स्वास्थ्य

नेपालमा १६८ प्रजातिका लामखुट्टे, कीटजन्य रोगको जोखिम बढ्दो

विश्व लामखुट्टे दिवस नेपालमा ‘सानो टोकाइ, ठूलो चुनौती’ भन्ने नाराका साथ विविध कार्यक्रम आयोजना गरेर आज मनाइँदै छ । लामखुट्टेको टोइकाइबाट उत्पन्न हुने रोगबाट बच्न तथा यसबारे जनचेतना फैलाउन यो दिवस मनाइन्छ । लामखुट्टेको टोकाइबाट औँलो, डेङ्गु, चिकन गुनिया, कालाजार, स्क्रब टाइफस, हात्तीपाइले, जापनिज इन्सेफलाइटिसजस्ता रोगहरू लाग्दछ । नेपालमा हालसम्म १६८ प्रजातिका लामखुट्टे भेटिएको पुष्टि भएको छ । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय, स्वास्थ्य सेवा विभागका अनुसार नेपालमा गत आवमा ती रोगबाट करिब १८ हजार ७१० जना प्रभावित भएका थिए… पुरा पढौ

लायन्स क्लब अफ पोखरा पिस टाउनकी अध्यक्ष आशा खत्री पहारीले सम्हालिन् कार्यभार

पोखरा, २७ साउन । लायन्स क्लब अफ पोखरा पिस टाउनकी अध्यक्ष आशा खत्री पहारीले कार्यभार सम्हालेकी छन् । ३ महिना अगाडि २०२६–२७ का लागि क्लवको अध्यक्षमा निर्वाचित पहारीले पोखरामा मंगलबार साँझ आयोजित कार्यभार हस्तान्तरण (ईन्स्टलेसन) तथा नया सदस्यको स्वागत (ईन्डक्सन) कार्यक्रमसँगै कार्यभार सम्हालेकी हुन् । डिष्ट्रिक्ट गभर्नर लायन सूर्यकुमार केसीसहित लायन्सका विभिन्न तहका लिडर्स तथा सदस्यहरूको सहभागितामा भएको संयुक्त समारोहमा लायन्स क्लब अफ पोखरा पिस प्याराडाइज, पिस जननी, पोखरा वर्किङ टुगेदर, पोखरा सिभिक, पोखरा पिस सिटी र पोखरा पिस टाउनलगायतका… पुरा पढौ

कास्कीको अन्नपूर्णवासीको निःशुल्क स्वास्थ्य बिमा

कास्कीको अन्नपूर्ण गाउँपालिकाले चालु आर्थिक वर्षदेखि पालिकाभित्रका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बिमाको दायरामा ल्याउने भएको छ । यसअघि दलित, अपाङ्गता भएका तथा अशक्त नागरिकको निःशुल्क स्वास्थ्य बिमा गरिदिएको गाउँपालिकाले यस वर्षदेखि भने सबै नागरिकको स्वास्थ्य बिमा गर्ने कार्यक्रम अघि बढाएको हो । गाउँपालिकाले स्वास्थ्य बिमाका लागि रु ९० लाख बजेट विनियोजन गरेको छ ।गाउँपालिकाका अध्यक्ष विष्णुबहादुर केसीका अनुसार अन्नपूर्ण गाउँपालिकामा करिब छ हजार ५०० घरधुरी छन् । सबै नागरिकको स्वास्थ्य बिमा गर्न विनियोजित बजेट अपुग भए आवश्यकताअनुसार थप बजेटको व्यवस्था… पुरा पढौ

लायन्स साझा चौतारीको रक्तदानमा, ५५ युनिट संकलन

लायन्स क्लव अफ साझा चौतारीद्धारा आयोजित रक्तदान कार्यक्रमममा ५५ युनिट रगत संकलन भएको छ । बर्षासंगै पोखरामा रगतको अभाव हुने संकेत देखिएपछि रक्त सञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रमको आयोजना गरिएको हो । लायन्स क्लव रक्तदान विभाग प्रमुख मिन वहादुर लामिछानेले कार्यक्रमको उद्घाटन गर्दै रक्तदान जीवनदान, जीवनदान महादान बाट प्रेरित लायन्स क्लवहरुले रक्तदान कार्यक्रमलाई महत्वपूर्ण योगदान गर्दै आएको बताए । पोखरा महानगरपालिका वडा नं. १७ वडाअध्यक्ष राधिका शाही योगीले रक्तदातालाई प्रमाणपत्र वितरण गर्दै रक्तदान जस्तो पुण्य कार्यमा युवा वर्गलाई प्रेरित गर्नुपर्ने… पुरा पढौ

आँखा शिविरमा पाँच सय लाभान्वित, २२ जनाको थप उपचार

पोखरा । अन्नपूर्ण गाउँपालिका–२ ढिकुरपोखरीस्थित माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसमा आयोजित निःशुल्क आँखा शिविरमा करिब पाँच सय जनाले सेवा लिएका छन्। शिविरमा १६ विद्यार्थीलाई निःशुल्क चस्मा उपलब्ध गराउन र छ अभिभावकलाई मोतियाविन्दुको निःशुल्क शल्यक्रियाका लागि हिमालयन आँखा अस्पताल घारीपाटन रिफर गरिएको छ।पूर्व विद्यार्थी मञ्च माछापुच्छ्रे माध्यमिक विद्यालय तथा क्याम्पसको आयोजनामा भएको शिविरमा अन्नपूर्ण गाउँपालिकाको आर्थिक सहयोग, हिमालयन आँखा अस्पताल घारीपाटनको प्राविधिक सहयोग र विद्यालय तथा क्याम्पसको स्थानीय व्यवस्थापन रहेको थियो।शिविरमा विद्यार्थी, शिक्षक, अभिभावक तथा आसपासका समुदायका नागरिकको आँखा परीक्षण गरिएको… पुरा पढौ

खौलालाँकुरीको रक्तदानमा ५४ युनिट संकलन

पोखराखौलालाँकुरी पोखरा सम्पर्क समाजले आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ५४ युनिट रगत संकलन भएको छ । समाजले आफ्नो स्थापनाको आठौं वर्ष प्रवेशका अवसरमा शनिवार रक्तदान कार्यक्रमको आयोजना गरेको हो । २०७६ मा कास्की जिल्ला प्रशासन कार्यालयमा दर्ता भएको समाजको यो तेस्रो रक्तदान कार्यक्रम हो । समाज पर्वत जिल्लाको कुश्मा नगरपालिका वडा नम्बर १३ खौलालाँकुरीमा जन्मेर पोखरा आई बस्नेहरुको एउटा साझा संस्था हो ।रक्तदान कार्यक्रमको पोखरा महानगरपालिका– ८ का अध्यक्ष रुद्रनाथ बरालले उद्घाटन गरे । उक्त अवसरमा अध्यक्ष बरालले समाजलाई आफुले… पुरा पढौ

पोखरा–१३ बिजयपुर, पोखरी गाँउमा मा आज क्यान्सर सचेतना एवं निःशुल्क स्वास्थ्य शिविर हुने

पोखरा । पोखरा–१३, आर्वा विजयपुर पोखरीगाउँस्थित विजय आधारभूत विद्यालयमा आज क्यान्सर सचेतना एवं निःशुल्क स्वास्थ्य शिविर हुँदैछ। दिदी बहिनी एकता फाउन्डेसन नेपालको आयोजनामा तथा मौजा विजयपुर समाज, यूकेको सहयोग र चरक मेमोरियल हस्पिटल, नागढुङ्गा, पोखरा–८को सहकार्यमा शिविर आयोजना गर्न लागिएको हो। आज २३ साउन २०८३, शनिबार आयोजना हुने शिविरमा स्थानीयवासीलाई क्यान्सरसम्बन्धी सचेतना प्रदान गर्नुका साथै निःशुल्क स्वास्थ्य परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिने आयोजकले जनाएको छ। शिविरमा सहभागी भई आफ्नो स्वास्थ्य परीक्षण गराउन तथा क्यान्सरको जोखिम, लक्षण, रोकथाम र समयमै… पुरा पढौ

शिशुवामा निःशुल्क स्वास्थ्य शिविर, १५० बढी लाभान्वित

पोखरा, २२ साउन — स्वास्थ्य सेवा पहुँचभन्दा बाहिर रहेका ज्येष्ठ नागरिकलाई लक्षित गर्दै लायन्स क्लब अफ पोखरा नेचुरल टाउनले आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरबाट १५० भन्दा बढी नागरिक लाभान्वित भएका छन्।पोखरा महानगरपालिका–३० शिशुवामा शिशुवा ज्येष्ठ नागरिक समाजको सहयोग तथा लाइफ केयर डाइनेष्टिसको प्राविधिक सहयोगमा सञ्चालन गरिएको शिविरमा बाथ, नसासम्बन्धी समस्या, मधुमेह, उच्च रक्तचापलगायत विभिन्न रोगको परीक्षण तथा स्वास्थ्य परामर्श प्रदान गरिएको थियो।कार्यक्रम संयोजक एवं लायन्स क्लबका पूर्वअध्यक्ष सुन्दर शर्मा पौडेलले ज्येष्ठ नागरिकलाई सहज रूपमा स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यले शिविर… पुरा पढौ

१९ बुँदे सहमतिपछि अभियन्ता ज्योति रानाभाटको अनसन अन्त्य

विभिन्न माग राखेर सत्याग्रहमा बसेकी नर्सअभियन्ता ज्योति रानाभाटले अनसन अन्त्य गरेकी छन् । सरकारी वार्ता टोली र अभियन्ता रानाभाटका बीचमा आज बिहान विभिन्न १९ बुँदे सहमति भएपछि अभियन्ता रानाभाटले ६ दिनदेखि जारी अनसन अन्त्य गरेकी हुन् । उनी बिभिन्न माग राखेर यही साउन १४ गतेदेखि अनसनमा बसेकी थिईन् । सहमतिमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका अतिरिक्त सचिव श्रीकृष्ण श्रेष्ठ, वरिष्ठ मेडिकल सुपरिटेन्डेन्ट डा हेमन्तचन्द्र ओझा र कानुन अधिकृत जयप्रकाश सुवेदीले हस्ताक्षर गरेका छन् । सहमतिका बुँदाहरूमा सरकारी, प्रतिष्ठान, निजी, सामुदायिक… पुरा पढौ

अडानको रक्तदानमा ५७ युनिट संकलन

नेपाल अडिटर्स एशोसियसन (अडान) कास्कीको आयोजनामा भएको रत्तदानमा ५७ युनिट रगत संकलन भएको छ । संस्थाको वार्षिक कार्यक्रम अन्तरगत रत्तदान कार्यक्रम गरिएको हो । कार्यक्रमको शुभारम्भ गर्दै अडान नेपालका केन्द्रिय उपाध्यक्ष चन्द्र बहादुर सुबेदीले सेवा, सहयोग र समर्पणले मानवीय अभियानलाई सफल बनाउने धारणा राख्दै “रक्तदान जीवनदान हो“ भन्ने सन्देशलाई व्यवहारमा उतार्दै जानुपर्ने सुझाव दिए । सस्थाका अध्यक्ष गुणानिधि पाण्डेको अध्यक्षतामा भएको कार्यक्रममा पोखरा उधोग बाणिज्य संघका अध्यक्ष गोकर्ण कार्की,लेखनाथ उद्योग बाणिज्य संघका प्रथम उपाध्यक्ष बिक्रम कर्मचार्यले रक्तदानलाई सफल बनाउन आफ्नो… पुरा पढौ