… पुरा पढौ

एमालेको राष्ट्रिय कार्यशाला सुरु, सरकारलाई उत्ताउलो नबन्न अध्यक्ष ओलीको सुझाव

नेकपा एमालेको ‘सदस्यता नवीकरण तथा विस्तार उत्प्रेरणा’ सम्बन्धी दुईदिने राष्ट्रिय कार्यशाला काठमाडौंमा सुरु भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले कार्यशाला उदघाटन गरेका छन् ।२१ फागुनको प्रतिनिधि सभा निर्वाचनपछि ओली आज पहिलोपटक सार्वजनिक कार्यक्रममा देखिएका हुन् । कार्यशालालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारलाई उत्ताउलिएर धेरै अघि नबढ्न चेतावनी दिएका छन्। उनले सरकार पूर्वाग्रही ढङ्गले अघि बढेको आरोप लगाए ।विभिन्न राजनीतिक शक्तिहरूको भूमिका, उनीहरूका गतिविधि तथा पछिल्लो राजनीतिक घटनाक्रमलाई सही ढङ्गले बुझ्नुपर्ने आवश्यकता रहेको बताए । वर्तमान परिस्थितिको गहिरो समीक्षा… पुरा पढौ

पोखरा–दुबई दैनिक हवाई उडान भर्न फ्लाइ दुबई इच्छुक, उपाध्यक्ष लुकाजसहितको टोलीको निरिक्षण

विश्वको प्रमुख हवाई सेवा प्रदायक कम्पनी फ्लाइ दुबई पोखरा–दुबई दैनिक सिधा उडान सञ्चालन गर्न सकरात्मक देखिएको छ । फ्लाइ दुबईका उड्डयन सुरक्षा उपाध्यक्ष एड्रियन लुकाजसहितको प्राविधिक टोलीले विमानस्थलको स्थलगत निरीक्षण तथा प्राविधिक छलफल पछि दैनिक सिधा उडान सञ्चालन गर्न इच्छुक रहेको बताईएको छ। टोलीले विमानस्थलका महाप्रबन्धक जगन्नाथ निरौला तथा प्राविधिक टोलीसँग करिब ६ घण्टा छलफल गर्दै धावनमार्ग, सुरक्षा प्रणाली, प्राविधिक पूर्वाधार र उडान सञ्चालनसँग सम्बन्धित पक्षको अध्ययन गरेको थियो।अध्ययनपछि टोलीले पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यसँग भेटवार्ता गरेको छ ।सो क्रममा… पुरा पढौ

तनहुँ जलविद्युत् आयोजनाको मुख्य बाँध ५० प्रतिशत पूरा

तनहुँको ऋषिङ गाउँपालिकामा निर्माणाधीन तनहुँ जलविद्युत् आयोजनाको प्याकेज–१ अन्तर्गत निर्माण भइरहेको १४० मिटर अग्लो मुख्य बाँधको निर्माण ५० प्रतिशत सकिएको छ । आयोजना २०८१ साल चैत ७ गतेदेखि सुरु भएको हो । आयोजना प्रमुख श्यामजी भण्डारीका अनुसार बाँध निर्माणका लागि कुल आठ लाख ५० हजार घनमिटर कङ्क्रिट गर्नुपर्नेमा हालसम्म चार लाख २४ हजार १२० घनमिटर कङ्क्रिट गरिएको छ । एक सय ४० मिटर उचाइको यो बाँध निर्माण सम्पन्न भएपछि तनहुँ जलविद्युत् आयोजना नेपालको ऊर्जा क्षेत्रमा महत्वपूर्ण उपलब्धिका रूपमा स्थापित हुने… पुरा पढौ

गण्डकीको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता

सन्देश श्रेष्ठपोखरा, जेठ १९ गण्डकी प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको हो । गण्डकी प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउन सक्षम बनाउने महत्वकांक्षी नीति लिइएको छ । गण्डकी प्रदेश सरकारले युवालाई हाल रोजगारी नपाएर बेरोजगार भइरहेको तथा कयौं युवाहरु वैदेशिक… पुरा पढौ

गण्डकी सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने

पोखरा, जेठ १९ गण्डकी प्रदेश सरकारले विद्युतीय सवारी साधनलाई प्रोत्साहन गर्ने नीति अवलम्वन गर्ने भएको छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम वाचन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले गण्डकी प्रदेशका सार्वजनिक सवारी साधनलाई विद्युतीय सवारी साधनमा रुपान्तरण गर्ने नीति लिने बताएका हुन् । त्यसका लागि प्रदेश सरकारले प्रोत्साहन गर्ने उनले उल्लेख गरे । नीति तथा कार्यक्रम वाचन गर्दै भट्टले भने,‘सार्वजनिक सवारी साधनलाई क्रमशः विद्युतीय सवारीसाधनमा रुपान्तरण गर्न विशेष प्रोत्साहन गरिनेछ । पोखरामा सञ्चालित सार्वजनिक… पुरा पढौ

गण्डकी सरकारको घोषणा : युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम

पोखरा, जेठ १९ गण्डकी प्रदेश सरकारले युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउन सक्षम बनाउने महत्वकांक्षी नीति लिएको छ । हाल रोजगारी नपाएर बेरोजगार भइरहेको तथा कयौं युवाहरु वैदेशिक रोजगारीका लागि विदेश पलायन भइरहेका बेला गण्डकी सरकारले ती युवालाई स्वदेशमै रोक्नका लागि यस्तो महत्वकांक्षी योजना ल्याएको हो । यद्वपी त्यसका लागि बजेटले कस्तो सम्बोधन गर्छ भन्नेले यसमा निर्भर रहन्छ । गण्डकी प्रदेश सरकारको आर्थिक वर्ष २०८३/८४ को नीति तथा कार्यक्रम वाचन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले भने,‘अबको… पुरा पढौ

गण्डकीको नीति तथा कार्यक्रम : गण्डकीलाई खेल पर्यटन गन्तव्यको रुपमा विकास गरिने

पोखरा, जेठ १९ गण्डकी प्रदेशलाई खेल पर्यटन गन्तव्यको रुपमा विकास गरिने भएको छ । गण्डकी प्रदेश सरकारले आर्थिक वर्ष २०८३÷८४ को लागि मंगलबार ल्याएको नीति तथा कार्यक्रममा गण्डकीलाई खेल पर्यटनको गन्तव्यको रुपमा विकास गर्ने उल्लेख गरेको हो । गण्डकीको नीति तथा कार्यक्रम वाचन गर्दै गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले भने,‘साहसिक एवम् उच्च उचाई खेलकुदको विकास र बिस्तार गर्दै गण्डकी प्रदेशलार्ई खेल पर्यटनको गन्तव्यको रुपमा विकास गरिनेछ ।’ यसअघि हालसम्मका कुनै पनि सरकारले ल्याएको नीति तथा कार्यक्रममा खेल पर्यटनको विषय सम्बोधन… पुरा पढौ

अन्नपूर्ण आधार शिविरमा ८ विदेशीसहित ५३ धावक

अन्नपूर्ण आरोहण दिवसका अवसरमा यही जेठ २० गते कास्कीको अन्नपूर्ण आधार शिविरदेखि घान्द्रुकसम्म हुने छैटौँ संस्करणको अन्नपूर्ण म्याराथनको सम्पूर्ण तयारी पूरा भएको छ । अन्नपूर्ण प्रथमको महिमा र गरिमालाई उजागर गर्न विस २०७५ देखि प्रत्येक वर्ष अन्नपूर्ण म्याराथन गरिदैं आएको छ ।अन्नपूर्ण सेन्चुरी पर्यटन समितिले छैटौँ संस्करणको म्याराथनको सम्पूर्ण तयारी पूरा भएको समितिका अध्यक्ष एवं म्याराथन संयोजक ललित गुरुङले जानकारी दिए । म्याराथनका लागि १८ वर्षदेखि ६९ उमेर समूहका आठ जना विदेशी र ४५ जना स्वदेशी धावकको सहभागी रहने छ… पुरा पढौ

विपक्षीको विरोधपछि प्रतिनिधिसभाको बैठक २५ गतेसम्मका लागि स्थगित

प्रतिनिधिसभाको आजको बैठकमा प्रतिपक्षी दलहरुले लगातार विरोध जनाएपछि बैठक सोमबारसम्मका लागि स्थगित भएको छ । निर्धारित समयभन्दा तीन घण्टा ढिलो गरेर सुरु भएको बैठकमा प्रमुख प्रतिपक्षीलगायतका विपक्षी दलले राष्ट्रियता, सार्वभौमसत्ता र अखण्डताका विषयमा कुनै पनि सम्झौता हुन नसक्ने उल्लेख गर्दै प्रधानमन्त्रीले आफ्नो धारणा फिर्ता लिनुपर्ने धारणा राखेका थिए । सभामुख डोलप्रसाद अर्यालले विपक्षी दलहरुलाई कार्यसूचीमा प्रवेश गरेर सहयोग गर्न पटकपटक आग्रह गरेका थिए । बजेटलगायतका महत्वपूर्ण विषयमा छलफल गर्नुपर्ने भएकाले आसनग्रहण गरी बैठक सञ्चालनमा सहयोग गर्न उनले अनुरोध गरे ।… पुरा पढौ