राष्ट्रपतिको स्वास्थ्यमा सुधार
मंसिर २१ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा सुधार आएको छ । प्रोस्टेटसम्बन्धी उपचारका लागि त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना हुनुभएका उनको यही मङ्सिर १९ गते शल्यक्रिया भएको थियो । अस्पतालका निमित्त कार्यकारी निर्देशक प्राडा घनश्याम गुरुङद्वारा जारी विज्ञप्तिमा राष्ट्रपति पौडेलको स्वास्थ्यमा सुधार आएको उल्लेख छ । रासस
पुरा पढौ
म्याग्दीमा आठ स्थानमा स्वास्थ्य चौकीका भवन निर्माण
म्याग्दी । म्याग्दी जिल्लाका विभिन्न स्थानमा रु १० करोड ४७ लाख लागतमा आठवटा स्वास्थ्य चौकी भवन निर्माण भएका छन् । बेनी नगरपालिका, धवलागिरि, मङ्गला, अन्नपूर्ण गाउँपालिकामा एक–एक, मालिका र रघुगङ्गा गाउँपालिकामा दुई–दुईवटा स्वास्थ्य चौकी भवन निर्माण भएका हुन् । बेनी नगरपालिका–३ भकिम्लीमा रु ५० लाखमा सभाहलसहित पाँचकोठे एकतले स्वास्थ्य चौकीको पक्की भवन निर्माण भएको वडाध्यक्ष पदमबहादुर पुनले बताए । रघुगङ्गा गाउँपालिका–४ दग्नाममा सहरी विकास मन्त्रालयको रु एक करोड ५९ लाख र वडा नम्बर ७ चिमखोलामा रु एक करोड ६७ लाख…
पुरा पढौ
नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्धः मन्त्री पौडेल
मंसिर १९ काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री प्रदीप पौडेलले नेपाल पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि प्रतिबद्ध रहेको उल्लेख गर्दै यसका लागि देशव्यापी खोप कार्यक्रम कार्यान्वयनको चरणमा रहेको बताएका छन् । इन्डोनेसियाको बालीमा आयोजित विश्वव्यापी खोप सहकार्य गाभीको बैठकमा सम्बोधन गर्दै मन्त्री पौडेलले पाठेघरको मुखको क्यान्सर नियन्त्रणका लागि नेपालले आगामी माघ २२ गतेदेखि दुई सातासम्म किशोरीहरुलाई खोप अभियान सञ्चालन गर्न लागेको जानकारी दिए । “यो खोप अभियान नेपालका लागि मात्र होइन सर्भाइकल क्यान्सर अन्त्यको वैश्विक रणनीतिमा महत्वपूर्ण उपलब्धि हुनेछ”, मन्त्री…
पुरा पढौ
२४ औं स्थापना दिवसको अवसरमा कास्की बचत तथा ऋण सहकारी संधको रक्तदान कार्यक्रम
पोखरा । कास्की बचत तथा ऋण सहकारी संधको २४ औं स्थापना दिवसको अवसरमा आइतवार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३४ युनिट रगत संकलन भएको छ । संधको आयोजन र रक्तसञ्चार केन्द्र पोखराको प्रविधिक सहयोगमा आयोजित कार्यक्रममा सहकारी रजिष्ट्रारको कार्यलय गण्डकी प्रदेशका रजिष्ट्रार भेषराज रिजालले संस्थापक अध्यक्ष नारायण शर्मा र सधंका राष्ट्रिय प्रतिनिधि बर्षा केशव पराजुलीलाई वल्ड व्याग हस्तान्तरण गरि उद्धघाटन गरे । रिजालले सहकारी मुल्य मन्यता र सिद्धान्त मुताविक सहकारी ऐन नियमवली अनुसार संस्था सञ्चालन गर्नुपर्नेमा जोडदिनु भयो । नियमविपरित सञ्चालनमा…
पुरा पढौ
सन्दर्भ विश्व एड्स दिवस : नेपालमा ९१ प्रतिशतले एचआइभी सङ्क्रमण घट्यो
नेपालमा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको छ । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रले विश्व एड्स दिवसको अवसरमा जारी गरेको तथ्याङ्कमा सन् २००० को तुलनामा सन् २०२३ मा ९१ प्रतिशत एचआइभीको सङ्क्रमण घटेको पाइएको हो । केन्द्रका निर्देशक डा।सर्वेश शर्माका अनुसार सन् २०२३ मा ४५७ जना मात्र नयाँ एचआइभीका सङ्क्रमित भेटिएका छन् । सन् २००० मा पाँच हजार १०० जना नयाँ सङ्क्रमित भेटिएका थिए । उनले सरकारले एचआइभी उपचारमा उल्लेखनीय काम गरेकाले नयाँ सङ्क्रमति कम…
पुरा पढौ
शुद्ध खानेपानी पिउने पोखरेलीको सपना पूरा, अब सिधै धाराबाटै पानी पिउन सकिने
पोखरा, मंसिर १४ पोखरा महानगरबासीको शुद्ध खानेपानी पिउने सपना अब चाँडै पूरा हुने भएको छ । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका)को सहयोगमा बनिरहेको पोखरा खानेपानी सुधार आयोजनाका अधिकांश संरचना निर्माण सम्पन्न भइसकेकाले पोखरेलीको उक्त सपना पूरा हुन लागेको हो । आयोजना अन्तर्गत निर्माण सम्पन्न भएका संरचनाहरुको शुक्रबार नेपाल सरकारका खानेपानी मन्त्री प्रदीप यादवले उद्घाटन गरे । उद्घाटनसँगै जाईकाले सम्पूर्ण संरचना नेपाल खानेपानी संस्थानलाई हस्तान्तरण गरेको छ । आयोजना अन्तर्गत निर्माण सम्पन्न भएका संरचनाहरुको उद्घाटन भएपनि शुक्रबारदेखि नै पोखरेलीको घरघरमा जडान…
पुरा पढौ
गोरखाको सहिद लखनमा गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा
गोरखाको सहिद लखन गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । अर्थाभावका कारण स्वास्थ्योपचार तथा जाँचमा गर्भवतीलाई समस्या नहोस् भन्ने उद्देश्यले पालिकाले निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए । “चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत गर्भवती जाँचका लागि स्वास्थ्य संस्थामा पुग्नेबित्तिकै स्वास्थ्य बीमा गर्ने व्यवस्था मिलाइएको छ, गर्भ जाँचका लागि आएकी गर्भवतीका बारेमा स्वास्थ्यकर्मीले सम्बन्धित वडाको बीमा दर्ता सहयोगीलाई खबर गर्ने र बीमा अभिकर्ताले घरमै पुगेर बीमा गर्ने व्यवस्था मिलाएका छौँ”,…
पुरा पढौ
स्थानीय तहलाई बिमाबारे बुझाउँदै प्राधिकरण
गलकोट । ग्रामीण तहका नागरिकमासमेत बिमाको पहुँच बढाउन र बिमा शिक्षा दिन नेपाल बिमा प्राधिकरणले स्थानीय तहलाई यसबारे जानकारी गराउन थालेको छ । बिमा गर्दा क्षतिको परिपूर्ती गर्न सहज हुने पुग्ने भन्दै प्राधिकरणले स्थानीय तह केन्द्रित भएर यसबारे सचेतना जगाउने काम गरिरहेको छ । प्राधिकरणको गण्डकी प्रदेश कार्यालयले हालसम्म प्रदेशका ५२ स्थानीय तहका जनप्रतिनिधिलाई बिमासम्बन्धी अभिमुखीकरण गरिसकेको जनाएको छ । कार्यालय प्रमुख केशवप्रसाद दाहालले बिमाको महत्व बुझाउने, बिमाका नाममा हुने ठगी रोक्ने तथा बिमा गर्दा भविष्यमा हुने क्षति कम गर्न…
पुरा पढौ
गोरखामा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
गोरखाको सहिद लखन गाउँपालिकामा टोेलटोलमा पुगेर पालिकाभित्रका गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा प्रदान गरिएको छ । गाउँपालिका स्वास्थ्य शाखामार्फत पालिकाभित्रका विभिन्न वडामा पुगेर ४९ जना गर्भवतीको निःशुल्क भिडियो एक्सरे गरिएको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए । “आमा र गर्भस्थ शिशुको स्वास्थ्य अवस्थाबारे जानकारी लिन गाउँपालिकाले सबै वडाका टोलटोलमा तालिमप्राप्त स्वास्थ्यकर्मी परिचालन गरेर सेवा उपलब्ध गराउँदै आएको छ”, उनले भने । शाखा प्रमुख श्रेष्ठले गाउँपालिकाको ग्रामीण अल्ट्रसाउण्ड कार्यक्रमअन्तर्गत गर्भवतीका लागि हरेक महिना नियमित रूपमा भिडियो एक्सरे सेवा उपलब्ध…
पुरा पढौ
गोरखाको बगुवामा आँखा केन्द्र स्थापना
गोरखा । गोरखाको भीमसेन थापा गाउँपालिकास्थित बगुवामा सहिद स्मृति आँखा उपचार केन्द्र स्थापना गरिएको छ । गाउँपालिका भित्रका नागरिकलाई आँखाको उपचारका लागि अन्यत्र धाउन नपरोस् भन्ने उद्देश्यले सोमबारदेखि गाउँपालिका–५ स्थित बगुवा स्वास्थ्य चौकीको भवनबाट आँखा उपचार केन्द्र सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष लोकप्रसाद बन्जराले जानकारी दिए । गाउँपालिकाले लायन्स आँखा सेवा केन्द्रको सहकार्यमा आँखा उपचार केन्द्रको शुभारम्भ गरेको हो । “सेवा केन्द्र सञ्चालनमा आएसँगै अब पालिकावासीहरु आँखाको उपचारका लागि अन्त जानु पर्दैन,” अध्यक्ष बन्जराले भने, ‘‘आँखाको उपचार सहज रुपमा उपलब्ध गराउने…
पुरा पढौ