प्रवास

पोखरेली बसन्त कार्की क्यानडा सरकारद्वारा सम्मानित

क्यानडा सरकारद्वारा क्यानडाबाट प्रसारित माउन्ट एभरेस्ट टि.भि. का संचालक बसन्त कार्की सम्मानित भएका छन् ।नेपालीहरुको महान चाड बडादशैं तथा दिपावलीको अवसरमा चितवन समाज क्यानडाले क्यानडाको टोरन्टो स्थित ब्रामटनको पृतमा आयोजित शुभकामना आदनप्रदान कार्यक्रममा क्यानडा सरकारको तर्फबाट ओन्टारियोका अर्थमन्त्री प्रमित सरकारियाद्वारा माउन्ट एभरेष्ट टेलिभिजन क्यानडा का प्रबन्ध निर्देशक कार्कीलाई सम्मान पत्र द्वारा सम्मान गरेको हो । बिदेशिएका नेपाली हरुलाई तथा विश्व जगतलाई नै टेलिभिजन तथा अन्य मिडियाहरुको माध्यम बाट सुसूचित गराएको भन्दै क्यानडा सरकारले कार्कीलाई सम्मान गरेको बताइन्छ ।हाल क्यानडा मा… पुरा पढौ

भारतमा कोरोना सङ्क्रमितको कूल संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुग्यो

नयाँ दिल्ली । भारतमा गएको २४ घण्टामा १४ हजार ३८४ जना कोरोनाका सङ्क्रमति थपिएपछि कूल सङ्क्रमितको संख्या तीन करोड ४२ लाख ४६ हजार १५७ पुगेको केन्दीय स्वास्थ्य मन्त्रालयले शुक्रबार जानकारी दिएको छ । सोही अवधीका कोरोना सङ्क्रमणबाट ८०५ जनाको मृत्यु भएपछि यस रोगबाट ज्यान गुमाउनेको कूल संख्या चार लाख ५७ हजार १९१ पुगेको छ । एकै दिनमा कोरोनाबाट ज्यान गुमाएका यी व्यक्तिहरुमा ७०८ जना केरला राज्यका रहेका छन् । हाल भारतमा एक लाख ६१ हजार ३३४ जना सक्रिय सङ्क्रमित रहेका… पुरा पढौ

चीनले दिएको थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुग्यो

चीनले दिएको थप १० लाख २० हजार डोज भेरोसेल खोप नेपाल आइपुगेको छ। कोभ्याक्ससँगको कस्ट–सेयरिङमा सरकारले खरिद गरेको कोभिडविरुद्धको खोप हिँजो (बुधबार) बिहान नेपाल आइपुगेको हो। सरकारले कोभ्याक्ससँग कस्ट–सेयरिङमा ५९ लाख डोज खोप किन्ने सम्झौता गरेको थियो। सोहीअनुसार पहिलो चरणमा बुधबार १० लाख २० हजार डोज खोप आएको हो। खोपलाई टेकुस्थित भण्डारणमा राखिएको छ। यसअघि, पनि चीनबाट नेपाल सरकारले अनुदान सहयोग र खरिद गरेर कूल १ करोड २० लाख डोज भेरोसेल खोप प्राप्त गरिसकेको छ। पुरा पढौ

‘फोटो अफ द इयर’

टर्कीका फोटोग्राफर मेहमत असलनले एउटा यस्तो तस्बीर खिचेका छन्, जसले धेरैलाई भावुक बनाउन सक्छ। यो तस्वीरले भावुक मात्रै बनाउँदैन, यसले जीवनमा हारिसकेका मानिसहरुको हौसला बढाउने कामसमेत गर्छ। यो तस्बीरमार्फत् एक बाबु–छोराको प्रेम देखाइएको छ, जो असंख्य समस्या र पीडाबीच पनि हाँसिरहेका छन्। यो तस्वीरलाई वर्षको सर्वश्रेष्ठ फोटोको रुपमा चुनिएको छ। मेहमन असलनको यो तस्बीर सिरिया–टर्की सीमामा हेटे प्रान्तको रेहनालीमा बसिरहेका एक सिरियाली शरणार्थी बाउ–छोराको खुसी देखाइएको छ। तस्बीरमा बाउ, छोरा दुबै अपाङ्ग देखिएका छन्। तरपनि, उनीहरु मुस्कुराइरहेका छन्। त्यसैले यो… पुरा पढौ

कोरियामा कामदार पठाउन सुरू, आज ४८ जना जाँदै

दक्षिण कोरियामा आज (बुधबार)देखि कामदार पठाउन सुरु गरिँदैछ। कोरोनाभाइरस संक्रमणका कारण जान नपाएका रोजगार अनुमति प्रणाली इपीएस अन्तर्गत भाषा र सीप परीक्षा उत्तीर्ण गरेका श्रमिकहरु २० महिनापछि आजदेखि कोरिया जान लागेका हुन्। पहिलो चरणमा ४८ जना श्रमिकहरु आजै साँझ ७ बजेको उडानमार्फत कोरिया जाने श्रम तथा रोजगार मन्त्रालयले जनाएको छ। श्रमिकहरुलाई दिउँसो ३ बजे मन्त्रालयका अधिकारीहरुले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विदाइ गर्ने कार्यक्रम छ । पुरा पढौ

गाडीको ठक्करबाट साउदीमा एक नेपालीको ज्यान गयो

सडक दुर्घटनामा परि साउदीमा एक नेपालीको ज्यान गएको छ। मदिना अलियामा ड्युटी जाने जाँदै गर्दा सडक पार गर्ने क्रममा गाडीको ठक्करबाट रामेछापका युवराज क्याप्छकीमगरको मृत्यु भएको साउदीस्थित नेपाली दूतावासले बताएको छ। उनी, ८ महिनाअघि बैदेशिक रोजगारीका लागि साउदीको एक रेस्टुरेन्टमा काम गर्दै थिए। दूतावासका अनुसार, मृतक मगरको शव आवश्यक कानूनी प्रकिया पूरा गरि नेपाल ल्याउने तयारी भइरहेको जनाएको छ। पुरा पढौ

सुडानमा सैनिक ‘कु’, विरोधमा उत्रिएका ७ जनाको गोली लागेर मृत्यु

सुडानमा सेनाले गरेको सत्ता कब्जाको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि सेनाले गोली चलाएको छ। सेनाको गोली लागेर ७ जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय संचारमाध्यमहरूले जनाएका छन्। सेना र प्रदर्शनकारीबीचको झडप भएको थियो। स्वास्थ्य मन्त्रालयका एक अधिकारीले जनाएअनुसार प्रदर्शनका क्रममा गोली लागेर १ सय ४० जना घाइते भएका छन्। सुडानमा सोमबार संक्रमणकालीन सरकारको नेतृत्व गरिरहेको सेनाले सत्ता कब्जा गरेको थियो। सेनाले प्रधानमन्त्रीसहित थुप्रै नेतालाई गिरफ्तार गरेको थियो। सशस्त्र बलले नागरिक शासन अपदस्त गरी राजनीतिक नेताहरूलाई पक्राउ गरेर संकटकाल घोषणा गरेपछि प्रदर्शनकारीहरू सडकमा आएका हुन्।… पुरा पढौ

फोहोरको डब्बामा खाना खोज्दै अफगान महिला

संयुक्त राष्ट्रसंघको विश्व खाद्य कार्यक्रम (डब्ल्यूएफपी)ले तत्काल अत्यावश्यक कदम नचाले दसौँ लाख अफगान नागरिकले यो हिउँदमा भोकमरीको सामना गर्नुपर्ने चेतावनी दिएको छ। आधा भन्दा धेरै जनसंख्या झण्डै २ करोड २८ लाख मानिसहरू तीव्र खाद्य असुरक्षाको सामना गर्ने र ५ वर्ष भन्दा मूनिका ३२ लाख बालबालिकाहरू तीव्र कुपोषणबाट ग्रसित हुन सक्ने डब्ल्यूएफपीले बताएको छ। ‘अफगानिस्तान अहिले विश्वका सबैभन्दा खराब मानवीय संकटमा परेको छ,’ डब्ल्यूएफपीका कार्यकारी निर्देशक डेभिड बीज्लीले भने, ‘हामी विपत्तिको काउन्टडाउनमा छौँ।’ अमेरिकाले आफनो फौज फिर्ता गरेपछि गएको अगस्टमा तालिबानले… पुरा पढौ

ताइवानमा शक्तिशाली भूकम्प

एजेन्सी । उत्तरपूर्वी ताइवानमा आइतबार शक्तिशाली भूकम्प गएको छ । त्यहाँका बासिन्दाहरुले राजधानी ताइपेईमा ठूलो कम्पनको महसूस गरेको बताएका छन् । तर व्यापक क्षतिको हालसम्म समाचार प्राप्त नभएको जनाइएको छ । ताइवानको केन्द्रीय मौसम ब्यूरोकाअनुसार यस भूकम्पको मापन ६.५ म्याग्नीच्युट रहेको छ । तर अमेरिकी भूगर्भ सर्वेक्षणले संस्थाले भने ६.२ म्याग्नीच्युटको मात्र भएको बताएको छ । स्थानीय समयानुसार आइतबार १ ः ११ बजे मध्याह्नमा गएको यस भूकम्पको केन्द्रविन्दु उत्तरपूर्वी यिलान जिल्लाको आसपासको इलाकामा नै ६७ किलोमिटर गहिराईमा रहेको थियो ।… पुरा पढौ

एमाले अन्नपुर्ण गाउँपालिकाको ११ वटै कमिटीको अधिवेशन सम्पन्न

पोखरा । नेकपा (एमाले) अन्नपूर्ण गाउँपालिका कास्कीको ११ वटै वडा कमिटीको अधिवेशन शनिबार सम्पन्न भएको छ । एमालेको दशौं राष्ट्रिय महाधिवेशन अन्र्तगत शनिबार सम्पन्न प्रथम वडा अधिवेशनले वडा नं १ मा छविलाल दाहाल, २ नारायणप्रसाद भण्डारी, ३ मा महेश्वर पौडेल, ४ मा कृष्णबहादुर केसी र ५ मा लालबहादुर केसीको अध्यक्षतामा ३१–३१ सदस्यीय कमिटी चयन गरेको एमाले अन्नपूर्ण गाउँपालिकाले जनाएको छ । यस्तै वडा नम्वर ६ को अध्यक्षमा एकदेव देवकोटा, ७ कमा दुर्गाबहादुर क्षेत्री, ८ मा टंकराज सुवेदी, ९ मा, पूर्ण… पुरा पढौ