स्वास्थ्य

सबै सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउन मन्त्री पौडेलद्वारा तयारी शुरु

सबै कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले आन्तरिक तयारी थालेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावमा सरकारले ल्याएको नीति तथा कार्यक्रम र बजेट दुवैले राष्ट्रसेवक र संगठित क्षेत्रका कर्मचारीलाई स्वास्थ्य बीमामा आवद्ध गराउने विषय उल्लेख गरेको थियो । स्वस्थ्य बीमा ऐन २०७४ मा भएको व्यवस्थाअनुसार आएको नीति तथा कार्यक्रम र बजेटमा भएको व्यवस्था लागु गराउन मन्त्री पौडेलले नेपाल सरकारका सबै मन्त्रालय, आयोग, निकाय तथा मातहतका विभागमा पहल थाल्ने निर्णय गरेका छन् । यसैगरी, प्रदेश… पुरा पढौ

तीन शिविरमा ७ सय जनाको सित्तैमा जाँच

पोखरा । कास्की र तनहुँका तीन स्थानमा भएका तीन स्वास्थ्य शिविरमा सात सय जनाको सित्तैमा जाँच गरिएको छ । गण्डकी प्रदेशकै पाहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्राविधिक सहयोगमा ती शिविर भएका हुन् । बिहीबार पोखरा २२ मा भएको शिविरमा मधुमेह र थाइराइडसम्बन्धी जाँच सित्तैमा गरिएको थियो । पोखरा लेडी जेसिजको आयोजनामा भएको कार्यक्रममको व्यवस्थापन सन्तान आइभिएफ महेन्द्रपुलले गरेको थियो । कार्यक्रममा पोखरा २२ का वडाध्यक्ष हिमलाल बरालले स्थानीयको टोल, टोलमै विशेषज्ञसहितको गुणस्तरीय सेवा… पुरा पढौ

पोखरा महानगरपालिका पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा

पोखरा । पोखरा महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता दिगोपना घोषणा गरिएको छ । नगर प्रमुख धनराज आचार्यले एक समारोहका बिच सो घोषणा गरेका हुन । नेपाल सरकारको प्राथमिकता प्राप्त खोप कार्यक्रमको प्रभावकारिता र दिगोपनाका लागि प्रत्येक वर्ष नगरभित्रका सबै बालबालिकाहरूले तोकिएका खोपहरू प्राप्त गरेको सुनिश्चितता सहित यस्तो घोषणा गर्ने गरिन्छ । नगर प्रमुख आचार्यले बालबालिकाहरूको सुरक्षित भविष्य निर्माणका लागि उनीहरूले प्राप्त गर्नुपर्ने सबै प्रकारका खोपहरू सहित स्वास्थ्य सम्बन्धी सेवाहरू समयमा नै उपलब्ध गराउनु पर्ने दायित्व प्रति आफूहरू प्रतिबद्ध रहेको बताए ।… पुरा पढौ

पोखरामा सञ्चालित मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी

पोखरा, जेठ ७ पोखरा महानगरपालिकामा सञ्चालित मातृ शिशु स्वास्थ्यका लागि अविच्छिन्न हेरचाह परियोजना प्रभावकारी भएको निश्कर्ष निकालिएको छ । दुई वर्ष अघिदेखि पाइलोटिङ प्रोजेक्टको रूपमा महानगरपालिकाको वडा नं.१६, १९, २०, २५ र ३० मा सञ्चालन गरिएको यो परियोजना मातृ शिशु स्वास्थ्य प्रवद्र्धनसहित निरन्तर हेरचाहमा निकै प्रभावकारी भएको निष्कर्ष महानगरले निकालेको हो । जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइका, सिटिजन्स एसोसिएसन फर नेपाल एक्सचेन्ज, पोखरा–कोमागाने नागरिक मैत्री एसोसिएसन र पोखरा महानगरपालिकाको साझेदारीमा सञ्चालित परियोजना गर्भवती महिला, उत्तर प्रसूति (सुत्केरी भएको ४५ दिनसम्म)… पुरा पढौ

रानीपौवामा नि:शुल्क स्वास्थ्य शिविर

पोखरा, ५ जेठजगत जननी महिला समूह पोखरा ११ रानीपौवाले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)को प्रविधिक सहयोगमा शनिबार निशुल्क शिविर आयोजना गरेको छ । शिविरमा १ सय ५२ जनाको सित्तैमा मधुमेह, रगतमा हुने खराब वोसो (टिजी०) तथा थाइराडसम्बन्धी रगत जाँच गरिएको छ ।गण्डकी प्रदेशको पहिलो र एकमात्र आइएसओ प्रमाणित रेफरेन्स ल्याब युआरएलले विभिन्न संघ, संस्थासँगको समन्वयमा आयोजना गरेको यो १ सय ९६ औं शिविर हो । कार्यक्रममा युआरएलका अध्यक्ष ठाकुरप्रसाद पन्थले स्थापनाको एक दशकमा दुई लाखभन्दा बढीलाई सित्तैमा सेवा उपलब्ध गराएको तथ्यांक… पुरा पढौ

४ बर्षे कार्यकालमा मैले गरेका ५० उल्लेखनीय कामहरु – प्रा. डा. भरत खत्री

म ४ बर्ष निर्देशकको रूपमा काम गरेको ४ बर्षे पदावधि आज सकिएको छ ।पछिल्ला ४ बर्षमा प्रतिष्ठान र अस्पताल परिवार मिलेर बिभिन्न बिभागलाई स्तरोन्नति गरी कम्तिमा ५० वटा उल्लेख गर्न लायक काम भयको कुरा सबैलाइ जानकारी गराउन चाहान्छु । साथै मलाई निर्देशक बन्न/बनाउन पहल गर्ने सबै महानुभावहरुलाई हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहान्छु ।बि सं २०१२ सालमा Soldier board अस्पतालको रूपमा शुरू भै कास्की जिल्ला अस्पताल, गण्डकी अंचल अस्पताल, पश्चिमांचल क्षेत्रीय अस्पताल हुंदै २०७२ सालमा पोखरा स्वास्थ्य विज्ञान प्रतिस्ठानको रूपमा बिकसित… पुरा पढौ

पोखरा – ३ मा यौन तथा प्रजनन् स्वास्थ्य शिविर

पोखरा । नेपाल परिवार नियोजन संघ कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं ३ कार्यलयको सहयोगमा शनिवार यौन तथा प्रजनन् स्वास्थ्य शिविर एवं सचेतना कार्यक्रम सम्पन्न भएको छ । पोखरा महानगरपालिका वडा नं ३ नदीपूरस्थित बाल मन्दिर माविको परिषरमा आयोजित कार्यक्रमबाट ५७ जना लाभान्वित भएका छन् । विशेष गरी महिलाहरुको स्वास्थ्यलाई प्राथमिकता राखेर कार्यक्रम गरिएको नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नवीन सिग्देलले जानकारी दिए । शिविरको उद्घाटन गण्डकी प्रदेश नीति तथा योजना आयोगकी सदस्य दुर्गा लामिछानेले गरेका थिए ।… पुरा पढौ

पोखराको कालिकास्थानमा भएको निःशुल्क आँखा शिविरमा ३५१ जना लाभान्वित

पोखरा,२० वैशाख । पोखरा महानगरपालिका–२८ कालिकास्थानमा आज निःशुल्क आँखा परीक्षण शिविर सम्पन्न भएको छ । स्वान्त सुखाय परोपकार प्रतिष्ठानले सो कार्यक्रम गरेको हो ।पोखरा–२८ का वडाध्यक्ष श्रीकृष्ण लामिछाने र प्रतिष्ठानका अध्यक्ष एवं पृथ्वी नारायण क्याम्पसका पूर्व प्राध्यापक डा. कृष्ण कुमार श्रेष्ठले संयुक्त रुपमा शिविर उद्घाटन गर्नुभएको थियो  । स्थानीय वयोवृद्ध ९९ वर्षीय विष्णुकुमारी पौडेल र ९८ वर्षीय भिर्माजन तिमिल्सिनाको  आँखा जाँच गरी कार्यक्रम सुरुआत गरिएको थियो ।स्वान्त सुखाय परोपकार प्रतिष्ठानले हिमालय आखा अस्पताल घारीपाटन पोखराको प्राविधिक सहयोगमा सञ्चालन गरेको सो… पुरा पढौ

कोटीहोममा ४० युनिट रगत संकलन, शनिबारमात्रै १५ हजार भक्तजन सहभागी

पोखरा । पोखरामा जारी श्री गण्डकी शतकुण्डीय गायत्री कोटीहोम विराट ज्ञान महायज्ञमा आयोजित रक्तदान कार्यक्रममा ४० युनिट रगत संकलन भएको छ । नेपाल रेडक्रस सोसाइटीसँगको सहकार्यमा आयोजक मानव सेवा फाउण्डेशनले रक्तदान कार्यक्रम आयोजना गरेको हो । कोटीहोममा एक सय कुण्डमा दैनिक रुपमा हवन, भजन चुट्का प्रतियोगिता, चर्चित भारतीय व्यासाचार्य प्रशान्त कृष्ण पंराकुशजीमार्फत रामायण प्रवचन, वाचिका सुप्रियामार्फत दैनिक कथा वाचनलगायतका कार्यक्रम जारी छ । शनिबार १६औँ दिनको कोटीहोममा करिब १५ हजार भक्तजन सहभागी भएका छन् । कोटीहोमका प्रचारप्रसार संयोजक लेखराज ढकालका… पुरा पढौ

छुटेका बालबालिकालाई वैशाख ३१ गते खोप लगाइने

सरकारले खोप लगाउन छुट भएका पाँच वर्षमुनिका बालबालिकालाई यही वैशाख ३१ गते खोप लगाउने भएको छ । स्वास्थ्य सेवा विभागको बालस्वास्थ्य तथा खोप शाखाप्रमुख डा अभियान गौतमले छुट बालबालिकालाई नौ प्रकारका नियमित खोप लगाइने जानकारी दिए । “नियमित खोप लगाउन छुटेका पाँच वर्षमुनिका बालबालिकालाई हामीले वैशाख ३१ गते खोप लगाउँदैछौँ”, उनले भने, “त्यो दिन विगतमा नियमित खोप लगाउन छुटेका बालबालिकाले खोप लगाउनेछन् ।” नेपालमा पाँच वर्षमुनिका ९५ प्रतिशत बालबालिकाले पूर्ण खोप लगाइसकेका छन् । शाखाप्रमुख डा गौतमले छुटेका पाँच प्रतिशत… पुरा पढौ