प्रवास

इन्डोनेसियामा ज्वालामुखी विस्फोटमा परी ३४ को मृत्यु

जाकार्ता । इन्डोनेसियाको जाकार्तामा गत शनिबार भएको ज्वालामुखी विस्फोटमा परी मृत्यु हुने व्यक्तिको संख्या ३४ पुगेको छ । ज्वालामुखी विस्फोटमा परेर अरु १७ जना हराइरहेका यहाँका सञ्चारमाध्यमहरुले जानकारी दिएका छन् । गत शनिबार इन्डोनेसियाको जाभा प्रान्तको पूर्वी क्षेत्रमा लुमाजांग नामक जिल्लामा सो ज्वालामुखी निस्किएको थियो । यसबाट यहाँका स्थानीय नागरिक नराम्ररी प्रभावित भएका छन् । ज्वालामुखीको खरानीले गर्दा उनीहरु भाग्ने क्रममा मृत्यु भएको बताइएको छ । प्रभावित क्षेत्रबाट करिब ३ हजार ७०० व्यक्तिलाई सुरक्षित स्थानमा लगिएको छ । ज्वालामुखी भग्नावशेष,… पुरा पढौ

भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या डेढ बर्षपछिकै कम

नयाँ दिल्ली । भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या निकै कम भएको छ । सरकारी अधिकारीहरुले पछिल्लो एक दिनमा डेढ बर्षपछिकै सवैभन्दा कम सङ्क्रमित भएको मंगलबार जानकारी दिएका छन् । उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा छ हजार ८२२ जना नयाँ सङ्क्रमित थपिएका हुन । केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले यो सङ्ख्या ५५८ दिनपछिकै सवैभन्दा कम भएको जनाएको छ । भारतमा पछिल्लो समयका सवैभन्दा धेरै सङ्क्रमितहरुको सङ्ख्या केरला राज्यमा देखिदै आएको छ । पछिल्लो थपिएका मध्ये पनि केरलाका मात्रै तीन… पुरा पढौ

नेपालमा संघीयताको खर्च बढ्यो, निर्यात र रोजगारीको सिर्जना आवश्यक – विश्व बैंक

विश्व बैंकले नेपालमा संघीयताका कारण सार्वजनिक खर्च बढेकोमा चिन्ता व्यक्त गरेको छ। सोमबार सार्वजनिक खर्चको समीक्षाबारे हरित वृद्धि र वित्तीय संघीयताको लागि सहायतासम्बन्धी प्रतिवेदन सार्वजनिक गरेको विश्व बैंकले नेपालमा संघीयताका कारण खर्च बढेको औँल्याएको हो। प्रतिवेदनमा संघीयताका कारण जनताको घर–दैलोसम्म सेवा पुगेपनि सार्वजनिक खर्च अत्याधिक बढेको देखाइएको छ। प्रतिवेदनमा उल्लेख छ, ‘संघीयताकै कारण मुलुकको वित्तीय घाटा र सार्वजनिक ऋण वृद्धि भएको छ।कोरोना भाइरसको महामारीका कारण झन् खर्च बढेको छ। निर्यात र रोजगारी सिर्जनामा सहयोग गर्नु पर्नेछ।’ पुरा पढौ

ओमिक्रोन डेल्टाभन्दा कम खतरनाक, तर सतर्कता जरुरी

अमेरिकाका स्वास्थ्य अधिकारीले व्यापक रूपमा फैलिरहेको ओमिक्रोन भेरिएन्ट कम खतरनाक रहेको प्रारम्भिक नतिजाले देखाएको बताएका छन्। अमेरिकी राष्ट्रपति जो बाइडेनका प्रमुख मेडिकल सल्लाहकार डा एन्थोनी फाउसीले संचारमाध्यमहरुलाई दिएको एक अन्तर्वार्तामा ओमिक्रोन भेरिएन्ट यसअघिको डेल्टाभन्दा कम खतरनाक रहेको उल्लेख गरेका हुन्। ओमिक्रोनको गम्भीरताका विषयमा निष्कर्षमा पुग्नुअघि अझै धेरै अध्ययन आवश्यक रहेको डा एन्थोनीले उल्लेख गरे। उनले भनेका छन्, ‘यो भेरियन्टका कारण रोगको जटिलता त्यति धेरै देखिएको छैन। तर यो जटिल नभएको र यसले डेल्टाको तुलनामा गम्भीर हिसाबले बिरामी नपार्ने भनेर लापरबाही… पुरा पढौ

आज सूर्यग्रहण लाग्दै, नेपालबाट देखिदैँन

आज शनिवार सूर्यग्रहण लाग्ने भएको छ । आजको सूर्यग्रहणलाई अंग्रेजी वर्षको अन्तिम सूर्यग्रहण मानिएको छ । बिहान १०ः५९ बजेदेखि दिउँसो ३ः०७ बजेसम्म सूर्यग्रहण लाग्ने अन्तर्राष्ट्रिय संचारमाध्यमहरुले जनाएका छन् । अमेरिकी अन्तरिक्ष एजेन्सी नासाका अनुसार नेपाल लगायत दक्षिण एसियाली देशहरुबाट सूर्यग्रहण देखिदैन। यो सूर्यग्रहण पृथ्वीको दक्षिणी गोलार्धका विभिन्न ठाउँबाट देखिने छ। नेपाल पृथ्वीको दक्षिणी गोलार्धमा नभएकाले यो सूर्यग्रहण नेपालबाट नदेखिने भएको हो। अस्ट्रेलिया, दक्षिण अफ्रिका, लेसेथो, नामिबिया, चिली, न्युजिल्यान्ड,  दक्षिण अमेरिका र अन्टार्कटिकामा सूर्यग्रहण देखिने संचार माध्यमहरुले बताएको छ। जब चन्द्रमा… पुरा पढौ

ओमिक्रोनः कोरोनाभाइरसको नयाँ भेरियन्ट देखिएपछि अमेरिकामा यात्राका नियममा कडाइ

वासिङ्टन । अमेरिकामा ओमिक्रोन भेरियन्टका आठ सङक्रमित देखिएपछि राष्ट्रपति जो बाइडेनले यात्रासम्बन्धी कडा नियमहरूको घोषणा गरेका छन् ।तर बाइडेनले आफ्नो योजनामा लकडाउन भने नपर्ने र खोपसम्बन्धी यसअघिको निर्णयमा पनि परिवर्तन नहुने बताएका छन् । न्यूयोर्क राज्यमा पाँच जनामा तथा मिनेसोटा र कोलोराडोमा अहिलेसम्म ओमिक्रोनको सङ्क्रमण एकएक जनामा देखिएको छ । अमेरिकामा बुधवार क्यालिफोर्निया राज्यमा पहिलो ओमिक्रोन सङक्रमण देखिएको थियो। स्वास्थ्य अधिकारीहरूले ओमिक्रोन भेरियन्ट देखिएका मानिसमा अहिलेसम्म सामान्य खालका लक्षणहरू देखिएको बताएका छन् । उक्त भेरियन्ट अहिलेसम्म कम्तीमा २३ वटा देशमा… पुरा पढौ

भारतमा कोरोना सङ्क्रमतिको सङ्ख्या तीन करोड ४६ लाख ६ हजार ५४१ पुग्यो

नयाँदिल्ली । भारतमा हिजो बुधबार नौ हजार ७६५ जनामा कोरोना सङ्क्रमण देखा परेपछि कोरोनाको कूल सङ्क्रमितको सङ्ख्या तीन करोड ४६ लाख ६ हजार ५४१ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले बिहीबार जानकारी दिएको छ । बुधबार कोरोना सङ्क्रमणबाट ४७७ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या चार लाख ६९ हजार ७२४ पुगेको छ । भारतमा अझै पनि ९९ हजार ७६३ जना सक्रिय सङ्क्रमित रहेका पनि समाचारमा जनाइएको छ । गएको २४ घण्टामा भारतमा आठ हजार ५४८ जना कोरोनाबाट मुक्त भएका छन् । यसैसँगै… पुरा पढौ

बार्बाडोसबाट पनि हट्यो राजतन्त्र, बन्यो कान्छो गणतन्त्रात्मक मुलुक

विश्वका राजतन्त्रात्मक देशहरूमध्ये बार्बाडोस पनि गणतन्त्रात्मक मुलुकमा परिणत भएको छ। क्यारेबियन राष्ट्र बार्बाडोसले बेलायती राजतन्त्रलाई आफ्नो मुलुकबाट विस्थापित गरेपछि गणतन्त्रात्मक मुलुक भएको हो। बेलायती कमनवेल्थ राष्ट्रभित्रको यो मुलुक अब विश्वमै सबैभन्दा कान्छो गणतन्त्रात्मक मुलुक भएको छ। बार्बाडोसलाई गणतन्त्र घोषणा गर्ने समारोहमा भाग लिन बेलायती महारानीको प्रतिनिधित्व गर्दै राजकुमार चाल्र्स बार्बाडोस पुग्नु भएको छ। बार्बाडोसमा नयाँ राष्ट्रपतिको घोषणा पनि गर्ने तयारी भइरहेको अधिकारीहरूले जनाएका छन्। हाल बेलायतकी महारानी एलिजाबेथ द्वितीयको प्रतिनिधि एवं गभर्नर जनरलका रुपमा कार्यरत सान्ड्रा मेसोनलाई राष्ट्रपति घोषणा गर्ने… पुरा पढौ

ओमिक्रोन भेरियन्टका कारण अष्ट्रेलियाको सीमा खोल्न ढिलाइ

एजेन्सी । अष्ट्रेलिया सरकारले कोभिड–१९ को ओमिक्रोन संस्करणको बढ्दो चिन्ताको कारण देशको सीमानाहरू खुला राख्न ढिलाइ गरेको छ । प्रधानमन्त्री स्कट मोरिसनले सोमबार राति राष्ट्रिय सुरक्षा समिति (एनएससी) ले डिसेम्बर १ देखि डिसेम्बर १५ सम्म अन्तर्राष्ट्रिय विद्यार्थी र भिसा धारकहरूका लागि सीमा प्रतिबन्धहरू खुकुलो पार्ने योजनालाई धक्का दिएको बताउनुभएको छ । ओमिक्रोनले डेल्टा भेरियन्ट भन्दा ठूलो खतरा छ कि छैन भनेर मूल्याङ्कन गर्न थप समय आवश्यक भएको जनाइएको छ । अस्थायी बिरामले अष्ट्रेलियाले खोपको प्रभावकारिता, रोगको दायरा, यसले थप हल्का… पुरा पढौ

आजदेखि लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियान

आज नोभेम्बर २५ तारिक अर्थात अर्थात महिला हिंसा अन्त्य दिवस। लैङ्गिक हिंसा विरुद्ध एैक्यवद्धता जनाउन र जनचेतना कायम राख्न विभिन्न क्रियाकलाप र कार्यक्रमहरु आयोजना गरी हरेक वर्षको २५ नोभेम्वरदेखि १० डिसेम्वरको १६ दिनसम्म यो दिवस मनाइन्छ। संयुक्त राष्ट्रसंघको सन् १९९९ को महासभाले नोभेम्वर २५ लाई महिला हिंसा विरुद्धको दिवसका रुपमा मनाउने निर्णय गरेको थियो। सन् २०२१ को यस दिवसको संस्करणको नारा चाँही संयुक्त राष्ट्रसंघले अलिक बेग्लै तय गरेको छ। महिला हिंसा अन्तका लागि सुन्तला रंगको प्रतिक प्रयोग गर्दै यस वर्ष… पुरा पढौ