स्वास्थ्य

थप ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि

पछिल्लो २४ घण्टामा देशभर थप ३० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । ९४४ जनाको नमुना परीक्षण गर्दा पीसीआर विधिबाट १४ जना तथा एन्टीजेन विधिबाट १६ जनामा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार थप १३ जना सङ्क्रमणमुक्त भएका छन् । योसँगै देशभर पीसीआर विधिबाट पुष्टि भएका सक्रिय सङ्क्रमितको सङ्ख्या ८९ पुगेको छ ।सक्रिय सङ्क्रमितमध्ये आइसोलेसनमा ८ जना, आईसीयूमा १ जना तथा भेन्टिलेटरमा १ जना उपचाररत छन् । नेपालमा हालसम्म कोरोनाभाइरसको सङ्क्रमणबाट १२ हजार… पुरा पढौ

मनिपालमा ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’मार्फत सफल उपचार गरिएका विरामी डिस्चार्ज

पोखरा, बैशाख ४ पोखरामा पहिलोपटक ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’(टि.ए.भि.आई.)मार्फत उपचार गरिएका विरामी अस्पतालबाट डिस्चार्ज भएका छन् । पोखराको मणिपाल शिक्षण अस्पतालमा ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’बाट उपचार गरिएका ८६ वर्षिय कालिदास तिमिल्सीना ४ दिनपछि अस्पतालबाट डिस्चार्ज भई घर फर्किएका हुन् । तिमिल्सिनाको बरिष्ठ कार्डीयोलोजिस्ट डा.अमितकुमार चौरासिया, डा.नवराज पौडेल लगायतको टोलीले एओर्टीक भल्वको सफल प्रत्यारोपण गरेका थिए । चिकित्सकको टोलीले मुटुमा झण्डै १ घण्टा ३० मिनेट लगाएर सफल ‘टि.ए.भि.आई.’ गरेका थिए । मुटुको मुख्य पाइपमा भएको भल्व साँघुरो वा सुकेकाले मुटुका नसाहरुले… पुरा पढौ

आज विश्व उच्च रक्तचाप दिवस मनाइँदै

आज विश्व उच्च रक्तचाप दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस दिवसका अवसरमा आज स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, सरकारका विभिन्न निकायलगायत सङ्घसंस्थाले विभिन्न चेतनामूलक कार्यक्रम गर्ने भएका छन् । हरेक वर्ष मे १७ तारिखका दिन यो दिवस मनाइन्छ । विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम गरेर आज उच्च रक्तचाप दिवस मनाइँदैछ । यो दिवस सन् २००५ देखि मनाउन थालिएको हो । बदलिँदो र व्यस्त जीवनशैली, प्याकेटका खानेकुरा, प्रशोधित पदार्थ सम्पत्ति र प्रगतिको प्रतिस्पर्धाले उच्च रक्तचापका बिरामीको सङ्ख्या दिनप्रतिदिन बढ्दै गएको छ… पुरा पढौ

मृगौला पिडित गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकको आर्थिक सहयोग

पोखरा । कास्कीको अन्नपूर्ण गाउँपालिका–११ घान्द्रुक उरीकी मृगौला पिडित लिना गुरुङलाई लामा अमृत फाउण्डेशन घान्द्रुकले आर्थिक सहयोग हस्तातरण गरेको छ । लामा अमृत फाउण्डेशन घान्द्रुकका सस्थापक अमृत गुरुङले आर्थिक सहयोग संकलन गरेर मृगौला पिडित लिनाका बुवा जगनप्रसाद गुरुङलाई आर्थिक सहयोग हस्तातरण गरेका हुन् । फाउण्डेशनका सस्थापक अमृत गुरुङले विभिन्न व्यक्तिहरुबाट सहयोग संकलन गरेर ६ लाख ४१ हजार २ सय ६० रुपैयाँ जगनप्रसाद गुरुङलाई आज (मंगलबार) काठमाडौं टिचिङ अस्पताल परिसरमा हस्तातरण गरेका हुन् । अन्नपूर्ण –११ घान्द्रुक उरीकी ८ वर्षीय लिना… पुरा पढौ

आँबुखैरेनी गाउँपालिकाद्वारा आँखा उपचार केन्द्र सञ्चालन

तनहुँको आँबुखैरेनी गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको छ । आँखाको उपचारका लागि अन्यत्र जानुपर्ने बाध्यताको अन्त्यका लागि गाउँपालिका आफैँले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो । भरतपुर आँखा अस्पतालसँगको सहकार्यमा गाउँपालिकाले आँखा उपचार केन्द्र सञ्चालन गरेको हो । उक्त उपचार केन्द्रको सोमबार शुभारम्भ गर्दै गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले सर्वसाधारणलाई सहजरूपमा स्वास्थ्य सेवा उपलब्ध गराउन आँखा उपचार केन्द्र सञ्चालनमा ल्याइएको जानकारी दिए । उनले भने, “हामी बरु भत्ता नलिउँला, तर गाउँपालिकावासीलाई गुणस्तरीय स्वास्थ्य सुविधा दिन्छाँै । हामी त भत्ताको लोभले… पुरा पढौ

आजदेखि बढेको चिकित्सकको परामर्श शुल्क कति तोकियो ?

काठमाडौ । नेपाल चिकित्सक सङघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन) ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । सङ्घका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको शुल्कमा १४ प्रतिशत बढाइएको जानकारी दिए । सङ्घले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपिडी)मा वैज्ञानिक तथा सरोकारवाला निकायको परामर्शको आधारमा शुल्क तोक्ने सकिने अख्तियारीलाई मुख्य… पुरा पढौ

बागलुङको बरेङमा युनाइटेडको निःशुल्क स्वास्थ्य शिविर सम्पन्न ६ सय ५० ले स्वास्थ्य सेवा लिए

वैशाख ३१ पोखरा । युनाइटेड क्लब पोखराको आयोजनामा बागलुङको बरेङमा बृहत निशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ । बरेङ गाँउपालिका बाग्लुङको ब्यवस्थापनमा बरेङ स्थित सर्वोदय माध्यामिक विद्यालयमा सम्पन्न स्वास्थ्य शिविरमा उक्त क्षेत्रका ६ सय ५० जनाले स्वास्थ्य परीक्षण गराएका छन । स्थापना कालदेखी पोखराको अमरसिंहचौरमा पोखरा महोत्सवको आयोजना गरी महोत्सवबाट बचत भएको रकमबाट शिक्षा, स्वास्थ्य, खेलकुद, पर्यटन प्रवद्र्धन र सेतीनदी संरक्षणमा काम गर्दै आइरहेको युनाइटेड क्लबले प्रत्येक वर्ष आफ्नो उद्देश्य अनुसार बिकट गाँउ बस्तीहरुमा पुगी निशुल्क रुपमा बृहत स्वास्थ्य शिविर… पुरा पढौ

एम्बुलेन्सको भाडादरमा एकरुपता कायम नहुँदा सेवाग्राही मर्कामा

बागलुङ । जिल्लाभर सञ्चालनमा रहेका एम्बुलेन्सको भाडादरमा एकरुपता कायम नहुँदा सेवाग्राही मर्कामा परेका छन् । सरोकारवाला निकायले एम्बुलेन्सको भाडादरमा एकरुपता बनाउनेतर्फ समयमा नै ध्यान नदिँदा सेवाग्राहीले फरक फरक भाडा तिर्न बाध्य छन् । यातायात व्यवस्था कार्यालय बागलुङको अगुवाइमा स्वास्थ्य कार्यालय बागलुङ, जिल्ला प्रशासन कार्यालय र ट्राफिक प्रहरी कार्यालयको संयुक्त बैठकले भाडादर कायम गर्ने प्रावधान भए पनि यातायात व्यवस्था कार्यालयले समयमा अगुवाइ नगर्दा भाडादर तोक्न सकिएको छैन । एम्बुलेन्सको भाडा मनपरी लिने गरेको गुनासो र उजुरीपछि जिल्लास्थित स्वास्थ्य कार्यालयले जिल्ला प्रशासन… पुरा पढौ

आज बालबालिकालाई नियमित खोप लगाइँदै

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज एकैसाथ खोप लगाउँदै छ । परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले नियमित खोप लगाउन छुटेका बालबालिकालाई आज खोप लगाउन थालिएको जानकारी दिए । यसअघि यही वैशाख १५ गते पनि नियमित खोप छुटेकालाई खोप लगाइएको थियो । उनका अनुसार १५ महिनामा लगाउनुपर्ने नियमित खोप लगाउन छुटेका पाँच वर्षदेखि मुनिका बालबालिकालाई १३ प्रकारका खोप लगाइने छ । मन्त्रालयले कोही पनि बालबालिका नियमित खोप लगाउनबाट नछुटुन् भन्नका लागि… पुरा पढौ

पोखरामा पहिलोपटक मणिपालमा ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’ सफल

पोखरा । पोखरामा पहिलोपटक ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’(टि.ए.भि.आई.) सफल भएको छ । शनिबार पोखराको पोखरा मणिपाल शिक्षण अस्पतालमा ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसन’सफल भएको हो ।बरिष्ठ कार्डीयोलोजिस्ट डा.अमित कुमार चौरासिया, डा.नवराज पौडेल लगायतको टोलीले एओर्टीक भल्वको सफल प्रत्यारोपण गरेको हो । उनिहरुले ८६ वर्षिय कालिदास तिमिल्सीनाको मुटुमा झण्डै १ घण्टा ३० मिनेट लगाएर सफल ‘टि.ए.भि.आई.’ गरेका हुन् । ‘आज गरेको प्रक्रियालाई हामी टि.ए.भि.आई. वा टि.ए.भि.आर. भन्ने गछौँ । यो भनेको ‘ट्रान्सक्याथेटर एओर्टीक भल्व इम्प्लान्टेसनररिप्लेसमेन्ट’ हो । मुटुको सबभन्दा मुख्य पाइपमा भल्व… पुरा पढौ