स्वास्थ्य

विश्वमै कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघ्यो

कोरोना महामारी सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघेको छ। जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ६६ हजार ५ सय ६१ जनाको मृत्यु भएको छ। विश्वभरी कूल संक्रमितको संख्या १८ करोड ८९ लाख २५ हजार २ सय २३ जना रहेका छन। विश्वभर ३ अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५ सय ६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। सो विश्वविद्यालयले जुलाई १६ मा प्रकाशित गरेको विवरणअनुसार कोरोनाबाट अत्यन्त प्रभावित २०… पुरा पढौ

महानगर मेयर जिसीको स्वास्थ्यमा सुधार

पोखरा महानगरपालिका प्रमुख मानबहादुर जिसीको अहिले काठमाडौंस्थित न्युरो अस्पताल बाँसबारीमा उपचार भइरहेको प्रमुखका प्रेस संयोजक माधव बरालले जानकारी दिएका छन्। प्रमुख जिसीको स्वास्थ्यमा सुधार समेत आएको बरालले बताए। उच्च रक्तचापले मस्तिष्कघात भई त्यसको असरले प्रमुखको शरीरको देब्रेतर्फ समस्या आएको थियो। हिँजै शल्यक्रिया गर्ने भनिएपनि चिकित्सकहरुलाई उद्धृत गर्दै बरालले तत्काललाई शल्यक्रिया गर्नु नपर्ने र हाललाई औषधीबाटै प्रमुख जिसीको उपचार भइरहेको बताए। शुक्रबार बिहान करिब ४ बजे उनलाई स्वास्थ्यमा असहज महसुस भएपछि तत्कालै महेन्द्रपुलस्थित मेडिप्लस अस्पतालमा उपचारका लागि लगिएको थियो। मेडिप्लस अस्पतालमा… पुरा पढौ

एकै गाउँका १२ बालबालिका कोरोना सङ्क्रमित, नयाँ भेरियन्टको आशङ्का

पर्वत। पर्वतको एउटा गाउँमा १२ बालबालिकामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । कुश्मा नगरपालिका–८ चुवामा १२ बालबालिका कोरोना सङ्क्रमित भएका हुन् । जिल्लाभर बालबालिका सङ्क्रमित कम मात्रामा भइरहेको अवस्थामा पछिल्लो एक हप्तामा चुवामा एकैपटक १२ बालबालिका सङ्क्रमित भएका हुन् । वडाध्यक्ष राजकुमार क्षेत्रीका अनुसार १३ महिनादेखि ११ वर्ष उमेर समूहका बालबालिका सङ्क्रमित भएका हुन् । रुघाकोकी, ज्वरोलगायतका लक्षण देखिएपछि गरिएको परीक्षणमा सङ्क्रमण पुष्टि भएको उनले बताए । उनले बालबालिका धमाधम सङ्क्रमित भएकाले यो नयाँ खालको भेरियन्टको आशङ्का गरिएको बताए ।… पुरा पढौ

स्वास्थ्यचौकीको भवनभित्र छाता ओढ्नुपर्ने बाध्यता

म्याग्दी। जिल्लाको बेनी नगरपालिका–३ भकिम्लीस्थित स्वास्थ्यचौकीमा छाता ओढ्नुपर्ने बाध्यता छ । स्वास्थ्यचौकीको भवन जीर्ण भएर पानी चुहिन थालेपछि बर्खायाममा पानी पर्दा स्वास्थ्यकर्मी र सेवाग्राही छाता ओढेर बस्ने गरेका हुन् । स्वास्थ्यचौकीका प्रमुख जनस्वास्थ्य निरीक्षक धीरजकुमार शाहले भवनको प्रसूति कक्षभित्र पानी पर्दा छाता ओढेर सेवा दिने गरेको बताए । “आफ्नै भवन नभएको र स्वास्थ्यचौकी सञ्चालन भइरहेको आमा समूहको भवन मर्मत नहुँदा जीर्ण बनेर पानी चुहिन थालेको छ”, उनले भने, “बर्खामा पानी पर्दा भवनभित्रै छाता ओढेर सेवा दिने गरेका छौँ ।” भवन… पुरा पढौ

बंगलादेशमा ईदका लागि एक हप्ता लकडाउन हटाउँदै

बंगलादेशमा लागू हुदै आएको लकडाउन एक हप्ताका लागि हटाउने निर्णय गरिएको छ। इस्लाम धमौवलम्बीहरूको महान चाड ईद उल अजहालाई लक्षित गरेर एक हप्ता लकडाउन हटाउने निर्णय सरकारले गरेको हो। यही जुलाई १५ देखि २२ सम्म लकडाउन खुल्ला गर्ने निर्णय भएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन्। इस्लाम धर्मावलम्बीहरूको महान चाड ईद उल अजहा बंगलादेशमा यस वर्ष जुलाई २१ मा मनाइने भएको छ। लकडाउन हटाइए पनि कोरोनाभाइरस नफैलन अपनाउनुपर्ने आधारभूत स्वास्थ्य सतर्कता भने अपनाउनुपर्ने सरकारी अधिकारीहरूले जनाएका छन्। सामाजिक दूरी कायम गर्नुपर्ने,… पुरा पढौ

अमेरिकाद्वारा नेपाललाई १५ लाख खोप सहयोग : ५० देखि ५४ वर्षका नागरिकलाई लगाइने

काठमाडौँ। संयुक्त राज्य अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० मात्रासहितको जोन्सन एण्ड जोन्सन खोप कोभ्याक्स सुविधाअन्तर्गत अनुदान सहयोग गरेको छ । अमेरिकी सरकारबाट उपहारस्वरुप प्राप्त कोभिड–१९ विरुद्धको उक्त खोप नेपालस्थित अमेरिकी राजदूत र्‍याण्डी बेरीले आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री कृष्णगोपाल श्रेष्ठलाई हस्तान्तरण गरे । हस्तान्तरणपछि त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री श्रेष्ठले प्राप्त खोप नेपाली नागरिकको जीवनरक्षाका लागि वरदान सावित हुने बताए। एक मात्रा मात्र लगाए पुग्ने सो खोप ५० देखि ५४ वर्षका नागरिकलाई प्राथमिकताका आधारमा लगाइने योजना… पुरा पढौ

फेरि बढ्दै सङ्क्रमण र मृत्यु

बागलुङ। सदरमुकामस्थित धवलागिरि अस्पतालमा पछिल्ला दुई दिनमा चार कोरोना सङ्क्रमितले ज्यान गुमाए । मृत्यु हुनेमा २३ वर्षीया युवतीसमेत छन् । गम्भीर सङ्क्रमणका कारण अस्पतालको सघन उपचार कक्षमा तीन जना उपचाररत छन् । आइसोलेशनमा रहेका बिरामीमा पनि श्वासप्रश्वासको समस्या बढी छ । दुई साता अघितिर अस्पताल भर्ना हुने सङ्क्रमितको सङ्ख्या सातमा झरेकामा अहिले क्रमशः बढ्दै १२ पुगेको छ । जिल्लाभर सक्रिय सङ्क्रमित घटेर दुई सय ५४ पुगेकामा शनिबारसम्ममा पुनः सङ्ख्या उकालो लागेर तीन सय २२ पुगेको छ । यसले केही दिन… पुरा पढौ

एक हजार ८३१ मा कोरोना सङ्क्रमण

काठमाण्डौं । बितेको २४ घण्टामा नेपालमा थप एक हजार ८३१ जनामा कोरोना भाइरस देखा परेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा कूल नौ हजार २१८ को नमूना परीक्षण गर्दा थप एक हजार ८३१ मा कोरोना देखिएको हो । मन्त्रालयका अनुसार पिसीआर विधिबाट पाँच हजार ५३५ नमूना परीक्षण गर्दा एक हजार २३७ र एन्टिजेन विधिबाट तीन हजार ६८३ को परीक्षण गर्दा ५९४ मा पोजेटिभ देखिएको हो । हाल देशभर २६ हजार १७३ जना सक्रिय सङ्क्रमित रहेका छन्… पुरा पढौ

अमेरिकाले दिने १५ लाख डोज खोप भोलि नेपाल आइ पुग्ने

काठमाण्डौं । अमेरिकी सरकारले कोभ्याक्सअन्तर्गतको कोरोना भाइरस विरुद्धको १५ लाख डोज खोप नेपाललाई प्रदान गरेको छ । अमेरिकी खोप उत्पादक कम्पनी जोन्सन एण्ड जोन्सनको खोप ब्रसेल्सबाट स्थानीय समयअनुसार आइतबार नेपालका लागि प्रस्थान गर्ने र सोमबार बिहान नेपाल पुग्ने कार्यतालिका रहेको छ । उक्त खोप एक मात्रा लगाए पुग्ने खोप हो । कोरोना भाइरस विरुद्धको लडाइँमा अमेरिकी सरकारले नेपाललाई गरेको सहयोगअन्तर्गत खोप एउटा महत्वपूर्ण सहयोग हो । अमेरिकाका लागि नेपालका राजदूत डा युवराज खतिवडाले महाविपत्तिको बेलामा मित्र राष्ट्र अमेरिकाको सहयोग महत्वपूर्ण… पुरा पढौ

विश्वमा कोरोनाले ज्यान गुमाउनेको संख्या ४० लाख नाघ्यो

कोरोना सुरु भएयता हालसम्म विश्वभर यस संक्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख नाघेको छ । जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ९ सय २९ जनाको मृत्यु भएको छ। विश्वभरी कूल संक्रमितको संख्या १८ करोड ५० लाख २९ हजार ९ सय ६० जना रहेका छन्। विश्वभर ३ अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३ सय २१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। सिन्ह्वा पुरा पढौ