स्वास्थ्य

गण्डकी प्रदेशमा १५६१ कोरोना संक्रमित आइसोलेसनमा

पोखरा । गण्डकी प्रदेशमा कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या १ हजार ५६१ मा झरेको छ । पछिल्लो २४ घण्टामा ८६ जनामा कोरोना संक्रमण र ५ जना कोरोनामुक्त भएसंगै सक्रिय संक्रमितको संख्या १५६१ पुगेको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । निर्देशनालयका अनुसार सोमबार २१२ जनामा गरिएको परीक्षणमा ५८ पुरुष र ३० जना महिलामा संक्रमण पुष्टि भएको हो । यो सहित प्रदेशभर कोरोना संक्रमण पुष्टि हुनेको १३ हजार ४२१ पुगेको छ । यस्तै ११ हजार ६७६ कोरोनामुक्त भएका छन् ।… पुरा पढौ

गण्डकी प्रदेशका थप ८६ जनामा कोरोना संक्रमण

पोखरा । गण्डकी प्रदेशमा सोमबार थप ८६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको प्रयोगशालामा कास्कीका ६८ जनासहित ८६ जनामा संक्रमण भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ । आज थपिनेमध्य कास्कीमा ६८, नवलपुर वर्दघाट सुस्ता पूर्वमा १०, तनहुँमा ६, र स्याङ्जामा २ जना छन् । योसहित प्रदेशभर कोरोना संक्रमण हुनेको संख्या १३ हजार ४२१ पुगेको छ । पुरा पढौ

नेलम्बो नेपालद्वारा स्वास्थ्य सामग्री वितरण

नेलम्बो नेपालले आईतबार दुई छुट्टा छुट्टै कार्यक्रम गरेर स्वास्थ्य सामग्र वितरण गरेको छ । नेलम्बो नेपालले आईतबार पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको श्री कवि शिरोमणी लेखनाथ आधारभूत विद्यालय र पोखरा महानगरपालिका वडा नं. ३१ मा रहेको श्री अमर सिद्ध नमुना माध्यमिक विद्यालयलाई स्वास्थ्य सामग्री वितरण गरेको हो ।नेलम्बो नेपालले आईतबार पोखरा महानगरपालिका वडा नं. २७ मा रहेको श्री कविशिरोमणी लेखनाथ आधारभूत विद्यालयमा शिक्षण कार्यमा सहजता होस् भनेर मास्क,, सेनिटाइजर, हेण्ड फ्रि सेनिटाइजर स्ट्यान, स्प्रे बोतल, केएन ९५ माक्स,… पुरा पढौ

जापानमा एकै दिनमा अहिलेसम्मकै धेरै एकैदिनमा ३ हजारभन्दा बढी कोरोना संक्रमित

जापानमा पछिल्लो समयमा कोरोना भाइरसको समस्या बढ्दै गएको देखिएको छ । जापानमा शनिबार एकैदिन अहिलेसम्मकै धेरै संक्रमितहरु थपिएका बताइएको छ । जापानको स्वास्थ्य मन्त्रालयले सो कुराको जानकारी दिएको हो । उक्त मन्त्रालयका अनुसार यहाँ शनिबार एकै दिनमा कम्तीमा पनि ३ हजार जना संक्रमित थपिएका छन् । जापानको राजधानी टोकियोमा शनिबार अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिएको जानकारी गराइएको हो । सबैभन्दा बढी टोकियो र त्यसपछि अरु केही जिल्लामा यो संख्याका संक्रमित भेटिएका बताइएको छ । यो सँगै जापानमा अहिलेसम्म संक्रमण हुने… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३३३३ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या १३ हजार ३ सय नाघेको छ । आइतबार दिउँसो १ बजेसम्म निर्देशनालयले दिएको जानकारी अनुसार कास्कीका ५३ सहित प्रदेशभर थप ८२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसहित प्रदेशभर कोरोना संक्रमण हुनेको संख्या १३ हजार ३३३ पुगेको हो । निर्देशनालयका अनुसार कास्कीका संक्रमितमध्य रुपा गाउँपालिकाका ४ जना र मादी गाउँपालिकाका ८ जना छन् बाँकी पोखरा महानगरका विभिन्न वडाका हुन् । यस्तै तनहुँका ११, बाग्लुङका ६, लमजुङका ५, स्याङ्जाका ४, गोरखा , म्याग्दी… पुरा पढौ

गण्डकी प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८४ पुग्यो

पोखरा । गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८४ पुगेको छ । पछिल्लो क्रममा तनुहँको म्याग्दे गाउँपालिका–२ का ६० वर्षिय पुरुषको मृत्यु भएसंगै प्रदेशमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या बढेको हो । पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रिय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचाररत उनको आइतबार बिहान साढे ९ बजे मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ । उनमा मंसिर २४ गते कोरोना संक्रमण पुष्टि भएको थियो । पुरा पढौ

कोरोनाबाट पोखराकी ७४ वर्षिया बृद्धाको मृत्यु

पोखरा । कोरोना संक्रमणका कारण पोखराकी ७४ वर्षिय बृद्धाको मृत्यु भएको छ । पोखराको फुलबारीस्थित मणिपाल शिक्षण अस्पतालमा उपचाररत पोखरा–१७ की बृद्धाको शनिबार राती ८ः४० मा मृत्यु भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जानकारी दिएको छ । उनमा मंसिर २६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । निर्देशनालयका अनुसार गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ । पुरा पढौ

गण्डकी प्रदेशमा ३८० नमुना परीक्षण गर्दा , ११६ जनामा कोरोना संक्रमण पुष्टि

पोखरा । गण्डकी प्रदेशमा पछिल्लो २४ घण्टामा १०२ जना कोरोना संक्रमणमुक्त भएका छन् । सोही अवधीमा प्रदेशभर थप ११६ जनामा कोरोना संक्रमण पुष्टि भएको गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालय पोखराले जनाएको छ ।निर्देशनालयले शनिबार साँझ कोभिड–१९ सम्बन्धी विवरण अध्यावधिक गर्दै यसको जानकारी गराएको हो ।३८० जनामा गरिएको पिसिआर परीक्षणमा ५९ पुरुष र ५७ महिला थपिएका हुन । आज थपिनेमध्य सबैभन्दा बढी कास्कीका छन् । कास्कीमा आज ६९ जनमा कोरोना संक्रमण पाइएको छ । यस्तै नवलपुर वर्दघाट सुस्ता पूर्वका २३, तनहुँका १८,… पुरा पढौ

कोरोनाबाट पोखरामा ७६ वर्षिय बृद्धको मृत्यु

पोखरा । कोरोना संक्रमणबाट कास्कीको अन्नपूर्ण गाउँपालिकाका एक पुरुषको पोखरामा मृत्यु भएको छ । कास्कीको अन्नपूर्ण गाउँपालिका–१ का ७६ वर्षीय कोरोना संक्रमित पुरुषको पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पश्चिमाञ्चल क्षेत्रीय अस्पतालको कोभिड–१९ उपचार केन्द्रमा उपचारकै क्रममा शुक्रबार दिउसो ४.३० बजे मृत्यु भएको हो । उनलाई यही मंसिर २५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । योसंगै गण्डकी प्रदेशमा कोरोना संक्रमणका कारण मृत्यु हुनेको संख्या १ सय ८२ पुगेको छ । पुरा पढौ

१३५९ निको हुँदा आठ सय ९९ संक्रमित थपिए

कठमाण्डौं । नेपालमा पछिल्लो २४ घन्टामा थप आठ सय ९९ जनामा कोरोना पुष्टि भएको छ । शनिबार अपराह्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार पाँच हजार दुई सय ४२ जनाको पीसीआर परीक्षण गर्दा आठ सय ९९ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । योसँगै नेपालमा कुल सङ्क्रमितको संख्या दुई लाख ४७ हजार ५९३ पुगेको छ । यस्तै पछिल्लो २४ घण्टामा एक हजार तीन सय ५९ जना कोरोना सङ्क्रमणमुक्त भएसँगै कोरोना सङ्क्रमणबाट निको हुनेको संख्या… पुरा पढौ