स्वास्थ्य

जिल्लामा कोरोना संक्रमण शून्य

बैतडी । जिल्लामा कोरोनाका संक्रमित शून्य भएको छ । स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टका अनुसार जिल्लाका १० वटै स्थानीय तहमा कोरोनाका बिरामी छैनन् । जिल्लामा कोरोनाका सक्रिय संक्रमित शून्य भएसँगै जनजीवन पनि सहज बनेको उनले बताए ।उनले भने, “सक्रिय संक्रमित शून्य भएपछि जनजीवन सहज भएको छ, संक्रमणको जोखिम अझै हुनसक्ने भएकाले स्वास्थ्यका मापदण्ड भने पालना गर्नुपर्छ ।”जिल्लामा कोरोना संक्रमणबाट हालसम्म १८ को मृत्यु भइसकेको छ । जिल्लाका हरेक स्थानीय तहमा हाल कोरोनाविरुद्धको खोप अभियान जारी रहेकाले खोप लगाउन छुटेका सबैलाई… पुरा पढौ

प्राथमिकतामा सुलभ र सहज स्वास्थ्य सेवा: मुख्यमन्त्री पोखरेल

गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले प्रदेशका सबै ठाउँमा सुलभ एवं स्वास्थ्य सेवा प्रवाह सरकारको प्राथमिकतामा रहेको बताएका छन्। बागलुङको गलकोट नगरपालिका–५ हरिचौरस्थित प्राथमिक स्वास्थ्य केन्द्रको नवनिर्मित भवनको बिहीबार उद्घाटन गर्दै उनले जनशक्ति व्यवस्थापन अहिलेको मुख्य चुनौती रहेको उल्लेख गरे। प्रमुख सहरबाहेक अन्य स्थानका स्वास्थ्य संस्थामा विशेषज्ञ सेवा दिन चिकित्सक पु¥याउन नसकिएको वास्तविकतामा विशेष प्रोत्साहन दिएर पनि उनीहरूलाई ग्रामीण बस्तीमा पु¥याइने मुख्यमन्त्रीको भनाई थियो। मुख्यमन्त्री पोखरेलले सीमित स्रोत र साधनबीच प्रदेश सरकारले भौतिक संरचनाका अतिरिक्त सामाजिक क्षेत्रमा समेत काम गर्दै… पुरा पढौ

आउँदो २५ गतेदेखिा बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाइने

काठमाण्डौ – सरकारले आउँदो २५ गतेदेखि वैशाख १८ गतेसम्म देशभरका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर सङ्गीता कौशल मिश्राले अभियानकै रुपमा १५ महिनादेखि १५ वर्षसम्मका बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने तयारी भएको जानकारी दिए । सरकारले यस पटक ९५ प्रतिशत बालबालिकालाई टाइफाइडविरुद्धको खोप लगाउने लक्ष्य लिएको छ । खोप दिनका लागि स्वास्थ्यकर्मीलाई तालिम दिने लगायत प्राविधिक तयारीका काम भइरहेको छ । यो खोप अभियानपछि टाइफाइडविरुद्धको खोपलाई पनि नियमित खोप कार्यक्रममा नै समेट्ने सरकारको तयारी छ… पुरा पढौ

३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान, खुलामै १६५ सिट

काठमाडौ । लोकसेवा आयोगले ३ सय स्टाफ नर्सका लागि दरखास्त आह्वान गरेको छ । मन्त्रिपरिषद्को हालैको निर्णयअनुसार ‘नेपाल स्वास्थ्य सेवा, जनरल नर्सिङ समूह, पाँचौ्र तह, स्टाफ नर्स पदका लागि ३ सय दरबन्दी तत्काल पदपूर्ति गर्न अनुरोध भएअनुसार विज्ञापन आह्वान भएको लोकसेवाले उल्लेख गरेको छ । खुलामा १६५ जनाको सिट छ । त्यस्तै, महिलामा ४५, आदिवासी जनजातिमा ३६, मधेसीमा २९, दलितमा १३, अपांगमा सात र पिछडिएका क्षेत्रमा पाँच सिट कायम गरिएको छ । आवेदकले २२ चैतभित्र नियमित र २९ चैतभित्र दोब्बर… पुरा पढौ

स्वास्थ्य बीमा सदस्यता दर्ता सुरु

काठमाडौ । काठमाडौको टोखा नगरपालिकामा स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु भएको छ । नगरपालिकाका प्रमुख प्रकाश अधिकारीले आफ्नो स्वास्थ्य बीमा दर्ता गरी कार्यक्रमको शुभारम्भ गरि सोमबारदेखि स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरिएको हो। यसअघि ‘मेयर दीर्घायु कार्यक्रम’ सुरु गरेको टोखाले स्वास्थ्य बीमा सदस्यता दर्ता कार्यक्रम सुरु गरेको हो । सो अवसरमा नगरप्रमुख अधिकारीले नगरवासीलाई सर्वसुलभ रुपमा स्वास्थ्य सेवा पु¥याउने उद्देश्यले उक्त कार्यक्रम सुरु गरिएको जानकारी दिए । उनले स्वास्थ्य बीमा कार्यक्रममा सहभागी हुन सबै नगरवासीलाई आग्रहसमेत गरे ।रासस पुरा पढौ

पोखरामा आज बुस्टर डोज खोप वितरण

पोखरामा आज (सोमबार) कोरोनाविरुद्धको बुस्टरडोज खोप दिइदैछ। पोखरा महानगरपालिका वडा नं. ७, रत्नचोकस्थित शहरी स्वास्थ्य केन्द्रबाट खोप वितरण हुने स्वास्थ्य महाशाखाले जनाएको छ। दुवै डोज खोप लगाएको ६ महिना पूरा गरेका व्यक्तिले खोप कार्ड लिएर बुष्टरडोज लगाउन आउन आग्रह गरिएको छ। पुरा पढौ

रिजनल हस्पिटलद्वारा भिमादमा निशुल्क स्वास्थ्य शिविर

पोखरा । भिमादमा शनिबार निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । रिजनल हस्पिटल प्रा ली पोखरा र तनहुं सेवा हस्पिटल दुलेगौडाको प्राबिधिक सहयोगमा निशुल्क शिविर आयोजना गरिएको हो । स्वास्थ्य शिविर मा ५६३ जना ले निशुल्क विशेषज्ञ सेवा सहित १६३ जना ले निशुल्क भिडियो एक्स रे सेवा, १७७ जना ले निशुल्क ल्याब सेवा , २३६ जना ले निशुल्क इसिजी सेवा, ६५ जना ले निशुल्क एक्स रे सेवा,२१ जनाले निशुल्क पल्मोनरी फन्कसन टेस्ट सेवा सहित निशुल्क औषधी बितरण गरिएको रिजनल हस्पिटलका… पुरा पढौ

मन्त्री थापाको तलब, भत्ताबाट निशुल्क स्वास्थ्य शिविर आयोजना

पोखरा ।गण्डकी प्रदेश सरकारका कानून, संचार तथा प्रदेश सभा मामिला मन्त्री विन्दु कुमार थापाको आर्थिक सहयोगमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ११ रानीपौवा स्थित मागदर्शन महिला समूहले आयोजना गरेको महिलाहरुको स्तन क्यान्सर तथा पाठेघरको मुखको क्यान्सर सम्बन्धि परिक्षण सम्पन्न भएको हो । कार्यक्रमबाट १६१ जनाले सेवा लिएका छन् ।मन्त्री थापाले गण्डकी प्रदेश सभा सदस्य (सांसद) हुँदादेखि नै आफुले पाउने तलब, भत्ता बापतको रकम विभिन्न सामाजिक कार्यमा खर्च गर्दै आएका छन् । मन्त्री भएपश्चात पनि… पुरा पढौ

जिल्ला स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमरसिंह प्रथम

पोखरा । पोखराको बाटुलेचौर स्थित विन्ध्यवासिनी मा विमा भएको जिल्लाव्यापी सामुदायिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगितामा अमरसिंह मा विका दिनिसा लामिछाने प्रथम भएको छिन् । विद्यालयको हीरक जयन्तीको अवसरमा आयोजित कार्यक्रममा जनप्रिय मा विका आकृति सापकोटा दितिय,वाल मन्दिर मा विका रिद्धि पोखरेल तृतीय र माछापुच्छ्रे मा विका सन्ध्या भण्डारी सान्त्वना भएकी छिन् । कास्की जिल्लाका ११ वटा विद्यालय ले सहभागिता जनाएको कार्यक्रममा विजयी विद्यार्थी लाई प्रमुख अतिथि प्रदेश नम्बर १ का पुर्व प्रमुख सोमनाथ अधिकारी प्यासी ले पुरस्कार प्रदान गरे ।… पुरा पढौ

कोरोनाविरुद्धको खोप सहजै उपलब्ध

नुवाकोट । कोरोना सङ्क्रमणविरुद्धको खोपमा सबैको पहुँच पु¥याउन स्वास्थ्य कार्यालय नुवाकोटले हरेक साताको दुई दिन खोप लगाउने भएको छ । खोप लगाउन बाँकी रहेका तथा दोस्रो डोज र अतिरिक्त मात्रा ९बुस्टर डोज०को खोप सेवा अबदेखि हरेक साताको सोमबार र बुधबार उपलब्ध गराउन लागिएको स्वास्थ्य कार्यालय नुवाकोटले जनाएको छ । स्वास्थ्य कार्यालयका खोप अधिकृत अमृत महर्जनका अनुसार हरेक साताको सोमबार विदुर नगरपालिका–२ स्थित सहरी स्वास्थ्य केन्द्र र बुधबार त्रिशूली अस्पतालमा खोप लगाउन बाँकी रहेकादेखि यसअघि खोप लगाइसकेका व्यक्तिलाई थप डोज लगाउन… पुरा पढौ