स्वास्थ्य

आठ वर्षमा पनि बनेन् बेनी अस्पतालको भवन

तीन वर्षमा सम्पन्न गर्ने लक्ष्य रहेको बेनी अस्पतालको भवन निर्माण कार्य आठ वर्षसम्म पनि पूरा भएको छैन । पाँच वर्षअघि सकिनुपर्ने ५० श्यया क्षमताको भवनको हालसम्मको भौतिक प्रगति करिब ८० प्रतिशत छ । भवन निर्माणमा भएको ढिलासुस्तीका कारण बिरामीको उपचार प्रभावित भएको बेनी अस्पताल व्यवस्थापन समितिका अध्यक्ष ज्ञानेन्द्र सुवेदीले बताए । “पचास श्यया क्षमता भए पनि १५ श्ययाको संरचना र पूर्वाधारबाट सेवा दिनुपर्ने बाध्यता छ”, उनले भने, “अस्थायी, पुराना र साँघुरा भवनमा अस्पताल सञ्चालन गर्न समस्या भएको छ ।” म्याग्दीका… पुरा पढौ

मदरल्याण्ड माविमा वार्षिक खेलकुद सुरु

मासबारस्थित मदरल्याण्ड माविमा शुक्रबारदेखि वार्षिक खेदकुद कार्यक्रम सुरु भएको छ । शुक्रबार सुरु भएको प्रतियोगिता आइतबारसम्म चल्नेछ । विद्यार्थीमा भएको खेल प्रतिभालाई बाहिर ल्याउनका लागि प्रतियोगिता आयोजना गरिएको विद्यालयले बताएको छ । विद्यालयका प्राचार्य डा. नारायण बरालका अनुसार छात्रा र छात्रका भलिवल, बास्केटबल, फुटसल, टेवलटेनिस र चेस खेलाइनेछ । विद्यार्थीले विभिन्न समूह बनाएर आन्तरिक प्रतिश्पर्धा गरिरहेका छन् । प्रतियोगितामा छात्रतर्फ फुटसलमा १६, छात्रातर्फ ४, बास्केटबलमा छात्रातर्फ ५, छात्रतर्फ ११, भलिवलमा छात्रातर्फ ५ र छात्रतर्फ १४ समूहले प्रतिश्पर्धा गर्नेछन् । त्यस्तै… पुरा पढौ

निजी अस्पतालका नर्स र स्वास्थ्यकर्मीलाई पनि सरकारीसरह सेवासुविधा लागू गर्न निर्देशन

स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य स्वास्थ्यकर्मीको लागि न्यूनतम पारिश्रमिकको व्यवस्था कायम गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले निर्देशन दिएको छ । मन्त्रालयको गुणस्तर मापन तथा नियमन महाशाखाले सबै स्वास्थ्य प्रतिष्ठान, सरकारी अस्पताल ,मेडिकल कलेज, सामुदायिक तथा निजी अस्पताललाई पत्राचार गर्दै न्यूनतम पारिश्रमिक लगायतका सुविधा उपलब्ध गराउन आग्रह गरेको हो । मन्त्रालयको परिपत्रमा भनिएको छ,“मेडिकल कलेज तथा स्वास्थ्य संस्थाबाट नर्सिङ् एवं अन्य स्वास्थ्यकर्मीको पारिश्रमिक लगायतको सुविधामा अन्याय भएको भनि गुनासो आएको सो सम्बन्धमा स्वास्थ्य संस्थामा कार्यरत सबै नर्सिङ एवं अन्य… पुरा पढौ

औषधि विधेयक अन्तिम चरणमा छ : स्वास्थ्यमन्त्री पौडेल

मंसिर २७ काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले औषधि विधेयक अन्तिम चरणमा रहेको बताएका छन् । प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिमा ‘औषधिको उत्पादन, वितरण, गुणस्तर तथा मूल्यका सम्बन्धमा’ भएको छलफलमा उहाँले आगामी संसद् अधिवेशनमा औषधि विधेयक प्रस्ताव गर्ने गरी तयारी अन्तिम चरणमा रहेको बताए । उनले भने, “यो विधेयकमा औषधिका विभिन्न पाटोहरु छन् । उत्पादनको सन्दर्भमा हाल नेपालमा एक सय ७३ औषधि उद्योगले औषधी उत्पादन गरिरहेका छन् । ती उद्योगबाट करिब ५० प्रतिशत हाराहारीमा उत्पादन हुन्छ ।… पुरा पढौ

डा श्रेष्ठलाई अवार्ड, शर्मालाई पुरस्कार

मंसिर २४ पोखरा । युआरएल फाउन्डेसनले यस वर्षको लाइफ टाइम एचिभमेन्ट अवार्ड डा खगेन्द्रबहादुर श्रेष्ठ र राष्ट्रिय स्वास्थ्य पत्रकारिता पुरस्कारबाट पत्रकार जमुना वर्षा शर्मालाई सम्मान गरेको छ । आइतबार आयोजित समारोहमा शिक्षाविद् जर्ज जोन, फाउन्डेसनका अध्यक्ष ठाकुरप्रसाद पन्त लगायतले श्रेष्ठ र शर्मालाई सम्मानित गरेका हुन् । गण्डकी प्रदेशको पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र प्रवर्धन गर्दै आएको फाउन्डेसनले युआरएलको ११ औं वार्षिकोत्सवको अवसरमा आयोजना गरेको विशेष समारोहमा उनीहरुलाई पुरस्कृत गरिएको हो । ललितपुरको कुपन्डोल निवासी डा श्रेष्ठ… पुरा पढौ

आँबुखैरेनी अस्पताल डायलसिस सेवाका लागि सुचीकृत

तनहुँ । तनहुँको आँबुखैरेनीस्थित आँबुखैरेनी अस्पतालले मृगौलाका बिरामीको डायलसिस सेवा सञ्चालन गर्नका लागि स्वास्थ्य सेवा विभागमा सुचीकृत भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आम नागरिकले सहजता पाउने भन्दै अनुमति प्रक्रिया छिटो सम्पन्न गर्न स्वास्थ्य सेवा विभागका महानिर्देशकलाई भनेका थिए । लगत्तै विभागबाट गएको अनुगमन टोलीले अनुमति दिन सिफारिस गरेपछि विभागले अस्पतालमा सेवा सञ्चालनका लागि अनुमति दिएको हो । गाउँपालिका अध्यक्ष शुक्र चुमानले सामाजिक सञ्जालमा सहयोगका लािग मन्त्री पौडेललाई धन्यवाद दिएका छन् । उनले अब पूर्ण क्षमतामा डायलसिस… पुरा पढौ

तप्राङ्मा स्वास्थ्य शिविर

पोखरा । इनर व्हिल क्लव अफ पोखराको आयोजना तथा नेपाल परिवार नियोजन संघ कास्की शाखाको प्राविधिक सहयोगमा निःशुल्क यौन तथा प्रजनन स्वास्थ्य शिविर सम्पन्न भएको छ । मादी गाउँपालिका वडा नं ६ तप्राङ्मा आयोजित यौनजन्य संक्रमणको परामर्श तथा परिक्षण र पाठेघरको मुखको क्यान्सर परिक्षण शिविरबाट झण्डै एक सय जना लाभान्वित भएका छन् । कार्यक्रमका लागि अमेरिका निवारी देवीरमण सापकोटाले सहयोग गरेका थिए । शिविरमा स्त्री रोग विशेषज्ञ डा चुम माया पुनले सहजिकरण गरेका थिए । शिविर उद्घाटन गर्दै मादी गाउँपालिका… पुरा पढौ

तनहुँका ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध

दमौली । तनहुँ जिल्लामा ४५ प्रतिशत नागरिक स्वास्थ्य बिमामा आवद्ध भएका छन् । जिल्लास्थित स्वास्थ्य बिमा बोर्डका अनुसार जिल्लाका तीन लाख २१ हजार एक सय ५३ जनामध्ये एक लाख ४५ हजार सात सय ९८ जना स्वास्थ्य बिमामा आवद्ध भएका हुन् । विपन्न नागरिकतर्फ दुई हजार पाँच सय ८९ परिवार र साधारणतर्फ २४ हजार आठ सय ८६ परिवारको स्वास्थ्य बिमा गरिएको कार्यालयका संयोजक सिर्जना पोख्रेलले जानकारी दिए । उनका अनुसार १९ हजार नौ सय ३३ ज्येष्ठ नागरिक, एक सय ८७ एचआइभी… पुरा पढौ

शिविरबाट क्यान्सर र आँखासम्बन्धी छ सय ५४ जनाले सेवा लिए

सुन्दरबजार । लमजुङ जिल्ला सुन्दरबजारस्थित नमूना सामुदायिक अस्पतालमा दुई दिनसम्म सञ्चालन गरिएको क्यान्सर स्क्रिनिङ शिविर सम्पन्न भएको छ । यही मङ्सिर २१ गतेदेखि २२ गते रातिसम्म सञ्चालन भएको शिविरमा क्यान्सर र आँखासम्बन्धी छ सय ५४ जनाले सेवा लिएका छन् । नेपाल अर्बुद रोग निवारण संस्था जिल्ला शाखा, लाइन्स इन्टरनेशन काठमाडाँैको आयोजना र मानव विकास तथा सामुदायिक सर्वेक्षण ९एचडिसिएस० को संयोजनमा तथ समुदायिक अस्पतालको व्यवस्थापनमा शिविर सञ्चालित शिविरमा दुई सय ४५ को क्यान्सर स्क्रिनिङ र चार सय नौ जनाको आँखाको उपचार… पुरा पढौ

चरकको १२ औं वार्षिकोत्सवमा मुटुको निःशुल्क जाँच र रक्तदान

मंसिर २२ पोखरा । पोखराको नागढुंगामा रहेको चरक मेमोरियल हस्पिटलले विविध कार्यक्रम गरी १२ औं वार्षिकोत्सव मनाएको छ । वार्षिकोत्सवको अवसरमा हस्पिटलले मुटुको निःशुल्क जाँच र रक्तदान कार्यक्रम आयोजना गरेको हो । रक्तदान कार्यक्रममा ४३ जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ । यस्तै, २ सय ४१ जनाले निःशुल्क मुटु जाँच गराए । गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री विन्दुकुमार थापाले हर्ट सर्जरी गरेका जगन्नाथ तिमिल्सेनालाई ओपिडी कार्ड हस्तान्तरण गरेर उद्घाटन गरेका हुन् । उनले पोखरामा चरक अस्पतालले गुणस्तरीय… पुरा पढौ