स्वास्थ्य

बाग्मती प्रदेशका मुख्यमन्त्री पौडेल कोरोनामुक्त

कार्तिक १५ हेटौडा । बाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल कोरोनामुक्त भएका छन् । गत कार्तिक ६ गते संक्रमित भएका मुख्यमन्त्री पौडेल १० दिनमा संक्रमणमुक्त भएका हुन् ।धुलिखेलमा रहेको प्रादेशिक प्रयोगशालामा आज गरिएको पुनः परीक्षणमा उनको रिपोर्ट नेगेटिभ आएको प्रेस संयोजक प्रकाश दाहालले जानकारी दिए । हाल शहीद गङ्गालाल राष्ट्रिय हृदय रोग निवारण केन्द्र काठमाडौँमा उपचाररत मुख्यमन्त्री पौडेललाई एकदुई दिनमै अस्पतालले घर पठाउने तयारी गरेको छ । मुख्यमन्त्रीकी पत्नी विजयामा भने संक्रमण कायम नै रहेको जनाइएको छ । पुरा पढौ

कोरोना संक्रमितको संख्या एक लाख ७० हजार नाघ्यो

कार्तिक १५ पोखरा । नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७० हजार नाघेको छ ।पछिल्लो २४ घण्टामा देशभरबाट थप २ हजार ५०८ जनामा कोरोना पुष्टि भएुसंगै सक्रमितको संख्या बढेको हो ।स्वास्थ्य तथा जनसंख्याका अनुसार आज १५३२ पुरुष र ९७६ जनामा संक्रमण पुष्टि भएसंगै हाल सम्म नेपालमा कोरोना संक्रमितको संख्या एक लाख ७० हजार ७४३ पुगेको हो ।आज देशभरका प्रयोगशालामा ९ हजार २७९ जनामा गरिएको पीसीआर परिक्षणमा सो संख्यामा संक्रमित थपिएका हुन । यस्तै सोही समयमा २२ सय ६४ जना संक्रमणमुक्त… पुरा पढौ

कोरोनाबाट ज्यान गुमाउनेको संख्या ९३७ पुग्यो

कार्तिक १५ पोखरा । पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १७ जनाको ज्यान गुमेको छ । हाल सम्म नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउने संक्रमितको संख्या नौ सय ३७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार हालसम्म बाग्मती प्रदेशमा कोरोनाबाट सबैभन्दा धेरै ४५९ जनाले ज्यान गुमाएका छन् । यस्तै प्रदेश २ मा १५७, लुम्बीनी प्रदेशमा १२७, प्रदेश १ मा ११६, गण्डकी प्रदेशमा ७६, सुदुरपश्चिम प्रदेशमा १७ र कर्णाली प्रदेशमा ११ जना छन् । पुरा पढौ

राससका महाप्रबन्धकलाई कोरोना सङ्क्रमण

राष्ट्रिय समाचार समिति राससका महाप्रबन्धक ओपेन्द्र शर्मालाई कोरोना सङ्क्रमण पुष्टि भएको छ । उनका परिवारका सदस्यलाई पनि केही दिनअघि कोरोना सङ्क्रमण पुष्टि भएको थियो । महाप्रबन्धक शर्मा होम आइसोलेशनमा छन् ।स्वास्थ्यसम्बन्धी सबै मापदण्ड पालना गर्दागर्दै आफू सङ्क्रमित हुन पुगेको बताउँदै उनले आफूसँग सम्पर्कमा रहेका सबैलाई आइसोलेशनमा रहन र आफ्नो स्वास्थ्यको ख्याल राख्न आग्रह गरेका छन् । स्वास्थ्य मापदण्ड पालना गर्दै उनी नियमित कार्यालयमा उपस्थित हुनथ्ये । महाप्रबन्धक शर्मासँगै उनका चालक लीलाराम देवकोटालाई पनि आजै सङ्क्रमण पुष्टि भएको छ र उनी… पुरा पढौ

देहरादून घटनाका विद्यार्थीको निःशुल्क उपचारको माग

नेपाल विद्यार्थी सङ्घले देहरादून घटनामा घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेको छ । नेविसङ्घका अध्यक्ष राजिव ढुङ्गानाले एक विज्ञप्ति जारी गरी भारतको देहरादूनस्थित शाक्य एकेडेमीमा अध्ययनरत विद्यार्थीमाथि कात्तिक १० मा निर्घात कुटपिट भएको घटनाप्रति दुःख व्यक्त गर्दै घाइते विद्यार्थीलाई तत्काल उद्धार गरी निःशुल्क उपचारको व्यवस्था मिलाउन माग गरेका हुन् । “अहिलेको विश्व व्यापीकरणको युगमा विश्वको जुनसुकै शिक्षालयमा गएर शिक्षा लिन चाहने व्यक्तिले असल शैक्षिक वातावरणमा शिक्षा लिन पाउनु मानव अधिकारको विषय हो, मानव अधिकारको आधारभूत… पुरा पढौ

अमेरिकामा एकै दिन थपिए ९१ हजार कोरोना संक्रमित, हजारभन्दा बढीको मृत्यु

विश्वमै सबैभन्दा धेरै संख्यामा कोरोना संक्रमित रहेको अमेरिकामा शुक्रबार अहिलेसम्मकै धेरै ९१ हजारमा कोरोना पुष्टि भएको छ । अमेरिकामा एकै दिन कोरोनाले मृत्यु हुनेको संख्यासमेत एक हजार पुगेको जोन हप्किन्स विश्वविद्यालयलाई उद्धृत गर्दै बीबीसीले जनाएको छ। कोरोना संक्रमणको आँकडा अपडेट गर्दै आएको वल्र्डोमिटरले गएको २४ घण्टामा अमेरिकामा ९८ हजार ५ सय भन्दा धेरै संक्रमित थपिएका र ९ सय ६६ जनाको मृत्यु भएको उल्लेख गरेको छ। विश्वमा कोरोनाले सबैभन्दा बढी प्रभावित बनेको अमेरिकामा अहिलेसम्म संक्रमितको संख्या ९३ लाख १३ हजार नाघेको… पुरा पढौ

गण्डकीमा अहिले सम्मकै धेरैमा संक्रमण

कार्तिक १४ पोखरा । पोखरामा शुक्रबार एकै दिन १८३ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । प्रदेशका विभिन्न प्रयोगशालाहरुमा गरिएको नमुना परिक्षणमा कास्की सहित प्रदेशका ९ जिल्लाका २६९ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य निर्देशनालयले जनाएको छ । पछिल्लो २४ घण्टामा ९३४ जनामा गरिएको नमुना परिक्षणमा उनिहरुमा संक्रमण देखिएको हो । उनीहरुमध्य १७९ जना पुरुष हुन् भने ९० जना महिला छन् । निर्देशनालयका अनुसार कास्कीमा १८३, नवलपरासीमा २७, तनहुँमा २१, पर्वतमा १०, बाग्लुङमा ९, स्याङजामा ७, लम्जुङ, गोरखा र म्याग्दीमा… पुरा पढौ

शुक्रबार थपिए ३५१७ जना कोरोना संक्रमित

कार्तिक १४ पोखरा । शुक्रबार देशभरका प्रयोगशालामा गरिएको नमुना परिक्षणमा ३ हजार ५१७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या १ लाख ६८ हजार २३५ पुगेको छ । पछिल्लो २४ घण्टामा ४०९६ जना संक्रमणमुक्त भएका छन् । योसँगै संक्रमणमुक्त हुनेको संख्या १ लाख २८ हजार ९५८ रहेको छ । सक्रिय संक्रमितको संख्या ३८ हजार ३५७ रहेको छ । हालसम्म कोरोना भाइरस संक्रमणका कारण ९२० जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार… पुरा पढौ

पोखरा र बाग्लुङका थप ३५ जनामा कोरोना संंक्रमण

कार्तिक १४ पोखरा । कास्की र बाग्लुङमा गरि थप ३५ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परिक्षणमा उनीहरुमा संक्रमण देखिएको हो ।संक्रमण पुष्टि हुनेमा कास्कीको पोखरा महानगरपालिकाको वडा नं १, ५, ७, १४, १७, २०, २२, २५ र २६ का २८ जना छन् । भने बाग्लुङको बाग्लुङ नगरपालिकाका ६ जना पुरुष र १ जना महिला रहेको निर्देशनालयद्वारा जारी विज्ञप्तीमा जनाइएको छ । यो संगै प्रदेशमा संक्रमितको संख्या ७ हजार ३ सय १६ पुगेको छ… पुरा पढौ

तरुण दलद्वारा स्वास्थ्य सामग्री सहयोग

नेपाल तरुण दलले आफनो ६८औँ स्थापना दिवसका अवसरमा त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा आज एक कार्यक्रम गरी विभिन्न स्वास्थ्य सामग्री सहयोग गरेको छ । तरुण दलले शिक्षण अस्पतालमा गई चार हजार थान मास्क, ३० थान पिपिई र ५२ थान फेस शिल्डलगायत स्वास्थ्य सामग्री सहयोग गरेको हो । जनताको स्वास्थ्य रक्षाका लागि आफ्नो ज्यान जोखिममा राखेर सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मीको सुरक्षालाई मध्यनजर गर्दै उक्त सहयोग हस्तान्तरण गरिएको अध्यक्ष जितजङ्ग बस्नेतले जानकारी दिए । तरुण दलले स्वास्थ्य सामग्री उपलब्ध गराई सहयोग पु¥याउने नेपाली… पुरा पढौ