प्रवास

ब्राजिलमा कोभिडबाट हुने मृत्युको संख्या झन् बढ्यो

ब्राजिलमा कोभिड १९ को संक्रमणबाट हुने मृत्यु झन् बृद्धि भएको समाचारमा जनाइएको छ। कोभिडबाट त्यहाँ एकै दिनमा २ हजारभन्दा बढीको ज्यान गएको त्यहाँका स्वास्थ्य अधिकारीहरुले बताएका छन्। त्यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार त्यहाँ मंगलबार मात्र २ हजार ३ सय ७८ जनाको कोरोना भाइरस संक्रमणबाट निधन भएको हो। अघिल्लो दिन अर्थात् सोमबार मात्र ब्राजिलमा कोभिडबाट १ हजार जनाको मात्र ज्यान गएको थियो। तर, त्यसको २४ घन्टापछि मंगलबार मात्र त्यहाँका २ हजार ३ सय ७८ जना संक्रमितको यस कोरोनाको संक्रमणबाट ज्यान गएको… पुरा पढौ

ब्राजिलमा कोभिडबाट एकै दिन एकहजार भन्दा बढीको मृत्यु

साओ पाओलो। ब्राजिलमा कोभिड १९ को सङ्क्रमणबाट एकै दिनमा एक हजारभन्दा बढीको ज्यान गएको बताइएको छ । यहाँका स्वास्थ्य अधिकारीहरुले दिएको समाचारअनुसार यहाँ गत २४ घण्टामा १ हजार १० जनाको कोरोना भाइरस सङ्क्रमणबाट निधन भएको हो । योसँगै ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ४ लाख ७४ हजार भन्दा बढी पुगेको बताइएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन् । गत २४ घण्टामा ब्राजिलमा ३७ हजार ३२६ जना थप व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पनि स्थानीय समयानुसार सोमबार जानकारी दिइएको छ… पुरा पढौ

पाकिस्तानमा २ वटा रेल ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु

पाकिस्तानको सिन्ध प्रान्तस्थित डहरकीमा २ वटा रेल एक–आपसमा ठोक्किँदा कम्तीमा २५ जनाको मृत्यु भएको छ। कयौं यात्रुहरू घाइते छन्। सोमबार बिहान सैयद र मिल्लत एक्सप्रेस एक–आपसमा जुधेका थिए। इञ्जिनसमेत ३ डिब्बा रहेको सैयद एक्सप्रेस रावलपिण्डीबाट कराचीतर्फ र मिल्लत एक्सप्रेस कराचीबाट सरगोधातर्फ जाँदै गर्दा एक–आपसमा जुधेका हुन्। गम्भीर घाइतेहरूको संख्या धेरै रहेकाले मानवीय हताहती बढ्नसक्ने चिकित्सकहरूलाई उद्धृत गर्दै त्यहाँको संचारमाध्यमहरूले जनाएका छन्। रेडियो पाकिस्तानका अनुसार घाइते यात्रीहरूलाई अहिले अस्पतालमा लगिएको छ र डिब्बामै फसिरहेका यात्रुहरूलाई जोगाउन उद्धारकर्ताहरूले अभियान थालेका छन्। मिल्लत… पुरा पढौ

भारतको महाराष्ट्रस्थित केमिकल कारखानामा आगलागी, कम्तिमा १८ मजदुरको मृत्यु

भारतको महाराष्ट्र राज्यको पुणे शहरस्थित एक केमिकल कारखानामा आगलागी हुँदा कम्तिमा १८ जना मजदुरको मृत्यु भएको छ। सोमबार साँझ लागेको भीषण आगलागीमा परेर मृत्यु हुनेको संख्या बढ्न सक्ने जनाइएको छ। आगलागी सुरु हुँदा सो कारखानामा ३७ मजदूर काम गरिरहेका थिए। भारतको फायर ब्रिगेड विभागका अनुसार अन्य बेपत्ता मजदुरहरुको खोजी जारी छ। फसेका मजदुरहरुलाई बचाउन अहिले कारखानाको पर्खाल जेसीबीले भत्काउने काम भैरहेको जनाइएको छ। आगलागीको कारण अझै थाहा हुन सकेको छैन। बीबीसी पुरा पढौ

दिल्लीमा मेट्रो रेल सेवा सोमबारदेखि संचालन

भारतको राजधानी नयाँ दिल्लीमा महामारीका कारण अवरूद्ध शहरी रेल सेवालाई सोमबारदेखि पुनः संचालन गरिएको छ। कोरोना भाइरसको दोस्रो लहरका कारण अस्तव्यस्त भएको दिल्लीमा संक्रमणको दर घटेसँगै मेट्रो रेल सेवा पुनः संचालनमा ल्याइएको हो। कोरोना संक्रमण बढेपछि लगाइएको लकडाउन बिस्तारै खोल्ने क्रममा गत १० मे मा रोक लगाइएको मेट्रो सेवा फेरि सुरु गरिएको हो। यद्यपि, अहिले भने ५० प्रतिशत मात्रै यात्रु राखेर चलाउन अनुमति दिइएको छ। जोर बिजोर बार पारेर पसलहरु पनि खोल्न दिइएको तर सुरक्षाका उपायहरु भने पालना गर्नुपर्ने मुख्यमन्त्री… पुरा पढौ

भारतमा ६१ दिनयता सबैभन्दा कम कोरोना सङ्क्रमित

भारतमा आइतबार १ लाख ६ सय ३६ जना थप व्यक्तिमा कोरोना संक्रमण देखा परेको छ । कोरोना संक्रमितको यो संख्या ६१ दिनयताको सबैभन्दा कम हो। हाल भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९० लाख १० हजार ६ सय ११ पुगेको मन्त्रालयले सोमबार जानकारी दिएको छ। त्यसैगरी, भारतमा कोरोना संक्रमणको कारण ज्यान गुमाउने व्यक्तिको संख्यामा सोचेजस्तो कमि नआएपनि केही दिन यता यस प्रकोपको कारण ज्यान गुमाउने संख्या पनि केही कम भने भएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जानकारी दिएको… पुरा पढौ

बेलायती ड्युक ह्यारी र डचेज अफ ससेक्स मेघनलाई पुत्री लाभ

बेलायतका राजकुमार ह्यारी र मेघनलाई पुत्री लाभ भएको छ। राजपरिवार छोडेर अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएका ड्युक र डचेज अफ ससेक्सले आफ्नो दोस्रो बच्चा छोरीको जन्म भएको जानकारी दिएका छन्। उनीहरुले आफ्नो छोरी लिलीबेट ‘लिली डायना माउन्टबेटन विन्डसर’को जन्म अमेरिकाको क्यालिफोर्नियास्थित सेन्ट बार्बरा अस्पतालमा भएको जानकारी दिएका हुन्। ह्यारी र मेघनले जारी गरेको विज्ञप्तिमा बच्चा र आमा दुवैको स्वास्थ्य राम्रो रहेको उल्लेख गरिएको छ। दुवैले छोरीको नाम ‘लिलीबेट’ राजपरिवारकी महारानी तथा जिजु हजुरआमाको निकनेमको आधारमा राखेको तथा बिचको नाम हजुरआमा डायनाको… पुरा पढौ

बुर्किना फासोमा बिद्रोहीद्वारा गरेको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु

सशस्त्र बन्दुकधारीले बुर्किना फासोको उत्तरी क्षेत्रस्थित एक गाउँमा शनिबार राति गरेको आक्रमणमा कम्तीमा १३२ जनाको मृत्यु भएको छ। पश्चिम अफ्रिकी मुलुक बुर्किना फासोको इतिहासमा पछिल्लो वर्षहरुमा भएको यो भयानक आक्रमण हो। सोल्हान गाउँमा रातको समयमा भएको आक्रमणको क्रममा स्थानीय बासिन्दाका घर तथा स्थानीय बजारमा आगजनीसमेत भएको छ। अहिलेसम्म कुनै पनि समूहले आक्रमणको जिम्मा लिएका छैन। तर, पछिल्लो वर्षहरुमा बुर्किना फासोमा इस्लामिक समूहका आक्रमण हुने गरेका छन्। विशेषगरी सीमा क्षेत्रहरूमा यस्ता आक्रमण बारम्बार हुँदै आएका छन्। संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिओ गुट्रेसले… पुरा पढौ

नाइजेरियामा बन्दुकधारीहरुको आक्रमण, ८८ जनाको मृत्यु

बन्दुकधारीहरुको आक्रमणमा परी नाइजेरियामा कम्तीमा ८८ जनाको मृत्यु भएको छ। देशको उत्तर पश्चिमी क्षेत्रमा पर्ने केब्बी राज्यमा भएको घटनामा परी अरु कैयौँ घाइते पनि भएको अधिकारीहरुले जनाएका छन्। डाको–वासागु क्षेत्रमा विभिन्न आठ समुदायका उच्छृङ्खल समूहहरुबीच भिडन्त भएको प्रहरीको भनाई छ। घटनास्थलबाट प्रहरीले सुरुमा ६६ ओटा शव निकालेको बताएको थियो। तर पछि ८८ शव निकालिएको स्थानीय प्रहरी प्रवक्ता नाफिउ अबुबाकरले जानकारी दिएका छन्। थप घटना हुन नदिनका लागि सुरक्षा फौजले सुरक्षा सतर्कता बढाएको छ भने स्थानीय बासिन्दा त्रसित अवस्थामा छन्। यसअघि… पुरा पढौ

अल जजिरा अरेबिककी पत्रकार गिभाराबुढिरी थुनाबाट मुक्त

इजरायलले अल जजिरा अरेबिककी पत्रकार गिभाराबुढिरीलाई थुनाबाट मुक्त गरेको छ। पूर्वी जेरुसलेनम नजिकैको शेख जर्रामा भएको प्रदर्शनमा समाचार संकलन गर्नेक्रममा उनलाई प्रहरीले पक्राउ गरेको थियो। त्यसपछि इजरायली प्रहरीले घण्टौंसम्म उनलाई हिरासतमा राखेको थियो। यस क्रममा अलजजिराका क्यामेराम्यान नबिल माज्जावीमाथि पनि दुव्यवहार भएको थियो। उनले बोकेका उपकरणहरु इजरायली प्रहरीले फुटाइदिएको अलजजिराले जनाएको छ। प्रेस स्वतन्त्रतामाथिको यस हमलाको मिडिया पर्यवेक्षक तथा विभिन्न संघ संस्थाहरुले विरोध जनाएका थिए। ‘उनीहरु चारैतिरबाट आएका थिए । किन आए भन्ने थाहा भएन ? उनीहरुले मलाई लछारेर पर्खालमा… पुरा पढौ