स्वास्थ्य

सङ्क्रमण घटेपछि खोप ल्याइएन

कोरोना भाइरसको सङ्क्रमण घट्दै गएपछि भाइरसविरुद्ध खोप आएको छैन । सङ्क्रमण घट्दै गएको र ठूलो सङ्ख्यामा खोप मौज्दात रहेकाले तीन महिनादेखि कोरोना भाइरसविरुद्ध खोप नल्याइएको हो । कोरोना भाइरसको सङ्क्रमण घट्दै र खोपको माग पनि कम भएपछि खोप नल्याइएको स्वास्थ्य सेवा विभाग आपूर्ति व्यवस्थापन शाखाप्रमुख डा सुरेन्द्र चौरसियाले जानकारी दिए । कोरोना सङ्क्रमण कम हुँदै जानु, खोप लगाउने मानिसको सङ्ख्या कम हुनु र नेपालमा ठूलो सङ्ख्यामा खोप मौज्दात भएकाले थप खोप नल्याइएको हो । अहिले सङ्क्रमण दर एक प्रतिशत भन्दा… पुरा पढौ

आत्महत्या रोकथामका लागि राज्यको रणनीति र जनमानसमा सचेतना आवश्यक

पोखरा । आत्महत्या न्यूनीकरण तथा रोकथामका लागि राज्यको रणनीति र जनमानसमा सचेतनाको आवश्यक रहेको पोखरामा आज आयोजित कार्यक्रममा बताइएको छ । कोशिश (राष्ट्रिय मानसिक स्वास्थ्य स्वावलम्वन संगठन) को आयोजना तथा सिबिएमको समन्वयमा मनोसामाजिक सुस्वास्थ्य तथा आत्महत्या रोकथाम सम्वन्धि परियोजना माथी लक्षित समूहसँग समिक्षा गरिएको कार्यक्रममा सरोकारवालाहरुले बताएका हुन् । कार्यक्रममा गण्डकी प्रदेशमा मानसिक स्वास्थ्य समस्याको अवस्था, स्थानीय निकायहरुमा आत्महत्या रोकथामका लागि भएको रणनीति तथा आत्महत्या न्यूनीकरणलाई प्रभावकारी बनाउन कस्ता कदम आवश्यक रहनेछ भन्ने विषयमा समिक्षा गरिएको छ । गण्डकी प्रदेशमा… पुरा पढौ

गाउँमै विशेषज्ञ चिकित्सकसहित २४सै घण्टा स्वास्थ्योपचार सेवा

गोरखा । गोरखाको अजिरकोट गाउँपालिकामा २४सै घण्टा विशेषज्ञ चिकित्सकसहित स्वास्थ्योपचार सेवा सुरु गरिएको छ । गाउँपालिकाले भच्चेक आधारभूत स्वास्थ्य अस्पतालबाट २४सै घण्टा स्वास्थ्योपचार प्रदान गर्न सुरु गरेको गाउँपालिका अध्यक्ष दीपक देवकोटाले जानकारी दिए । नागरिकलाई स्वास्थ्यमा सहज पहुँच पु¥याउने उद्देश्यले पाँच शय्याको आधारभूत स्वास्थ्य अस्पताललाई सञ्चालनमा ल्याइएको उनले बताए । गाउँमैै स्वास्थ्योपचार सेवा सुरु भएसँगै अस्पतालमा बिरामीको चापसमेत बढेको उनले जानकारी दिए। अध्यक्ष देवकोटाले राज्यले करोडौँ लगानी गरेका अस्पतालमा बिरामीको आकर्षण नहुने र निजी अस्पतालमा बिरामी थेगिनसक्नु हुने अवस्थालाई परिवर्तन… पुरा पढौ

मानसिक हिंसाको उजुरी दर्ता सबैभन्दा बढी

काठमाडौ । राष्ट्रिय महिला आयोगले चालु आर्थिक वर्षको चार महिनामा मानसिक हिंसासम्बन्धी सबैभन्दा धेरै उजुरी परेको जानकारी दिएको छ । आयोगद्वारा आयोजित कार्यक्रममा कुल उजुरीमध्ये ४२ प्रतिशत मानसिक हिंसासम्बन्धी उजुरी रहेको जानकारी दिइएको हो । आयोगमा साउनदेखि कात्तिकसम्म मानसिक हिंसासम्बन्धी तीन सय २५ ९४२ प्रतिशत०, आर्थिक हिंसासम्बन्धी दुई सय २४ ९२९ प्रतिशत०, शारीरिक हिंसासम्बन्धी एक सय ९८ ९२६ प्रतिशत ० र यौनजन्य हिंसा २२ ९३ प्रतिशत० दर्ता भएका छन् । “केन्द्रमा मात्र सहज पहुँच हुनाले बागमती प्रदेशमा बढी उजुरी दर्ता… पुरा पढौ

तनहुँका पत्रकारका लागि १० लाखको बीमा

व्यास नगरपालिका कार्यालयले जिल्लामा कार्यरत सक्रिय पत्रकारका लागि १० लाख रुपैयाँ बराबरको दुर्घटना र स्वास्थ्य बीमा गरिदिने भएको छ। गत वर्षदेखि पत्रकारको बीमा सुरु गरेको नगरपालिकाले यस वर्ष पनि त्यस कार्यलाई निरन्तरता दिन लागेको हो । नगरपालिका कार्यालयले गतवर्ष जिल्लाभरिका ६५ जना पत्रकारको प्रतिपत्रकार १० लाख रुपैयाँ बराबरको बीमा गरिदिएको नेपाल पत्रकार महासंघ तनहुँ शाखाका अध्यक्ष उज्ज्वल पौडेलले जानकारी दिएका छन्। नगरपालिका कार्यालयले ९ लाख रुपैयाँको दुर्घटना र १ लाख रुपैयाँ बराबरको औषधि बीमा गरिदिएको उनले बताए। व्यास नगरपालिका कार्यालयले… पुरा पढौ

पोखरा–५ मा पाठेघरको मुख तथा स्तन क्यान्सर परीक्षण शिविर

पोखरा महानगरपालिका वडा नं. ५ को आयोजनामा भएको महिला लक्षित पाठेघरको मुख तथा स्तन क्यान्सर परीक्षण शिविरबाट ३०७ जना महिलाहरुले स्वास्थ्य परीक्षण गराएका छन्। शिविरमा शहरी स्वास्थ्य केन्द्र वडा ५ ले सहजीकरण गरेको थियो। स्वास्थ्य चेकजाँजबाट ३ जनाको भीआइए सस्पेक्टेड देखिएको र ४५ जनाले औषधि लिनुपर्ने देखिएको शहरी स्वास्थ्य केन्द्र पोखरा–५ का आशिक सुवेदीले जानकारी दिएका छन्। शिविरलाई स्वास्थ्य महाशाखा महानगर प्रमुखसहितको टोलीले अनुगमन गरेको थियो। पुरा पढौ

जिएमसीमा क्याथ ल्याव स्थापना, हृदय रोग उपचार केन्द्र सञ्चालन

पोखरा, मंसिर २८ गण्डकी मेडिकल कलेज (जिएमसी) टिचिङ हस्पिटल एन्ड रिसर्च प्रालिमा क्याथ ल्याव स्थापना भएको छ । जिएमसीले करीब १२ करोडको लागतमा हृदय रोग उपचारका लागि आवश्यक पर्ने उपकरणहरु खरिद गरेर क्याथ ल्याव स्थापना गरेको हो । क्याथ ल्याव स्थापनासँगै जिएमसीमा हृदय रोग उपचार केन्द्र सञ्चालनमा ल्याइएको अस्पतालले जनाएको छ । हृदय रोग उपचार केन्द्रको गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले बुधबार उद्घाटन गरे । पोखरा र आसपासका मुटुका विरामीलाई पोखरामा नै उपचार सेवा दिने उद्देश्यले क्याथ ल्याव स्थापना… पुरा पढौ

गण्डकीमा हृदयरोग उपचार केन्द्र सञ्चालनमा

पोखरा । गण्डकी मेडिकल कलेज टिचिङ्ग हस्पिटल एण्ड रिसर्च सेन्टरले पोखरामा हृदयरोग उपचार केन्द्र सञ्चालनमा ल्याएको छ । उच्चस्तरीय उपकरणद्वारा आधुनिक सघन उपचार कक्ष(सिसियु) मा राखी बिरामीको उपचार गर्न थालिएको सेन्टरका अध्यक्ष खुमाप्रसाद अर्यालले जानकारी दिए । दूर दराजका बिरामीको मुटु सम्बन्धी रोगको उपचारका लागि काठमाडौं धाउनुपर्ने बाध्यता न्युनीकरण गर्ने उद्देश्यले उक्त केन्द्र सञ्चालनमा ल्याइएको उनले बताए । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले आज उक्त केन्द्र शुभारम्भ गर्दै यसबाट पोखरा र आसपासका मुटुका रोगी लाभान्वित हुने विश्वास व्यक्त गरे… पुरा पढौ

देशभित्र पूर्ण रूपमा धूम्रपान निषेध गर्ने न्युजिल्यान्ड

न्युजिल्यान्डले आगामी वर्षदेखि मुलुकलाई चरणबद्ध रूपमा पूर्णतया सुर्ती प्रतिबन्धित अवस्थामा पुर्‍याउने भएको छ। मंगलबार संसद्ले पारित गरेको विधेयकको अर्थ सन् २००८ पछि जन्मिएका कुनैपनि व्यक्तिले आगामी दिनमा चुरोट वा अन्य सुर्तीजन्य पदार्थ किन्न पाउने छैनन्। साथै यस विधेयक अनुसार हरेक वर्ष सुर्ती किन्न सक्ने वैधानिक मानिसको संख्या घट्दै जाने भएको छ। उदाहरणका लागि आगामी सन् २०५० मा चालिस वर्ष उमेरको मानिस पनि चुरोट खरिदका लागि निकै कम उमेरको सावित हुने विश्वास गरिएको छ। यो विधेयक ल्याउने स्वास्थ्य मन्त्री आएसा भेर्रालले… पुरा पढौ

पत्रकार आरजू विष्ट ‘सल्यानी’ लाई युआरएल पत्रकारिता पुरस्कार प्रदान

पत्रकार आरजू विष्ट ‘सल्यानी’ युआरएल स्वास्थ्य पत्रकारिता पुरस्कार २०७९ बाट सम्मानीत भएका छन्। गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी (युआरएल)ले स्थापना र संचालन गरेको यो पुरस्कारको राशी नगद २० हजार र ताम्रपत्र छ। प्रमुख अतिथ पोखराका मेयर धनराज आचार्य र युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्तले युआरएलको शुक्रबार आयोजित एक कार्यक्रममा नगदसहित सम्मानपत्र, खादा, माला लगाएर पत्रकार ‘सल्यानी’ लाई सम्मान गरेका हुन्। नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य त्रिभुवन पौडेल संयोजक र डा. सुरेश पौडेल र पत्रकार बासुदेव मिश्र सदस्य रहेको… पुरा पढौ