स्वास्थ्य

विश्वभर ३ अर्ब ३५ करोड ६२ लाख ४७ हजार डोज कोरोनाविरुद्ध खोप लगाइयो

विश्वभर ३ अर्ब ३५ करोड ६२ लाख ४७ हजार ३ सय २१ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। हालसम्मको तथ्यांकअनुसार चीनमा सबैभन्दा बढी १ अर्ब ३४ करोड २३ लाख ८१ हजार डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। भारतमा ३७ करोड २२ लाख ५५ हजार ७ सय ८६ डोज कोरोनाविरुद्ध खोप लगाइएको छ। अमेरिकामा ३३ करोड १२ लाख २ हजार ६ सय ४१ डोज खोप लगाइएको छ। त्यस्तै, ब्राजिलमा १० करोड ३८ लाख २४ हजार ८ सय ५४ डोज खोप लगाइएको छ। बेलायतमा… पुरा पढौ

होटल, रेष्टुरेण्ट खोल्न दिन पृथ्वी होटल व्यवसायी समिति र सिटी रेवानको माग

पर्यटनसँग सम्बद्ध पोखराका दुई संस्थाले कोरोनाबिरुद्धको खोप उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेका छन् । पर्यटनसँग सम्बद्ध पृथ्वी होटल व्यवसायी समिति र सिटी रेष्टुरेण्ट एण्ड बार एशोसियसन (सिटी रेवान), पोखराले गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेललाई संयुक्त रुपमा ज्ञापन पत्र बुझाउँदै कोरोना खोपको माग गरेका हुन् । कोभिड–१९ का कारण लगाइएको लकडाउन तथा निषेधाज्ञाका कारण पर्यटनसँग सम्बद्ध होटल तथा रेष्टुरेण्टहरु थला परेकाले यसको पुर्नरुत्थान गर्ने एउटा मात्र विकल्प भनेको कोरोना खोप भएको उनीहरुको भनाई छ । ‘कोरोनाबाट बच्दै पर्यटन व्यवसाय… पुरा पढौ

तेर्सापट्टि बुहारी समुहको राहत तथा सम्मान कार्यक्रम

पोखरा । तेर्सापट्टि बुहारी समाजले शनिबार पोखरामा राहत वितरण तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । समूहले पोखरा–३ का बिभिन्न ७ जना बिपन्न महिलालाई खाद्य सामाग्रि वितरण र गरिएको हो । कोरोना संक्रमणबाट अप्ठेरोमा परेका उनीहरुलाई आवश्यक खाद्यान्न सहयोग गरिइएको संस्थाले जनाएको छ । समूहले सोही कार्यक्रममा पोखराका सफल युवा महिला व्यवसायी तथा समाजसेवी गुरुङलाई नेपाली कांग्रेस केन्द्रिय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठा अन्र्तगतको अन्तर्राष्ट्रिय सम्बन्ध तथा विदेश नीति सम्बन्धी विषयगत समितिमा विज्ञ नियुक्त भएकोमा सम्मान गरेको छ । समाजसेवी… पुरा पढौ

अमेरिकाले दिएको २५ लाख खोप पाकिस्तानलाई प्राप्त

एजेन्सी । अमेरिकाले दिएको कोरोनाभाइरस विरुद्धको २५ लाख खोप पाकिस्तान आइपुगेको छ । अमेरिकाले पाकिस्तानलाई मोडेर्ना खोप उपलब्ध गराएको हो । यो खोपले पाकिस्तानमा फैलिएको कोरोनाभाइरसको महामारी न्युनिकरणमा ठूलो सहयोग गर्ने अपेक्षा गरिएको छ । महामारीले अफ्ठ्यारोमा परेका बेला अमेरिकाले खोप उपलब्ध गराएपछि पाकिस्तानलाई ठूलो राहत भएको छ । पाकिस्तानको संघीय राजधानी इस्लामावादस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइएको खोप पाकिस्तानस्थित अमेरिकी राजदूत एंगेला पि एग्गेलेरले पाकिस्तानलाई हस्तान्तरण गरेका छन् । अमेरिकाले विश्वभरी वितरण गर्नेगरी छुट्याएको आठ करोड खोप मध्येबाट अहिले २५ लाख… पुरा पढौ

कास्की कोरोना अपडेटः संक्रमितको मृत्युमा नयाँ रेकर्ड

कोरोना संक्रमितको मृत्यु दरमा शुक्रवार कास्कीले नयाँ रेकर्ड कायम गरेको छ। गण्डकी प्रदेश सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय अन्तर्गतको स्वास्थ्य निर्देशनालयले शुक्रवार साँझ सार्वजनिक गरेको तथ्यांकमा कास्कीमा कुनैपनि संक्रमितको मृत्यु नभएको उल्लेख गरेको छ। कास्कीमा कोरोना संक्रमितको मृत्यु नभएको यो नयाँ रेकर्ड हो। सो तथ्यांकमा तनहुँमा २ जना बाहेक प्रदेशमा अन्य कुनैपनि संक्रमितको मृत्यु नभएको उल्लेख छ। मृत्यु हुनेमा तनहुँको व्यास नगरपालिका वडा नं. १२ का ५० वर्षका र शुक्ल गण्डकी नगरपालिका वडा नं. ६ का ६८ वर्षका पुरुष छन्।… पुरा पढौ

क्वालिटी अफ लाईफ सराङकोटद्वारा स्वास्थ्य सामग्री प्रदान

क्वालिटी अफ लाईफ सराङ्गकोटले गुल्मिको एक गाउँपालिका स्थित स्वास्थ्यचौकीलाई २ वटा कन्सन्ट्रेसन मेसिन सहित आवश्यक स्वास्थ्य सामग्री उपलब्ध गराएको छ ।एक्काइस वर्षदेखी समुदायमा सञ्चालन हुँदै आएको उक्त सामाजिक संस्थाले गुल्मेली समाज पोखराको समन्वयमा गुल्मी जिल्लाको काली गण्डकी गाउँपालिकाको पूर्तिघाटमा रहेको स्वास्थ्य चौकीलाई आवश्यक स्वास्थ्य सामग्री सहयोग गरेको संस्थाका अध्यक्ष रामचन्द्र शर्माले जानकारी दिनुभयो ।संस्थाले दुई वटा कन्सन्ट्रेसन मेसिन, पिपिई सेट, (डिस्पोजेवल एण्ड नन डिस्पोजेवल) भिटामिन डि, सी ट्याब्लेट, विभिन्न आवश्यक औषधिहरु, अक्सीमिटर, थर्मामिटर, जिङ्क ट्याबलेट, प्यारा सिटामोल,सेनिटाइजर, एन ९५ मास्क,… पुरा पढौ

बागलुङको ताराखोलामा पत्रकार महासङ्घको सचेतना

बलेवा। कोरोना महामारीमा अपनाउनुपर्ने स्वास्थ्य मापदण्डका विषयमा समुदाय सचेतना कार्यक्रमसहित ताराखोला गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरिएको छ । पत्रकार महासङ्घ बागलुङले समुदायस्तरमा पुगेर स्वास्थ्य सचेतनासहित गाउँपालिकालाई स्वास्थ्य सामग्री प्रदान गरेको हो । महासङ्घले जिल्लाका दुई स्थानीय तहमा स्वास्थ्य सचेतना र स्वास्थ्य सामग्री प्रदान गर्ने कार्यक्रम बनाएको थियो । मङ्गलबार उक्त गाउँपालिका पुगेर नागरिक तहमा स्वास्थ्यका मापदण्ड अपनाउन र कोरोनाबाट बच्न आग्रह गरिएको अध्यक्ष नरेश कँडेलले बताए । महासङ्घले काठेखोला गाउँपालिकामा पनि कार्यक्रम गर्ने कँडेलले जानकारी दिए । महासङ्घका पदाधिकारीसहित स्वास्थ्यकर्मीको… पुरा पढौ

पोखरा लेडी जेसिजद्वारा सातदिने अनलाइन योग शिविर सम्पन्न

पोखरा । पोखरा लेडी जेसिजद्वारा आयोजित सातदिने अनलाइन योग शिविर सम्पन्न भएको छ । गत असार ७ गते (२१ जुन) अर्थात् विश्व योग दिवशको अवसर पारी लेडी जेसिजले योग सप्ताह शिविर सुरु गरेको थियो । पोखरा महानगरपालिका प्रमुख मान बहादुर जीसीको प्रमुख आतिथ्यतामा उद्घाटन भएको शिविर असार १३ गते आईतवारका दिन गण्डकी प्रदेशसभा सदस्य राजीव पहारीको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । सात दिन सम्म चलेको शिविरको कार्यक्रम पोखरा लेडि जेसिज वर्ष २०२१ का अध्यक्ष जेसी कमला शर्मा कडेल (बिनिता)को… पुरा पढौ

हेलम्बु र मेलम्चीवासीको उपचारमा प्रहरी अस्पतालका चिकित्सक

काठमाडौं। नेपाल प्रहरी अस्पतालका स्वास्थ्यकर्मी सङ्कटग्रस्त हेलम्बु र मेलम्चीवासीको निःशुल्क उपचारमा जुटेका छन् । यही असार १ गते मेलम्ची खोला र इन्द्रावती नदीमा बाढीबाट पीडितको उपचारका लागि प्रहरी अस्पतालको विशेषज्ञ टोली नै हेलम्बु र मेलम्ची क्षेत्र पुगेको हो । प्रहरी अस्पतालका प्रहरी वरिष्ठ उपरीक्षक डा सञ्जयविक्रम श्रेष्ठको नेतृत्वमा ११ चिकित्सक बाढी प्रभावित क्षेत्रमा पुगेका छन् । हेलम्बु गाउँपालिका–६ स्थित इचोक स्वास्थचौकी र वडा नं–४ स्थित चिलाउनेघारी आधारभुत स्वास्थ्य सेवा केन्द्र, चिलाउनेघारीमा दुई दिने शिविर सञ्चालन गरिएको प्रहरी अस्पतालका प्रवक्ता समेत… पुरा पढौ

२०१६ जनामा कोरोना संक्रमण पुष्टि हुँदा, ४९१४ संक्रमणमुक्त

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा देशभर दुई हजार १६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार नौ हजार ८१० परीक्षणमा दुई हजार १६ जनामा सङ्क्रमण देखिएको हो । देखिएका सङ्क्रमणसँगै नेपालमा कूल छ लाख ३२ हजार ३२६ मा सङ्क्रमण पुष्टि भएको छ । नेपालमा सङ्क्रमण दर १९.१ प्रतिशत रहेको छ । सोही अवधीमा चार हजार ९१४ जना घर फर्किएका छन् । योसँगै कूल पाँच लाख ८१ हजार ३२७ जना निको भएका छन्… पुरा पढौ