स्वास्थ्य

मास्क र सामाजिक दूरीले सङ्क्रमण नियन्त्रण हुन्छः डा पाण्डे

काठमाडौँ उपत्यकामा कोभिड–१९ को सङ्क्रमण फैलिरहेकाले उपत्यकावासीले सकेसम्म टीका लगाउन ठूलाबडाकहाँ नजाने र जानैपर्दा सामाजिक दूरी कायम गर्न जनस्वास्थ्यविद्ले सल्लाह दिएका छन् । यस वर्ष सङ्क्रमण तीव्ररुपमा फैलिरहेकाले फोन वा भिडियो कलबाट आफूभन्दा ठूलासँग आशीर्वाद लिन सकिने जनस्वास्थ्य विशेषज्ञ डा रवीन्द्र पाण्डे सल्लाह दिनुहुन्छ ।दशैँका समयमा अझै बढी भीड हुने भएकाले सार्वजनिक सवारी साधन चढ्न नहुने उहाँको सुझाव छ । जानैपर्दा पनि आफन्तको घर नजीक भए हिँडेर वा आफ्नो साधन हुँदा सुरक्षित भएर जानुपर्छ । टीका थाप्ने र लगाउने दुवै… पुरा पढौ

सुदूरपश्चिममा कोरोनाको उपचार निःशुल्क

सुदूरपश्चिम प्रदेशका सामाजिक विकासमन्त्री कृष्णराज सुवेदीले प्रदेशमा कोरोना भाइरसको परीक्षण तथा उपचार विगतमा झै निःशुल्क रुपमा भइरहेको बताउनुभएको छ । रासससँगको कुराकानीमा उहाँले प्रदेश सरकार मातहतका स्वास्थ्य संस्थामार्फत कोरोनाको परीक्षण र उपचार निःशुल्क भइरहेको बताउनुभयो । उहाँले भन्नुभयो, ‘‘स्वेच्छाले नमूना सङ्कलन गराई जाँच गर्न चाहने कसैले शुल्क दिन चाहेमा लिन सकिन्छ ।” स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट कोरोना परीक्षणको शुल्क दिन सक्नेबाट लिने र दिन नसक्नेको हकमा निःशुल्क गर्ने भनी पत्राचार भएको जनाइएको छ । मन्त्रालयको पत्राचारसँगै अस्पताल तथा प्रयोगशालामा कोरोनाको… पुरा पढौ

अक्सिजन उत्पादन शुरु

पर्वत जिल्ला अस्पतालमा उपकरणको सहायताबाट अक्सिजन प्लान्ट बनाइ अक्सिजन उत्पादन गर्न थालिएको छ । बुधवारदेखि अक्सिजन उत्पादन गर्न थालिएकाले अक्सिजनको अभावमा अस्पतालबाट बिरामीलाई अन्यत्र सिफारिस गरेर पठाउनुपर्र्ने समस्या अन्त्य भएको छ । गण्डकी प्रदेश सरकारबाट प्राप्त रू।६० लाखको लागतमा सो प्लान्ट जडान गरिएको हो । “अब जिल्ला अस्पतालले अक्सिजनको अभावमा पोखरा वा काठमाडौँ बिरामी पठाउनुपर्ने अवस्था आउँदैन ।” उक्त अस्पतालका ब्यवस्थापन समिति अध्यक्ष गोबिन्द पहाडीले भन्नुभयो, “१५ शैयाको यस अस्पताललाई आवश्यक पर्नेजति र माग भएर आएमा थप अक्सिजन उत्पादन गर्न… पुरा पढौ

कक्षा १२को परीक्षामा सङ्क्रमितलाई अलग्गै व्यवस्था

राष्ट्रिय परीक्षा बोर्डले आगामी मङ्सिर ९ देखि १६ गतेसम्म सञ्चालन गर्ने कक्षा १२ को परीक्षामा कोरोना सङ्क्रमित विद्यार्थीका लागि अलग्गै व्यवस्था गरेको छ । बोर्डले सार्वजनिक गरेको परीक्षा कार्यतालिकामा कोभिड –१९ सङ्क्रमित परीक्षार्थीलाई परीक्षामा सामेल नहुन अनुरोध गर्दै त्यस्ता परीक्षार्थीका लागि नेपाल सरकारको मान्यताप्राप्त प्रयोगशालाको रिपोर्टका आधारमा पछि छुट्टै व्यवस्था गरिने उल्लेख छ ।यो परीक्षा सामाजिक दूरीसहित छोटो अवधिका सञ्चालन गरी ४० प्रतिशत प्राप्ताङ्कका लागि लिइनेछ । विद्यार्थीको २० प्रतिशत लब्धाङक आन्तरिक मूल्याङ्कन र ४० प्रतिशत कक्षा ११ को लब्धाङकबाट… पुरा पढौ

जनप्रतिनिधिको दशैं भत्ता कोभिड कोषमा

व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपाने दशैं भत्ता बापतको रु ३० हजार व्यास नगरपालिकाकाको कोभिड कोषमा जम्मा हुने गरी प्रमुख प्रशासकीय अधिकृत डिल्लीराम सिग्देललाई हस्तान्तरण गर्दै । तस्वीर ः कृष्ण न्यौपाने, दमौली, रासस पुरा पढौ

नेकपा सचेतक गुरुङ र पार्टी सचिव बखानसिंहमा कोरोना संक्रमण

नेपाल कम्युनिष्ट पार्टी(नेकपा) गण्डकी प्रदेशसभा संसदीय दलका सचेतक गायत्री गुरुङ र नेकपा कास्कीका सचिव बखानसिँह गुरुङ ‘आभास’ दम्पतीलाई कोरोना संक्रमण पुष्टि भएको समाचार छ । मंगलबार, दुबै जनाले नमूना परीक्षण दिएका थिए । हिजो (बुधबार) साँझ दुबै जनाको रिपोर्टमा पोजिटिभ आएको हो। दुबै जना अहिले होम आइसोलेसनमा बसेका छन्। पुरा पढौ

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ७३ जना पुग्यो

गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या ६ हजार १ सय ७३ जना पुगेको छ। प्रदेशको स्वास्थ्य निर्देशनालयले बुधबार दिउँसो साढे ३ बजे अध्यावधी गरेको विवरणमा उक्त संख्या खुलेको हो। योसँगै गण्डकी प्रदेशको ४ जिल्लामा बुधबार एकैदिन ३० जना नयाँ कोरोना संक्रमित थपिएका छन्। गोरखा, कास्की, लमजुङ र पर्वत जिल्लामा कोरोना संक्रमित भेटिएको हो। निर्देशनालयले जनाएअनुसार बुधबार सबैभन्दा बढी गोरखा जिल्लामा २२ जनामा कोरोना संक्रमित पुष्टि भएको हो। ती सबै संक्रमित गण्डकी र लखन थापा गाउँपालिकाको रहेको निर्देशनालयले जनाएको छ।त्यस्तै, बुधबार कास्कीको… पुरा पढौ

गण्डकी प्रदेश मुख्यमन्त्री र मन्त्रीहरुको चाडपर्व भत्ता कोरोना रोकथाम कोषमा

गण्डकी प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले चाडपर्व भत्ता नलिने भएका छन् । उनीहरुले चाडपर्व भत्ताको रकमलाई कोरोना रोकथाम, नियन्त्रण र उपचार कोषमा जम्मा गर्ने भएका छन् । मन्त्रिपरिषद्को आज (बुधबार) बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो । पुरा पढौ

गण्डकी प्रदेशमा दुई संक्रमितको मृत्यु

गण्डकी प्रदेशमा कोरोनाबाट थप २ जनाको मृत्यु भएको छ। प्रदेश स्वास्थ्य निर्देशनालय पोखराका अनुसार नवलपरासीको गैँडाकोट नगरपालिका–७ का ५० वर्षीय पुरुषको हिँजो (मंगलबार) विहान चितवन मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएको हो। त्यसैगरी म्याग्दीको धौलागिरी गाउँपालिका–७ का ८५ वर्षीय पुरुषको हिँजो (मंगलबार) राति पश्चिमाकञ्चल क्षेत्रीय अस्पतालमा मृत्यु भएको जनाइएको छ। यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ५७ पुगेको छ। त्यसैगरी आज (बुधबार) विहानै गण्डकीमा १८ संक्रमित थपिएका छन्। नवलपरासीमा १५, गोर्खामा एक र तनहुुँमा दुई संक्रमित थपिएका हुन्।… पुरा पढौ

पोखरामा एकैदिन देखियो २० जना कोरोना संक्रमित

पोखरामा एकै दिन (मंगलबार) २० जनामा कोरोना संक्रमित देखिएका छन् । पोखरा महानगरपालिकाको ११ वटा वडामा ति संक्रमित देखिएका हुुन् । पोखराको ७, ८, १०, १२, १३, १४, १५, १६, १७, १८, २६ र ३० नं वडामा संक्रमित भेटिएको हो । स्वास्थ्य निर्देशनालय गण्डकीले मंगलबार दिउँसो ४ बजे अद्यावधि गरेको प्रेस विज्ञप्तिमा जनाएको हो । पोखराको वडा नं ७ को ३७ वर्षीय पुरुष एक, वडा नं ८ को ४१ वर्षीय पुरुष एक, वडा नं १० को ३४ र २९ वर्षीय… पुरा पढौ