स्वास्थ्य

स्वास्थ्य बीमा सेवामा सुविधाको दररेट परिवर्तन, सेवाग्राहीलाई समस्या पर्ने

स्वास्थ्य बीमा बोर्डले स्वास्थ्य उपचारका लागि ‘सुविधा थैली’ को दररेट परिवर्तन गरेको छ । स्वास्थ्य बीमा लागू भएपछि पहिलो पटक बोर्डले औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षणको सुविधा थैली दररेट परिवर्तन गरेको हो । बोर्डका कार्यकारी निर्देशक शकुन्तला प्रजापतिले सबै सेवा प्रदायक स्वास्थ्य संस्थालाई परिमार्जित नयाँ दरअनुसार औषधि, औषधिजन्य सामग्री, स्वास्थ्य सेवा, शल्यक्रिया तथा प्रयोगशालको परीक्षण शुल्क लिन निर्देशन दिएको बताईन् । उक्त नयाँ सुविधा थैलीको दररेठ यही जेठ १६ गतेदेखि लागू हुनेछ । उनले बोर्डले विगत… पुरा पढौ

सीताराम र ध्रुव माविमा परिवार नियोजनको अभियान

नेपाल परिवार नियोजन संघ कास्की शाखाले यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान जारी राखेको छ । २४ वटा विद्यालय तथा कलेजमा अभियान संचालन गर्ने लक्ष्य सहित सुरु गरिएको अभियान १६ वटा विद्यालय तथा क्याम्पसमा पुगेको सभापति नवीन सिग्देलले जानकारी दिए । पछिल्लो समय अभियान कास्कीका गाउँपालिकामा केन्द्रीत बनेको छ । संघले कास्कीको मादी गाउँपालिका वडा नं ३ याङ्जाकोट स्थित सीताराम मावि र वडा नं ४ तारकाङस्थित ध्रुव माविमा अभियान संचालन गरेको छ । सीताराम माविमा आयोजित कार्यक्रम मादी गाउँपालिका वडा… पुरा पढौ

दर्शन फाउण्डेशनको आँखा परीक्षण शिविरमा ४ सयबढी लाभाम्वित

दर्शन फाउण्डेशन, पोखराले पर्वतको मल्लाजमा निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न गरेको छ । पर्वत जिल्लाको जलजला गाउँपालिका–३, मल्लाज, माझफाँटस्थित मल्लाज स्वास्थ्य चौकीमा भएको शिविरमा ४११ जनाको आँखा परीक्षण गरिएको थियो । जसमध्ये २१ जनामा मोतियाबिन्दुको समस्या देखिएको र उनीहरूलाई शल्यक्रियाका लागि हिमालय आँखा अस्पताल, पोखरा सिफारिस गरिएको आयोजकले जनाएको छ । शिविरमा निःशुल्क चश्मा, औषधि वितरण तथा परामर्श सेवा प्रदान गरिएको थियो । शिविरमा ग्रामीण क्षेत्रका ज्येष्ठ नागरिक, महिला, दलित तथा आर्थिक अवस्था कमजोर भएका नागरिकहरूको उल्लेखनीय सहभागिता रहेको बताइएको… पुरा पढौ

मितेरी सहरबाट उपहार पाएको अत्याधुनिक एम्बुलेन्स साढे ३ वर्षपछि पोखरा आईपुग्यो

पोखरा महानगरपालिकाले चीनको मितेरी सहर लिञ्जीबाट उपहारस्वरुप पाएका स्वास्थ्य सामग्री अन्ततः साढे तीन वर्षपछि पोखरा ल्याएको छ। करिब ३ करोड ५० लाख रुपैयाँ बराबरका ती सामग्री २०७९ सालमै नेपाल आइपुगेका थिए। तर कानुनी जटिलता, भन्सार छुटको सीमा र प्रशासनिक प्रक्रियाका कारण रसुवा–केरुङ नाकामै रोकिए। लामो पहलपछि मात्रै ती सामग्री पोखरा भित्रिएका हुन्। लिञ्जीले पोखरालाई अत्याधुनिक उपकरण जडित एम्बुलेन्स, भेन्टिलेटर, अक्सिजन सिलिन्डर तथा अक्सिजन इन्सिनेटरलगायत सामग्री उपहार दिएको थियो। पोखराका मेयर धनराज आचार्य नेतृत्वको टोली २०७९ सालमा चीन भ्रमणमा गएका बेला… पुरा पढौ

जङ्गली भ्याकुर खाँदा पश्चिम बागलुङमा एकको मृत्यु, आठ जना बिरामी

निगुरो टिप्न जङ्गल गएकाहरुले ल्याएको भ्याकुर खाँदा पश्चिम बागलुङको बडिगाडमा एक जनाको मृत्यु भएको छ । जङ्गली भ्याकुर खाँदा अन्य आठ जना बिरामी परेका छन् । घर नजिकैको जङ्गलबाट ल्याएको भ्याकुर खाँदा बडिगाड गाउँपालिका–५ दाग घर भई खार बजार बस्ने ७२ वर्षीय फिरमकुमारी घिमिरेको ज्यान गएको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक तिलक मानन्धरले जानकारी दिए । प्रहरी निरीक्षक मानन्धरका अनुसार, दीर्घरोगी घिमिरेको घरमै ज्यान गएको हो भने अन्य आठ जना भ्याकुर खाएपछि बिरामी परेका छन् । बिरामी हुनेहरुमा… पुरा पढौ

तमु धिं नेपालद्वारा उपचारका लागि ४ लाख रुपैया सहयोग

तमु धिं नेपालको ४२ औं स्थापना दिवस आगमनको अवसरमा आइतवार तमु धिं नेपालले बिरामीहरुलाई उपचारकालागि ४ लाख रुपैया सहयोग हस्तान्तरण गरिएको छ । तमु धिं साँस्कृतिक भवन निर्माण गरिदिनुहुने तमु धिं नेपालका परम आदरणीय मेजर जयबहादुर / मेजरनी रुपकुमारी गुरुङको परिवार द्वारा स्थापित र तमु धिं नेपालद्वारा संचालित एक करोड रुपैयाको मेजर जयबहादुर - उदय चन्द्र - मेजरनी रुपकुमारी गुरुङ स्वास्थ्योपचार कोषको व्याज बाट बिरामीहरुलाई उपचार सहयोग हस्तातरण गरिएको हो । सहयोग रकम तमु धिं नेपालका अध्यक्ष हुमबहादुर गुरुङ, वरिष्ठ… पुरा पढौ

युआरएल ग्रुपको अध्यक्षमा ठाकुर चयन

पोखरा, २ वैशाखतेह्र वर्षअघि पोखराको न्युरोडमा स्थापना भएको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल) युआरएल ग्रुपमा रुपान्तरण भएको छ । युआरएलको शुक्रबार भएको विशेष साधारणसभा तथा अधिवेशनले यसका २१ शाखालाई युआरएल ग्रुपमा रुपान्तरण गर्दै नयाँ नेतृत्वसमेत चुनेको हो ।अधिवेशनले ठाकुरप्रसाद पन्थको अध्यक्षतामा सात सदस्यीय नयाँ सञ्चालक समिति निर्वाचित गरेको छ । ग्रुपको सचिव एवम् प्रबन्ध निर्देशकमा गणेशप्रसाद कोइराला र बोर्ड डाइरेक्टरहरुमा बालकृष्ण शर्मा, गीता कार्की पन्थ, डा कृष्णराज अधिकारी, डा वसन्त पगेनी र पुष्पराज कोइराला छन् ।साधारणसभाले संस्था सञ्चालनको नयाँ कार्यविधि पारित… पुरा पढौ

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई ह्वीलचियर हस्तान्तरण

सामाजिक संस्था हेड्स नेपालले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आकस्मिक विभागलाई पाँच थान ह्वीलचेयर हस्तान्तरण गरेको छ । संस्थाको ३३ औ स्थापना दिवसको अवसरमा मानवीय सहायता स्वरुप सो सामाग्री प्रदान गरेको हो । अस्पताल परिसरमा आयोजित कार्यक्रममा हेड्स नेपाल कास्कीका अध्यक्ष हरि वहादुर भट्टराईले अस्पतालका इमर्जेन्सी विभाग तथा जनरत ओपिडी प्रमुख प्रा.डा. नारायण सिंह गुरुङलाई ह्वीलचियर हस्तान्तरण गरे । आकस्मिक उपचारमाका लागि आउने विरामी, जेष्ठ नागरिक तथा अशक्त सेवाग्राहीलाई सहज सेवा उपलव्ध गराउने उदेश्यले ह्वीलचियर सहयोग गरिएको अध्यक्ष भट्टराईको भनाई छ… पुरा पढौ

कास्कीमा संचालन हुने एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य

कास्कीभर सञ्चालनमा रहेका एम्बुलेन्सहरुले अबदेखि अनिवार्य रुपमा ग्लोबल पोजिसनिङ सिस्टम ‘जिपीएस’ जडान गर्नुपर्ने भएको छ । जिल्ला प्रशासन कार्यालयले एम्बुलेन्स सेवालाई मर्यादित, पारदर्शी र व्यवस्थित बनाउनका लागि सो व्यवस्था गरेको हो । जिल्ला एम्बुलेन्स व्यवस्थापन समितिको बैठकले जिल्ला भित्र सञ्चालनमा रहेका सबै एम्बुलेन्सहरूमा अनिवार्य रूपमा सही स्थान र स्थानको जानकारी दिनका लागि प्रयोग गरिने उपकरण जीपीएस जडान गर्नुपर्ने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले बताईन् । उनका अनुसार जिपीएस जडान नगरेका र सञ्चालन अनुमति नलिई चलिरहेका सरकारी तथा निजी… पुरा पढौ

विषाक्त खानाका कारण चितवनमा ९३ जना बिरामी, ५० जनाको उपचार हुँदै

भरतपुर महानगरपालिका–४, धर्मचोकस्थित चौतारी पार्टी प्यालेसमा आयोजित विवाहको भोज खाएपछि ‘फुड पोइजनिङ’ भई बिरामी हुनेको सङ्ख्या ९३ पुगेको छ । तीमध्ये हाल ५० जना विभिन्न अस्पतालमा उपचाररत छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक गोविन्द पुरीका अनुसार यही वैशाख २३ गते भोज खाएकाहरू बिरामी हुन थालेका हुन् । बिरामीको भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र कलेज अफ मेडिकल साइन्सेसमा उपचार भइरहेको छ । केहीको काठमाडौँको निजामति कर्मचारी ९सिभिल० अस्पताल, त्रिवि शिक्षण अस्पताललगायत स्वास्थ्य संस्थामा उपचार भइरहेको उनले जानकारी दिए… पुरा पढौ