स्वास्थ्य

चिसोले पूर्वी नवलपरासीको जनजीवन प्रभावित

पूर्वी नवलपरासीमा विगत केही दिनदेखि चिसो ह्वात्तै बढेको छ । बिहान बाक्लो हुस्सुसँगै दिनभरि कुहिरो लाग्न थालेको छ । दिनभरि घाम नलागेपछि बढ्दो चिसोका कारण जनजीवन प्रभावित बनेको छ । कुहिरोसँगै चल्ने चिसो हावाले बिहान स्थानीयवासी घर बाहिर निस्कन समस्यामा परेका छन् । बजारमा चलहपहल कम भएको छ । वृद्धवृद्धा तथा बालबालिका सडकमा देखिँदैनन् । सधैँजसो भीडभाड हुने सरकारी कार्यालयमा पनि चिसोका कारण सेवाग्राही पातलिएका छन् । बिहानै खुल्ने पसल र बजार पनि ढिलो गरी खुलिरहेका कावासोतीका व्यवसायी नारायणपसाद भुर्तेलले… पुरा पढौ

नेलम्बो नेपालको निःशुल्क दन्त शिविर सम्पन्न

कास्कीको पोखरा महानगरपालिका वडा नं. ४ गैह्रापाटनमा रहेको नेलम्बो नेपालले तनहुँको आँबुखैरेनी गाउँपालिकाको समन्वयमा ५ दिने निःशुल्क दन्त शिविर सम्पन्न गरेको हो । उक्त शिविरमा ७९८ जनाले नाम दर्ता गराएका थिए । भने उपचारमा ६३१ जनाले लाभ लिएका छन् । बाँकी १६७ जनालाई उपचार गर्न नसकीएको हुदाँ पुनः फलोअपमा जाँदा बाँकीको पनि उपचार गर्ने नेलम्बो नेपालले जनाएको छ । उक्त शिविरमा दाँत भर्नेकाम १३८, दाँतको जरै देखि उपचार २८, दाँत निकाल्ने काम ४१, दाँत सफा गर्ने काम ११६, दाँतको एक्सरे… पुरा पढौ

मनाङको हिउँदे कठिनाइःपठनपाठनमा समस्यादेखि पर्यटकको कम आवगमनले आयस्रोतमा कमि

मनाङ । जाडो बढेसँगै मनाङको जनजीवन प्रभावित बनेको छ । चिसोले जीवनयापन अझ कष्टकर हुनुका साथै विकास निर्माणका काम अघि बढ्न सकेका छैनन् । चिसो बढे पनि यसपटक हिउँ परेको छैन । मौसम विज्ञान विभागले हिमपात हुनसक्ने अनुमान गरेको भए पनि हालसम्म हिमपात भएको छैन । चिसो बढ्दै गएपछि यहाँका कतिपय बासिन्दा घर, गोठ र व्यापार हेर्ने मान्छे राखेर चिसो छल्न पहाड तथा तराईतर्फ झर्न थालेका छन् । गत वर्ष निरन्तरको वर्षाले क्षति पु¥याएको भौतिक संरचनाको निर्माण कार्य चिसोकै कारण… पुरा पढौ

संसार देख्न पाएपछि..

गोरखाको बारपाक सुलीकोट गाउँपालिका–१ र २ मा पर्ने बारपाकका ७० जनाको निःशुल्क मोतियाबिन्दुको शल्यक्रिया गरिएको छ । यही पुस ११ गतेदेखि १३ गतेसम्म चलेको सो शिविरमा आँखा जाँच गराएकामध्ये शल्यक्रिया गर्नुपर्ने सबैको निःशुल्क शल्यक्रिया सम्पन्न गरिएको गाउँपालिका स्वास्थ्य शाखाका जनस्वास्थ्य निरीक्षक कृष्ण भट्टले जानकारी दिए । शिविरमा चार सय ५० जनाले आँखाको निःशुल्क उपचार सेवा लिएको उनको भनाइ छ । शिविरमा ९७ वर्षकी वृद्धाकोसमेत मोतियाबिन्दुको सफल शल्यक्रिया गरिएको जनस्वास्थ्य निरीक्षक भट्टले बताए । त्यस्तै दुवै आँखाको दृष्टि गुमाएकी ७७ वर्षीय… पुरा पढौ

‘वि एफ ७’ भेरियन्ट बढी सङ्क्रामक

काठमाण्डौं । छिमेकी मुलुक चीन र भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्ट छोटो समयमा नै धेरै व्यक्तिमा सङ्क्रमण गर्ने खालको रहेको बताइएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले छिमेकी मुलुक चीन र भारतमा देखिएको ‘वि एफ ७’ नामक प्रजातिको नयाँ भेरियन्ट चाँडै नै अरुमा सार्ने खालको रहेको जनाएको छ । मन्त्रालयकै इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा चुमनलाल दासले अध्ययनअनुसार कोरोना भाइरसको अरु प्रजातिभन्दा सो भाइरसले धेरै मानिसममा सङ्क्रमण सार्ने बताए । उनका अनुसार ‘वि एफ ७’ ले… पुरा पढौ

तनहुँमा तीन हजार घरधुरीमा खानेपानी विस्तार

तनहुँ । तनहुँ जिल्लामा एक वर्षको अवधिमा तीन हजारभन्दा बढी घरधुरीमा खानेपानी विस्तार भएको छ । गण्डकी प्रदेश सरकारमार्फत जिल्लाका तीन हजार तीन सय ५४ घरधुरीमा खानेपानी विस्तार भएको हो । ‘एक घरः एक धारा अभियान’ मार्फत निजी घरमा खानेपानी सुविधा पुगेको खानेपानी तथा सरसफाइ डिभिजन कार्यालय तनहुँका प्रमुख राजेन्द्रप्रसाद न्यौपानेले बताए । उनका अनुसार उक्त अवधिमा एघार खानेपानी आयोजना सम्पन्न भएका छन् । त्यस्तै १९ आयोजनाको विस्तृत सर्वेक्षण गरिएको छ । जिल्लामा हालसम्म ९२.४२ प्रतिशत घरधुरीमा खानेपानी सुविधा पुगेको… पुरा पढौ

नयाँ काम नभए पनि कार्यकालमा उपलब्धि धेरै भएका छन्ः खापुङ

काठमाडौ । निर्वतमान स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भवानीप्रसाद खापुङले आफ्नो कार्यकालमा धेरै नयाँ काम नभए पनि उपलब्धी भने भएको बताएका छन्। आज स्वास्थ्य मन्त्रालयले आयोजना गरेको विदाई कार्यक्रममा बोल्दै उनले भने, “मेरो छ महिने कार्यकालमा नयाँ सुरुआत नभए पनि कैयन उपलब्ध भने भएका छन् ।” उनले कार्यकालमा आधारभूत अस्पताल निर्माणलाई तीव्रता दिएको तथा कोरोना महामारीविरुद्धको खोप लगाउने कार्यमा सफलता मिलेको भन्दै विश्व स्वास्थ्य सङ्गठनले समेत प्रशंसा गरेको बताए। “मेरो कार्यकालमा जे जति काम भएका छन् त्यसको श्रेय सबै स्वास्थ्यकर्मी र कर्मचारीलाई… पुरा पढौ

विद्यालयमा नर्स व्यवस्थापछि विद्यार्थीलाई सहज

तनहुँ । तनहुँका केही विद्यालयले ‘नर्स कार्यक्रम’ सुरु गरेपछि विद्यार्थीलाई सहज भएको छ । बालबालिका नियमित उपस्थित गराउन र विद्यार्थीको नियमित स्वास्थ्य परीक्षणको व्यवस्था मिलाउने उद्देश्यसहित सुरु गरिएको नर्स कार्यक्रममार्फत् विद्यार्थीलाई सहज भएको हो । विद्यालयमै नर्सको व्यवस्था भएपछि विद्यार्थीले सामान्य स्वास्थ्यपरीक्षणका लागि स्वास्थ्य संस्थासम्म जानपर्ने बाध्यता हटेको हो । व्यास नगरपालिका(२ स्थित सत्यवती माध्यमिक विद्यालयले नर्स सुनिता जोशीमार्फत् नर्सिङ सुविधा प्रदान गरेको विद्यालयका प्रधानाध्यापक एकबहादुर गुरुङले जानकारी दिए। प्राथमिक उपचारका लागि आवश्यक औषधि, औजार र उपकरणको व्यवस्था विद्यालयले मिलाएको… पुरा पढौ

सरकारले लगाउने भनिएको पोलियो विरुद्धको खोपको समय परिवर्तन

काठमाडौ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले पोलियोविरुद्धको खोप ‘एफआइपिभि’ लगाउने समय परिवर्तन गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा सञ्जयकुमार ठाकुरले विज्ञको सल्लाहमा नै लगाउने समयको अवधि परिवर्तन गरिएको जानकारी दिए । उनका अनुसार एक वर्ष मुनिका बालबालिकाका लागि पहिले छ हप्ता र १४ हप्तामा गरी दुई मात्रा दिने गरेकामा अव पहिलो मात्रा १४ हप्ता र दोस्रो मात्रा नौ महिनामा लगाइने छ । यस्तै एक वर्ष उमेरमा खोप लगाउन छुटेमा पाँच वर्षभित्रमा बालबालिकाले पनि लगाउन सकिने उनले बताए… पुरा पढौ

निसीखोला गाउँपालिकाद्धारा निशुल्क स्वास्थ्य वीमा, पालिकाबासीको डाटा संकलन जारी

पोखरा । निसीखोला गाउँपालिकाले आफनो पालिकाका भित्रका सबै नागरिकलाई निशुल्क स्वास्थ्य वीमा गरिदिएको छ । सबै नागरीकलाई स्वास्थ्य सेवाको पहुँचमा ल्याउनका लागि पालिका भित्रका सातै वडा मार्फत वीमितहरुको डाटा संकलन कार्य जारी रहेको पालिकाका उपाध्यक्ष प्रेम घर्तीमगरले बताएका छन् । नागरीकले आर्थिक अभाव र कम चेतना स्तरका कारण रोग पालेर वस्ने र रोग लागेकै कारण सामान्य उपचार समेत पाउन नसकेर अकालमा ज्यान गुमाउनु पर्ने वाध्यतालाई अन्त्य गर्नका निम्ती पालिकाले यस्तो अभियानको सुरुवात गरेको उनले बताए । गाउँ गाउँमा अझैपनी गरिवी,… पुरा पढौ