स्वास्थ्य

मुख्यमन्त्री पोखरेलद्वारा ‘जोन्सन एन्ड जोन्सन’ खोपको शुभारम्भ

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले नवलपरासी (बर्दघाट–सुस्तापूर्व)बाट गण्डकी प्रदेशमा जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका छन् । मध्यविन्दु–२ कोल्हुवामा रहेको नवलपुर स्वास्थ्य चौकीमा आयोजित कार्यक्रममा मुख्यमन्त्री पोखरेलले जोन्सन एन्ड जोन्सन खोपको शुभारम्भ गरेका छन् । स्वास्थ्य कार्यालय नवलपरासी (बर्दघाट–सुस्तापूर्व)द्वारा आयोजित कार्यक्रममा अपाङ्गता भएका १३ तथा अन्य चार गरी १७ जनालाई खोप लगाएर जोन्सन एन्ड जोन्सनको नवलपुरमा शुरु गरिएको स्वास्थ्य कार्यालय प्रमुख केशवप्रसाद चापागाईंले जानकारी दिए । नवलपुरमा १५ हजार मात्रा सो खोप आएको चापागाईंले बताए । उक्त… पुरा पढौ

व्यवसायीलाई खोप उपलब्ध गराउन पोउवा संघको आग्रह

पोखरा । पोखरा उद्योग वाणिज्य संघले उद्योगी÷व्यवसायीहरुलाई कोभिडविरुद्धको खोप उपलब्ध गराउन गण्डकी प्रदेश सरकारसँग माग गरेको छ । संघका अध्यक्ष नारायण कोइरालाको नेतृत्वमा गएको संघको प्रतिनिधिमण्डलले सोमबार गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री मधुमाया अधिकारी गुरुङसमक्ष सो माग राखेको हो । जवाफमा स्वाथ्यमन्त्री गुरुङले संघ सरकारले नै खोपको प्राथमिकता तोकेर पठाउने गरेको जानकारी दिँदै सम्भव भएसम्म व्यवसायीहरुलाई प्राथमिकताको आधारमा खोप उपलब्ध गराउन प्रदेश सरकार सकारात्मक भएको बताइन् । संघको प्रनिनिधिमण्डलमा प्रदेश सांसद तथा संघका पूर्वअध्यक्ष विन्दुकुमार थापा, संघका उपाध्यक्ष अर्जुन पोखरेल, महासचिव सुरेन्द्र्रमान… पुरा पढौ

अमेरिकाले दिएको ‘जोन्सन एण्ड जोन्सन’ खोप लगाउन सुरु, प्रधानमन्त्रीले गरे अनुगमन

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजदेखि शुरु भएको कोरोना भाइरसविरुद्धको खोप ‘जोन्सन एण्ड जोन्सन’ अभियानको निरीक्षण एवं अनुगमन गरेका छन् । प्रधानमन्त्री देउवाले खोप अभियान सञ्चालन भएका काठमाडौँ उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पतालस्थित कोभिड–१९ केन्द्रीय युनिफाइड अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगी निरीक्षण गरेका हुन् । केन्द्रीय युनिफाइड अस्पतालमा प्रधानमन्त्री देउवालाई उपनिर्देशक डा. अशेष ढुङ्गेलले खोप लगाउनका लागि आयोजना गरिएको व्यवस्थाबारे जानकारी गराएका थिए । प्रधानमन्त्री देउवाले अस्पतालमा खोप लगाइरहेका बेला निरीक्षण गरेका… पुरा पढौ

थप एक हजार ८०१ मा कोरोना सङ्क्रमण पुष्टि

काठमाण्डौँ । नेपालमा थप एक हजार ८०१ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख १६ हजार ४९ पुगेको छ । थप छ हजार ६२८ को पीसीआर परीक्षण तथा तीन हजारको एन्टिजेन विधिबाट कोरोना परीक्षण गरिएको थियो । पीसीआर विधिबाट एक हजार २२३ तथा एन्टिजेनबाट ५७८ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । हालसम्म छ लाख ३२ हजार ७४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् ।… पुरा पढौ

खोप अभियान व्यवस्थित गर्न प्रधानमन्त्रीको निर्देशन

काठमाण्डौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले कोभिड–१९ विरुद्धको खोप अभियानलाई व्यवस्थित गर्न सम्बन्धित निकायका पदाधिकारीलाई निर्देशन दिएका थिए । प्रधानमन्त्री देउवाले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव लक्ष्मण अर्याल, विशेषज्ञ डा रोशन पोखरेल, स्वास्थ्य सेवा विभागका महानिर्देशक दीपेन्द्ररमण सिंह, खोप तथा बाल स्वास्थ्य महाशाखाका प्रमुख डा तारा पोखरेललगायत पदाधिकारीलाई आज कोभिड–१९ को परीक्षण, उपचार, अक्सिजन तथा अन्य अत्यावश्यक सामग्रीको व्यवस्थापनमा कुनै किसिमको कमी हुन नदिन निर्देशन दिए । कोभिड महामारीको तेस्रो लहरको तयारी, महामारी व्यवस्थापन, खोप अभियानलाई चुस्त, प्रभावकारी, झन्झटमुक्त, भीडभागरहित ढङ्गले… पुरा पढौ

कास्कीमा जारी निषेधाज्ञा खुकुलो बन्दै

पोखरा । जिल्ला प्रशासन कार्यालय कास्कीले जारी निषेधाज्ञाको प्रावधानलाई थप खुकुलो पार्दै साउन तेस्रो सातासम्म लम्बाएको छ । आइतबार बसेको जिल्ला कोभिड–१९ व्यवस्थापन समितिको बैठकले जिल्लामा पछिल्लो दिनहरुमा कोरोना संक्रमणदर, मृत्युदर लगायतमा क्रमिक रुपमा कमी आइरहेको विश्लेषण गर्दै आगामी साउन २० गतेसम्म निषेधज्ञा लम्बाउने निर्णय गरेको हो । प्रशासनले यसअघिको निषेधाज्ञाको प्रावधानलाई थप खुकुलो पार्दै साउन २० गतेसम्म मध्यरातसम्म लम्बाउने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी थानेस्वर गौतमद्वारा हस्ताक्षरित आदेशमा भनिएको छ । जसअन्तर्गत अब साउन ६ देखि लामो दूरीका सवारीसाधन… पुरा पढौ

ओलम्पिक भिलेजमा भेटियो कोरोना संक्रमण

टोकियो ओलम्पिक सुरु हुन ६ दिनमात्रै बाँकी छ। ओलम्पिकको मिति नजिकिदैँ गर्दा ओलम्पिक भिलेजमा खेलाडीहरु पुगिसकेका छन्। बिडम्बनाको कुरा ओलम्पिक भिलेजमै कोरोना संक्रमणको घटना देखिएको छ। टोकियो २०२० का सीइओ तोसिरो मुटले विदेशबाट आएका एक व्यक्तिमा कोरोना संक्रमण देखिएको बताएका छन्। उनका अनुसार ती व्यक्ति खेल आयोजनामा संलग्न थिए। यद्यपि, उनले ती व्यक्तिको राष्ट्रियता खुलाउन मानेनन्। यी व्यक्तिलाई अहिले भिलेजबाट हटाइएको छ। भिलेजमा हजारौं खेलाडी र पदाधिकारीहरु बसेका छन्। कोरोना भाइरस संक्रमण रोक्नका लागि भिलेजमा कडा मापदण्ड अपनाइएको छ।‘यी व्यक्तिलाई… पुरा पढौ

पोखरामा आजदेखि पर्सिसम्म खोप लगाइँदै

पोखरामा आजदेखि पर्सिसम्म अबको ३ दिन लगातार खोप लगाइने भएको छ। आज आइतबार, साउनको ३ गतेबाट भोलि ४ र पर्सि ५ गतेसम्म खोप लगाइने भएको छ। यातायात व्यवसायी, यातायात मजदूर र वैदेशिक रोजगारीमा जानेका लागि मात्रै खोप लगाइने छ। खोप दिनका लागि पोखरामा चार स्थानमा खोप केन्द्र निर्धारण गरिएको छ। स्वास्थ्य कार्यालय कास्कीले एक सूचना प्रकाशित गरि खोप केन्द्र र यातायात व्यवसायी, मजदूर र वैदेशिक रोजगारमा जान लागेकाहरुका लागि खोप दिइने जनाएको हो। सूचना अनुसार बेगनास पोखरा यातायात प्रालि मातहतका… पुरा पढौ

सरकारले साउन १५ गतेभित्र ३२ लाख खोप ल्याउँदै, कोभिसिल्डको दोस्रो मात्रा पनि चाँडै लगाइने

काठमाडाैं । सरकारले चीनबाट यही साउन १५ गतेभित्र ३२ लाख मात्रा कोरोना भाइरसविरुद्धको खोप ‘भेरोसेल’ ल्याउने भएको छ । चीनसँग खरिद गरिएको खोप नेपाल वायुसेवा निगमको वाइडबडी जहाजबाट नियमित चार उडानमार्फत यही साउन १५ गतेभित्र ल्याउन लागिएको हो । मन्त्रालयका सहप्रवक्ता डा.समिरकुमार अधिकारीले चीनबाट खरिद गरिएको खोप निगमको जहाजबाट नियमित ल्याउन थालिएको जानकारी दिए । गत असार २५ गतेदेखि चीनबाट खरिद भएको खोप ल्याउन शुरु गरिएकामा पुनः आगामी बुधबार (यही ६ गते साउन) जहाज चीनतर्फ जाने भएको उनले बताए ।… पुरा पढौ

विश्वभर ३ अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५६४ डोज खोप लगाइयो

विश्वभर ३ अर्ब ५३ करोड ७२ लाख ५५ हजार ५ सय ६४ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। कोरोनाविरुद्ध खोप लगाएका दश देशको तथ्यांकहरु यस प्रकार रहेका छन्। चीनमा १ अर्ब ४१ करोड ४६ लाख ९ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ । भारतमा ३९ करोड ५३ लाख ४३ हजार ७६७ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। अमेरिकामा ३३ करोड ४९ लाख ४० हजार १ सय ९२ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। ब्राजिलमा ११ करोड ४१ लाख ५७ हजार १ सय २५… पुरा पढौ