साहित्य र कला

पोखरा आइपुगे सज्जन, शुक्रबार बाराही घाटमा गुञ्जिँदै

पोखरा । युवा पुस्तामाझ लोकप्रिय गायक सज्जनराज वैद्य नेपाल टुरअन्तर्गत शुक्रबार हुने कार्यक्रमका लागि पोखरा आइपुगेका छन् । इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकको मुख्य प्रायोजनमा जारी ‘एकादेशमा नेपाल टुर २०२४’को पूर्वनिर्धारित सेड्युलअनुसार शुक्रबार पोखराको बाराही घाटमा वैद्यले लाइभ प्रस्तुति दिँदै छन् । उनको टिम बुधबार पोखरा आइपुगेको छ । आर्बिटरी इभेन्ट्स र एम।एन प्रोडक्सनको आयोजनामा भइरहेको टुरको पोखराको व्यवस्थापकीय जिम्मा ‘प्रचार नेपाल’ले पाएको छ । पोखरामा हुने कार्यक्रमका लागि बिहीबार बिहानसम्म करिब ३ हजार टिकट बिक्री भइसकेको प्रचार नेपालका संचालक आशिष… पुरा पढौ

नेपाल मगर सङ्घ नयाँ बजार समिति बन्यो देउसी भैलो च्याम्पियन

पोखरा । पोखरा टेलिभिजन एन्ड मिडिया प्रा.लिले आयोजना गरेको गण्डकी प्रदेश स्तरीय दोस्रो मौलिक तिहार उत्सव सम्पन्न भएको छ । उत्सवमा भएको देउसी भैलो प्रतियोगितामा नेपाल मगर सङ्घ पोखरा नयाँ बजार समिति च्याम्पियन बनेको छ । मगर, गुरुङ, व्रामण, क्षेत्री, गन्धर्व समुदाय बिच भएको प्रतियोगितामा नेपाल मगरसंघ नयाँ बजारले अवार्ड जितेको हो । च्याम्पियन बनेको समूहलाई निर्णायक संयोजक प्रजापति पराजुली,पोखरा प्रज्ञा प्रतिष्ठानका कुलपति पदमराज ढकाल,कलाकार तारापति सुवेदी , कलाकार सरला पाण्डे, पोखरा टेलिभिजनका प्रबन्ध निर्देशक माधव पनेरु,कार्यक्रम संयोजक घनश्याम पाण्डेय… पुरा पढौ

सङ्घर्षशील सामाजिक पुरस्कार हरिदेवी कोइरालालाई

पोखरा । अम्बिका–भागवत फाउण्डेशन नेपालद्वारा हरेक दुई वर्षमा अर्पण गरिने सङ्घर्षशील सामाजिक पुरस्कार हरिदेवी कोइरालालाई अर्पण गरिने भएको छ । साहित्यकार अम्बिका भण्डारीको संयोजकत्वमा गोमा सोती र खडानन्द पौडेल रहेको प्रतिभा चयन समितिको सिफारिसलाई फाउण्डेशनको मङ्गलवार सम्पन्न बैठकले सर्वसम्मत स्वीकृत गरेको हो । पोखरा बैदाममा जन्मेकी हरिदेवी कोइराला नेपाली लोकगीत, लोकदोहोरी गायन तथा साहित्य क्षेत्रका तीसको दशकदेखि अविचलित निष्ठाका साथ एकक्षत्र राज गर्दै आइरहेकी विलक्षण प्रतिभा हुन् । उनका दर्जन साहित्यिक कृति, एक सय बढी लोकदोहारी गीति एल्बम र झण्डै… पुरा पढौ

अध्येता प्रकाश सायमीद्वारा लिखित ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तक लोकार्पण

ललितपुर, सानेपा । प्रसिद्ध गायक संगीतकार नारायणगोपालको जीवनीमा आधारित ‘स्वरसम्राट नारायणगोपाल’ पुस्तकको लोकार्पण कार्यक्रम सानेपामा सम्पन्न भएको छ। यो पुस्तकलाई लेखक प्रकाश सायमीले तयार गरेका हुन्।कार्यक्रममा बोल्दै लेखक सायमीले नारायणगोपालको जीवन र व्यक्तित्वलाई संक्षिप्तमा प्रस्तुत गर्न यो पुस्तक तयार गरेको बताए।अभिनेता सरोज खनालले नारायणगोपालको संगीतले उनलाई अमर बनाएको र उनी हरेक नेपालीको हृदयमा जीवित रहेको बताए। वरिष्ठ गीतकार नगेन्द्र थापाले यो पुस्तक भबिष्यका अनुसन्धानकर्ताहरूका लागि कोशेढुंगा साबित हुनेमा विश्वास व्यक्त गरे।कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ शिक्षाविद् केदारभक्त माथेमाले बायोग्राफी लेख्नु चुनौतीपूर्ण… पुरा पढौ

शुक्ला साहित्य राष्ट्रिय पुरस्कार उपाध्यायलाई, लोक साहित्य पुरस्कार न्यौपानेलाई

पोखरा । यस वर्षको शुक्ला साहित्य राष्ट्रिय पुरस्कार साहित्यकार एवं भाषविद् मुकुन्द शरण उपाध्यायलाई प्रदान गरिने भएको छ । जनस्तरवाट रकम संकलन गरी शुक्ला साहित्य प्रतिष्ठान बाटुलेचौरद्वार स्थापित सो पुरस्कार भाषाविद् उपाध्यायलाई प्रदान गरिन लागेको हो । प्रतिष्ठानले सोमवार पोखरामा पत्रकार सम्मेलनको आयोजना गरी नगद ५५ हजार ५ सय ५५ रुपैयाँ राशीको पुरस्कार उपाध्याय र लोककवि चेत वहादुर वरुवाल लोक साहित्य स्मृति पुरस्कार संस्कृतिकर्मि प्राडा कुशुमाकर न्यौपानेलाई प्रदान गरिने प्रतिष्ठानका सचिव दिपेन्द्र वाँनियाले जानकारी दिए । लोक साहित्य पुरस्कारको राशी… पुरा पढौ

सिद्धि गौचन स्मृति पुरस्कार हिमाली सांस्कृतिक परिवारलाई

कार्तिक ७ पोखरा । जरोटुप्पो संरक्षण साहित्य समाज, नेपालद्वारा सञ्चालित सिद्धि गौचन स्मृति पुरस्कार–२०८१ हिमाली सांस्कृतिक परिवारलाई अर्पण गरिने भएको छ । गण्डकी प्रज्ञा–प्रतिष्ठानका परिषद् सदस्य कृष्णप्रसाद पौडेलको संयोजकत्वमा गठित प्रतिभा छनौट समितिले लोक संस्कृतिको संरक्षणमा झण्डै तीन दशकदेखि क्रियाशील हिमाली सांस्कृतिक परिवारको नाम सिफारिस गरेको हो । पौडेलको संयोजकत्वमा वरिष्ठ लोकदोहोरी गायिका तथा बहुआयामिक व्यक्तित्व हरिदेवी कोइराला, पुतलीबजार प्रज्ञा–प्रतिष्ठानका उपकुलपति दुर्गाबहादुर शाह बाबाको तीन सदस्य समितिको सिफारिसलाई पुरस्कार कोषका संस्थापक विश्वमोहन गौचनसहितको बैठकले सर्वसम्मत अनुमोदन गरेको अध्यक्ष डा. नारायणप्रसाद… पुरा पढौ

गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे बहस

कार्तिक २ पोखरा । प्रगतिशील लेखक सङ्घ, गण्डकी प्रदेशले ‘गण्डकी प्रदेशमा प्रगतिशील साहित्य’ विषयक विचार गोष्ठी पोखरामा सम्पन्न गरेको छ । वामपन्थी बुद्धिजीवी तथा लेखक रामराज रेग्मीद्वारा प्रस्तुत गोष्ठीपत्रका आधारमा भएको छलफलमा गण्डकी प्रदेशको प्रगतिशील साहित्यबारे खोज र अनुसन्धान व्यापक रूपमा हुनुपर्नेमा सहभागीहरूले जोड दिए । रेग्मीले मजदुर, किसान, महिला र अन्य उत्पीडित जनसमुदायको मुक्तिको उद्देश्यले सिर्जना गरिएको साहित्य नै प्रगतिशील साहित्य भएको धारणा राखे । “वर्गीय समाजमा प्रगतिशील साहित्य सबै वर्गको हितमा लेखिन्न । वर्ग दृष्टिकोणसँग गाँसिने सवाल भएकाले… पुरा पढौ

भाइटिकाको अघिल्लो दिन ‘सिम्पानी साँझ’

कार्तिक १ पोखरा । पोखरामा क्रियाशिल त्रिशक्ति समाज सेवा क्लबले तेस्रो संस्करणको सिम्पानी साँझको आयोजना गर्ने भएको छ । पोखरा महानगरपालिका १ सिम्पानी चोकमा तिहारको अवसर पारेर (भाइटिकाको अघिल्लो दिन) यही कात्तिक १७ गते साँझको आयोजना गरिने क्लबका सहसचिव प्रविण सुवेदीले जानकारी दिए । उनका अनुसार सो कार्यक्रममा तरेली साँस्कृतिक परिवार र स्थानीय कलाकारबाट विभिन्न जाति समुदायमा प्रचलित नृत्यहरु प्रस्तुत हुनेछन् । भने, ‘मिलन एण्ड द ओभरेप्टर्स’ ब्याण्डको कन्सर्ट हुनेछ । ‘यो वर्ष तरेली साँस्कृतिक परिवारको विशेष नृत्य रहनेछ ।… पुरा पढौ

हङकङमा ‘जिफाह साँझ–२’ हुने

असोज २३ पोखरा । गुरुङ फिल्म एशोसियसन हङकङको आयोजनामा आगामी नोभेम्वरमा जिफाह साँझ–२ हुने भएको छ । एशोसियसनले आगामी नोभेम्वर १७ तारिखमा हङकङको जोर्डनस्थित या उमा तेई कम्यूनिटी हलमा जिफाह साँझ–२ गर्न लागेको हङकङमा आयोजित जानकारी सभा मार्फत जनाएको छ । ‘गुरुङ गीत, संगित र चलचित्रको माध्यमबाट हाम्रो कला र संस्कृतिलाई विश्वभरी प्रवद्र्धन गरौं’ भन्ने उद्देश्यले उक्त कार्यक्रम गर्न लागिएको संस्थाका अध्यक्ष माया गुरुङले जानकारी दिइन् । साँझ ६ बजेबाट शुरु हुने कार्यक्रमका लागि करिव एक दर्जन कलाकारहरुको प्रस्तुती रहने… पुरा पढौ

पत्रकार गौतमको पुलहाश्रमको तस्बिर उत्कृष्ट घोषित

गलेश्वर । म्याग्दीको प्रवासी नेपाली सङ्घ (मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य सङ्घ म्याग्दीले आयोजना गरेको खुल्ला फोटो प्रतियोगितामा पत्रकार हरिकृष्ण गौतमले खिचेको बेनी नगरपालिका–५ मा अवस्थित पौराणिक तथा पर्यटकीयस्थल पुलहाश्रमको तस्बिर उत्कृष्ट घोषित गरिएको छ । उक्त तस्बिर खिचेवापत गौतम रु एक लाख नगदबाट पुरस्कृत भएका छन् । म्याग्दीको प्रवासी नेपाली सङ्घ (मोना) अष्ट्रेलिया र म्याग्दी उद्योग वाणिज्य सङ्घले म्याग्दी जिल्लाभित्रका पर्यटकीय, धार्मिक तथा सांस्कृतिकस्थलको प्रवद्र्धनका लागि आयोजित प्रतियोगितामा पत्रकार गौतमको पुहलाश्रमको तस्बिर पहिलो भएको हो । फोटो प्रतियोगिताका… पुरा पढौ