स्वास्थ्य

जनमुक्ति सेनाद्वारा सेनालाई तीन लाख डोज भेरोसेल खोप उपलब्ध

काठमाडौँ । चीनको जनमुक्ति सेनाले नेपाली सेनालाई सहयोगस्वरुप कोभिड–१९ विरुद्धको तीन लाख डोज भेरोसेल खोप उपलब्ध गराएको छ। प्रधानसेनापति प्रभुराम शर्मालाई जङ्गी अड्डामा आज आयोजित कार्यक्रमा नेपालका लागि चिनियाँ राजदूत होउ यान्छीले १० थान भेन्टिलेटर, १०० थान अक्सिजन कन्सन्ट्रेटरसहित सो भेरोसेल खोप हस्तान्तरण गरेका थिए। सो अवसरमा प्रधानसेनापति शर्माले भेरोसेल खोप सहयोगका लागि मित्रराष्ट्र चीन सरकार र चिनियाँ जनमुक्ति सेनालाई धन्यवाद ज्ञापन गरेकाे सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । उक्त खोप सेनाका सकल दर्जा र प्राथमिकताका साथ अन्य… पुरा पढौ

४६९ सङ्क्रमित थपिए, तीन जिल्लामा शून्य सङ्क्रमण

काठमाण्डौं । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना भाइरसका ४६९ जना सङ्क्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको बुलेटिनमा १० हजार २८७ मा कोरोना परीक्षण गर्दा ४६९ सङ्क्रमित थपिएका हुन् । सोमबार ५३३ जनामा सङ्क्रमण देखिएको थियो । देशभर सक्रिय सङ्क्रमित नौ हजार १७४ रहेका छन् । नेपालमा सङ्क्रमण दर १८.३ प्रतिशत पुगेको छ । पाँच सयभन्दा बढी सङक्रमित भएका जिल्ला काठमाडौँ, ललितपुर र भक्तपुर तथा २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १० रहेका छन् । तीन… पुरा पढौ

धवलागिरि अस्पतालमा जीवनजल अभाव

गलकोट । धवलागिरि अस्पतालमा जीवनजलको अभाव भएको छ । भाइरल ज्वरो, झाडावान्तालगायतका बिरामीको चाप बढेपनि अस्पतालमा एक सातादेखि जीवनजलको अभाव कायमै छ । झाडावान्ता भएपछि छोरालाई अस्पताल ल्याएकी सरिता शर्माले जीवनजल नपाएको गुनासो गरीन् । शर्माजस्तै अन्यले पनि उक्त समस्या भोग्नु परिरहेको छ । केही दिनदेखि जीवनजल अभाव भएको अस्पतालका फार्मेसी इन्चार्ज सन्तोष सुवेदीले बताए। “समयमै औषधि ल्याउन खरिद ऐन नै परिवर्तन गर्नुपर्छ, तत्कालै हामीले औषधि खरिद गर्न मिल्दैन”, उनले भने “स्वस्थ्य बिमाले सबै औषधि दिनु भन्छ, तर खरिद ऐन… पुरा पढौ

गण्डकीमा ३४ कोरोना सङ्क्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा ३४ जना कोरोना सङ्क्रमणमुक्त भएका छन् । यस अवधिमा २३ सङ्क्रमित थपिएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । थपिनेमा कास्कीका नौ, स्याङ्जाका आठ, तनहुँका दुई तथा नवलपरासीपूर्व, लमजुङ, गोरखा र म्याग्दीका एक/एक जना छन् । यस अवधिमा पोखरा महानगरपालिका–२६ का ५६ वर्षीय पुरुषको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको स्वास्थ्य निर्देशनालय, प्रदेश स्वास्थ्य आपत्कालीन कार्य सञ्चालन केन्द्र गण्डकी प्रदेशका संयोजक नवराज शर्माले जानकारी दिए । उनका अनुसार निजसँगै प्रदेशमा कोरोना सङ्क्रमण भई मृत्यु… पुरा पढौ

सहारा क्लवका सदस्यले लगाए कोरोना बिरुद्धको दोस्रो खोप

पोखरा । गण्डकी प्रदेश सरकारको सहयोगमा पोखराको सहारा क्लवले आफ्ना सदस्यहरुलाई कोरोना बिरुद्धको दोश्रो डोजको खोप लगाएको छ । क्लवले आफ्ना २ सय ३३ जना क्लवमा आबद्ध सदस्यहरुलाई कोरोनाबिरुद्ध खोप लगाएको क्वलका अध्यक्ष हरिराम गुरुङ (सुरज) ले बताए । प्रदेश सरकार, स्वास्थ्य मन्त्रालय, पोखरा महानगरको स्वास्थ्य महाशाखा लगायतलाई क्लवले बिषेश धन्यवाद दिएको छ । क्लवले हरेक बर्ष जसो आहा रारा गोल्ड कप फुटवल प्रतियोगिता संचालन गर्दै आएको छ भने १४ जिल्लाका गरिव, विपन्न बर्गका २४ जना वालकहरु सहारा फुटवल एकेडेमीमा… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना निको हुनेभन्दा संक्रमित हुने बढी

पोखरा । गण्डकी प्रदेशमा गत साता कोरोनामुक्त हुने भन्दा संक्रमितको संख्या बढेको छ । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले आइतबार अपरान्ह कोभिड–१९ सम्बन्धी विवरण सार्वजनिक गर्र्दै यस्तो जानकारी दिएको हो । निर्देशनालयले अध्यावधिक गरेको विवरण अनुसार गत साता ३१९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि हुँदा १८९ जना संक्रमणमुक्त भएका छन् । २ हजार ४१४ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । सोही अवधीमा संक्रमणका कारण विभिन्न जिल्लाका ५ जना संक्रमितको मृत्यु भएको छ । यस्तै, आइतबार पनि प्रदेशमा… पुरा पढौ

नेलम्बो नेपालद्वारा विरेठाँटीमा निःशुल्क शिविर

पोखरा ४ ग्रह्रापाटनमा रहेको नेलम्बो नेपाल र अन्नपूर्ण गाउँपालिकाको संयुक्त आयोजनामा कास्कीको अन्नपूर्ण गाउँपालिका वडा नं. ८ मा रहेको विरेठाँटी मा.वि मा निःशुल्क दन्त शिविर आयोजना गरिएको छ । स्थानिय विद्यार्थी, अभिभावक, शिक्षक तथा विद्यालय व्यवस्थापन समितिका सदस्यहरुलाई लक्षित गरेर निःशुल्क दन्त शिविर आयोजना गरिएको हो । शिविरमा निःशुल्क रुपमा दाँतको चेक जाँच, औषधी उपचार, दाँत भर्ने, दाँत निकाल्ने, दाँतको जरै देखि उपचार, दाँत सफा गर्ने, दाँतको एक्सरे, गिजाको उपचार आदि जस्ता मुख तथा दाँत सम्बन्धी औषधी उपचार गरिएको नेलम्बो… पुरा पढौ

चीनले दिएको थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो

चीनले दिएको थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ। कोभ्याक्ससँगको कस्ट–सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप हिँजो (बुधबार) बिहान नेपाल आइपुगेको हो। सरकारले कोभ्याक्ससँग कस्ट–सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो। सोहीअनुसार पहिलो चरणमा बुधबार १० लाख २० हजार डोज खोप आएको हो। खोपलाई टेकुस्थित भण्डारणमा राखिएको छ। यसअघि, पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कूल १ करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ। पुरा पढौ

७७६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा ५०१ सङ्क्रमणमुक्त

काठमाण्डौं । पछिल्लो २४ घण्टामा कोरोना भाइरसको ७७६ मा सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आज सार्वजनिक गरेको तथ्याङ्कमा १० हजार ८६४ जनाको परीक्षण गर्दा ७७६ जनामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १० हजार ३६० जना रहेका छन् । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला चार र २०० भन्दा बढी सङ्क्रमित भएका जिल्ला १४ छन् । पाँच सयभन्दा बढी सङ्क्रमण हुने जिल्ला काठमाडौँ, ललितपुर, भक्तपुर र कास्की रहेका छन् । सङ्क्रमण दर… पुरा पढौ

धवलागिरि अस्पताल पदाधिकारीविहीन

उपप्रादेशिक तहमा स्तरवृद्धिको घोषणा गरिएको धवलागिरि अस्पताल पदाधिकारीविहीन अवस्थामा छ । अघिल्लो व्यवस्थापन समितिका पदाधिकारीको अवधि गत असोज २२ गते सकिए पनि अझैसम्म नयाँ नियुिक्त हुन सकेको छैन । समितिका अध्यक्षको नियुक्ति प्रदेश सरकारले गर्छ । राजनीतिक नियुक्ति भएकाले सत्तापक्षीय दलबीच कुरा नमिल्दा पदाधिकारी चयनमा ढिलाइ भइरहेको हो । एउटै दलभित्र पनि अध्यक्षका आकाङ्क्षी धेरै छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेन डा शैलेन्द्र विक पोखरेलले पदाधिकारी नियुक्तिका विषयमा अहिलेसम्म कुनै जानकारी नआएको बताउनुभयो । पदाधिकारी नहुँदा पनि अस्पतालको नियमित सेवा र… पुरा पढौ