स्वास्थ्य

नयाँ भेरियन्ट जेएन–१ को सर्ने दर बढी

पुस २४ काठमाण्डौं । नेपालमा पहिलोपटक देखिएको कोरोना भाइरस सङ्क्रमणको ओमिक्रोनको नयाँ भेरियन्ट जेएन–१ सङ्क्रमण दर बढिरहेको पाइएको छ । इपिडिमियालोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्रप्रसाद मरासिनीले अन्य भेरियन्टको तुलनामा यसको एक व्यक्तिबाट अर्को व्यक्तिमा सर्ने दर उच्च रहेको बताए । “सहरमा बढी भीडभाड हुने हुनाले जेएन–१ को एकापसमा सर्ने दर बढी रहेको छ”, उनले भने, “रोगको जटिलता र मर्ने दर भने कम रहेको छ ।” सोमबार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको अणुवांशिक अध्ययन (जिन सिक्वेन्सिङ)गर्दा १६ पोजेटिभ… पुरा पढौ

विन्ध्यवासिनीमा रक्तदान हुने

पोखरा । पोखराको वाटुलेचौरमा रहेको विन्ध्यवासिनी माध्यमिक विद्यालयमा रक्तदान हुने भएको छ । विद्यालयको ७७औं वार्षिक उत्सवको पुर्व सन्ध्यामा यही पुस २६ गते विहान रक्तदान कार्यक्रमको आयोजना गरिएको विद्यालयका प्रधानाध्यापक कृष्णप्रसाद आचार्यले जानकारी दिए । हिउँदको वेला अधिकांश सघ संस्थाले रक्तदान कार्यक्रम नगर्ने भएकाले यो सिजनमा पोखरामा रगतको अभाव देखिने गरेको छ । रगतको अभावलाई केही मात्र भएपनि न्युनिकरण गर्न विद्यालयले प्रत्यक वर्ष कार्यक्रम गर्ने र रक्तदानका विषयमा जानकारी गराउने उद्घेश्यले रक्त संचार केन्द्रको प्राविधीक सहयोगमा सो कार्यक्रम गर्न लागिएको… पुरा पढौ

म्याग्दीमा संस्थागत प्रसूति सेवा लिने दर ९९ प्रतिशत

म्याग्दी । घरमा असुरक्षित प्रसूति हुने र नियमित गर्भ परीक्षण नगराउने समस्या हटाउन म्याग्दीको अन्नपूर्ण गाउँपालिकाले ‘आमासँग जनप्रतिनिधि’ कार्यक्रम सञ्चालन गरेको छ । तोकिएको समयमा नियमित गर्भ परीक्षण र संस्थागत प्रसूति सेवामा पहुँच बढाएर मातृ शिशु मृत्युदर घटाउन, स्वास्थ्य र पोषण सुधार गर्न कार्यक्रम लागू गरेको हो । अन्नपूर्ण गाउँपालिकाका स्वास्थ्य शाखाका प्रमुख समुन्द्र बरुवालले कार्यक्रममार्फत नियमित गर्भ परीक्षण र स्वास्थ्य संस्थामा प्रसूति सेवा लिनेलाई पोषिलो खानेकुरा उपहार दिने व्यवस्था मिलाएको बताए । “गर्भवती र सुत्केरीलाई अण्डा, भाले, घ्यू, सर्वोत्तम… पुरा पढौ

भारतबाट फर्किएकामा कोरोना सङ्क्रमण

भारतका विभिन्न सहरबाट घर फर्किएका नेपालीमा कोरोना सङ्क्रमण देखिन थालेको छ । भारतमा नयाँ भेरिएन्ट जेएन वान देखिन थालेपछि नेपाल–भारत सीमा नाकामा कोरोना परीक्षण अनीवार्य गरिएको छ । हालसम्म भारतबाट फर्किएका १० जनामा कोरोना सङ्क्रमण देखिएको गौरीफन्टा नाकामा रहेको हेल्थ डेस्कका प्रमुख गणेश साउदले राससलाई जानकारी दिए । “भारतबाट आउनेहरुमा कोरोना सङ्क्रमण छ÷छैन जाँच्न एन्टिजेन परीक्षण गरिरहेका छौँ”, उनले भने, “अहिलेसम्म १० जनामा एन्टिजेन पोजेटिभ देखिएको छ ।” हेल्थ डेस्कका प्रमुख साउदका अनुसार कोरोना सङ्क्रमितलाई घरमै एकान्तबास (होम आइसोलेसन)मा बस्न… पुरा पढौ

रोटरी क्लब अफ गण्डकीको आयोजनामा छोरेपाटनमा निशुल्क स्वास्थ्य शिविर सम्पन्न

पोखराः रोटरी क्लब अफ गण्डकीले आयोजना गरेको निशुलक स्वास्थ्य शिविरमा ३ सय १२ जनाले सेवा लिएका छन् ।रोटरी क्लब अफ गण्डकीले शनिबार पोखरा महानगरपालिका–१७ छोरेपाटनमा आयोजना गरेको निशुल्क स्वास्थ्य शिविरमा ३ सय १२ जनाले स्वास्थ्य जाँच गराएका हुन् । निशुल्क स्वास्थ्य शिविरमा नेपाल आयुवेद औषधी व्यवसायी संघ कास्की र लाईफकेयर डाइनोस्टिक एण्ड रिसर्च सेन्टर प्रा.लिले प्राविधिक सहयोग गरेका थिए । क्लबका अध्यक्ष किसान सुनारले सामाजिक उत्तरदायित्व बहन गर्ने उद्धेश्यले निशुल्क स्वास्थ्य शिविर सञ्चालन गरेको बताए ।‘रोटरी क्लबले सामाजिक उत्तरदायित्वमा रहेर… पुरा पढौ

विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजा बनाउछ

म्याग्दी । म्याग्दीको बेनी नगरपालिका–४ डाँडाखेतमा रहेको बालमन्दिर आधारभूत विद्यालयले आफैँ तरकारी उत्पादन गरेर दिवा खाजाका लागि प्रयोग गरेको छ । विद्यालय परिसरमा करेसाबारी बनाएर दिवा खाजाका लागि आवश्यक पर्ने तरकारी आपूर्ति गरेको हो । विद्यालयका प्रधानाध्यापक रामप्रसाद शर्माले ‘जङ्कफुड’ निषेध र बालबालिकालाई सीपमूलक शिक्षा प्रदान गर्न करेसाबारीमा तरकारी उत्पादन गरेर खाजामा प्रयोग गरेको जानकारी दिए। “स्थानीयस्तरमा पर्याप्त मात्रामा तरकारी नपाइने हुँदा विद्यालयमै उत्पादन गरेर दिवा खाजामा प्रयोग गरेका छौँ”, उनले भने, “विद्यालय परिसरको खाली जग्गामा तीन ठाउँमा मौसमी, बेमौसमी… पुरा पढौ

अस्पतालबाट छुट पाएपछि दुर्गाप्रसाद घर फर्किए

उपचारको रकम तिर्न नसक्दा अस्पतालमै बस्न बाध्य माई नगरपालिका–१० लुम्बाकका ६४ वर्षीय दुर्गाप्रसाद शर्मा तिम्सिना घर फर्किएका छन । बिना सुनुवाइ भारतीय जेलमा चार दशक बिताएपछि २०७७ सालमा घर फर्काइएका उनलाई गत वर्ष परिवारले चितवनको खैरहनी नगरपालिका–११ स्थित ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ साइक्याट्रीमा उपचारका लागि भर्ना गराएका थिए । छ महिनाअघि नै उनको स्वास्थ्यमा सुधार आएको चिकित्सकले बताए पनि अस्पतालको बिल तिर्न नसक्दा बन्धकझैँ भएर अस्पतालमै बस्नु परेको थियो । परिवारको कमजोर आर्थिक अवस्था बुझेर चितवनको ब्युटिफुल माइन्ड इन्स्टिच्युट अफ… पुरा पढौ

गोरखाका छ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण

गोरखा । गोरखाका छ स्थानीय तहलाई एम्बुलेन्स हस्तान्तरण गरिएको छ । गोरखा सदरमुकाममा आज एक कार्यक्रमका बीच ‘सम्भव छ नेपाल’ नामक एक गैरसरकारी संस्थाले स्थानीय तहहरूलाई एम्बुलेन्स उपलब्ध गराएको संस्थाका अध्यक्ष प्रेम खत्रीले जानकारी दिए । संस्थाले गण्डकी, आरुघाट, अजिरकोट, बारपाक सुलिकोट, सिरानचोक र चुमनुब्री गाउँपालिकालाई एम्बुलेन्स प्रदान गरेको उनले बताए । अहिले वितरण गरिएका एम्बुलेन्स ‘ख’ वर्गका हुन् । संस्थाले उपलब्ध गराएको एम्बुलेन्स गण्डकी प्रदेश सरकारका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गाउँपालिका अध्यक्ष, उपाध्यक्ष तथा प्रमुख प्रशासकीय अधिकृत संयुक्तरुपमा साँचो हस्तान्तरण… पुरा पढौ

निसीखोलाको लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ स्थापना

पोखरा । बागलुङको निसीखोला गाउँपालिका–१ लेबाङमा सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएको छ । जिल्लाको निकै दुर्गम मानिने लेबाङमा स्थानीयले स्वास्थ्य सेवा दिनका लागि निसीखोला गाउँपालिकाले सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा ल्याएको हो । अहिलेसम्म लेबाङवासी तीन घण्टाको यात्रा गरेपछि मात्रै स्वास्थ्य संस्था पुग्ने गर्थे । गाउँमै सामुदायिक स्वास्थ्य एकाइ सञ्चालनमा आएपछि सामान्य घाउ, चोटपटक र बिरामी परेपछि उपचारका लागि घण्टौँ लगाएर अस्पताल पुग्न नपर्ने स्थानीय डिलबहादुर पुनले बताए । गाउँमा कोही बिरामी भए तीन घण्टा लगाएर देवीस्थान स्वास्थ्य चौकीमा ल्याएर उपचार… पुरा पढौ

नश्ल सुधारका लागि मनाङका किसानलाई ब्याड याक वितरण

मनाङ । नश्ल सुधारका लागि हिमाली जिल्ला मनाङका किसानलाई ब्याड याक वितरण गरिएको छ । गण्डकी प्रदेशले सोलुखुम्बुको स्याङबोचेस्थित याक आनुवंशिक स्रोत केन्द्रबाट ल्याएर याक वितरण गरेको हो । वंशाणुगतरुपमा हाडनाताबाट उत्पादित याकचौँरीमा हुने समस्याको समाधान गर्न प्रदेश सरकारले ब्याड प्रयोजन गर्ने उद्देश्यले याक वितरण गरिएको पशुपन्छी तथा मत्स्यविकास निर्देशनालयका महानिर्देशक डा बालकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार शुद्ध नश्लका याक प्रदेश सरकारले खरिद गरी किसानलाई वितरण गरेको हो । उनले भने, “हाडनाताबाट जन्मने याकचौँरीमा धेरै समस्या उत्पन्न हुनसक्ने… पुरा पढौ