स्वास्थ्य

गण्डकी मेडिकल कलेजले पोखराद्वारा शुक्ला साहित्यलाई सहयोग

पोखरा । गण्डकी मेडिकल कलेजले पोखराको वाटुलेचौरमा रहेको शुक्ला साहित्य प्रतिष्ठानलाई स्वास्थ्य सामाग्री सहयोग गरेको छ । प्रतिष्ठानले शनिवार आयोजना गर्न लागेको शक्तिपिठहरुको दर्शन तथा साहित्यीक अवलोकन भ्रमण कार्यक्रमलाई लक्षित गरी प्राथामिक उपचारका औषधी सहित सामाग्री हस्तान्तरण गरेको हो । औषधी र मास्क सहितको सामाग्री कलेजका प्राचार्य डा. रविन्द्र प्रसाद श्रेष्ठले प्रतिष्ठानका सदस्य कवि एवं पत्रकार रामप्रसाद पौडेललाई शुक्रवार हस्तान्तरण गरे । प्राचार्य श्रेष्ठले साहित्यीक संस्थालाई सहयोग गर्न पाएकोमा खुशी लागेको बताए । सामाग्री बुझ्दै कवि पौडेलले कलेजले गरेको सहयोग… पुरा पढौ

म्याग्दे गाउँपालिकामा समुदायमै पुगेर मिर्गौला परीक्षण शिविर

दमौली । नेपालमा मिर्गौलापीडितको सङ्ख्या बढ्दो छ । एक्कासि मिर्गौलाले काम गर्न छोडेपछि मात्रै थाहा पाउने व्यक्ति धेरै छन् । तनहुँको म्याग्दे गाउँपालिकाले मिर्गौलाको परीक्षणका लागि भने समुदायस्तरमै पुगेर शिविर सञ्चालन गरेको छ । सर्वसाधारणलाई मिर्गौला सम्बन्धि सचेत गराउन समुदायस्तरमै पुगेर परीक्षण गरिएको गाउँपालिकाले जनाएको छ । निःशुल्क शिविरमा तीन सय ५५ जनाको मिर्गौला परीक्षण गरिएको छ । म्याग्दे–७ स्वामिधारमा आयोजित उक्त शिविरमा दुई सय २७ महिला र एक सय २८ पुरुषको मिर्गौला परीक्षण गरिएको गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख तिलकराज… पुरा पढौ

तनहुँमा ‘लेवल’बिनाका खुला मिठाई बिक्रीमा रोक

तनहुँ । जिल्ला प्रशासन कार्यालय तनहुँले ‘लेवल’ बिनाका खुला मिठाई बिक्रीमा रोक लगाएको छ । काठमाडौँका पेटी, हाटबजार, मेलालगायतमा खुलारूपमा बिक्री हुँदै आएको रङ्गीन कटन क्यान्डी (चिनीमा रङ मिसाइ रेसा गरी बनाइएको भुवादार मिठाई)मा मानव स्वास्थ्यमा गम्भीर असर पुर्याउने अखाद्य रङ ‘रोडमाइन बी’ प्रयोग भएको पाइएपछि जिल्ला प्रशासन कार्यालय तनहुँले बुधबार तनहुँ क्षेत्रमा समेत कटन क्यान्डी बिक्री हुनसक्ने भन्दै रोक लगाएको हो । जिल्ला प्रशासन कार्यालयका सहायक प्रमुख जिल्ला अधिकारी कमलराज अधिकारीद्वारा जारी विज्ञप्तिमा प्याक नगरिएको र लेवलसमेत नराखी बजारमा… पुरा पढौ

विश्व कुष्ठरोग दिवसको अवसरमा जिल्लास्तरीय निबन्ध प्रतियोगिता सम्पन्न

७१ औँ विश्व कुष्ठरोग दिवसको अवसरमा जिल्लास्तरीय निबन्ध प्रतियोगिताका सम्पन्न भएको छ। प्रतियोगिता नेपाल कुष्ठरोग निवारण संघ पोखरा शाखा र पोखरा आरोग्य आश्रमको आयोजनामा भएको हो ।सप्ताहव्यापी कार्यक्रम अन्तर्गत कुष्ठरोग सम्बन्धी गलत अवधारणाको अन्त्य गरौँ, मर्यादित व्यवहार गरौँ भन्ने शीर्षकमा भएको निबन्ध प्रतियोगितामा चरक हस्पिटलका कृष्ण पौडेल प्रथम, मणिपाल टिचिङ अस्पतालका करुणा रिजाल द्वितीय, चरकका आरति कुँवर र फेवा सिटीका आइस्मा परियार तृतीय भएका छन् । कार्यक्रमका प्रमुख अतिथि चरक इन्टिच्युट अफ हेल्थ एण्ड साइन्स क्याम्पसका प्रमुख केशवराज अधिकारीले स्वास्थ्य… पुरा पढौ

पोखरा मोबाइल व्यवसायीको शिविरमा २ सय जना लाभान्वित

माघ १६ पोखरा । पोखरा मोबाइल तथा इलेक्ट्रोनिक्स व्यवसायी संघ कास्कीको २३ औँ स्थापना दिवसमा भएको शिविरमा एक सय दुई जनाको निःशूल्क जाँच गरिएको छ । पोखराको न्युरोडमा रहेको युनाइटेड रेफरेन्स ल्याबोरेटरी प्रालि (युआरएल)को प्राविधिक सहयोगमा भएको शिविरमा एक सय दुई जनाको सित्तैमा मधुमेह तथा रगतमा हुने खराब बोसो (टिजी) जाँच गरिएको थियो । सोही अवसरमा भएको रक्तदानमा ४१ यूनिट रगत संकलन भएको छ । रक्तसञ्चार केन्द्रको प्राविधिक सहयोगमा कार्यक्रम भएको हो । गण्डकी प्रदेशकै पहिलो र लोकप्रिय रेफरेन्स ल्याब… पुरा पढौ

नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्छ: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपाललाई उच्च शिक्षाको केन्द्र बनाउनुपर्ने बताएका छन । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको नवौँ सभालाई आज सम्बोधन गर्दै उनले उक्त कुरा बताए । प्रधानमन्त्री प्रचण्डले भने, “नेपाललाई उच्च शिक्षाको हब बनाउनुपर्छ भन्ने मेरो प्रष्ट मान्यता छ । यो हाम्रो आकाङ्क्षा मात्र होइन, महत्त्वपूर्ण सम्भावनाको क्षेत्र पनि हो ।” उनले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अध्ययनका लागि विदेशबाट पनि विद्यार्थी आउन थालेको जानकारी पाउँदा आफूलाई खुसी लागेको बताए । आगामी दिनमा प्रतिष्ठानले थप प्रगति गर्ने विश्वास व्यक्त गर्दै प्रधानमन्त्रीले… पुरा पढौ

माझठाना पोखरा सम्पर्क समाजद्धारा ५६ युनिट रगत संकलन

गण्डकी । माझठाना पोखरा सम्पर्क समाजको नवौ बार्षिकोत्सवको अवसरमा आयोजित बृहत रक्तदान कार्यक्रम ५६ युनिट रगत संकलन भएको छ । अमर सिहचोकमा आयोजित खुल्ला रक्तदान कार्यक्रममा सो रगत संकलन भएको हो । नेपाल रेडक्रस सोसाईटी रामघाटको प्राविधिक सयोगमा भएको कार्यक्रमको समाजका सल्लाहकार प्रा.डा. निर्मल लामिछाने र पोखरा २८ का वडाअध्यक्ष श्रीकृष्ण लामिछानेले रक्तदातालाई व्लडव्याग हस्तान्तरण गरेर कार्यक्रमको शुभारम्भ गरेका थिए । रक्तदान जीवनदान भन्ने नाराका साथ आयोजित कार्यक्रमका सहभागि रक्तदातालाई समाजका सल्लाहकार, पदाधिकारी लगायत समाजिक एवम् शिक्षापे्रमीहरुबाट प्रमाणपत्र वितरण गरिएको… पुरा पढौ

सुधार गृहमा निःशूल्क स्वास्थ्य परीक्षण, ४९ जना लाभान्वित

पोखरा । सुधार गृह सराङ्कोटको आयोजनामा सराङ्कोटस्थित सुधारगृहका बालकहरुको निःशूल्क स्वास्थ्य जाँच तथा औषधी वितरणमा गरिएको छ । इन्सेक गण्डकी प्रदेशको समन्वयन र आइएनएफ हरियो खर्क अस्पताल पोखराको प्राविधिक सहयोगमा स्वास्थ्य परीक्षण गरिएको हो । उनीहरुमध्य अधिकांश बालकहरुमा छालासम्बन्धी समस्या रहेको हरियोखर्क अस्पतालका डा. प्रकाश नेपालीले जानकारी दिए । शिविरमार्फत सुधार गृहमा रहेका ४९ जना लाभान्वित भएको सुधार गृहका कर्मचारी ज्योती शर्माले जानकरी दिइन् । कार्यक्रममा बोल्दै अस्पतालका संयोजक तारा हाङ्तावाले अस्पतालले सुधार गृहसँग आगामी दिनमापनि सहकार्य गर्दै निरन्तर सेवा… पुरा पढौ

बन्दैछ मधुमेह ‘साइलेन्ट किलर’,बच्ने उपाय केके हुन् ?

काठमाडौँ । मधुमेह (चिनी रोग) लाई अङ्ग्रेजीमा ‘डायबिटिज’ भनिन्छ । रगतमा लामो समयसम्म चिनीको मात्रा बढी हुने रोगलाई सामूहिक रुपमा डाक्टरी भाषामा ‘डायबिटिज मिलाइटस’ वा ‘डायबिडिज मलाइटस’ भन्ने गरिन्छ । रगतमा हुने ‘इन्सुलिन’ नामक हर्मोनले रगतमा भएको चिनी अर्थात् ग्लुकोजलाई शरीरका कोषमा प्रतिक्रिया गराएर त्यहाँबाट शक्ति उत्पादन गर्न मद्दत गर्दछ । फलस्वरुप रगतमा चिनीको मात्रा निश्चित स्तरभन्दा माथि जान सक्दैन । शरीरभित्र इन्सुलिन बनाउने काम प्यानक्रियाज ग्रन्थीको हो । प्याक्रियाजले आवश्यक मात्रामा इन्सुलिन बनाउन सकेन भने वा भएको इन्सुलिनसँग कोषले… पुरा पढौ

कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन गरिँदै

सरकारले कोरोना भाइरस विरुद्ध ल्याएको ४० लाख मात्रा खोप प्रयोगमा नआएपछि विसर्जन ‘डिस्पोजल’ को तयारी गरेको छ । चीन सरकारले अनुदानमा उपलब्ध गराएको कोरोना भाइरसविरुद्धको साइनोभ्याक खोप प्रयोग नगरी म्याद सकिएपछि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विर्सजन गर्ने तयारी गरेको हो । मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीले कोरोना भाइरसविरुद्धको ४० लाख मात्रा खोप विसर्जनको तयारी भइरहेको जानकारी दिए । “खोप प्रयोग नभएपछि म्याद सकिएको छ,” उनले भने, “धेरै मात्रा खोप भएकाले के कसरी विसर्जन गर्ने भन्ने विषयमा कार्यविधि बनाउँदैछौँ ।” प्रवक्ता… पुरा पढौ