स्वास्थ्य

पिसिआर परीक्षण नबढ्दा गाउँभरि सङ्क्रमित

बलेवा। कोरोनाको सङ्क्रमण भुसको आगो झैँ सल्किएपनि नगरपालिकाले पिसीआर गर्ने काममा अझै आलटाल गरिरहेको स्थानीयले आरोप लगाएका छन् । पटकपटकका दबाबपछि बागलुङको ढोरपाटन नगरपालिकामा गरिएको केही परीक्षणमा ८० प्रतिशतसम्म सङ्क्रमित भेटिए पनि जनप्रतिनिधिले अझैपनि चासो नदेखाउँदा गाउँमा सङ्क्रमण फैलिन सक्ने भन्दै स्थानीयवासी चिन्तित बनेका छन् । नगरपालिकामा तत्कालीन गाविस अध्यक्षसहित चार जनाको कोरोनाका कारण मृत्यु भैसकेको छ । पालिकामा भएको भिटिएम पनि प्रयोगमा आई नसकेकाले परीक्षणको दायरा बढाउन नसकिएको स्वास्थ्य शाखाका प्रमुख घनश्याम चालिसेले बताए । पालिका तहबाट वडा नं.… पुरा पढौ

अष्ट्रेलियाले कोभिडविरुद्धको प्रतिकार्यमा सहयोग गर्ने

काठमाडौं। अष्ट्रेलियाले कोभिड-१९ विरुद्धको प्रतिकार्यका लागि नेपाल सरकारलाई रू ६३ करोड ५० लाख उपलब्ध गराउने भएको छ । अत्यावश्यक उपकरण अक्सिजनसहितका स्वास्थ्य सामग्री खरिद तथा प्रादेशिक अस्पताल र त्यहाँ कार्यरत स्वास्थ्यकर्मीका लागि व्यक्तिगत सुरक्षा उपकरण खरिद गर्न उक्त रकम प्रदान गरिएको यहाँस्थित अष्ट्रेलियाली राजदूतावासले जनाएको छ । नेपालका स्थानीय तहमा आम नेपालीका बीच कार्यरत अमेरिकी, बेलायती, जापानी र राष्ट्रसङ्घीय निकायमार्फत सहायता परिचालन गरिने उक्त दूतवासले बताएकोछ । (रासस) पुरा पढौ

भारतमा कोरोना महामारीका बीच तीब्र गतिमा फैलिदैछ ‘ब्ल्याक फंगस’

भारतमा कोरोना महामारीका बीच ‘ब्ल्याक फंगस’ तीब्र गतिमा देखा परेको छ। स्वास्थ्य संकटमाथि संकट देखिएकाले भारत सरकार थप चिन्तित बनेको छ। यसबीच ‘ब्ल्याक फंगस’ नियन्त्रणका लागि भारतको केन्द्र सरकारले सबै राज्य सरकारलाई सावधानी अपनाउन पत्राचार गरेको छ। पछिल्लो समय ‘ब्ल्याक पंmगस’का कारण भारतमा सय भन्दा बढीकोे मृत्यु भइसकेको छ। जसमा ९० जना महाराष्ट्र राज्यका छन्। यसअघि, ‘ब्ल्याक पंmगस’कै कारण हरियाणा राज्यमा १४ र मध्यप्रदेशमा १० जनाको ज्यान गइसकेको छ। भारतको राजस्थानमा १ सय बढी ‘ब्ल्याक फंगस’बाट प्रभावित भएका छन्। कोरोना… पुरा पढौ

म्याग्दीका युवाहरु कोरोना नियन्त्रणमा जुटे

म्याग्दीको बेनी नगरपालिका बगरफाँटका युवाहरुले कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ डेस्क स्थापना गरेका छन्। युवाहरुको पहलमा कोरोना संक्रमितहरुको सहयोग र उद्धारका लागि कोरोना नियन्त्रण तथा व्यवस्थापन हेल्थ डेस्क स्थापना गरेका हुन्। कोटखोलास्थित खोप केन्द्रको भवनमा स्थापना गरिएको हेल्थ डेस्कबाट गाउँमा कोरोना संक्रमित भएर उपचाररत १९ जना संक्रमितले सेवा पाएका छन्। संक्रमणबाट बच्न गाउँका प्रत्येक घरमा कोभिड सुरक्षा र स्वास्थ्य सामग्रीहरु पनि वितरण गरिएको छ। हेल्थ डेस्कले देश विदेशमा रहेका ज्यामरुककोटवासीद्वारा प्राप्त सहयोग रकमबाट औषधी र स्वास्थ्य सुरक्षाका सामग्रीहरु खरिद गरेर… पुरा पढौ

बन्दिपुरका जनप्रतिनिधी र स्वास्थ्यकर्मी संक्रमितहरुको घरघरमा

तनहुँको बन्दिपुर गाउँपालिकाका जनप्रतिनिधि र स्वास्थ्यकर्मी कोभिड संक्रमित भेट्न घरघरमा पुगेका छन्। गाउँपालिकाका अध्यक्ष पुर्णसिं थापा, उपप्रमुख करुणा गुरुङ, स्वास्थ्य शाखाका प्रमुख अंजिर भट्टराईसहितको टोली कोभिड पोजेटिभ पुष्टि भई होम आइसोलेशनमा बस्दै आएकाको घरदैला पुगेको हो। घरदैलो अभियानमा सामान्य औषधी र स्वास्थ्य सामग्री प्रदान गरिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत महेश सुवेदीले जानकारी दिएका छन्। गाउँपालिकाको वडा नं ३ रामकोटका १८ र वडा नं ५ याम्पाका ९ जना गरी २७ संक्रमितलाई भेटघाट गरी सान्त्वना दिनुको साथै सुरक्षित भएर रहन आग्रह गरिएको… पुरा पढौ

पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्ष कार्की दम्पत्तिलाई कोरोना संक्रमण

पोखरा उद्योग वाणिज्य संघको उद्योग तर्फको उपाध्यक्ष गोकर्ण कार्की दम्पत्तिलाई एकैपटक कोरोना संक्रमण भएको छ। कार्कीले आफूहरुलाई कोरोना संक्रमण पुष्टि भएको सामाजिक सञ्जाल फेसबुकमार्फत जानकारी गराएका हुन्। कार्की दम्पत्ति हाल पोखराको नागढुंगास्थित चरक अस्पतालमा भर्ना भएका छन्। कार्कीले फेसबुकमा लेखेका छन्, ‘हामी जस्तो कतै न कतै सामाजिक अथवा ब्याबसायिक क्षेत्रमा लागेर हिडडुल गर्नै पर्ने हरुलाइ कहिँ न कहिँ बाट छिरी हाल्दो रहेछ ! आफ्नो शरिरमा नलागुन्जेल यो केही पनि हैन भन्थे आफू मात्रै नभै श्रीमती समेतसङै एकैपटक संक्रमीत हुँदा आज… पुरा पढौ

देशभर ८३०५ मा कोरोना संक्रमण हुँदा ६५४३ कोरोनामुक्त

काठमाण्डौं । नेपालमा पछिल्लो २४ घण्टामा ८ हजार ३०५ मा कोरोना सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पिसिआर र एन्टिजेन बिधिबाट कूल २२ हजार ८७ मा गरिएको परीक्षणमा उक्त सङ्ख्यामा सङ्क्रमित फेला परेका हुन् । मन्त्रालयको विवरणअनुसार २१ हजार ६९५ पिसिआर परीक्षण गरिएको थियो भने ३९२ एन्टिजेन परीक्षण गरिएको थियो । ६ हजार ५४३ जना भने निको भएका छन् । नेपाली सेनाले विभिन्न मितिमा गरेको शव व्यवस्थापनसहित १९० को निधन भएको छ । आजको विवरणसहित हालसम्म… पुरा पढौ

माओवादी केन्द्रका प्रवक्ता श्रेष्ठद्वारा गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान

गोरखा । नेकपा (माओवादी केन्द्र)का प्रवक्ता नारायणकाजी श्रेष्ठले गोरखा अस्पताललाई स्वास्थ्य सामग्री प्रदान गरेका छन् । गोरखा अस्पतालमा पुगेर प्रवक्ता श्रेष्ठले आज एक हजार थान एन्टिजेन किटसहितका स्वास्थ्य सामग्री अस्पताललाई उपलब्ध गराएका हुन् । एन्टिजेन किटको अभावमा अस्पतालमा कोरोनाका शकांस्पद नागरिकहरूको तत्काल परीक्षण गर्न अभाव भएको जानकारी पाएपछि प्रवक्ता श्रेष्ठ किट बोकेर अस्पताल पुगेका हुन्। प्रवक्ता श्रेष्ठले स्वास्थ्य सामग्री अस्पतालका डा. अजयराज गौतमलाई हस्तान्तरण गरेका हुन् । अस्पताललाई अक्सिजन कन्सन्ट्रेटर, ४० लिटरका १० थान अक्सिजन सिलिण्डरलगायत सामग्रीसहित एन्टिजेन किट प्राप्त… पुरा पढौ

गण्डकी प्रदेशमा थप १३७२ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा बिहीबार एक हजार ३७२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालाहरुमा गरिएको परीक्षणमा ६१५ महिला र ७५७ पुरुषमा संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । पछिल्लो २४ घण्टामा संक्रमित हुनेहरुमा स्याङ्जाका ६११ जना छन् । जसमा ३१६ पुरुष र २९५ महिला छन् । कास्कीमा १३८ जना महिला र २१५ जना पुरुष गरि ३५३ जनामा कोरोना भाइर संक्रमण पुष्टि भएको छ । यस्तै गोरखाका १५६ जनामा कोरोना भाइरस संक्रमण… पुरा पढौ

प.क्षे.अस्पतालमा निर्माण गरिने अक्सिजन प्लान्ट निर्माण समितिको अध्यक्षमा बतास

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा बृहद अक्सिजन प्लान्ट स्थापना गर्नका लागि समिति गठन भएको छ । नागरिक स्तरबाट आर्थिक संकलन गरेर बृहद अक्सिजन प्लान्ट स्थापना गर्नका लागि बतास फाउण्डेसनका अध्यक्ष आनन्दराज बतासको अध्यक्षतामा अक्सिजन प्लान्ट निर्माण समिति गठन भएको हो । गण्डकी प्रदेशकै ठूलो अस्पतालमा अक्सिजन प्लान्ट निर्माणका लागि गठन गरिएको अक्सिजन प्लान्ट निर्माण समितिको कोषाध्यक्षमा अटोेवेज प्रालिका अध्यक्ष नारायण पौडेल रहेका छन् भने सदस्यहरुमा केसी ग्रुपका किरण केसी, पोखरा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष विश्वशंकर पालिखे,… पुरा पढौ