प्रवास

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि फेरि पनि महाअभियोग !

सरकार छाड्नुअघि अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पमाथि फेरि महाअभियोग लागेको छ। एक राष्ट्रपतिमाथि दुई पटकसम्म महाभियोग लागेको अमेरिकी इतिहासमै यो पहिलो घटना बनेकोा छ। यही सोमबार डेमोक्रयाटिक सांसदहरुले तल्लो सदनमा ट्रम्पमाथि महाभियोग दर्ता गरेका हुन्। गत साता ट्रम्पको उक्साहटबाट उनका समर्थकहरुले क्यापिटल हिलमा छिरेर हिंसात्मक गतिविधि गरेपछि सोही घटनाको आधारमा महाभियोग लगाइएको हो। डेमोक्रयाटिकका सांसदहरुले यसअघि नै ट्रम्पले राजीनामा नदिए उनीमाथि महाभियोग लगाउने चेतावनी दिए पनि ट्रम्पले भने आफ्ना समर्थकहरुमाझ नियमित रुपमा उत्तेजित र विवादित अभिव्यक्ति दिँदै आएका थिए। महाभियोग प्रस्तावमाथि… पुरा पढौ

धनाढ्य स्कटले ४ महिनामा ४ अर्ब डलर दान गरिन्

अमेरिकी खर्बपति व्यापारी जेफ बेजोसकी पूर्व पत्नी म्याकिन्जे स्कटले ४ महिनामा ४ अर्ब डलरभन्दा धेरै रकम दान गरेकी छिन् । ६० अर्ब ७० करोड डलर नेटवर्थकी धनी स्कट विश्वको १८ औं धनाढ्य व्यक्तिमा पर्छिन् । गत वर्ष स्कटले आफ्नो सम्पत्ति दान गर्छु भनेर कबोल गरिने ‘गिभिङ प्लेज’ नामक एक सार्वजनिक प्रतिबद्धतापत्रमा हस्ताक्षर गरेकी थिइन्। ‘गिभिङ प्लेज’ संसारका अतिधनाढ्य व्यक्ति र परिवारहरूले आफ्नो सम्पत्तिको ठूलो भाग समुदायको हितका लागि दान गर्नेछौं भनेर सार्वजनिक रूपमा व्यक्त गरिने एउटा प्रतिबद्धता हो। आपतकालीन राहत… पुरा पढौ

भारतमा कोरोना खोपको तयारी, शुरुमा ३० करोडलाई खोप दिइने

नयाँदिल्ली। भारतले कोरोनाभाइरस विरुद्धको खोप यही शनिबारदेखि आम सर्वसाधारणलाई प्रदान गर्न थाल्ने जनाएको छ । सुरक्षा चिन्ता, कमजोर पूर्वाधार र आम जनतामा रहेको सन्देहबीच झण्डै एक अर्ब ३० करोड जनतालाई खोप दिने कार्य निकै जटिल हुनेछ । त्यहीकारण पहिलो प्राथमिकतामा राखेर सरकारले जुलाईसम्ममा करिब ३० करोड मानिसलाई खोप दिने तयारी शुरु गरेको छ । भारत विश्वमै सबैभन्दा बढी जनसंख्या भएको दोस्रो मुलुक हो । भारतमा भन्दा चीनको जनसंख्या बढी छ । खोपका लागि ७०० जिल्लामा करिब एक लाख ५० हजार… पुरा पढौ

किम जोङ उन, जो सत्तारूढ वर्कर्स पार्टीको महासचिव बने

उत्तर कोरियाका नेता किम जोङ उन सत्तारूढ वर्कर्स पार्टीको महासचिव बनेका छन्। त्यहाँको सरकारी संचारमाध्यम केसीएनएका अनुसार आइतबार भएको निर्वाचनमा उन सर्वसम्मत रूपमा पार्टीको महासचिव चुनिएका हुन्। वर्कर्स पार्टीको ५ वर्षमा एक पटक हुने अधिवेशनले उनलाई महासचिव चुनेको हो। उनका कोही प्रतिष्पर्धी थिएनन्। यसअघि पार्टीको महासचिव उनका बुवा किम जोङ इल थिए। महासचिव निर्वाचित भएसँगै सन् २०११ देखि उत्तर कोरियाको शासन चलाइरहेका उन झन् शक्तिशाली बन्ने भएका छन्। ‘अधिवेशनले सर्वसम्मत रूपमा उनलाई पार्टीको महासचिवमा बढुवा गर्ने कुरालाई पारित गरेको छ,’… पुरा पढौ

अमेरिकामा कोभिड १९ को नयाँ रेकर्ड, एकै दिन ४ हजारभन्दा बढीको मृत्यु

वासिङ्टन। राज्य अमेरिकामा कोभिड १९ को मृत्युमा नयाँ रेकर्ड देखिएको छ । यहाँ एकै दिन यो सङ्क्रमणबाट चार हजार जनाभन्दा बढीको ज्यान गएको बताइएको छ । प्राप्त समाचारअनुसार कोभिडका कारणबाट अमेरिकामा बिहीबार मात्र कम्तीमा पनि चार हजार जनाको ज्यान गएको बताइएको छ । यहाँको सेन्टर फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सन, सिडीसीले दिएको जानकारीअनुसार बिहीबार मात्र कम्तीमा पनि चार हजार १८० जनाको यो सङ्क्रमणबाट निधन भएको छ । त्यस दिनमात्र यो सङ्क्रमणका २ लाख ७९ हजार ४०१ जना नयाँ संक्रमित भेटिएका… पुरा पढौ

इन्डोनेशियामा हराइरहेको विमानको दुर्घटनास्थल भेटियो

इन्डोनेशियामा हराइरहेको विमान दुर्घटना भएको ठाउँ पत्ता लागेको छ । आइतबार बिहानबाट सुुरु भएको खोजीकार्यका क्रममा विमानको दुर्घटनास्थल फेला पार्न सफल भएको इन्डोनेशियाका अधिकारिहरुले बताएका छन्। बीबीसीकाअनुसार विमान दुर्घटना भएको क्षेत्रमा १० वटाभन्दा धेरै पानी जहाज पठाइएको छ । चालक दलका १२ जनासहित ६२ जना सवार श्रीविजाया एयरको बोइङ ७३७ विमान हिजो शनिबार दुर्घटनामा परेको हो । राजधानी जकार्ताबाट उडेको ४ मिनेटमै राडारबाट हराएको विमान समुद्रमा खसेको खबरमा उल्लेख छ। जहाज जकार्ताबाट पोन्तिएनाकका लागि उडेको थियो। राति स्थगित गरिएको उद्धार… पुरा पढौ

बेलायती महारानी र राजकुमार फिलिपले लगाए कोरोनाविरुद्धको खोप

बेलायतकी महारानी एलिजावेथ द्वितीय र राजकुमार फिलिपले कोरोनाविरुद्धको खोप लगाएका छन्। ९४ वर्षीया महारानी र ९९ वर्षीय राजकुमारले शनिबार कोरोनाको खोप लगाएको बकिङघम प्यालेसले जानकारी दिएको छ। उनीहरु अहिलेसम्म कोरोना संक्रमण हुनबाट भने जोगिएका छन्। तर ७२ बर्षिय राजकुमार चाल्र्स र राजकुमार विलियमलाई भने गत मार्चमा कोरोना संक्रमण भएको थियो। बेलायतमा अहिले स्वास्थ्यकर्मी, फ्रन्टलाइनर र ८० वर्षभन्दा माथिकालाई भ्याक्सिन दिदै आएको छ। नयाँ स्वरूपको कोरोना फैलिएपछि बेलायतमा अहिले फेरी लकडाउन गरिएको छ भने कोरोनाविरुद्धको फाइजर र अक्फोर्डको भ्याक्सिनलाई प्रयोगको अनुमति… पुरा पढौ

५६ जना यात्रु बोकेको इण्डोनेसियाको विमान सम्पर्कविहीन

इण्डोनेसियाको राजधानी जर्काताबाट उडेको श्रीविजया एअर बोइङ ७३७ केही समयमै सम्पर्कविहिन भएको छ । सम्पर्कविहीन भएको विमान समुन्द्रमा खसेको आशंका गरिएको छ। राजधानी जकार्ताबाट वेस्ट पोन्टीनाकतर्फ उडान भरेको विमान कलिमनतन प्रान्तको आकासमा पुगेपछि केही समयमै सम्पर्कविहीन भएको थियो । इन्डोनेशीयाको राजधानी जर्काताबाट उडेको यस आन्तरिक उडानको विमान सम्पर्कमा नआएको विमानसेवा श्रीविजया एयरलाइन्सको आधिकारिक स्टेटमेन्टमा उल्लेख छ। इन्डोनेशीयाको यातायात मन्त्रालयका प्रवत्ता अदिता इरावतीका अनुसार यस बोइङ ७३७–५०० मोडलको जहाज जर्काताबाट स्थानीय समय अनुसार १ बजेर ५६ मिनटमा उडेको हो। करिब २… पुरा पढौ

भारतको एक अस्पतालमा आगलागी, कम्तिमा १० नवजात शिशुको मृत्यु

भारतको महाराष्ट्रस्थित एक अस्पतालमा आगलागी भएको छ । आगलागी हुँदा कम्तिमा १० जना नवजात शिशुको मृत्यु भएको छ। समाचार एजेन्सी पीटीाईका अनुसार महाराष्ट्रको भण्डारा जिल्लास्थित अस्पतालमा आगलागी हुँदा १० नवजात शिशुको मृत्यु भएको हो। शनिबार बिहान दुई बजेतिर अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा आगलागी भएको थियो। त्यहाँबाट सात जना शिशुलाई भने सुरक्षित रुपमा उद्धार गरिएको छ। भण्डारा मुम्बईबाट ९०० किलोमिटर टाढा छ। नवजात शिशुहरुको मृत्यु भवनमा धुँवा भरिएका कारण भएको बताइएको छ। अस्पतालका सिविल सर्जन डाक्टर प्रमोद खन्डाका अनुसार ३÷४… पुरा पढौ

ट्रम्पको ट्वीटर एकाउन्ट सधैंका लागि बन्द

ट्वीटरले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको ट्वीटर एकाउन्ट सधैँका लागि बन्द गरेको छ । विभिन्न अन्तर्राष्ट्रिय संचारमाध्यमकाअनसार साम्प्रदायिक र जातिय हिंसालाई प्रश्रय दिने जोखिम बढेको भन्दै ट्रम्पको ट्वीटर खाता स्थायीरूपमै बन्द गरेको हो। केही दिनअघि मात्र ट्रम्पले अमेरिकी संसद्मा हिंसा भड्काउने किसिमको भिडियो अपलोड गरेका थिए। ‘हालै राष्ट्रपति डोनाल्ड ट्रम्पले गरेका ट्वीटको समीक्षा र घटना विचार गर्दा थप हिंसा भड्काउने जोखिम देखिएपछि हामीले उनको एकाउन्ट स्थायी रूपमै बन्द गरिदिएका छौँ,’ ट्वीटरले लेखेको छ। पुरा पढौ