स्वास्थ्य

पोखरामा चार महिने आत्मकल्याण र आरोग्य ‘हिमालयन सिद्धमहायोग ध्यान साधना तथा चतुर्मास व्रत अनुष्ठान’ शुरु

पोखरा । पोखरा - ३ नारायणस्थानस्थित हिमालयन सिद्धमहायोग ध्यान साधना केन्द्र, पोखरा मा आज (असार २७ गते बुधबार)देखि विशेष धार्मिक तथा आध्यात्मिक कार्यक्रम ‘हिमालयन सिद्धमहायोग ध्यान साधना तथा चतुर्मास व्रत अनुष्ठान’ सुरु भएको छ। यस चार महिने अनुष्ठानको जगद्गुरु महायोगी सिद्धबाबा कृष्णदासजी महाराजले शुभारम्भ गर्नु भयो ।  जगद्गुरु श्रीरामानन्दाचार्य सेवापीठ, वराहक्षेत्र चतराधाम र महायोगी सिद्धबाबा आध्यात्मिक प्रतिष्ठान, पोखरा शाखा को संयुक्त आयोजनामा सञ्चालन गरिएको हो।अनुष्ठानका प्रमुख बक्ता तथा संकल्पकर्ता जगद्गुरु महायोगी सिद्धबाबा कृष्णदासजी महाराज हुनुहुन्छ, जसले विगत दुई दशकदेखि आध्यात्मिक चेतना, आत्मशुद्धि र पारम्परिक उपचारका माध्यमबाट… पुरा पढौ

गृह श्रमिक संघ कास्कीको निःशुल्क स्वास्थ्य शिविरमा एक सय महिला लाभान्वित

पोखरा, असार २१ नेपाल गृह श्रमिक संघ कास्कीको आयोजनामा शनिबार भएको पाठेघरको मुखको क्यान्सर सम्बन्धी सचेतना तथा चेक जाँच सम्बन्धी निस्शुल्क स्वास्थ्य शिविरमा एक सय जना महिला लाभान्वित भएका छन् । फेवा सिटी हस्पिटल प्रा।लि को प्राविधिक सहयोगमा आयोजित शिविरको नेपाल ट्रेड युनियन कांग्रेस गण्डकी प्रदेश का अध्यक्ष मुरारी शर्माले उद्घाटन गरेका थिए । निःशुल्क स्वास्थ्य शिविरमा स्याङ्जा, पर्वत म्याग्दी, कास्कीका महिलाहरु लाभान्वित भएको जिल्ला कास्कीका लैंगिक हिंसाबिरुद्दको अभियानका सदस्य जिबन्धर शर्मा चापागाईले जानकारी दिए । नेपाल गृह श्रमिक संघ… पुरा पढौ

महानगर अस्पताल शिसुवाको अध्यक्षमा गिरी

लेखनाथ, असार १५शिसुवा अस्पताल व्यवस्थापन समितिको अध्यक्षमा बाबुराम गिरी मनोनित भएका छन् । महानगरपालिकाका मेयर धनराज आचार्यले शिसुवा अस्पताल व्यवस्थापन समिति गठन तथा संचालन कार्यविधि २०८१ अनुसार तीन बर्षका लागि गिरीलाई अध्यक्षमा मनोनित गरेका हुन् ।अध्यक्ष गिरी पोखरा महानगरपालिका वडा नं। २७ तालचोक निवासी हुन् । लेखनाथ उद्योग बाणिज्य संघका पूर्व अध्यक्ष, नेपाल उद्योग बाणिज्य महासंघका निवर्तमान केन्द्रिय सदस्य एवं विभिन्न संघ संस्थामा आवद्ध गिरी लामो समय देखी पोखरामा व्यवसाय गर्दै आएका छन् ।यसैगरी मेयर आचार्यले पोखरा २६ का सुर्यनाथ… पुरा पढौ

बुद्व विशाल बजारमा निःशुल्क स्वास्थ्य शिविर, १५० जना लाभान्वित

पोखराबुद्व विशाल बजार व्यापारिक एशोसियसनको आयोजना तथा शहरी स्वास्थ्य प्रवर्द्वन केन्द्र पोखरा ८ को सहकार्यमा गरिएको निःशुल्क स्वास्थ्य शिविरमा १५० जना लाभान्वित भएका छन् । बुद्व विशाल बजारमा आयोजना गरिएको उक्त स्वास्थ्य शिविरमा व्यवसायीहरू,कर्मचारीहरूलाई उच्च रक्तचाप, मधुमेह,मोटोपन तथा मृगौला सम्बन्धी निःशुल्क जाँच गरिएको थियो । स्वास्थ्य शिविर तथा स्वास्थ्य सचेतना कार्यक्रममा शहरी स्वास्थ्य प्रवर्द्धन केन्द्रबाट निशुल्क आवश्यक अौषधिहरू समेत वितरण गरिएको थियो । स्वास्थ्य शिविरमा बोल्दै बुद्व विशाल बजार व्यापारिक एशोसियसनका मानार्थ सदस्य तथा पुर्व अध्यक्ष केशव वहादुर खत्रीले स्वास्थ्यलाई… पुरा पढौ

कञ्चन क्यापिटलको छैठौं वार्षिकोत्सवमा ६१ युनिट रगत संकलन

पोखरा, असार ४ — कञ्चन क्यापिटल प्रा. लि. को छैठौं वार्षिकोत्सवको अवसरमा “रक्तदान जीवनदान” भन्ने नाराका साथ तेस्रो खुल्ला रक्तदान कार्यक्रम भव्य रुपमा सम्पन्न भएको छ। कार्यक्रम कञ्चन क्यापिटल प्रा. लि. को प्राङ्गण, अर्चलबोटमा भएको रक्तदान कार्यक्रममा कूल ६१ जना रक्तदाताले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। सहभागी रक्तदातामध्ये लक्की ड्र मार्फत चयन गरिएका प्रमिला लम्साल, सौगात मल्ल र प्रेम क्षेत्री लाई कञ्चन डिपार्टमेन्टल स्टोर्सको तर्फबाट रु. ५०० को गिफ्ट भौचर प्रदान गरिएको थियो। प्रादेशिक रक्त संचार केन्द्र पोखराको प्राबिधिक सहयोगमा… पुरा पढौ

अर्गानिक जुम्बाको दोस्रो वार्षिकोत्सव भव्य रूपमा सम्पन्न

पोखरा, असार ४ । “एक्सरसाइज फर अ हेल्दियर लाइफ” भन्ने मूल नाराका साथ अर्गानिक जुम्बाको दोस्रो वार्षिकोत्सव बुधबार (असार ४) भव्य रूपमा सम्पन्न भएको छ। कार्यक्रममा प्रमुख अतिथि कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्माले जुम्बाको महत्वमा जोड दिँदै, “शारीरिक, मानसिक, बौद्धिक र संवेगात्मक विकासका लागि जुम्बा महत्वपूर्ण रहेको बताउनु भयो । शर्माले महिलाहरूको सशक्तिकरणमा यसको भूमिका अत्यन्तै प्रशंसनीय रहेको बताउदै आगामी दिनमा जुम्बालाई उत्पादन र पर्यटनसँग समेत जोड्नुपर्नेमा जोड दिनुभयो । विशेष अतिथिहरू पोखरा महानगरपालिका वडा नम्बर १७ का वडा… पुरा पढौ

गण्डकीमा ३२ अर्बको बजेट, प्राथमिकतामा पूर्वाधार र पर्यटन

पोखरा, असार १ गण्डकी प्रदेशले आगामी आर्थिक वर्ष २०८२÷८३ का लागि करीब ३२ अर्बको बजेट ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट अर्थमन्त्री डा.टकराज गुरुङले आज प्रदेश सभा आगामी आर्थिक वर्षका लागि ३१ अर्ब ९७ करोड ९९ लाख ९९ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेका हुन् । यो चालु आर्थिक वर्षको भन्दा करीब एक अर्ब कम हो । चालु आर्थिक वर्षमा ३२ अर्ब ९७ करोड ८५ लाखको बजेट कार्यान्वयन भइरहेको छ । गण्डकीको बजेटमा चालुतर्फ १२ अर्ब ६३ करोड, ६६… पुरा पढौ

पोखरामा लेक टु लेक साईक्लिङ मार्ग निर्माणका लागि बजेट

गण्डकी प्रदेश सरकारले साईक्लिङ मार्ग निर्माणका बजेट विनियोजन गरेको छ । गण्डकी प्रदेश सभामा आज बजेट प्रस्तुत गर्दै गण्डकी प्रदेशका अर्थमन्त्री टकराज गुरुङले साईक्लिङ मार्ग निर्माणका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । उनले साईक्लिङमार्फत पर्यटन प्रवद्र्दनका लागि पोखराको लेक टु लेक साईक्लिङ मार्ग निर्माण गरिने बताए । त्यस्तै, तनहुँको बन्दीपुर र मुस्ताङको जोमसोममा पनि साईक्लिङ मार्ग निर्माण गर्ने बताउँदै उनले त्यसका लागि आवश्यक बजेट विनियोजन गरेको बताए । पुरा पढौ

शहरी स्वास्थ्य केन्द्र १९ पुरुन्चौरमा स्त्री रोग परिक्षण (भि.आई.ए) स्वास्थ्य शिविर सम्पन्न, १२० भन्दा बढी महिलाको स्वास्थ्य परीक्षण

पोखरा । शहरी स्वास्थ्य केन्द्र १९ पुरुन्चौरमा निःशुल्क स्त्री रोग परिक्षण स्वास्थ्य शिविरमा १२० भन्दा बढी महिलाको स्वास्थ्य परीक्षण गरिएको छ । डा.सबिन श्रेष्ठ र डा. अमिषा थापाको नेतृत्वमा सञ्चालन गरिएको शिविर विहीबार सम्पन्न भयो ।शहरी स्वस्थ्य १९ मा आयोजित शिविरमा पोखरा महानगरपालीका वडा अध्यक्ष पुष्पेन्द्र पाण्डे ले ब्यानरमा हस्ताक्षर गरी उद्घाटन गर्नुभएको थियो । बृद्धावस्था महिनावारी रोकिएपछिको अवस्था (वल्र्ड एज पोष्टमेनुपोजल माईल्ड नेचर) का ३० जना, पाठेघरको सुजन १०, इरोजन २०, ३९ जना पाठेघर सामन्य २० जना समान्य संक्रमण… पुरा पढौ

निःशुल्क नाक, कान, घाँटी (ईएनटी) स्वास्थ्य शिविर सम्पन्न

पोखरा महानगरपालिका वडा नं २ को वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्र–२ को आयोजनामा, नेपाल मणिपाल शिक्षण अस्पतालको प्राविधिक सहयोगमा निःशुल्क नाक, कान, घाँटी (ईएनटी) स्वास्थ्य शिविर शुक्रबार सम्पन्न भएको छ। वडा सदस्य गौतम बीजूक्छेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रममा वडा अध्यक्ष दिवसमान प्रधानाङ्ग प्रमुख अतिथि रहनुभएको थियो। विशेष अतिथि स्वास्थ्य महाशाखा प्रमुख भरतराज पौडेल, नेपाल मणिपाल शिक्षण अस्पतालका जनसम्पर्क अधिकृत कृष्णमोहन श्रेष्ठ लगायत अन्य व्यक्तिहरुको उपस्थिति रहेको थियो। कार्यक्रममा जनस्वास्थ्य अधिकृत तेजाखर लम्सालले शिविरको उद्देश्यबारे प्रकाश पार्दै समुदायमा गुणस्तरीय स्वास्थ्य… पुरा पढौ