स्वास्थ्य

पोखराको जिएमसी र मणिपालमा पनि अब कोरोनाको निःशुल्क उपचार हुने

पोखराको गण्डकी मेडिकल कलेज (जिएमसी) र मणिपाल शिक्षण अस्पतालमा अब कोरोनाको निःशुल्क उपचार हुने भएको छ । सरकारसँग सम्झौता भएसँगै पोखराको जिएमसी र मणिपालले कोरोना संक्रमित व्यक्तिको निःशुल्क उपचार गर्ने भएको हो । सरकारले नोभल कोरोना भाइरस (कोभिड–१९) केयर युनिट सञ्चालनका लागि ३० भन्दा बढी अस्पतालसँग सम्झौता गरेको छ । उक्त सम्झौता गरेका कलेजहरु मध्ये पोखराको जिएमसी र मणिपाल शिक्षण अस्पतालपनि हुन् । सरकारले जिएमसी र मणिपालसँगै नोवल मेडिकल कलेज टिचिङ हस्पिटल, नेसलन मेडिकल कलेज बिरगञ्ज, जानकी मेडिकल कलेज जनकपुर,… पुरा पढौ

तिब्बत सरकारद्वारा नेपाललाई स्वास्थ्य सामग्री सहयोग

काठमाण्डौं । चीनको तिब्बत सरकारले नेपाललाई अत्यावश्यक स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपालमा कोरोना संक्रमण तीव्र बनेपछि तिब्बतले लिक्विड अक्सिजन, सिलिण्डर, कन्सन्टे«टरलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो । तिब्बत सरकारले सहयोग गरेको ३० मेट्रिकटन लिक्विड अक्सिजन आज ल्हासाबाट नेपाल प्रस्थान गरेको ल्हासास्थित नेपाली महावाणिज्य दूतावासले जनाएको छ । उक्त स्वास्थ्य सहयोग शुक्रबार रातिसम्म खासा पुग्ने महावाणिज्यदूत नवराज ढकालले जानकारी दिए। तिब्बतले सहयोग गरेको लिक्विड अक्सिजनबाट ४० केजी क्षमताका छ हजार सिलिण्डर भर्न सकिने छ । तिब्बत सरकारले २०० थान… पुरा पढौ

रेम्डेसिभिर नेपालमा उत्पादन हुने

काठमाडौँ। कोभिड–१९ सङ्क्रमितको उपचारका लागि प्रयोग गरिने रेम्डेसिभिर औषधि नेपालमा नै उत्पादन हुने भएको छ । औषधि व्यवस्था विभागले रेम्डेसिभिर उत्पादन गर्ने अनुमति दिएपछि नेपालमा नै उत्पादन हुने भएको हो ।विभागका सूचना अधिकारी सन्तोष केसीले रेम्डेसिभिर उत्पादन गर्नका लागि वीरगञ्जस्थित नेशनल हेल्थ केयरलाई अनुमति दिइएको जानकारी दिए । औषधि उत्पादन गर्ने कम्पनीका सबै संरचना हेरेर र उत्पादन गर्ने सक्ने भएपछि मात्र अनुमति दिइएको जनाइएको छ । यसअघि नेपालमा सो औषधि भारत र बङ्गलादेशबाट ल्याउने गरिएको थियो । औषधिको मूल्य करीब… पुरा पढौ

स्पेनबाट नेपाललाई साढे १४ करोडको स्वास्थ्य सामग्री सहयोग

स्पेनले नेपाललाई कोरोना महामारी रोकथाम तथा नियन्त्रणका लागि ठूलो मात्रामा स्वास्थ्य सामग्री सहयोग गरेको छ। स्पेनस्थित नेपाली राजदूतावासले दिएको जानकारी अनुसार भेन्टिलेर, अक्सिजन कन्सन्ट्रेटर, पीपीईलगायतका स्वास्थ्य सामग्रीहरु रहेका छन्। उक्त सामग्री आज (बिहीबार) काठमाडौँ आइपुग्नेछ । बुधबार राति स्पेनको राजधानी म्याड्रिडबाट आइवेरिया एयरलाइन्सको एक चार्टर्ड विमानमार्फत उक्त सामग्री नेपाल पठाइएको जनाइएको हो। स्पेनका लागि नेपाली राजदूत दावाफुटी शेर्पा स्वास्थ्य सामग्रीहरु लिएर नेपाल प्रस्थान गरेको बताइएको छ। बुधबार राति नै उक्त उडान भइसकेको र बिहीबार ती स्वास्थ्य सामग्रीहरू नेपाल सरकारलाई हस्तान्तरण… पुरा पढौ

कास्कीका दुई गाउँपालिकामा नेलम्बोद्वारा सहयोग

पोखरा । पोखरा स्थित नेलम्बो नेपालले आज रुपा गाउँपालिका र माछापुच्छ्रे गाउँपालिकाको धम्पुसमा स्वास्थ्य सुरक्षाका सामग्रीहरु प्रदान गरेको छ । संस्थाका अध्यक्ष एकदेव देवकोटाले रुपा गाउँपालिका अध्यक्ष नवराज ओझा र माछापुच्छ्रे–७, धम्पुसका वडाध्यक्ष समबहादुर गुरुङलाई सामग्री हस्तान्तरण गरेका हुन् । सो अवसरमा प्रदान गरिएका सामग्रीको विवरण नेलम्बोका कार्यक्रम संयोजक डा. किसन कोइरालाले प्रस्तुत गरेका थिए । रुपा गाउँपालिकालाई पीपिई, फेस शिल्ड, माक्स, सेनिटाइजर, सेनिटाइजर स्टाण्ड, अक्सीमिटर, स्प्रे बोतल, सावुन समेत गरी रु.९४ हजार तथा धम्पुसमा २२ हजार बराबरका सामग्री उपलब्ध… पुरा पढौ

बुधबार गण्डकी प्रदेशमा कोरोनाबाट मृत्यु हुनेको संख्या अहिलेसम्मकै बढी

पोखरा । बुधबार गण्डकी प्रदेशमा कोरोना भाइरस संक्रमणबाट कास्कीका ८ सहित ३० जनाको मृत्यु भएको छ । संक्रमणबाट मृत्यु भएकाहरुको संख्या अहिलेसम्मकै सबैभन्दा बढी हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले दिएको जानकारी अनुसार संक्रमणबाट कास्कीका ८, स्याङ्जाका ७, तनहुँ र पर्वतका ५–५, गोरखाका ३ र नवलपरासी पुर्वका २ जनाको मृत्यु भएको हो । संक्रमणबाट कास्कीको पोखरा महानगरपालिका–१० की ४८ वर्षिया महिला, पोखराकै वडा नम्वर ९का ४२ वर्षिय पुरुष, वडा नम्वर १५ का ७५ वर्षिय पुरुष, पोखरा–८ का ५९ वर्षिय… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीयअस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस

गण्डकी प्रदेश सरकारले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पताललाई कोभिड अस्पताल बनाउन सिफारिस गरेको छ । दोश्रो पटक मुख्यमन्त्री भएका पृथ्वी सुब्बा गुरुङले मन्त्री परिषद गठन गरेसँगै बुधबार बसेको पहिलो बैठकले सो अस्पताललाई कोभिड अस्पताल बनाउन संघ सरकारलाई सिफारिस गर्ने निर्णय गरेको हो । संघ सरकार मातहत रहेको सो अस्पताललाई अघिल्लो वर्ष कोभिड डेडिकेटेड अस्पताल बनाइएको थियो । तर कोरोना संक्रमणले महामारीको रुप लिएपछि प्रदेश सरकारले अस्पताललाई कोरोना भाइरस रोकथाम नियन्त्रण र उपचारको अस्पताल बनाउने निर्णय गरेको मुख्यमन्त्री… पुरा पढौ

अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्नेलाई कारवाही

काठमाडौँ। स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन लिएर आउने बिरामीको मात्र उपचार गर्ने अस्पताललाई कारवाही गर्ने भएको छ । मन्त्रालयले सूचना जारी गर्दै अक्सिजन जस्तो अत्यावश्यक विषय बिरामी वा आफन्तलाई नै लिएर आउनू भन्नै नहुनेमा कहीँकतै यस्तो गर्ने गरिएको भए नगर्न- नगराउन अनुरोध गरेको छ । मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले केही अस्पतालले बिरामीलाई अक्सिजन लिएर आउने भए मात्रै उपचार गर्ने गरी कबुलियतनामा गर्ने गरेको पाइएकाले कारवाही गरिने जानकारी दिए। मन्त्रालयले प्राप्त बिरामीको तथ्याङ्कका आधारमा अस्पतालमा अक्सिजन आवश्यकतानुसार उपलब्ध गराएको जनाइएको… पुरा पढौ

नेपालका ४१ जिल्लामा ५०० बढी सक्रिय सङ्क्रमित

काठमाण्डौं । पाँचसय बढी सक्रिय सङ्क्रमित भएको जिल्लाको सङ्ख्या ४१ पुगेको छ । मोरङ, सुनसरी, झापा, रौटहट, धनुषा, पर्सा, महोत्तरी, बारा, सप्तरी, काठमाडौं, भक्तपुर, ललितपुर, चितवन, मकवानपुर, काभ्रेपलाञ्चोक, धादिङ, सिन्धुपाल्चोक, सिन्धुली, नुवाकोट र रामेछापमा ५०० बढी संक्रिय सङ्क्रमित छन् । यसैगरी कास्की, गोरखा, नवरपरासी (पूर्व), तनहुँ, स्याङ्जा, दाङ, बाँके, रुपन्देही, पाल्पा, बर्दिया, कपिलवस्तु, अर्घाखाँची, गुल्मी, नवलपरासी (पश्चिम), सल्यान, सुर्खेत, डडेल्धुरा, कैलाली, कञ्चनपुर, बैतडी र अछाममा सङ्क्रमितको संख्या ५०० बढी छ । सक्रिय सङ्क्रमितको संख्या उच्च भएका जिल्लामा निषेधाज्ञा जारी गरिएको… पुरा पढौ

गण्डकी प्रदेशमा ९ हजार बढी सक्रिय संक्रमित, ४२९ कोरोना संक्रमणमुक्त

पोखरा । गण्डकी प्रदेशमा मंगलबार कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या ९ हजार नाघेको छ । पछिल्लो २४ घण्टामा ९५९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै प्रदेशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या ९ हजार १८० पुगेको हो । एक हजार ६३५ जनामा गरिएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो । आज संक्रमित हुनेमा सबैभन्दा बढी कास्कीका ४१७, बाग्लुङका १२३, तनहुँका ११२, स्याङ्जाका ८६, नवलपरासी पूर्वका ७६,पर्वतका ७४, गोरखाका ३५, म्याग्दीका२७, लमजुङका ८ र मुस्ताङका एक जना छन् । यस्तै सोही अवधीमा… पुरा पढौ