स्वास्थ्य

पाँचसय ५७ सङ्क्रमित थपिँदा ८७७ जना सङ्क्रमणमुक्त

काठमाण्डौं । बितेका २४ घण्टामा देशभर ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने ८७७ जना सङ्क्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशका विभिन्न भागमा रहेका स्वास्थ्यसंस्था र प्रयोगशालामा सात हजार ६२५ जनाको परीक्षण गर्दा ५५७ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । छ हजार ६१ जनाको ‘पिसिआर’ परीक्षण गर्दा ५२२ र एक हजार ५६४ जनाको ‘एन्टीजेन’ विधिबाट परीक्षण गर्दा ३५ जना सङ्क्रमित भेटिएका हुन् । देशभर १० हजार २०१ जना सक्रिय सङ्क्रमित रहेका,… पुरा पढौ

‘गर्भावस्थामा कोभिडविरुद्धको खोप लगाउनु सुरक्षित’

कोभिड–१९ को महामारी सुरु भएदेखि नै गर्भवती महिलाहरूमा यसले पार्ने असरबारे होसियारीसाथ ध्यान दिइएको छ। कुनैपनि नयाँ संक्रामक रोग लागेमा गर्भवती महिला र उनमा भएको भ्रुणलाई असर गर्न सक्छ भन्ने विश्वासका कारण महिलालाई संक्रामक रोगबाट सुरक्षित राख्न खोप वा औषधिको प्रयोगबारे अध्ययन गरिएको र १८ महिनाको अनुसन्धानपछि डाक्टर तथा अनुसन्धानकर्ताहरूले यसको खतराबारे सान्दर्भिक व्याख्या गरेका छन्। कोभिड–१९ को संक्रमण गराउने सार्स–कोभ–२ का कारण संक्रमित अधिकांश गर्भवती महिलामा जटिल समस्या भएको अनुभव नगरिएको अध्ययनले देखाएको छ। यद्यपि, कोभिडको भाइरसले हल्का वा… पुरा पढौ

आज ७०८ सङ्क्रमित, ९३२ सङ्क्रमण मुक्त

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा ७०८ जनामा कोरोना भाइरसको सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा नौ हजार ३७६ जनामा कोरोना परीक्षण गर्दा ७०८ जनामा सङ्क्रमण पाइएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ९४६ जना रहेका छन् । ५०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला १४ रहेका छन् । ५०० भन्दाबढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर १८.५ प्रतिशत… पुरा पढौ

देशभरका २७ लाख बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै

देशभरका २७ लाख बालबालिकालाई यही कात्तिक ७ गतेदेखि भिटामिन ‘ए’ निःशुल्क खुवाउन थालिएको छ । ६ महिनादेखि ५९ महिनाका करिब २७ लाख बालबालिकालाई यही कात्तिक ७ र ८ गते भिटामिन ‘ए’ खुवाउन थालिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम अन्तर्गत ६ महिनादेखि ५९ महिना उमेरसमूहका बालबालिकालाई भिटामिन ‘ए’ क्याप्सुल खुवाउन थालिएको हो। सधैँ कात्तिक ३ र ४ गते भिटामिन ‘ए’ खुवाउँदै आएकामा दसैँ परेकाले कात्तिक ७ र ८ गते खुवाउन थालिएको मन्त्रालयले जनाएको छ। भिटामिन ‘ए’ ६… पुरा पढौ

डब्ल्यूएचओको चेतावनी: कोरोना महामारी एक वर्ष लम्बिन सक्छ

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ)ले कोरोना भाइरस (कोभिड–१९) महामारी अझै १ वर्ष लम्बिन सक्ने चेतावनी दिएको छ। अझैपनि, गरीब मुलुकमा पर्याप्त मात्रामा कोरोना खोप नपुगेकाले महामारी अझै एक वर्षसम्म लम्बिन सक्ने डब्ल्यूएचओले चेतावनी दिएको हो। डब्ल्यूएचओका शीर्ष अधिकारी ब्रुस आयलवर्डले गरीब मुलुकमा कोरोना खोप नपुगेको कारण सन् २०२२ मा पनि कोरोना महामारी नसकिने बताएका हुन्। अहिलेसम्म अफ्रिकाका ५ प्रतिशतभन्दा कम मानिसले मात्र कोरोना खोप लगाएका छन्। अन्य महादेशमा भने ४० प्रतिशत मानिसले कोरोना खोप लगाइसकेका छन्। आयलवर्डले कोरोना खोप नपाएका अन्य… पुरा पढौ

सरकारका सय दिन : खोपको उपलब्धता र स्वास्थ्य व्यवस्थापन

काठमाडौँ । सरकार गठन भएलगत्तै संसद्मा प्रधानमन्त्री शेरबहादुर देउवाले सरकारको पहिलो प्राथमिकता कोभिड–१९ को महामारीबाट जनतालाई बचाउने र यसका लागि खोपको उचित व्यवस्था गर्ने रहेको बताएका थिए । सोही प्रतिबद्धताअनुसार सरकार कोरोना महामारी नियन्त्रण गर्न र खोप अभियान प्रभावकारी ढङ्गले अघि बढाउन सफल भएको छ । कोरोना भाइरसविरुद्धको खोप यही असोज मसान्तसम्म सरकारले अघि सारेको लक्षित जनसङ्ख्याभन्दा केही बढीलाई लगाइएको छ । त्यसैले यो परिणामलाई पनि उपलब्धिका रुपमा लिन सकिन्छ। सरकारले असोज मसान्तसम्म लक्षित जनसङ्ख्याको कम्तीमा पनि एक तिहाइलाई खोप… पुरा पढौ

गण्डकी प्रदेशकी स्वास्थ्य मन्त्री अधिकारीलाई कोरोना संक्रमण

गण्डकी प्रदेश स्वास्थ्य तथा जनसंख्या मन्त्री मधु अधिकारी कोरोना संक्रमण भएको छ। मन्त्री अधिकारीको आइतबार गरेको पीसीआर परीक्षणबाट कोरोनाबाट संक्रमित बनेको पुष्टि भएको हो। रुघा, खोकी ज्वरो देखिएपछि पीसीआर परीक्षण गरिएको थियो। मन्त्री अधिकारी हाल रामघास्थित मन्त्री निवासकै होम आइसोलेसनमा बसेकी छन्। पुरा पढौ

स्याङ्जा, पुतलीबजारका ५ औषधि पसललाई कारबाही

जिल्ला प्रशासन कार्यालय स्याङ्जाले पुतलीबजार नगरपालिकाभित्र संचालनमा रहेका ५ औषधि पसललाई कारबाही गरेको छ। औषधि पसल, क्लिनिक, फार्मेसीमा आइतबार गरेको अनुगमनका क्रममा त्रुटि देखिएका ५ औषधि पसललाई कारबाही गरी जरिवाना गरेको हो। म्याद गुज्रेका औषधि बिक्री वितरण गरेको, अनुमति लिएभन्दा बढी सेवा प्रवाह गरेको र तोकिए अनुसारका मापदण्ड पूरा नगरेका औषधि पसलहरु कारबाहीमा परेका हुन्। कारबाहीमा पर्ने स्वास्थ्य संस्थाहरुमा स्याङ्जा हेल्थ केयर, अशोक फर्मा, शुभसंगीता फर्मा, सतिदेवी पोलिक्लिनिक र मोनिका मेडिसिन स्टोर कारबाहीमा परेको हो। मोनिका मेडिसिन स्टोरलाई ५ हजार… पुरा पढौ

१२ हजार बढीमा परीक्षण गर्दा झण्डै ६ सयमा कोरोना संक्रमण

पोखरा । पछिल्लो २४ घण्टामा १२ हजार बढीमा परीक्षण गर्दा ६ सय बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार १२ हजार ४०४ जनामा गरिएको परीक्षणमा ५९६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो । सोही अवधीमा ८९१ जना संक्रमणमुक्त भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६।७ प्रतिशत छ । यस्तै पछिल्लो २४ घण्टामा संक्रमणबाट १० जनाको मृत्यु भएको छ । यो सहित संक्रमणबाट ज्यान गुमाउनेको संख्या… पुरा पढौ

मुख्यमन्त्री पोखरेलद्धारा चरक इन्स्टिच्युट अफ हेल्थ साइन्सको भवन उद्घाटन

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरालाई शिक्षा, स्वास्थ्य र पर्यटनको राजधानी बनाउनुपर्ने बताएका छन् । पोखराको काहुँमा निर्मित चरक इन्स्टिच्युट अफ हेल्थ साइन्स प्रालिको भवन बिहीबार उद्घाटनपछि मुख्यमन्त्री पोखरेलले यसका लागि प्रदेश सरकारले लगानीको वातावरण बनाइरहेको बताए । प्रदेश समृद्धिको आधार पर्यटन नै भएकाले शिक्षा र स्वास्थ्यलाई पनि सँगै जोडन लैजान सकिने उनको भनाइ थियो । भौगोलिक हिसावले पोखरामा ठूला उद्योग र कलकारखाना स्थापनाको सम्भावना नभएकाले शिक्षा र स्वास्थ्यलाई नै जोड दिइएको मुख्यमन्त्री पोखरेलले बताए । प्राकृतिक… पुरा पढौ