म्याग्दी । म्याग्दीको रघुगंगा गाउँपालिका –३ मा रहेको पिप्ले स्वास्थ्य चौकीमा आधारभूत प्रयोगशाला सेवा सुरुआत गरिएको छ । गाउँपालिकाले बेग, भगवती, पिप्ले दग्नाम, चिमखोला र कुइनेवासीलाई लक्षित सेवा सञ्चालनमा ल्याएको हो । सो प्रयोगशालाबाट रगत, पिसाव, खकार कोरोना एन्टिजेन, एसआईभी, हेपाटाइटिसको परीक्षण गरिने चिकित्सक डा सन्तोष बोहोराले जानकारी दिए । यसअघि प्रयोगशालाको सेवाका लागि सदरमुकाम बेनी जाने गरेका थिए । सदरमुकाम जान आउन लाग्ने समय र खर्चको बचत हुने स्थानीय रमेश सिंह ठकुरीले बताए। पिप्लेसंगै पाखापानीमा प्रयोगशाला सेवा यसै बर्षमा…
पुरा पढौ