स्वास्थ्य

नर्सिङको तलब सरकारी सरह दिन मन्त्रालयको निर्देशन

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नर्सिङ तथा स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सरकारी सरह नघट्ने गरी लागू गर्न आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले सबै सरकारी अस्पताल, प्रतिष्ठान,मेडिकल कलेज र सामुदायिक तथा निजी अस्पताललाई नर्सिङ एवं स्वास्थ्यकर्मीको न्यूनतम पारिश्रमिक र सेवा सुविधा सरकारी सरह नघट्ने गरी लागू गर्न पत्राचार गरिएको जानकारी दिए । मन्त्रालयले यसअघि पनि निर्देशन दिइसकेकाले कतिपय ठाउँमा कार्यान्वयन नभएको गुनासो आएकाले फेरि पनि निर्देशन दिईएको उनले बताए । पोखरास्थित नेपाल मणिपाल शिक्षण अस्पतालमा कार्यरत नर्सहरुले… पुरा पढौ

गण्डकी आयुर्वेद अस्पतालले असोज २९ मा स्वर्ण विन्दु प्राशन कार्यक्रम गर्ने

प्रदेश सरकार मातहतको गण्डकी आयुर्वेद अस्पतालले असोज २९ गते स्वर्ण विन्दु प्राशन कार्यक्रम सञ्चालन गर्ने भएको छ । सो दिन अस्पताल परिसरमामा बिहान ६ बजे देखि १० बजेसम्म स्वर्ण विन्दु प्राशन कार्यक्रम संचालन गरिने अस्पतालले जनाएको छ । बालबालिकाको शारिरीक, मानसिक बृद्धि र विकासको लागि यो कार्यक्रम महत्वपूर्ण हुनेछ । सो कार्यक्रममा अन्तरगत लक्षित उमेर समूह अर्थात असोज २९ गतेसम्म १ वर्ष पुगी ५ वर्ष ननाघेका बालबालिकाहरुलाई स्वर्ण प्राशनको थोपा खुवाइने छ । कार्यक्रममा सहभागी हुन १ वर्ष पुगेर ५… पुरा पढौ

कात्तिक २० र २१ गते भिटामिन तथा जुकाको औषधि खुवाइँदै

यही कात्तिक २० र २१ गते भिटामिन ‘ए’ तथा जुकाको औषधि खुवाइने भएको छ । सरकारले प्रत्येक वर्ष दुई चरणमा यो कार्यक्रम सञ्चालन गर्दै आएको छ । पहिलो चरणमा कात्तिक २ र ३ र वैशाख ६ र ७ गते यो कार्यक्रम सञ्चालन हुँदै आएको छ । यस वर्ष सोही मितिमा दिपावलीको लक्ष्मी पूजा पर्न गएकाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको सचिवस्तरीय निर्णयअनुसार कार्यक्रम सारिएको स्वास्थ्य सेवा विभागअन्तर्गत परिवार कल्याण महाशाखाले जनाएको छ । महाशाखाका निर्देशक डा। विवेककुमार लालले ७५३ स्थानीय तहमा… पुरा पढौ

गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएशनको रक्तदानमा ३६ युनिट संकलन

पोखराको नयाँबजारमा रहेको गण्डकी अटो मेकानिकल वक्र्स एशोसिएशनले सोमबार आयोजना गरेको खुल्ला रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । एशोसिएशनको ३२ औं वार्षिकोत्सवको अवसरमा आयोजित रक्तदानको एशोसिएशनका प्रेस सल्लाहकार कृष्ण थापाले पहिलो रक्तदाता सीता पौडेल मिश्रलाई व्लड व्याग हस्तान्तरण गरीे कार्यक्रमको उद्घाटन गर्नुभयो । सो अवसरमा थापाले जोखिममा परेकाको ज्यान जोगाउन रगतको सट्टामा रगत नै भएकोले रक्तदान जस्तो पुन्यको कर्म अर्को कुनै नभएको बताउनुभएको थियो। कार्यक्रममा प्रादेशिक रक्त सञ्चार सेवा केन्द्र पोखराका प्रमुख अर्जुन ज्ञवाली,संस्थाका स्वास्थ्य सल्लाहकार डा.रवीन्द्र… पुरा पढौ

गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएशनकाे रक्तदानमा ३६ युनिट रगत संकलन

पोखरा, २० असोज । गण्डकी अटो मेकानिकल वर्क्स एशोसिएशन नयाँबजार, पोखराको ३२ औं वार्षिक उत्सवको अवसरमा साेमबार आयोजित खुल्ला रक्तदान कार्यक्रममा ३६ युनिट रगत संकलन भएको छ । प्रमुख अतिथि एशोसिएशनका प्रेस सल्लाहकार तथा ८२ औं पटक रक्तदान गरसिकेका रक्तदान अभियन्ता, सामाजिक व्यक्तित्व तथा संचारउद्यमी कृष्ण थापाले पहिलो रक्तदाता सीता पौडेल मिश्रलाई व्लड व्याग हस्तान्तरण तथा पानसमा बत्ति बालेर कार्यक्रमको उद्घाटन गरेका थिए । सो अवसरमा थापाले जोखिममा परेको ज्यान जोगाउन रगतको सट्टामा रगत नै भएकोले रक्तदान जस्तो पुन्यको कर्म… पुरा पढौ

पत्रकार आरजूको जन्मदिनमा रक्तदान

पोखरा, २९ भदौ । पोखराका क्रियाशिल पत्रकार आरजू बिष्ट सल्यानीको जन्मदिनको अवसरमा उनले आईतबार रक्तदान गरेका छन् । उनकाे २५ औं पटककाे रक्तदान हाे ।रेडक्रस कास्कीमा आयोजना गरिएको कार्यक्रममा २५ औं पटकको रक्तदान गरेका बिष्टले २०५० सालमा पहिलो पटक रेडक्रस काठमाडौंले आयोजना गरेको कार्यक्रममा रक्तदान गरेका सुनाए ।मानव जीवन बचाउने कार्यमा रगतको महत्वपूर्ण भूमिका हुन्छ । जोखिममा परेको जो कसैको जीवन बचाउन रगतको सट्टामा रगत नै चाहिन्छ । रेडक्रस कास्कीका सभापति उर्मिला खड्काले प्रदेशमा रगत निःशुल्क रुपमा उपलव्ध गराइरहेकाे बताईन्… पुरा पढौ

‘स्वास्थ्य वीमा कार्यक्रमले घरखेत बेचेर उपचार गर्नुपर्ने बाध्यताको अन्त्य गर्यो’

सन्देश श्रेष्ठपोखरा, भदौ २२ स्वास्थ्य वीमा वोर्डका कार्यकारी निर्देशक रघुराज काफ्लेले नेपालमा स्वास्थ्य वीमाको प्रयोग उल्टो रुपमा भइरहेको टिप्पणी गरेका छन् । स्वास्थ्य वीमा वोर्डले आईतबार पोखरामा आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले स्वास्थ्य वीमाको सदूपयोग भन्दा बढी दुरुपयोग भइरहेको बताएका हुन् । स्वास्थ्य वीमा वोर्डले स्वास्थ्य वीमा कार्यक्रम असल उद्देश्यले ल्याएको तर प्रयोग कर्ताले आफ्नो वैंक खाताजस्तो गरेर चलाउँदा समस्या देखिएको उनको भनाई छ । हामीले स्वास्थ्य वीमा एक सय जनाले गर्दा ३÷४ जनाले प्रयोग गर्लान् भन्ने सोंचेका थियौं,उनले… पुरा पढौ

युआरएलले गर्यो एकै दिनमा ४ सय जनाको सित्तैमा जाँच

पोखरा, २२ भदौयुनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)ले शनिबार पोखराका २ स्थानमा भएका शिविरमा करिब चार सय जनाको सित्तैमा रक्त परीक्षण गरेको छ । सहयात्री बचत तथा ऋण सहकारीको साधारणसभामा भएको शिविमार २ सय पाँच जनाको सित्तैमा मधुमेह र रगतमा हुने खराब बोसो (टिजी)सम्बन्धी जाँच गरिएको हो । यस्तै, नवीन बचत तथा ऋण सहकारीको १९ औं साधारणसभा आयोजित शिविरमा १ सय ८० जनाको सित्तैमा रक्त परीक्षण गरिएको छ । शिविरमा थाइराइड (टिएसएच) र क्रेटिनाइन (मिर्गाैलासम्बन्धी रक्त जाँच) सित्तैमा गरिएको हो । १२… पुरा पढौ

खौलालाँकुरी पोखरा सम्पर्क समाजको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन

पोखराखौलालाँकुरी पोखरा सम्पर्क समाजले शनिवार पोखरामा आयोजना गरेको रक्तदान कार्यक्रममा ४८ युनिट रगत संकलन भएको छ ।समाजले गत वर्षदेखि रक्तदान कार्यक्रम सुरु गरेको छ । सोही कार्यक्रमलाई निरन्तरता दिदै यसवर्ष पनि रक्तदानको आयोजना गरेको हो । समाज पर्वतको कुश्मा नगरपालिका–१३ खौलालाँकुरीमा जन्मेर पोखरा आई बसेकाहरुको एउटा साझा संस्था हो ।रक्तदान कार्यक्रमको पोखरा महानगरपालिका–८ का वडाध्यक्ष रुद्रनाथ बरालले पहिलो रक्तदाता समाजका संस्थापक सहसचिव प्रकाश सुवेदीलाई ब्लड बैंक हस्तान्तरण गरी सुभारम्भ गर्दै समाजले सामाजिक क्षेत्रमा गर्दै आएको कामको प्रशंसा गरे । साथै… पुरा पढौ

परिवार नियोजन संघद्वारा यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान शुरु

पोखरा, १७ भदौं । नेपाल परिवार नियोजन संघ कास्की शाखाले मंगलबार देखि किशोर किशोरीहरुलाई लक्षित गरी यौन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान शुरु गरेको छ । पोखरा महानगरपालिका वडा नं. २५ कार्यालय हेमजाको सहयोग तथा समन्वयमा हेमजास्थित गौरीशंकर माध्यामिक विद्यालयबाट यो अभिायन शुरु गरेको हो । अभियान कास्कीका ४ वटा गाउँपालिका २÷२ विद्यालय तथा कलेज गरी ८ र महानगरका १६ गरी २४ वटा विद्यालय तथा कलेजमा यो अभिायन सञ्चालन गरिने नेपाल परिवार नियोजन संघ कास्कीका सभापति नविन सिग्देलले जानकारी दिए… पुरा पढौ