स्वास्थ्य

कोरोना : शनिबार संक्रमित भन्दा कोरोनामुक्त हुनेको संख्या दोब्बर

काठमाडौँ । नेपालमा शनिबार कोरोना संक्रमण हुनेभन्दा कोरोनामुक्त हुनेको संख्या दोब्बर रहको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर २ हजार २०६ जना संक्रमित कोरोनामुक्त भएका छन् । सोही अवधीमा १ हजार २४ जनामा कोरोना संक्रमणको पुष्टि पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ३९ हजार ८८५ पुगेको छ । निको हुनेको संख्या २ लाख २४ हजार ५३ छ । त्यसका साथै २४ घण्टामा कोरोना संक्रमणबाट १० जनाको… पुरा पढौ

गण्डकी प्रदेशका थप १३ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमण पुष्टि हुनेको संख्या १२ हजार ५९८ पुगेको छ । शनिबार कास्कीका ७ सहित लमजुङको मध्यनेपाल नगरपालिकाका ५ र स्याङ्जाका एक जनामा कोरोना संक्रमण पुष्टि भएपछि संक्रमितको संख्या बढेको हो । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको नमुना परीक्षणमा पोखरा महानगरपालिकाका वडा नं ७, ८, १२, १५ र मादी गाउँपालिकाका एक जनामा कारोना संक्रमण पाइएको छ । यस्तै मध्यनेपालकाको वडा नं २, ३, ५ र ७ का ५ जना र स्याङ्जाका एक जना संक्रमितको पालिका खुलाइएको… पुरा पढौ

गण्डकी प्रदेशभर कोरोना संक्रमण हुनेको संख्या १२५८५ पुग्यो

पोखरा । शनिबार कास्कीका ५२ सहित गण्डकी प्रदेशभर थप १०६ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा विभिन्न प्रयोगशालाहरुमा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा कोरोना संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । आज थपिनेमा सबैभन्दा बढी कास्कीका ५२ जनामा कारोना संक्रमण पाइएको छ । जसमा ३ जना माछापुच्छ्रे गाउँपालिकाका छन् भने बाँकी पोखरा महानगरका ४९ जना हुन् । यस्तै बाग्लुङका १८, लमजुङका १६, गोरखाका ७, तनहुँका ६, र म्याग्दीका ३ , पर्वत र मुस्ताङका २–२… पुरा पढौ

कोरोनाबाट पोखराका ३ जनाको मृत्यु

पोखरा । पोखराका थप ३ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ । कारोना संक्रमण पछि पोखराका विभिन्न अस्पतालमा भर्ना भएका उनीहरुको उपचारको क्रममा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । संक्रमणबाट मृत्यु हुनेमा पोखराको गैह्रापटनस्थित फिस्टेल अस्पतालमा उपचाररत दुई जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पताल अन्र्तगतको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत एक जना छन् । उनीहरुमध्य पोखरा–११ की ७२ वर्षिय महिलाको शुक्रबार राती ८ बजेर ४५ मिनेटमा मृत्यु भएको छ । फिस्टेल अस्पतालमा उपचाररत उनमा… पुरा पढौ

जो बाइडनको अभियान ‘सय दिन मास्क लगाऔँ’

अमेरिकी नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले राष्ट्रपतिको रुपमा आफ्नो पहिलो काम मास्कसम्बन्धी अभियान संचालन गर्ने तयारी गरेका छन्। बाइडनले आफ्नो कार्यकाल शुरु भएसँगै सबै अमेरिकीलाई मास्क लगाउन आह्वान गर्दै ‘सय दिन मास्क लगाऔँ’ अभियान चलाउने जानकारी दिएका हुन्। बर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्प कोरोनाभाइरसको महामारी फैलिन नदिनका लागि मास्क लगाउनु पर्ने मान्यताको विपक्षमा उभिदै आएका छन्। राष्ट्रपतिमा नवनिर्वाचित बाइडेनले ट्रम्पको मान्यतालाई गलत सावित गर्नेगरी मास्कको प्रयोग गर्न प्रोत्साहन गर्ने अभियान ल्याउन लागेका हुन्। मास्कको प्रयोगको विपक्षमा राष्ट्रपति लगायतका व्यक्तिहरु नै लागेकाले अमेरिकामा… पुरा पढौ

पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० श्ययाको आकस्मिक कक्ष

गण्डकी प्रदेशको सबैभन्दा ठूलोे सरकारी अस्पताल पोखरास्थित पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ५० श्ययाको आकस्मिक कक्ष निर्माण गरिने भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको सो अस्पतालमा हाल सञ्चालित २५ श्ययाको आकस्मिक कक्षको स्तरवृद्धि गरी ५० श्ययाको छुट्टै ब्लक निर्माण गर्न लागिएको हो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयबाट आकस्मिक कक्ष निर्माणका लागि ९ करोड रुपैयाँ बजेट अख्तियारी प्राप्त भएकाले निर्माण प्रक्रिया शुरु गरिएको प्रतिष्ठानका निर्देशक सहप्राध्यापक डा अर्जुन आचार्यले जानकारी दिएका छन्। भवन निर्माणका लागि बजेट तथा डिजाइन तयार भइसकेकाले यही महिनाभित्रमै बोलपत्र… पुरा पढौ

गण्डकी प्रदेशका १३ जना कोरोना संक्रमणमुक्त, ५ हजार बढी सक्रिय संक्रमित

पोखरा । शुक्रबार गण्डकी प्रदेशका थप १३ जना कोरोना संक्रमण मुक्त भएका छन् । यो संगै प्रदेशमा हालसम्म कोरोना संक्रमणमुक्त हुनेको संख्या ७ हजार २९१ पुगेको छ । सोही अवधीमा थप ८४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । विभिन्न प्रयोगशालाहरुमा १५६ जनामा गरिएको पिसिआर परीक्षणमा उनीहरुमा संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय, पोखराले जनाएको छ । निर्देशनालयले शुक्रबार साँझ अध्यावधिक गरेको विवरण अनुसार आज सबैभन्दा बढी कास्कीमा ७१ जनामा कोरोना संक्रमण भएको छ । यस्तै म्याग्दीका ९, स्याङ्जाका २,… पुरा पढौ

शुक्रबार कोरोना संक्रमित भन्दा निको हुने धेरै, संक्रमणबाट १६ को मृत्यु

काठमाण्डौ । पछिल्लो २४ घण्टामा नेपालमा कोरोना संक्रमण हुने भन्दा संक्रमण मुक्त हुने बढेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार देशभरबाट एक हजार ५७५ जना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा एक हजार २७२ जनामा कोरोना संक्रमण पाइएको छ । हालसम्म नेपालमा कोरोना भाइरस (कोभिड–१९) का सङ्क्रमितको सङ्ख्या दुई लाख ३८ हजार आठ सय ६१ पुगेको छ । निको हुनेको सङ्ख्या दुई लाख २१ हजार आठ सय ४७ छ । आज देशभरका प्रयोगशालाहरुमा आठ हजार ३१ जनाको नमुना… पुरा पढौ

कास्कीका ७१ जनामा कोरोना संक्रमण, पोखराका मात्रै ६९ जनामा संक्रमण

पोखरा । शुक्रबार कास्की ७१ सहित गण्डकी प्रदेशमा थप ८४ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । विभिन्न प्रयोगशालामा गरिएको पिसिआर परीक्षणमा सबैभन्दा बढी कास्कीको पोखरा महानगरपालिकाका ६९ , माछापुच्छ्रे गाउँपालिका र मादी गाउँपालिकाका एक एक जनामा कोरोना पुष्टि भएको छ । यस्तै, म्याग्दीका ९, तनहुँका ३, स्याङ्जाका २ र बाग्लुङका एक जनामा कोरोना संक्रमण पाइएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालले जनाएको छ । निर्देशनालयका अनुसार आज लाइफ केयर एण्ड डायग्नोष्टिक सेन्टरमा गरिएको परीक्षणबाट ३४, क्षयरोग उपचार केन्द्रबाट २४ र पोखरा… पुरा पढौ

कोरोनबाट पोखरामा एक महिलाको मृत्यु

पोखरा । कोरोना संक्रमणबाट पोखराकी एक महिलाको मृत्यु भएको छ । पोखरा महानगरपालिका–८ की ६६ वर्षिया संक्रमित महिलाको उपचारका क्रममा चरक मेमोरियल अस्पताल पोखरामा आज मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । गत मंसिर १३ गते कोरोना संक्रमणको पुष्टि उनमा कोभिड निमोनिया, मधुमेह र उच्च रक्तचाप लगायतका समस्या पनि रहेको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा भनिएको छ । योसहित कोरोना संक्रमणबाट गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या १६३ पुगेको छ । पुरा पढौ