प्रवास

बोको हरामका नाइके अबुबकारले आत्महत्या गरेको दाबी

नाइजेरियाको उग्रवादी समूह बोको हरामका नाइके अबुबकार सेकाउले आत्महत्या गरेको दाबी भएको श्रव्य–रेकर्ड सार्वजनिक भएको छ। दुई वटा समूहबीचको लडाइँपछि सेकाउले आफैँलाई विस्फोट गराएको इस्लामिक स्टेट वेस्ट अफ्रिका प्रोभिन्स (आइएसडब्लुएपी) ले सो रेकर्डमार्फत जानकारी दिएको हो। अघिल्लो महिना पनि सेकाउ मारिएको दाबी भएको थियो। त्यसअघि पनि उनको मृत्यु भएको समाचारहरूमा जनाइएको थियो। बोको हराम वा नाइजेरिया सरकार कसैले पनि उनको मृत्युलाई पुष्टि भने गरेको छैन ।मिति उल्लेख नगरिएको सो रेकर्डिङमा आइएसडब्लूएपीका नेता अबु मुसाब अल बरनावीले सेकाउले ‘आफैँलाई विस्फोटन गराएर… पुरा पढौ

काश्मीरको विशेषाधिकार फिर्ता गरे भारतसँग वार्ता गर्न तयार: पाकिस्तानी प्रम

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले भारतसँग वार्ता गर्न आफू तयार रहेको बताएका छन्। तर, दिल्लीले आवश्यक पूर्वतयारी गर्नुपर्ने उनको भनाई छ। समाचार एजेन्सी रोयटर्सलाई दिएको एक अन्तरवार्तामा खानले समस्या सल्ट्याउन भारतसँग बातचित गर्न तयार रहेको जनाएका हुन्। बेलायती उपनिवेशबाट मुक्त हुँदा विभाजित यी २ देशबीच परम्परागत दुस्मनी रहिआएको छ। इमरान खान भारत प्रशासित काश्मीरको अवस्थाप्रति बढी संवेदनशील देखिएका छन्। भारतले संविधानको अनुसूची ३७० खारेज गरेर जम्मु–काश्मीरको विशेषाधिकार खारेज गरिसकेको छ। खानले यदी भारत काश्मीरमा यसअघिकै स्थिति बहाल गर्न तयार भए आफूहरू… पुरा पढौ

इजरायलमा १२ देखि १६ वर्ष उमेरका बालबालिकालाई कोभिडविरुद्धको खोप दिन सुरु

इजरायलले १२ देखि १५ वर्ष उमेरका बालबालिकालाई कोरोनाभाइरस विरुद्धको खोप दिन सुरु गरेको स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सरकारले गत बुधबार गरेको निर्णयअनुसार इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान गरेको हो। इजरायलमा खोप अभियान सन् २०२० को डिसेम्बर २० देखि सुरु गरिएको थियो। पहिलो चरणमा मेडिकल स्टाफ, ६५ वर्षभन्दा बढी उमेरका मानिस र दीर्घरोगीहरूलाई लक्षित गर्दै खोप लगाइएको थियो। त्यसबेलादेखि योग्यताको उमेर बिस्तारै कम गरिएको छ। १६ बर्ष माथिका व्यक्तिहरूलाई यस पहिले नै खोप लिन योग्य घोषणा गरिएको थियो। इजरायलमा शनिबारसम्ममा करीव… पुरा पढौ

भारतमा देखियो ७ दिनमै तौल घटाउन सक्ने कोरोनाको नयाँ भेरिएन्ट

भारतमा अल्फा, बिटा, गामा र डेल्टापछि एक नयाँ कोरोना भेरिएन्ट भेटिएको खुलासा भएको छ । यसले ७ दिनमै बिरामीको वजन कम गर्नसक्छ। भाइरसको यो भेरिएन्ट सबैभन्दा पहिले ब्राजिलमा भेटिएको थियो। तर, त्यहाँबाट एकमात्रै भेटिएन्ट भारत आएको पुष्टि भएको थियो। अब वैज्ञानिकहरुले ब्राजिलबाट एक नभएर दुईवटा भेरिएन्ट भारत आएको स्पष्ट गरेका छन्। उनीहरुका अनुसार यो दोस्रो भेरिएन्ट aL.1.1.28.2 निकै तेज छ। संक्रमित भएको ७ दिनमा मात्रै यो भेरिएन्टको पहिचान हुन्छ। यसले तेज गतिमा शरीरको तौल कम गर्नसक्छ र डेल्टाजसरी नै यसले… पुरा पढौ

भारतमा २ महिनायताकै सबैभन्दा कम दैनिक कोभिड संक्रमण, मृत्यु संख्यामा पनि कमी

भारतमा विगत २४ घण्टामा कोरोना भाइरस (कोभिड)–१९० बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ। कोभिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक ४ लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण हो। भारतमा यो सहित कूल दुई करोड ८८ लाख व्यक्ति कोभिड संक्रमित भएका छन् जसमध्ये २ करोड ७० लाख संक्रमणमुक्त भएका छन्। कोभिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा विगत २४ घण्टामा थप २ हजार ६… पुरा पढौ

भारतमा दुई महिनायताकै सबैभन्दा कम दैनिक कोभिड–१९ संक्रमण, मृत्यु संख्यामा पनि कमी

नयाँ दिल्ली। भारतमा विगत २४ घण्टामा कोरोनाभाइरस (कोभिड–१९) बाट एक लाख १४ हजार व्यक्ति संक्रमित भेटिएको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ । कोभिड–१९ को दोस्रो लहरको मध्यमा दैनिक चार लाखभन्दा बढी संक्रमित भेटिएकामा पछिल्लो संख्या विगत दुई महिनायताकै सबैभन्दा कम दैनिक संक्रमण हो । भारतमा यो सहित कूल दुई करोड ८८ लाख व्यक्ति कोभिड संक्रमित भएका छन् जसमध्ये दुई करोड ७० लाख संक्रमणमुक्त भएका छन् । कोभिड–१९ को दोस्रो लहरबाट सर्वाधिक असर परेको भारतमा विगत २४ घण्टामा… पुरा पढौ

दिल्लीमा कोभिड संक्रमण दर ०.६८ प्रतिशत, लकडाउन खुकुलो पारिँदै

दिल्लीमा पछिल्लो साता संक्रमण दर ०.६८ प्रतिशत कायम भएको सरकारले तथ्यांकमा उल्लेख गरेको छ। दिल्ली शहरमा शुक्रबार ५ सय २३ व्यक्ति संक्रमित भएका र ५० संक्रमितको मृत्यु भएको पुष्टि गरेको छ। दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवालले दैनिक कोभिड–१९ संक्रमण दरमा गिरावट आएपछि नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्ने उनी निकट अधिकारीहरूले शनिबार बताएका छन्। अधिकारीका अनुसार सरकारले जून ७ देखि बजार र अन्य गतिविधिहरूलाई संचालनका लागि अनुमति दिन सक्दछ किनकि कोभिड–१९ को अवस्थामा बिस्तारै… पुरा पढौ

श्रीलंकामा भारी वर्षाः ४ जनाको मृत्यु, सुरक्षित रहन आह्वान

श्रीलंकामा शुक्रबार रातिदेखि आएको भारी वर्षा र हावा हुरीका कारण कम्तीमा पनि ४ जनाको ज्यान गएको छ। साथै, सो हुरीमा परी ७ जना नागरिक हराइरहेका छन्। श्रीलंकाको मौसम विभागले नागरिकहरुलाई त्यहाँ सुरक्षित रहन सूचना जारी गरेको छ। वर्षा र हुरी अरु केही समय कायमै रहने हुनाले घरमै सुरक्षित भएर बस्न सो सूचनामा भनिएको छ। शनिबार यहाँको विपद् व्यवस्थापन केन्द्रले दिएको जानकारीअनुसार यहाँका कम्तीमा ५ हजार जनालाई अन्यत्रै सुरक्षित स्थलमा लगिएको छ भने त्यहाँको सेनाले उद्धारको कामलाई निरन्तरता दिइरहेको छ। श्रीलंकाका… पुरा पढौ

बुर्किना फासोमा सशस्त्र समूहको आक्रमणमा एक सय जना मारिए

बुर्किना फासोको उत्तरी भागमा रहेको एउटा गाउँ सोल्हानमा हतियारधारी समूहको आक्रमणबाट एक सय जना स्थानीय बासिन्दा मारिएका छन्। आक्रमणमा कति जनाको मृत्यु भयो भन्ने यकिन विवरण आइसकेको छैन। त्यहाँका राष्ट्रपति रोक कबोरेले भने करिब एक सय जनाको हत्या भएको बताएका छन्। घटनाको जिम्मा हालसम्म कसैले पनि लिएको छैन। यद्यपि, पछिल्लो उत्तरी गाउँहरुमा इस्लामिक समूहको आक्रमण तिब्र बन्दै गएको छ। सशस्त्र समूहद्वारा सोल्हान गाउँमा छापा मारिएको र त्यहाँ घर तथा बजारमा आगजनी गरेको थियो। यस क्षेत्रमा पछिल्लो समय विभिन्न सशस्त्र समूहले… पुरा पढौ

सोमालियामा खाद्य संकट: २७ लाख बढी प्रभावित

सोमालियमा खडेरीका कारण खाद्य संकट परेको जनाइएको छ। त्यहाँ समयमा पानी नपरेका कारण देशव्यापी रुपमा सुख्खापन भएको र जसका कारण २७ लाखभन्दा बढी मानिस प्रभावित भएको बताइएको छ। सोमालियामा रहेको मानवीय सहायतासम्बन्धी निकायले यस्तो जानकारी दिएको हो। मानवीयता सम्बन्धी सहयोगका लागि संयुक्त राष्ट्रसंघीय कार्यालय (ओसिएचए) का अनुसार सोमालियामा खडेरीका कारण यहाँका यति धेरै नागरिक प्रभावित भएका हुन्। यसै वर्षको अप्रिलदेखि सेप्टेम्बरसम्ममा ती नागरिकलाई खाद्य संकट पर्ने जनाइएको छ। आवश्यक मात्रामा पानी नपरेका कारण उब्जनी नभएकोले त्यहाँ खाद्यान्न उत्पादन हुन सकेको… पुरा पढौ