स्वास्थ्य

चीनमा झण्डै ५० करोड डोज खोप लगाइयो

बेइजिङ । कोरोनाभाइरस महामारी शुरुमा देखिएको चीनमा शनिबारसम्म कोभिड–१९ विरुद्ध करिब ५० करोड डोज खोप लगाइएको छ । चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७० हजार डोज खोप दिइएको छ । कोभिड–१९ का लक्षणहरु चीनका केही स्थानमा देखिएपछि हाल दैनिक झण्डै एक करोड ५० लाखका दरले खोप लगाउने अभियान सञ्चालन भइरहेको आयोगले जनाएको छ । विश्वमा हाल खोप लगाउने अभियानमा चीन अग्रस्थानमा छ । चीनले आफ्नै देशका सिनोफार्म समेतका कम्पनीले उत्पादन गरेका खोपहरु लगाइरहेको छ ।… पुरा पढौ

तनहुँका सङ्क्रमितलाई पौष्टिक आहार र स्वास्थ्य सामग्री

तनहुँ । तनहुँका विभिन्न स्थानीय तहका जनप्रतिनिधि पौष्टिक आहार र स्वास्थ्य सामग्री लिएर कोरोना सङ्क्रमित भेट्न पुगेका छन् । सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिने उद्देश्यले जनप्रतिनिधिले सो अभियान थालेका हुन् । बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापा सङ्क्रमितलाई भेट्न स्वास्थ्य सामग्रीसँगै घरघरमै पुगेका छन् । बन्दीपुर–२ र ३ का ३५ घरमा पुगेर सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै मास्क र केही औषधि वितरण गरेको उनले जानकारी दिए । “सङ्क्रमितको स्वास्थ्य अवस्थाबारे जानकारी लिँदै हौसला बढाउन घरदैलो गरिएको हो”, उनले भने, “सबैको स्वास्थ्य… पुरा पढौ

जङ्गली च्याउ खाँदा एकै घरका नौ बिरामी

संखुवासभा । सङ्खुवासभाको सिलिचोङ गाउँपालिका–५ याफुमा जङ्गली च्याउ खाँदा एकै घरका नौजना बिरामी परेका छन् । गत शुक्रबार जङ्गलबाट ल्याएको च्याउ खाँदा सिलिचोङ–५ का दुई घरका नौजना गम्भीर बिरामी भएको सो वडाका वडाध्यक्ष ईश्वर कुलुङले जानकारी दिए । जङ्गली च्याउ खाँदा बिरामी परेका नौमध्ये आठजनाको अवस्था गम्भीर भएको वडाध्यक्ष कुलुङले बताए । जङ्गली च्याउ खाँदा बुद्धबहादुर राई र आमा बुद्धिमाया राईसहित परिवारका नौजना बिरामी परेको वडाध्यक्ष कुलुङले बताए। त्यस्तै बिरामी पर्नेमा उहाँका छोरा महेन्द्र, वीरेन्द्र, शहदेव, कान्छी बुहारी, छोरी, नातिनी… पुरा पढौ

भारतमा एकै दिनमा झण्डै साढे दुई लाख सङ्क्रमित, ३७ सयको मृत्यु

नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट एकै दिन झण्डै साढे दुई लाख नयाँ सङ्क्रमित थपिएका छन् । सरकारी अधिकारीहरुले आइतबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा दुई लाख ४० हजार ८४२ जना नयाँ सङ्क्रमित थपिएका हुन् । त्यसैगरी सोही अवधिमा अरु तीन हजार ७४१ जनाको कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो एक दिनमा भारतमा तीन लाख ५५ हजार १०२ जना कोरोनाभाइरसबाट सङ्क्रमणमुक्त भएको पनि मन्त्रालयको तथ्याङ्क छ । मन्त्रालयको विवरण अनुसार… पुरा पढौ

जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना

लमजुङ। लमजुङस्थित जिल्ला अस्पतालमा अक्सिजन प्लान्ट स्थापना गरिएको छ । बेँसीशहर नगरपालिका–८ मा रहेको जिल्ला अस्पतालमा गएराति १०ः०० बजे प्लान्ट जडान गरेर स्थापना गरिएको हो । अस्पताल प्रमुख हेमन्त श्रेष्ठले भने, “दिउँसोबाट शुरु गरेर राति अक्सिजन प्लान्ट जडान गरिसक्यौँ, प्लान्ट स्थापना भइसके पनि हाल प्लान्ट निर्माण गरिएको घरको छानो हाल्ने काम आज सकिन्छ, त्यसपछि अब दुई दिनभित्रै वितरण गर्ने तयारीमा छौँ ।” अक्सिजन उत्पादन गर्न शुरु गरेकाले प्लान्टले अब भने अस्पताललाई कोरोना सङ्क्रमितको उपचारमा विगतका भन्दा धेरै सहज हुने उनको… पुरा पढौ

सामान्य स्वास्थ्य समस्या हुँदैमा परीक्षण गर्न चिकित्सकको सुझाव

काठमाडौँ । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोरोना तीव्ररूपमा फैलिएकाले रुघा, खोकी, ज्वरो, जीउ दुख्नेलगायत स्वास्थ्य समस्या हुँदा जाँच गराउनुपर्नेमा जोड दिइएको छ । वाग्मती सफाइ महाअभियान र ‘हामी तपाइँको साथमा’ नामक परोपकारी अभियानले शनिबार बेलुका जुम प्रविधिबाट आयोजना गरेको ‘अहिलेको महामारीमा के गर्ने ? के नगर्ने ?’ विषयक छलफल कार्यक्रममा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालका डा सन्तकुमार दासले कोरोनाको दोस्रो चरणमा रुघा, ज्वरोमात्र आएकालाई पनि कोरोना पुष्टि भएकाले सजग हुन आह्वान गरेका छन् । सामान्य स्वास्थ्य समस्या आउँदैमा कोभिड होइन किन… पुरा पढौ

कोरोना नियन्त्रणमा जुटे म्याग्दीका स्थानीय तह

गलेश्वर। विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना सङ्क्रमणको नियन्त्रणका लागि स्थानीय तहहरुमा आशा लाग्दा सङ्केतहरु देखिन थालेका छन् । नयाँ भेरियन्टसहितको दोस्रो लहरको कोभिड–१९ सङ्क्रमण तीव्ररूपमा फैलिइरहँदा म्याग्दीका स्थानीय तहको तयारी र सक्रियता प्रशंसनीय एवं प्रभावकारी देखिएको छ । गाउँगाउँमा कोरोना फैलिएपछि जिल्लाका सबै स्थानीय तहले समुदायस्तरमै पुगेर स्वाब सङ्कलन गर्ने, कोरोनाका लक्षण देखिएकालाई तत्कालै एन्टिजेन परीक्षण गर्ने, घरदैलोमा अनुगमन तथा सङ्क्रमतिसँग भेटघाट गर्ने, औषधि वितरणका साथै सिकिस्त बिरामीलाई एम्बुलेन्समार्फत अस्पतालमा लैजाने गरेका छन् । कोरोनाको पहिलो लहरमा रोकथाम, नियन्त्रण र… पुरा पढौ

नेपलीज एशोसियसन यू. केद्वारा बेलायती प्र.म. बोरिस जोन्सनलाई पत्र

पोखरा । नेपलीज एशोसियसन यू. के.का अध्यक्ष पुष्प श्रेष्ठले बेलायतका प्र.म. बोरिस जोन्सनलाई पत्र लेख्दै नेपाललाई सहयोग गर्न र मानव विपत्ति रोक्न तुरुन्त कदम चाल्न आग्रह गरेका छन् । श्रेष्ठले पत्रमा ‘तपाईलाई थाहै होला, नेपाल कोभिड–१९ संक्रमण द्रुत बृद्धिका कारण एक विनाशकारी स्वास्थ्य र मानवीय संकट बीचमा छ, जुन छिमेकी भारतमा लामो र खुल्ला (छिद्रयुक्त) सीमामा सामना गरीरहेको छ र स्वास्थ्य सामाग्री (मेडिकल)का लागि अत्यन्त निर्भर छ । आपूर्ति र सहायता, जसको पछिल्लो समय ठूलो हदसम्म रोकिएको छ किनभने भारतले… पुरा पढौ

अक्सिजन प्लान्ट स्थापनार्थ सहयोग आउने क्रम जारी , माछापुच्छ्रे बैंकको ५ लाख सहयोग

पोखरा । पोखरामा नगरिक स्तरबाट थालिएको अक्सिजन प्लान्ट स्थापनाका लागि माछापुच्छ्रे बैंक लिमिटेडले ५ लाख रुपैया सहयोग गरेको छ । बैंकले संस्थागत उत्तरदायित्व अन्र्तगत पछिल्लो समय बढ्दै गएको कारोना भाइरस कोभिड–१९ महामारीको जोखिम न्यूनिकरण तथा अक्सिजन अभावलाई मध्यनजर गर्दैै ५ लाख सहयोग गरेको हो । यस्तै, अक्सिजन प्लान्ट स्थापनार्थ बगालेटोल निवासी राजेन्द्रकुमार बाटाजुले १ लाख ११ हजार ५ सय, अस्पतालका संरक्षक मेजर बीरसिंह गुरुङ स्मृति प्रतिष्ठानले १ लाख ५ हजार ५५५, अनन्ता सामुदायिक सेवा समिति बिन्दबासिनीबाट १ लाख १ हजार… पुरा पढौ

पत्रकार महासंघ कास्कीलाई स्वास्थ्य सामाग्री सहयोग

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालका वरिष्ट कन्सल्टेन्ट सर्जन सह प्रा.डा. अर्जुन आचार्य र समाजसेवी मिनाकुमारी गुरुङले नेपाल पत्रकार महासंघ कास्कीलाई शनिबार स्वास्थ्य सामाग्री उपलब्ध गराएको हो ।कोरोना महामारीमा अग्रभागमा खटिएर काम गर्ने पत्रकारहरुका लागि डा. आचार्य र समाजेसवी गुरुङले छ हजार थान मास्क र १५ लिटर सेनिटाइजर नेपाल पत्रकार महासंघलाई उपलब्ध गराएको हो । डा. आचार्यले ३ हजार ५ सय मास्क र ५ लिटर सेनिटाइजर पत्रकार महासंघ कास्कीका अध्यक्ष विमला भण्डारीलाई हस्तान्तरण गरेका हुन् । डा. आचार्य पोखरा स्वास्थ्य विज्ञान निर्देशनालयका निःवर्तमान… पुरा पढौ