गण्डकी

मे महिनामा भित्रिए एक लाखभन्दा बढी विदेशी पर्यटक

सन् २०२६ को मे महिनामा एक लाखभन्दा बढी विदेशी पर्यटक नेपाल भित्रिएका छन् । नेपाल पर्यटन बोर्डले दिएको जानकारीअनुसार मेमा एक लाख दुई हजार ६२६ विदेशी पर्यटक नेपाल भित्रिएका हुन् । उक्त सङ्ख्या गत वर्षको तुलनामा १९ प्रतिशतले बढी हो । बोर्डका अनुसार गत वर्षको मे महिनामा ८६ हजार २१६ पर्यटक नेपाल आएका थिए । कोरोना महामारी अगाडि सन् २०१९ को मे महिनामा ७८ हजार ३२९ विदेशी नेपाल घुम्न आएका थिए ।मे महिनामा नेपाल आउने पर्यटकमध्ये सबैभन्दा बढी छिमेकी मुलुक… पुरा पढौ

भूमि समस्या समाधान आयोगको अध्यक्षमा कास्कीका बास्तोला नियुक्त

सरकारले भूमि समस्या समाधान आयोगको अध्यक्षमा कास्कीका बलभद्र बास्तोलालाई नियुक्त गर्ने निर्णय गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले आयोगको रिक्त पदहरूमा नयाँ नियुक्ति गर्दै बास्तोलालाई अध्यक्षको जिम्मेवारी दिएको हो । आयोगका सदस्यहरूमा काठमाडौँका अमिर प्रसाद न्यौपाने, लमजुङकी पद्मनिती सोती र काठमाडौँकी डा. रोना श्रेष्ठलाई नियुक्ति गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए । सरकारले आयोगका रिक्त पदहरूमा नियुक्ति गर्दै भूमिहीन, सुकुम्बासी तथा अव्यवस्थित बसोबासीहरूको समस्या समाधानका लागि आयोगको कामलाई थप प्रभावकारी बनाउने अपेक्षा गरेको छ। बैठकले युनाइटेड… पुरा पढौ

सगरमाथा आरोही परियारसहित बिभिन्न व्यक्ति सम्मानित

पोखरा महानगरपालिका वडा नं. १९ ले सगरमाथा आरोहीसहित शैक्षिक क्षेत्रका बिभिन्न व्यक्तिलाई सम्मान गरेको छ । मंगलबार आयोजित कार्यक्रममा पोखरा १९ पुरञ्चौर घर भई हाल अमेरिकामा बस्दै आएका सगरमाथा आरोही अमृत परियार सम्मानित भएका छन् । जातिय छुवाछुत, महिला हिंसा र बलात्कार विरुद्धको अभियान चलाइरहेका परियारले सो आवाज विश्वको सर्वोच्च शिखर सगरमाथाबाट पनि विश्वभर पुर्याएका छन् । उनले चालेको अभियान र सफलताको प्रशंसा गदै वडाका तर्फबाट नागरिक सम्मान गरिएको वडा सदस्य विकासकुमार आचार्यले जानकारी दिए । उनलाई वडाध्यक्ष पुष्पेन्द्र पाण्डेले… पुरा पढौ

मध्यपहाडी लोकमार्गको वैकल्पिक ‘पाखुट्टे—ढाँड’ सडक ‘ग्राभेलिङ’

राष्ट्रिय गौरवको आयोजना मध्यपहाडी लोकमार्गको वैकल्पिक सडक स्तरोन्नति गरिएको छ । बागलुङको निसीखोला गाउँपालिका–४ झिम्पाखोलादेखि वडा नं ५ ढाँडसम्मको सडक स्तरोन्नति गरिएको हो । विसं २०७३ मा ट्रयाक खुलेको उक्त सडक चालु आर्थिक वर्षमा सङ्घीय सरकार र निसीखोला गाउँपालिकाको रु एक÷एक करोड गरी रु दुई करोडमा स्तरोन्नति गरिएको हो ।यस वर्ष चार किलोमिटर ग्राभेल, ढलान, नाली निर्माण, फराकिलो बनाउने र ग्याविन लगाउने काम गरिएको गाउँपालिकाका सूचना अधिकारी डिलाराम बाँठा मगरले जानकारी दिए । आगामी असार १५ गतेसम्म काम सक्ने गरी… पुरा पढौ

अपुरा आयोजनालाई प्राथमिकता दिन जिसस कास्कीको सुझाव

जिल्ला समन्वय समिति कास्कीले जिल्ला भित्र प्रदेश सरकार मातहत संचालित अधुरा आयोजनालाई राखी बजेट निर्माण गर्न प्रदेश सरकारलार्इ सिफारिस गर्ने निर्णय गरेको छ । समितिको सोमबार सम्पन्न ४९ औ बिशेष बैठकले सो निर्णय गरेको हो । गण्डकी प्रदेश सरकारले प्रारम्भ गरेका सडक निर्माण कार्यमा वहुवर्षिय योजनामा समावेश गरि केहि निर्माण कार्य पुरा भएका तर कार्य पुरा नगरी त्यसै अलपत्र छोडिएका १४ वटा बहुबर्षीय सडक आयोजना रहेको जिल्ला समन्वय समिति कास्कीका प्रमुख लिलाधर पौडेलले जानकारी दिए । पौडेलका अनुसार आगामी आर्थिक… पुरा पढौ

फेवातालमा डुंगा दौड प्रतियोगिता:पुरुषतर्फ मत्स्य सहकारी र महिलातर्फ पहारीघाट प्रथम

फेवा डुंगा व्यवसायी संगठनको आयोजनामा फेवातालमा तेश्रो संस्करणको पुरुष तथा महिला खुला डुंगा दौड प्रतियोगिता सम्पन्न भएको छ । नेपाल पर्यटन बोर्ड, गण्डकीको प्रवद्र्धनमा भएको प्रतियोगितामा पुरुषतर्फ कुमार जलारी, गणेश जलारी र कृष्ण जलरी सम्मिलित हर्पण मत्स्य सहकारी संस्था प्रथम, टेकबहादुर जलारी, राजु जलारी र राजेन्द्र जलारी सम्मिलित हर्पन मत्स्य सहकारी संस्थाकै अर्को टोलीले दोस्रो, कपिल चौधरी, सुन्दर आले र सुदर्शन सम्मिलित बाराहीघाट समूहले तेस्रो तथा विशाल श्रेष्ठ, चित्र मगर र चन्द्र माझी सम्मिलित समूहले सान्त्वना स्थान हासिल गर्यो ।… पुरा पढौ

पोखराभित्र कृषि कार्यमा प्रयोग हुने ट्याक्टर जोताईको सेवा शुल्क निर्धारण (पत्रसहित)

पोखरा महानगरपालिकाले ट्याक्टर जोताईको सेवा शुल्क निर्धारण गरेको छ । खेती गर्ने समय नजिकिदै आउँदा महानगरपालिकाले एक सुचना जारी गरि महानगरभित्र कृषि कार्यमा प्रयोग हुने ठुलो ट्याक्टर तथा मिनीटिलरको भाडादर कायम गरेको हो ।सार्वजनिक गरिएको भाडादरमा ठुलो ट्याक्टर प्रति ३० मिनेट भन्दा माथि भएमा घण्टा ३ हजार ४ सय र ३० मिनेट भन्दा कम संचालन भएको खण्डमा प्रति मिनेट ६० रुपैयाँ कायम गरिएको छ । त्यस्तै मिनीटिलरको प्रयोगमा भने दुई थरी दर कायम गरिएको छ । अनुदान प्राप्त भएका प्रतिघण्टा… पुरा पढौ

पृथ्वीचोकको सेती पुल निर्माण : मुआब्जा लिन बाँकी दुई घरले नमाने बल प्रयोग गरेर हटाईने

निर्माणाधीन सेती पुल : ६० प्रतिशत भौतिक प्रगति
सन्देश श्रेष्ठपोखरा, जेठ १८ पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पोखराको पृथ्वीचोकस्थित सेती नदीमा बनिरहेको पुलको अवलोकन गरेका छन् । पोखरा–मुग्लिङ राजमार्ग सुधार चरण–१ योजना अन्तर्गत सेती नदीमा बनिरहेको पुलको भौतिक प्रगति बुझ्न सोमबार मन्त्री लम्साल अवलोकनका लागि पुगेका हुन् । उनीसँगै पर्यटन मन्त्री गनेस पौडेलसमेत पुगेका थिए । पोखरा भित्रिने नाकाको प्रवेश द्वार मानिने यो पुल ३ वर्ष भित्रमा निर्माण सम्पन्न गर्नेगरी २०७९ साल साउन २६ गते सम्झौता भएको थियो । तर चीनबाट भौतिक सामग्री र जनशक्ति ल्याउन कठिनाई भएको… पुरा पढौ

मेची महाकाली उद्धार यात्रा जारी, एक सय ५९ सडक मानवको उद्धार

मानवसेवा आश्रम र आनीछोइङ डोल्मा फाउन्डेसनले संयुक्त रुपमा सुरु गरेको ‘मेची–महाकाली राष्ट्रिय उद्धार यात्रा’अन्तर्गत हालसम्म १५९ जना सडक मानवको उद्धार गरिएको छ । गत वैशाख २७ गते पूर्वको मेचीपुलदेखि सुरु भएको उद्धार यात्रा गण्डकी प्रदेशका विभिन्न जिल्ला हुँदै अहिले सिन्धुपाल्चोक पुगेको मानवसेवा आश्रमका केन्द्रीय महासचिव सुशीला केसीले जानकारी दिईन् । “सातै प्रदेशमा उद्धार यात्राको टोली पुगेको छ, यही जेठ २१ गतेसम्म उद्धार यात्रा जारी रहन्छ, जेठ २२ गते काठमाडौँको राष्ट्रिय सभागृहमा समापन हुनेछ”, उनले भनिन, “यस अभियानका क्रममा उद्धार गरिएका… पुरा पढौ

बालबालिकामाथि अनलाइन दुर्व्यवहार बढ्दो

पोखरा, १७ जेठ । नेपालमा इन्टरनेट प्रयोग गर्ने किशोर–किशोरीको संख्या बढेसँगै अनलाइन दुर्व्यवहारको जोखिम पनि बढ्दै गएको तथ्याङ्क सार्वजनिक भएको छ। भ्वाइस अफ चिल्ड्रेनले पोखरामा आयोजना गरेको ‘बालअधिकार प्रवर्द्धन र अनलाइन बालयौन दुर्व्यवहार रोकथाममा सञ्चारकर्मीको भूमिका’ विषयक अन्तरक्रिया कार्यक्रममा प्रस्तुत अध्ययन तथा सरकारी तथ्याङ्कले बालबालिका अनलाइन यौनजन्य सन्देश, अश्लील सामग्री र विभिन्न प्रकारका साइबर दुर्व्यवहारको जोखिममा रहेको देखाएको हो। कार्यक्रममा भ्वाइस अफ चिल्ड्रेनका उपनिर्देशक राजु घिमिरेले सन् २०२३ मा १३ देखि १८ वर्ष उमेर समूहका ५१४ जना बालबालिकामाथि गरिएको अध्ययनका… पुरा पढौ