जापानको इची–नागोयामा जारी २०औँ एसियाली खेलकुद प्रतियोगिताअन्तर्गत महिला कबड्डी खेलमा नेपालले कास्य पदक प्राप्त गरेको छ ।
जापानको तोकाइ सिटिजन व्यायामशालामा आज भएको सेमिफाइनल खेलमा भारतसँग ४८–२४ अङ्कले पराजित भएसँगै नेपालले कास्य पदकमा चित्त बुझाउनु परेको हो । यसअघि सन् २०२३ मा चीनको हाङजाउमा भएको १९औँ एसियाली खेलकुद प्रतियोगितामा पनि नेपाल भारतसँग नै सेमिफाइनलमा पराजित भएको थियो । आजको सेमिफाइनल खेलमा भारतले पहिलो हाफमा ३१–१७ अङ्कको जित निकालेको थियो । भारतले दोस्रो हाफमा १७–७ अङ्कले अग्रता लियो ।
नेपालले यसअघि समूह चरणको खेलमा थाइल्यान्डलाई हराएको थियो भने चाइनिज ताइपेइसँग पराजित भएको थियो । त्यसपछि अन्तिम खेलमा श्रीलङ्कालाई हराएर नेपाल सेमिफाइनलमा पुगेको थियो । बीसौँ एसियाली खेलकुद प्रतियोगितामा नेपालको यो दोस्रो पदक हो । यसअघि कराते विधातर्फ नेपालका तेन्जिङ शेर्पाले पुरुष कुमिते ८४ किलो तौल समूहमा कास्य पदक प्राप्त गरेका थिए । रासस
सर्बाधिकार सुरक्षित गरिएको बारे : यस एभरेस्ट आवाज डटकमबाट सम्प्रेषित कुनैपनि समाचार, लेख, बिचार, टिप्पणी वा अन्य कुनैपनि किसिमको सामग्री सर्वाधिकार सुरक्षित गरिएको छ । यहाँ सम्प्रेषित कुनैपनि सामग्री बिना अनुमति साभार गरेको पाईए कानुनी कारबाहीमा जान बाध्य हुने जानकारी गराउँछौं ।


नेपाली कांग्रेसको १५औँ महाधिवेशनको मिति नजिकिदै आउँदा महाधिवेशन प्रतिनिधीका आकांक्षीहरु पनि बढ्दै…






