स्वास्थ्य

एस्ट्राजेनिका खोपको पहिलो मात्रा दिइँदै

काठमाडौँ । काठमाडौँ स्वास्थ्य कार्यालयले कोरोना भाइरसविरुद्धको एस्ट्राजेनिका खोपको पहिलो मात्रा सर्वसाधारणलाई दिन थालेको छ । विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई कार्यालयले एस्ट्राजेनिकाको पहिलो मात्रा दिइन थालेको हो । कार्यालय प्रमुख बद्रीबहादुर खड्काले यही भदौ १ गतेदेखि विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई खोप लगाउन थालिएको जानकारी दिए । जापान र भूटानबाट आएको एस्ट्राजेनिका खोपको दोस्रो मात्रा लगाएको बचेपछि विद्युतीय दर्ता गराएका सर्वसाधारणलाई पहिलो मात्रा खोप दिन थालिएको हो । भूटानबाट दुई लाख ३० हजार र जापानबाट पाँच लाख १३ हजार मात्रा एस्ट्राजेनिका… पुरा पढौ

खोप लगाएकाको प्रमाणपत्रको शुल्क नलिन आग्रह

काठमाण्डौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरसविरुद्धको खोप लगाएकाको क्युआर कोडसहित प्रमाणपत्रको शुल्क नलिन आग्रह गरेको छ । केही म्यानपावर कम्पनीले प्रमाणपत्रका लागि वैदेशिक रोजगारमा जाने व्यक्तिसँग शुल्क लिइरहेको जानकारीमा आएकाले विज्ञप्ति जारी गर्दै सो आग्रह गरिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले बताए। विदेश जानुपर्ने कतिपय व्यक्तिले कोभिड–१९ विरुद्धको खोप लगाएको क्युआर कोडसहितको प्रमाणपत्र लिन अनलाइन फाराम भरी म्यानपावर कम्पनीलाई शुल्क बुझाउनु परेको गुनासा प्राप्त भएकाले त्यसो नगर्न अनुरोध गरिएकोे र शुल्क लिनेउपर कडा कारवाही गरिने पनि विज्ञप्तिमा उल्लेख… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या १२ सय नाघ्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १२ सय नाघेको छ । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १० जना संक्रमितको मृत्यु भएसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या १ हजार २०६ पुगेको हो ।गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयद्वारा अध्यावधिक विवरण अनुसार संक्रमणबाट कास्कीका ६ जना, स्याङ्जाका २, तनहुँ र नवलपुरका १÷१ जना छन् । सोही अवधीमा प्रदेशका ६५६ जना संक्रमण पुष्टि भएको छ । विभिन्न जिल्लाका १ हजार ३ सय जनामा परीक्षण गर्दा ५० प्रतिशतमा संक्रमण पुष्टि भएको निर्देशनालयले जनाएको… पुरा पढौ

कोरोना सङ्क्रमण बढ्दै गएपछि चितवनका सरकारी कार्यालयको नियमित सेवा बन्द

काठमाण्डौं । जिल्लामा कोरोना भाइरस सङ्क्रमण बढ्दै गएपछि स्थानीय प्रशासनले भीडभाड हुने कार्यालयको नियमित सेवा बन्द गर्ने भएको छ । प्रमुख जिल्ला अधिकारी प्रेमलाल लामिछानेद्वारा आज जारी आदेशमा भीडभाड हुने कार्यालय भदौ १ गतेदेखि १० गतेसम्मका लागि नियमित सेवा वन्द गर्ने जनाइएको छ । आदेशमा भनिएको छ, “जिल्लास्थित सरकारी कार्यालयमध्ये बढी भीडभाड हुने जिल्ला प्रशासन कार्यालय, मालपोत, नापी र यातायात व्यवस्था कार्यालयले अत्यावश्यक तथा आन्तरिक कार्यबाहेक नियमित सेवाप्रवाह स्थगन गरिने छ ।” आदेशमा सभा, सम्मेलन, प्रदर्शन, भेला, सेमिनार, तालीम, सिनेमा,… पुरा पढौ

गण्डकी प्रदेश सांसद मीना गुरुङलाई कोरोना संक्रमण

गण्डकी प्रदेश सभा सदस्य (सांसद) मीना गुरुङलाई कोरोना संक्रमण भएको छ । प्रदेश सांसद गुरुङलाई आईतबार कोरोना संक्रमण पुष्टि भएको सांसद गुरुङकी स्वकीय सचिव दीपा शर्माले सामाजिक सञ्जाल फेसवुकमार्फत सार्वजनिक गरेकी छन् । संक्रमण पुष्टि भएसँगै सांसद गुरुङ आफ्नै निवासमा होम आइसोलेसनमा रहेको जनाइएको छ । गुरुङको स्वास्थ्य अवस्था सामान्य रहेको स्वकीय सचिव शर्माले उल्लेख गरेकी छन् । पुरा पढौ

गण्डकी प्रदेशका २ मन्त्रीलाई कोरोना संक्रमण

गण्डकी प्रदेशका दुई मन्त्रीलाई कोरोना संक्रमण भएको छ । प्रदेशका वन, वातारण तथा भूसंरक्षण मन्त्री दीपक थापा र भूमि ब्यबस्था, कृषि, सहकारी तथा गरिवी निवारण मन्त्री चन्द्रबहादुर बुढालाई कोरोना संक्रमण भएको हो । संक्रमित दुबै मन्त्री आफ्नो सरकारी निवासको होम आइसोलेसनमा रहेको जनाइएको छ । उनीहरुको स्वास्थ्य अवस्था सामान्य रहेको मन्त्रीका सचिवालयहरुले जनाएका छन् । पोखरामा मगर संघले आयोजना गरेको बधाई ज्ञापन कार्यक्रममा सहभागि भएर फर्किएपछि उनीहरुलाई कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएको थियो । लगत्तै कोरोना परीक्षण गर्दा रिपोर्ट पोजिटिभ आएको… पुरा पढौ

गाउँपालिकाका सबै नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा

स्याङ्जा । स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले नागरिकलाई निःशुल्क स्वास्थ्य बीमा गरिदिन शुरु गरेको छ । गाउँपालिकाको गत असारमा सम्पन्न नवौँ गाउँसभाले ‘समृद्ध गाउँपालिका–सुखी नागरिक’ अभियानअन्तर्गत गाउँपालिकाका सबै नागरिकलाई स्वास्थ्य बीमामा जोड्ने निर्णय गरेसँगै कार्यान्वयनतर्फ लागिएको गाउँपालिकाका अध्यक्ष खिमबहादुर थापाले बताए । “शुरुआतमा दलित, विपन्न, एकल महिला, अल्पसङ्ख्यकलाई प्राथमिकता दिएर क्रमशः सबै नागरिकलाई निशुल्क स्वास्थ्य बीमामा समेटेका छौँ”, अध्यक्ष थापाले भने, “गाउँसभाबाट नीति तथा कार्यक्रम पारित भएसँगै रु एक करोड ५० लाख विनियोजन गरिएको छ ।” गाउँपालिकाभित्रका कोही पनि नागरिकलाई स्वास्थ्यको पहुँचबाट… पुरा पढौ

चौथो लहर आएको दक्षिण कोरियामा कोरोना संक्रमित बढ्दै

दक्षिण कोरियामा कोरोना (कोभिड–१९) का संक्रमित पछिल्लो २४ घन्टामा बढेको देखिएको छ। त्यहाँ संक्रमित हुनेहरुको संख्या पछिल्ला हप्ताहरुमा समेत बढ्दै गएको देखिएको छ। कोरोना भाइरसको चौथो वेभ आएको भनिएको त्यहाँ शुक्रबार १ हजार ९ सय ९० जनामा कोरोनाको थप संक्रमण भएको बताइएको छ। त्यहाँ बिहीबार मध्यरातिसम्म अर्थात् गएको करिब २४ घन्टामा संक्रमितहरु १ हजार ९ सय ९० जना थपिएका बताइएको छ। योसँगै त्यहाँका संक्रमितहरुको संख्या २ लाख २० हजारजना भन्दा बढीमा पुगेको बताइएको छ। त्यहाँ पछिल्लो हप्तामा यहाँ कम्तीमा पनि… पुरा पढौ

१२ देखि १७ वर्ष उमेरका लागि मोडर्नाको ४० लाख डोज खोप

नेपालमा १२ देखि १७ वर्ष उमेर समूहका किशोर किशोरीहरुका लागि मोडर्नाको ४० लाख डोज खोप नेपाल ल्याइने भएको छ। विश्व बैंकले आगामी फागुनदेखि ४० लाख मोडर्ना खोप ल्याउने जनाएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मोडर्नाको ४० लाख डोज खोप खरिदका लागि सम्झौता भएको हो। उक्त खोप १२ देखि १७ वर्ष उमेर समूहका बालबालिका तथा किशोरकिशोरीलाई लगाइने सरकारले जनाइसकेको छ। विश्व बैंकको वित्तीय सहयोगमा कोभ्याससँगको साझेदारीमार्फत सरकारले ४० लाख मात्रा खोप खरिद गर्नका लागि खोपसम्बन्धी विश्वव्यापी सञ्जाल ‘गाभी’सँग सम्झौता गरेको… पुरा पढौ

पहिलो चरणमा पोखराका २५ सय पर्यटनकर्मीले लगाए खोप

पोखरा पर्यटन परिषद्को समन्वयमा आज पोखराका २५ सय पर्यटनकर्मीलाई खोप लगाइएको छ ।पोखराको विभिन्न पाँच स्थानमा पर्यटन सम्बद्ध संघ संस्था लगायत पर्यटन क्षेत्रका मजदुर, कर्मचारी र पर्यटन व्यवसायीलाई प्राथमिकताको आधारमा खोप लगाउन कार्यक्रम सम्पन्न गरिएको परिषद्का महासचिव रामचन्द्र शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल पर्यटन बोर्ड, होटल माउण्ट कैलाश, होटल बाराही, बुमराङ रेष्टुरेण्ट र खपौदीको द ब्रिजमा गरेर पाँच स्थानमा खोप केन्द्र तोकिएको थियो । प्रत्येक खोपकेन्द्रमा पाँचसय खोपको व्यवस्था गरिएको शर्माले जानकारी दिनुभयो ।परिषद्का अध्यक्ष गोपीबहादुर भटटराई निकै… पुरा पढौ