स्वास्थ्य

युआरएल पत्रकारिता पुरस्कारबाट प्रदीप पौडेल सम्मानित

पोखरा । पत्रकार प्रदीप पौडेल युआरएल पत्रकारिता पुरस्कार २०७७ बाट सम्मानित भएका छन् । गण्डकी प्रदेशकै पहिलो रेफरेन्स ल्याब युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल) को सातौं वार्षिकोत्सवको अवसरमा मंगलबार आयोजित कार्यक्रममा पौडेललाई नगद २० हजार, ताम्रपत्र र दोसल्लासहित सम्मान गरिएको हो । गण्डकी मेडिकल कलेज(जिएमसी)का प्रिन्सिपल प्राडा रवीन्द्रप्रसाद श्रेष्ठ, युआरएलका प्रबन्ध निर्देशक ठाकुरप्रसाद पन्त र नेपाल पत्रकार महासंघ कास्की अध्यक्ष दीपेन्द्र श्रेष्ठले पौडेललाई सम्मान गरे । पौडेल रेडियो बाराही र इमेज टेलिभिजनमा आवद्ध छन् । जिएमसीका प्रिन्सिपल श्रेष्ठले पत्रकार जगतले… पुरा पढौ

पोखराका पुरुषको कोरोनाबाट मृत्यु

मंसिर २३ पोखरा । कोरोना संक्रमणबाट पोखराका एक पुुरुषको मृत्यु भएको छ । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अन्र्तगत कोभिड १९ उपचार केन्द्र पोखरामा उपचाररत पोखराका ६४ वर्षिय पुुरुषको मृत्यु भएको हो । गत मंसिर ११ गते कोरोना पुष्टि भएका उनको सोमबार दिउँसो ४ बजे मृत्यु भएको हो । उनमा कोभिड सहित निमोनिय, मधुमेह लगातको समेत समस्या रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा हालसम्म कोरोना संक्रमणबाट ज्यान गुमाउनको संख्या १७२ पुगेको… पुरा पढौ

धम्पुसको जनप्रिय र वडा नम्बर २४ लाई नेलम्वोद्वारा स्वास्थ्य सामग्री प्रदान

कोभिड १९ को रोकथाम, नियन्त्रण र सचेतनामा शुरु देखि नै लागिरहेको नेलम्बो नेपालले माछापुच्छे« गाउँपालिका वडा नं। ७ धम्पुस खानिगाऊँमा रहेको जनप्रिय आधारभूत विद्यालय र पोखरा माहानगर पालिका वडा नं। २४ कास्कीकोटलाई स्वास्थ्य सुरक्षाका सामग्री प्रदान गरेको छ ।नेलम्बो नेपालले माछापुच्छ्रे गाउँपालिका वडा नं। ७ धम्पुस खानिगाऊँमा रहेको जनप्रिय आधारभूत विद्यालयलाई कोभिड १९ को विषम् परिस्थितिमा पनि विद्यालय सञ्चालन गरि अध्ययन अध्यापन गरिरेको अवस्थामा स्वास्थ्य सावधानी अपनाएर शिक्षण कार्य गर्न माक्स, सेनिटाइजर, स्प्रे बोतल, फेस सिल्ड, हात धुने साबुन, डिस्पोजिवल… पुरा पढौ

रुसमा सुरु भयो, कोरोनाविरुद्ध खोप अभियान

रुसमा कोरोना भाइरसविरुद्ध खोप अभियान सुरु गरिएको छ। शनिबारदेखि सुरु खोप अभियानको पहिलो चरणमा हजारौं चिकित्सक, शिक्षक र जोखिममा रहेका अन्य पेशाकर्मीहरुले खोप लगाउन नाम दर्ता गराएको समाचार छ।पहिलो दिन शनिबार राजधानी मस्कोमा ५ हजार जनालाई कोरोनाविरुद्धको खोप लगाइसकिएको छ। रसियाकै गमलेय इन्स्टिच्युटले बनाएको खोपको नाम स्पुतनिक भी नाम राखिएको छ। करीब ४ महिनाअघि गमलेय इन्स्टिच्युटलाई रसिया सरकारले खोप बनाउने अनुमति दिएको थियो ।बृहत् खोप अभियानको शुरुमा २० लाख जनालाई खोप लगाउने कार्यक्रम छ। १८ वर्षदेखि ६० वर्ष उमेरका नागरिकलाई… पुरा पढौ

पोखरा–१९ मा स्वास्थ्य स्वयंसेवक दिवस मनाइयो

पोखरा महानगरपालिका वडा नं १९ मा विविध कार्यक्रम गरी स्वास्थ्य स्वयंसेवक दिवस मनाइएको छ। दिवसको अवसरमा ‘कोभिड–१९ रोकथाम र समृद्धिका लागि संयुक्त कार्य, महिला स्वास्थ्य स्वयंसेवक अपरिहार्य’ भन्ने मूल नारासहित आयोजना गरिएको कार्यक्रममा पाँचवटा महिला स्वास्थ्य स्वयंसेविका समूहबीच सन्देशमूलक हाजिरीजवाफ प्रतियोगिता गरिएको थियो। हाजिरीजवाफमा प्रथम, द्धितिय, तृतीय र शान्त्वना हुने महिला स्वास्थ्य स्वयंसेविका समूहलाई पुरस्कार वितरण गरिएको थियो। पोखरा वडा नं १९, वडाध्यक्ष तथा स्वास्थ्य चौकी व्यवस्थापन समिति अध्यक्ष शोभामोहन पौडेलले कार्यक्रमको अध्यक्षता गर्दै स्वास्थ्य स्वास्थ्य क्षेत्रमा स्वयंसेवकले पु¥याएको सेवा… पुरा पढौ

सार्क राष्ट्रमध्ये नेपाल कोभिड–१९ को संक्रमणमुक्त दरमा अगाडि

कोरोना भाइरस संक्रमणमुक्त हुने दरमा सार्क राष्ट्रमध्ये नेपाल अग्रस्थानमा रहेको वल्र्डमिटरको रिपोर्टले देखाएको छ। भारतपछि सबैभन्दा धेरै नेपालमा संक्रमणमुक्त भएको पाइएको छ। वल्र्डमिटरका अनुसार हालसम्म भारतमा कुल संक्रमितमध्ये ९४ दशमलव २८ प्रतिशत संक्रमणमुक्त भएका छन्। यस्तै, नेपालमा कुल संक्रमितमध्ये ९३ दशमलव ४० प्रतिशत संक्रमणमुक्त भएका छन्। यस्तै, माल्दिभ्समा कुल संक्रमितमध्ये ९२ दशमलव ८१ प्रतिशत, भुटानमा ९१ दशमलव २७ प्रतिशत, पाकिस्तानमा ८५ दशमलव ३१ प्रतिशत, बंगलादेशमा ८२ दशमलव ६८ प्रतिशत, अफगानिस्तानमा ७८ दशमलव ६८ प्रतिशत र श्रीलंकामा ७३ दशमलव १८ प्रतिशत… पुरा पढौ

कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउन सरकारको तयारी

सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने तयारी थालेको छ। विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसंख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी थालेको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत गठन गरेको छ। मन्त्रालयले विश्वस्वास्थ्य संगठन ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसंख्यालाई पुग्ने खोप ल्याउन थालेको हो। बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा गौतमले जानकारी दिनुभयो… पुरा पढौ

विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या १५ लाख ३१ हजार पुग्यो

पोखरा । विश्वभर कोरोना भाइरस संक्रमणबाट ज्यान गुमाउनेको संख्या १५ लाख ३१ हजार पुगेको छ । कोरोना भाइरस सम्बन्धी तथ्याङक सार्वजनिक गर्दै आइरहेको वल्डोमिटरका अनुसार हालसम्म विश्वभर कोरोना भाइरस संक्रमणबाट १५ लाख ३१ हजारले गुमाएका छन् । यस्तै विश्वका ६ करोड ६६ लाख २२ हजार ७१६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । भने ४ करोड ६० लाख ६६ हजार ७७२ जना कोरोनामुक्त भएका छन् । यस्तै एक लाख ६ हजार ७९ जना गम्भीर अवस्थामा उपचाररत रहेको तथ्याङ्कमा उल्लेख छ… पुरा पढौ

गण्डकी प्रदेशमा ५ हजार बढी आइसोलेसनमा, पछिल्लो २४ घण्टामा कास्कीका ५९ जनामा कोरोना पुष्टि

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका सक्रिय सङ्क्रमितको संख्या ५ हजार १४० रहेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । निर्देशनालयले शनिबार साँझ अध्यावधिक गरेको विवरण अनुसार सबैभन्दा बढी कास्कीमा ३ हजार ६२१ जना सक्रिय संक्रमित छन् । यस्तै गोरखामा ५२१, पर्वतमा १४७, नवपुर वर्दघाट सुस्ता पूर्वमा १४६, बाग्लुङमा १२०, स्याङ्जामा ५३, म्याग्दीमा ३४, र मुस्ताङमा ३१ जना आइसोलेसनमा छन् । यस्तै मनाङमा सक्रिय संक्रमितको संख्या शून्य छ । निर्देशनालयको विवरण अनुसार सक्रिय संक्रमितमध्य ३ हजार ८६८ जना होम आइसोलेसनमा… पुरा पढौ

पहिलो चरणमा २० प्रतिशत नागरिकलाई पुग्नेगरी खोप ल्याउने सरकारको तयारी

काठमाण्डौं । सरकारले कोभिड–१९ को विरुद्धको खोप २० प्रतिशत नागरिकलाई पुग्नेगरी ल्याउने भएको छ । विभिन्न देशमा अन्तिम परीक्षण भइरहेको खोप कूल जनसङ्ख्या २० प्रतिशतलाई पुग्नेगरी ल्याउने तयारी गरिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले खोप ल्याउनदेखि लगाउनसम्मको तयारी गर्नका लागि विभिन्न ८ उपसमिति समेत बनाएको छ । मन्त्रालयले विश्वस्वास्थ्य सङ्गठन ९डब्लुएचओ०, ‘गाभी र सेपी’ नामक तीन सङ्गठनको ‘कोभ्याक्स सुविधा’ नामक संयन्त्रअन्तर्गत सहुलियत दरमा २० प्रतिशत जनसङ्ख्यालाई पुग्ने खोप ल्याउन थालेको बालबालिका तथा खोप सेवा शाखाका प्रमुख डा झलक शर्मा… पुरा पढौ