स्वास्थ्य

परिवार नियोजन संघ कास्कीको अभियान अमरसिंहमा

नेपाल परिवार नियोजन संघ कास्कीले शुरु गरेको यौंन तथा प्रजनन् स्वास्थ्य सचेतना अभियान बिहीबार पोखरा १२ स्थित अमरसिंह नमूना माविमा संचालन गरिएको छ । सो विद्यालयमा आयोजित कार्यक्रमलाई पोखरा महानगरपालिका वडा नं १२ कार्यालयले सहयोग गरेको हो । कार्यवाहक वडा अध्यक्ष शान्ति कोइरालाले कार्यक्रम शुभारम्भ गरिन् । कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका अध्यक्ष कृष्ण कोइराला, प्रधानाध्यापक बलराम पोख्रेलले बोलेका थिए । कार्यक्रममा नेपाल परिवार नियोजन संघ कास्कीका कोषाध्यक्ष विष्णु दाहाल, युवा संयोजक कृशा सिग्देल, वरिष्ठ शाखा प्रवन्धक नव राज तिवारी, स्टार्फ… पुरा पढौ

गण्डकीका महिला पत्रकारलाई आध्यात्मिक तथा मानसिक स्वास्थ्य प्रशिक्षण

‎पोखरा, ३० जेठ । सञ्चारिका समूह गण्डकी प्रदेशको आयोजना तथा गण्डकी प्रदेश सरकार, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, प्रेस रजिस्ट्रारको कार्यालयको सहयोगमा महिला पत्रकारहरूका लागि दुई दिने ’आध्यात्मिक तथा मानसिक स्वास्थ्य सम्बन्धी प्रशिक्षण’ कार्यक्रम सम्पन्न भएको छ । शनिबारदेखि शुरु भएको प्रशिक्षण आईतबार सम्पन्न भएको हो । ‎कार्यक्रममा गण्डकी प्रदेशका प्रेस रजिस्ट्रार विमला भण्डारीले परिस्थिति अनुसारको मनस्थिति बनाउन आध्यात्मिक ज्ञानको ठुलो आवश्यकता रहेको औँल्याइन् । अब सरकारले समेत स्वास्थ्य क्षेत्रमा काउन्सिलरहरू राखेर काम गर्नुपर्ने समय आइसकेको उल्लेख गर्दै उनले पत्रकारिताको बद्लिँदो… पुरा पढौ

शेर्पा समाजको रक्तदान, ४० युनिट रगत संकलन

शेर्पा समाज पोखराले आयोजना गरेको रक्तदान कार्यक्रमबाट ४० युनिट रगत संकलन भएको छ । सागादावाको अवसरमा शनिबार पोखरा महानगरपालिका–७, पुरानो विमानस्थल अगाडि रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । कार्यक्रमको उद्घाटन गर्दैपोखरा ७ का वडाध्यक्ष राममोहन आचार्यले सागादावालाई केवल धार्मिक पर्वका रूपमा मात्र नभई सामाजिक उत्तरदायित्वको प्रतीकका रूपमा मनाउनुपर्ने बताए । उनले रक्तदान कार्यक्रममार्फत मानव सेवा, सहयोग र परोपकारको सन्देश प्रवाह भएको बताए । कार्यक्रममा सुन्दरमार्ग टोल विकास संस्थाका अध्यक्ष तुलबहादुर गुरुङ, पूर्वाञ्चल सेवा समाज कास्कीका अध्यक्ष बालकुमार लुइटेल, सन्दर्भ टोल… पुरा पढौ

३ क्याम्पसका विद्यार्थी र प्राध्यापकलाई युआरएलमा छुट

पोखरा, २८ जेठपोखरा महानगरका ३ क्याम्पसका प्राध्यापक, विद्यार्थी, कर्मचारी र क्याम्पस परिवारले युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि(युआरएल)का सेवामा छुट पाउने भएका छन् । गण्डकी प्रदेशकै पहिलो र एकमात्र आइएसओ प्रमाणपत्र प्राप्त रेफरेन्स ल्याब युआरएलसँग कालिका बहुमुखी क्याम्पस, जनप्रिय बहुमुखी क्याम्पस र कालिका बहुमुखी क्याम्पसको छुट्टाछुट्टै सम्झौता भएको छ ।यी क्याम्पसका विद्यार्थी, प्राध्यापक, कर्मचारी तथा क्याम्पस सञ्चालक समितिका सदस्य र सिनेटरले युआरएलका हरेक रक्त परीक्षणमा ३० प्रतिशत छुट पाउने छन् । सेवा लिन उनीहरुले क्याम्पसले जारी गरेका परिचयपत्रसहित आउनुपर्ने र यो सम्झौता… पुरा पढौ

कन्चन क्यापिटलले रक्तदान गर्ने

कन्चन क्यापिटल प्रा.लिले रक्तदान कार्यक्रम गर्ने भएको छ । संस्थाको सातौं वार्षिकोत्सवको अवसर पारेर यही असार ४ गते बिहीबार कार्यक्रम आयोजना गरिएको हो । अर्चलवोटस्थित कञ्चन डिपार्टमेण्टल स्टोर परिसरमा विहान ८ बजेदेखि रक्तदान कार्यक्रम शुरु हुने प्रा.लिका अध्यक्ष नितिन बज्राचार्यले जानकारी दिए । पोखरामा रगत अभाव भईरहेका बेला सामाजिक उत्तरदायित्व बहन गर्दै कार्यक्रम आयोजना गरिएको अध्यक्ष बज्राचार्यले बताए । उनले मानव सेवाको ठुलो कार्य रक्तदान नै भएकाले सो कार्यक्रममा सहभागि हुन आग्रह समेत गरेका छन् । केही दिन अगाडी प्रादेशिक… पुरा पढौ

विश्व ‘ब्रेन ट्युमर’ दिवस मनाईदै, कति छन् नेपालमा बिरामी ?

नेपालमा पछिल्ला वर्षहरुमा ब्रेन ट्युमरको बिरामीको सङ्ख्या बढ्दै गएको छ । विश्व ब्रेन ट्युमर दिवसको अवसरमा आज सार्वजनिक गरिएको तथ्याङ्कअनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष ब्रेन ट्युमरका बिरामीको सङ्ख्या बढेको हो । नेपालभरका २० भन्दा बढी न्यूरो केन्द्रबाट भएको अध्ययन आधारमा उक्त तथ्याङ्क सार्वजनिक गरिएको राष्ट्रिय ब्रेन ट्युमर केन्द्रका संस्थापक अध्यक्ष डा राजीव झाले जानकारी दिए । उनका अनुसार २०८२ सालमा तीन हजार जना ब्रेन टयुमटरमा बिरामीको शल्यक्रिया गरिएको छ । विसं २०८१ मा यो सङ्ख्या दुई हजार ६०० थियो… पुरा पढौ

जनस्वास्थ्यमा सुधार ल्याउन सरकार प्रतिबद्ध छ: स्वास्थ्यमन्त्री मेहता

स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताले खाद्यजन्य रोग गम्भीर जनस्वास्थ्य चुनौतीका रूपमा रहेकाले त्यसको सामनाका लागि जनस्वास्थ्यमा आवश्यक सुधार गर्न सरकार प्रतिबद्ध रहेको बताएकी छन् । विश्व खाद्य स्वच्छता दिवसको अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उनले खानपानको सुनिश्चितामार्फत जनस्वास्थ्य सुधार ल्याउन सरकार सदैव प्रतिबद्ध रहेको बताईन् । उनले सरकारले खाद्य स्वच्छतालाई सुदृढ बनाउन खाद्य स्वच्छता तथा गुणस्तर ऐन, २०८१ को प्रभावकारी कार्यन्वयनलाई उच्च प्राथमिकता राखिएको बताईन् । यसका साथै खाद्य परीक्षण प्रयोगशालाको सबलीकरण, जोखिममा आधारित बजार अनुगमन र नीतिगत… पुरा पढौ

मातृशिशु अस्पतालको चमेना गृहलाई १० हजार जरिवाना

पोखराको बाटुलेचौरस्थित मातृशिशु मितेरी प्रादेशिक अस्पतालमा संचालित चमेना गृहलाई कास्की प्रशासनले कारवार्ही गरेको छ । गत जेठ १६ गते जिल्ला प्रशासन कार्यालयसहितका निकायले अनुगमन गर्दा चमेना गृहमा पर्याप्त सरसफाई नभएको, विल बिजक उपलब्ध नगराएको तथा पेशा व्यवसाय नविकरण नगरी संचालन गरेको पाईएको कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी चित्राङ्गत बरालले जानकारी दिए । अनुगमन टोलीले मागेका कागजात उपलब्ध गराउन नसके पछि सो चमेना गृहलाई १० हजार रुपैंयाँ जरिवाना तोकिएको थियो ।जरिवानाको रकम दाखिला भईसकेको बरालले बताए । टोलीले उक्त चमेना गृहलाई… पुरा पढौ

गण्डकीको नीति तथा कार्यक्रम : कृषि र पर्यटनलाई प्राथमिकता

सन्देश श्रेष्ठपोखरा, जेठ १९ गण्डकी प्रदेश सरकारले कृषि र पर्यटन क्षेत्रलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०८३÷८४ को नीति तथा कार्यक्रम ल्याएको छ । गण्डकी प्रदेश सरकारको तर्फबाट गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले मंगलबार ल्याएको नीति तथा कार्यक्रममा कृषि र पर्यटनलाई प्राथमिकता दिइएको हो । गण्डकी प्रदेश सभामा प्रस्तुत नीति तथा कार्यक्रममा युवालाई योग्यता अनुसारको काम र काम अनुसारको दाम पाउन सक्षम बनाउने महत्वकांक्षी नीति लिइएको छ । गण्डकी प्रदेश सरकारले युवालाई हाल रोजगारी नपाएर बेरोजगार भइरहेको तथा कयौं युवाहरु वैदेशिक… पुरा पढौ

ओटेफको आयोजनामा महिला पर्यटन व्यवसायीलाई स्वास्थ्य सचेतना

पोखरा । महिला पर्यटन व्यवसायी मञ्च (ओटेफ)मा आबद्ध महिला पर्यटन व्यवसायीहरुका लागि स्वास्थ्य सचेतना कार्यक्रम गरिएको छ । आठौं राष्ट्रिय महिला अधिकार दिवसको अवसर पारेर पोखराको लेकसाइडस्थित होटल ल्याण्डमार्कमा महिला पर्यटन व्यवसायीहरुका लागि एक दिने स्वास्थ्य सचेतना कार्यक्रम गरिएको हो । ओटेफले विभिन्न संघ, संस्थासँगको सहकार्यमा गरेको कार्यक्रममा कास्की सेवा हस्पिटलका निर्देशक डा. सरिता गुरुङले महिलाहरुमा हुने महिनावारी, पाठेघर र स्तन क्यान्सरको बारेमा सचेतनामूलक प्रस्तुती दिईन् । उनले नेपालमा पाठेघरको मुखको क्यान्सरबाट हरेक वर्ष दुई हजार महिलाले ज्यान गुमाउने गरेको… पुरा पढौ