स्वास्थ्य

फिजियोथेरापी चिकित्सक डा. खड्‌ग गुरुङ सम्मानित

पोखरा । पोखराका बरिष्ठ फिजियोथेरापी चिकित्सक डा. खड्‌ग गुरुङ सम्मानित भएका छन् । चितवनको भरतपुरमा हालै सम्पन्न नेपाल फिजियोथेरापी एशोसियसनको एघारौं अन्तर्राष्ट्रिय कन्फरेन्समा सम्मानित घोषणा भएका डा. गुरुङलाई शनिवार नेपाल फिजियोथेरापी संघ, गण्डकी प्रदेश समितिले एक समारोहको आयोजना गरि कदर पत्र हस्तान्तरण गरेको हो । नेपाल फिजियोथेरापी एशोसियसनले गण्डकी प्रदेशमा, नेपाल फिजियोथेरापी संघ, गण्डकी प्रदेशको अध्यक्षको भूमिकामा रहि फिजियोथेरापी पेशा एवं फिजियोथेरापी चिकित्सकहरूको विकासको निम्ति विशिष्ट योगदानको उच्च मूल्यांकन गर्दै सम्मान गरेको बताएको छ । एसोसियसनका अध्यक्ष लक्ष्मण अधिकारी र… पुरा पढौ

‘अङ्गदानका निम्ति सबैले प्रोत्साहित गरौँ’: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मानव अङ्गदान र प्रत्यारोपणबारे सकारात्मक दृष्टिकोण बनाई आ–आफ्नो ठाउँबाट योगदान गर्न अपिल गरेका छन् । सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र र अङ्ग प्रत्यारोपण समाज नेपालद्वारा आयोजित प्रथम राष्ट्रिय प्रत्यारोपण सम्मेलनलाई सम्बोधन गर्दै धानमन्त्रीले अङ्गदानका लागि प्रेरित गर्नुपर्ने बताए । प्रधानमन्त्रीले भने, “सबै दाजुभाइ दिदीबहिनीमा म आह्वान गर्दछु– अङ्गदान गर्दा धेरै मानिसले पुनर्जीवन पाउँछन् । मानव हुनुको नाताले कलेजो, मिर्गौला, मुटु, फोक्सोलगायत अङ्ग फेल भएर मृत्युको मुखमा पुगेका बिरामीलाई बचाउन प्रयास गर्नु सबै मानवको साझा जिम्मेवारी हो… पुरा पढौ

ज्येष्ठ नागरिकको घरमै उपचार: गाउँमा विशेषज्ञ स्वास्थ्य शिविर

गलकोट नगरपालिका–८ थालेपोखराकी तुलसी पुन ९६ वर्ष पूरा भए। उमेर ढल्दै गए पनि उच्च रक्तचापबाहेक उहाँमा अन्य स्वास्थ्य समस्या थिएन । केही महिनायता उच्च रक्तचापका कारण टाउको दुख्ने र घुमाउने हुँदा उनलाई गाह्रो हुने गरेको थियो । उपचारका लागि अस्पताल टाढा हुँदा पुग्न सकेका थिएनन । गाउँमा नगरपालिकाले सहरी स्वास्थ्य केन्द्र स्थापना गरे पनि उच्च रक्तचापको उपचार हुँदैनथ्यो । बिहीबार गलकोट नगरपालिकाबाट विशेषज्ञ चिकित्सकसहितको टोली पुनको घरै नजिक पुग्यो । चिकित्सकले उनको स्वास्थ्य परीक्षण गरी घरमै औषधी दिएपछि उनी दङ्ग… पुरा पढौ

अनिच्छित गर्भपतन गर्नपनि हिच्किचाउँछन् नेपाली महिला

पोखरा, मंसिर ५ पोखरा–३ की १७ वर्षिया किशोरी सुहाना (नाम परिवर्तन)को अनिच्छित गर्भ बस्यो । आफ्नो केटा साथी (ब्यायफ्रेण्ड)सँग सहमतिमै सहवास भएपनि बच्चा पाउने उनीहरुको चाहना थिएन । चाहना विपरित अनिच्छित गर्भ बसेपछि उनीहरुले गर्भपतन गर्ने उपाय रोजे । गर्भपतन गर्ने त भने तर गर्भपतन गर्ने ठाउँसम्म जाने हिम्मत गरेनन् । कसैले देख्लान् कि भन्ने डरले उनीहरुलाई खायो । जाउँ कसैले देख्लान् भन्ने डर, नजाउँ जसरीपनि गर्भपतन जसै नगराई नहुने थियो । तर उनीहरु त्यहाँ गएनन् बरु विहे गर्ने विकल्प… पुरा पढौ

‘भारतमा देखिएको कोरोनाको नयाँ भेरियन्टबाट डराउनुपर्दैन’ : स्वास्थ्य मन्त्रालय

पुस ४ काठमाण्डौं । सरकारले भारतमा देखिएको कोरोना भाइरसको नयाँ भेरियन्टको सङ्क्रमणबाट नआत्तिन सबैमा आग्रह गरेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले नेपालको सीमाभन्दा टाढा केरला राज्यमा देखिएको सङ्क्रमणबाट डराउन नपर्ने बताएका छन् । उनले भारतमा देखिएको सङ्क्रमण श्वासप्रश्वाससम्बन्धी रहेकोले आत्तिनुपर्ने अवस्था नरहेको बताए । “अहिले भारत र चीनमा श्वासप्रश्वास समस्या बढिरहेको छ । उनले कोरोनाका बेला तयार गरिएको सघन उपचार कक्ष (आइसियुुु), अक्सिजनलगायत भौतिक पूर्वाधार आवश्यक परेका बेला प्रयोग गर्न सकिने बताए । “अहिले देखिएको… पुरा पढौ

निःशूल्क स्वास्थ्य शिविरबाट रुपाका ८ सय जना लाभान्वित

पुस २ पोखरा । नेलम्बो नेपाल र रुपा गाउँपालिकाको संयुक्त आयोजनामा भएको निःशूल्क तिन दिने स्वास्थ्य शिविरबाट कास्कीको रुपा गाउँपालिकाका ८ सय जना पूर्ण रुपमा लाभान्वित भएका छन् । पोखरा–४ गैह्रपाटनस्थित नेलम्बो नेपाल र रुपा गाउँपालिकाको संयुक्त आयोजनामा वडा –३ पोल्याङस्थित जनता माध्यमिक विद्यालयमा आयोजित निःशूल्क शिविरमा ८ सय जना पूर्णरुपमा लाभान्वित भएका हुन् ।मंसिर २९ देखि पुस १ गतेसम्म सञ्चालन भएको शिविर मार्फत उनीहरुले पूर्ण स्वास्थ्य सेवा लिएको नेलम्बो नोपलका कार्यक्रम संयोजक भीम प्रसाद भण्डारीले जानकारी दिए । शिविरमा… पुरा पढौ

पोखरा १३ को दन्त शिविरमा १५१ जना लाभान्वित

पोखरा । पोखरा १३ मा दन्त शिविरको आयोजना गरिएको छ । आइतबार वडाकार्यालयको प्राङगणमा गरिएको शिविरमा १५१ जनाले दन्त परिक्षण गरेको वडाध्यक्ष किरण बरालले जानकारी गराए । नागरिक डेन्टल क्लिनिक पोखरा ९ को प्राविधिक सहयोगमा उक्त शिविर भएको हो । दाँत निकाल्ने र औषधि वितरण देखि सम्पूर्ण सेवा वडा नागरिकका लागि वडाकार्यालयले उपलब्ध गराएको थियो । पोखरा १३ ले यसअघि पनि विभिन्न स्वास्थ्य परिक्षण कार्यक्रमको आयोजना गरिसकेको छ । पुरा पढौ

सामूहिक भोज खाएका एकको मृत्यु, २९ बिरामी

लमजुङ । लमजुङमा सामूहिक भोज खाएकामध्ये एक जनाको मृत्यु भएको छ भने २९ जना बिरामी भएका छन् । बेँसीसहर नगरपालिका– ४ पुरानोकाट घर भई हाल सुन्दरबजार नगरपालिका–९ बस्दै आएकी ३२ वर्षीया देवी परियारको आज बिहान मृत्यु भएको जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक मेघनाथ चापागाईँले जानकारी दिए । प्रहरी निरीक्षक चापागाईँका अनुसार सुन्दरबजार नगरपालिका–८ स्थित क्षेत्रबहादुर गुरुङको घरमा शुक्रबार बेलुका क्रिसमसको उपलक्ष्यमा आयोजना गरिएको सामूहिक भोजमा परियारले पनि खाना खाएका थिए । त्यसपछि उनललाई टाउको दुख्ने, ज्वरो आउने र तारन्तार… पुरा पढौ

दमौली अस्पतालमा डायलासिस केन्द्रको उपकरण बिग्रिँदा बिरामी मारमा

तनहुँ जिल्लामा मिर्गौलासम्बन्धी रोगका बिरामी बढ्दो अवस्थामा रहँदा हाल सञ्चालित एकमात्र डायलासिस केन्द्रको उपकरण बिग्रँदा बिरामी मारमा परेका छन् । तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा सञ्चालित शत्रुघ्न–मञ्जु मिर्गौला डायलासिस केन्द्रमा डायलासिस उपकरण बिग्रिँदा बिरामी मर्कामा परेका हुन् । उपकरण बिग्रिएपछि बिरामी र बिरामीका परिवार पालो कुर्दासमेत उपचार गराउन नपाउँदा चिन्तामा परे पनि डायलासिस गर्न आउने बिरामीलाई सहज रूपमा सेवा दिन नसकिएको डायलासिस सेवा शाखाका इन्चार्ज शैलेन्द्र पण्डितले जानकारी दिए । उनले भने, “केन्द्रमा रहेका १३ वटा उपकरणमध्ये हाल चारवटामात्र चलेको छ… पुरा पढौ

स्वास्थ्य विकास र समृद्धिको सुचकः उपप्रमुख गुरुङ

पोखरा । पोखरा महानगरपालिकाका उपप्रमुख मञ्जुुदेवी गुरुङले स्वास्थ्य विकास र समृद्धिको सुचक भएको बताउदै स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिएका छन् । पोखरा महानगरपालिका वडा नम्वर १५ ले आयोजना गरेको स्त्रीरोग परीक्षण सम्वन्धि निशुल्क स्वास्थ्य शिविरको उदघाटन गदै उनले,“ जुन देशका नागरिक स्वस्थ हुन्छ, त्यो देश समृद्धिको दिशामा अगाडी बढछ, त्यसैले स्वास्थ्यलाई प्राथमिकतामा राख्नुपर्छ ।” उनले स्वास्थ्य सबैभन्दा ठुलो सम्पत्ति भएको बताए । एउटा नागरिक स्वस्थ भए परिवार, समाज र देशनै समृद्धिको बाटोमा अगाडी बढछ भन्दै, समय समयमा स्वास्थ्य जाँच गराउनुपर्नेमा… पुरा पढौ