साहित्य र कला

पुर्ख्यौली पेसाको संरक्षण गर्दै बुद्धिराम,सारङगी बजाउदै घरघरमा

लमजुङ । सेतै फुल्दै गरेको दारी अनि कपाल । चाउरिँदै गरेको मुहार । शिरमा ढाका टोपी, शरीरमा स्टकोट र खुट्टामा एक जोर चम्पल । यति मात्र नभई झोला भिरेर हातमा साङ्रगी लिएर परिस्थितिअनुसारका विषयका गीत गाउँदै घरघरमा पुग्छन् सुन्दरबजार नगरपालिका–६ पाखाथोकका ७० वर्षीय बुद्धिराम गन्धर्व । आराम गरेर बस्नुपर्ने उमेरमा कतिपय युवाभन्दा जोशिलो र व्यस्त हुन्छन् । एकाबिहानै उनी उठ्छन् । उठेपछि हातमुख धोएर, खाजा खाएपछि सारङ्गी लिएर घरबाट उनी हिड्छन् । दैनिकजसो बिहानैदेखि बेलुका साँझ परेसम्मै विभिन्न ठाउँको घरघरमै… पुरा पढौ

र्‍यान्डममा सुमिनाको ‘बागी स्त्रीको आत्मकथा’माथि परिचर्चा

जेठ २६ पोखरा । र्‍यान्डममा रिडर्स सोसाइटीले शनिवार पोखरामा सुमिनाको कविता सङ्ग्रह ‘बागी स्त्रीको आत्मकथा’ कोे परिचर्चा गरेको छ । सोसाइटीका अध्यक्ष रुपिन्द्र प्रभावीको अध्यक्षतामा भएको कार्यक्रममा पत्रकार रीना थापा (तानी) ले कृतिमाथि अवधारणापत्र प्रस्तुत गरेकी थिइन् । उनले सुमिनाको कविताले पित्तृसत्तामाथि सशक्त प्रहार गर्दै आममहिलाको भावना समेटेको धारणा राखिन् । “पुँजीवादी समाजमा महिलाले भोगेका पीडा र मनोभाव कवितामा उतारिएको छ” तानीले भनिन्, “सदियौँदेखि पितृसत्ताले थिँचिदै आएका आम महिलामाथिको दमनलाई विद्रोही चेतयुक्त ‘बागी स्त्रीको आत्मकथा’ ले ‘म’ लेखेको छ, ‘हामी’… पुरा पढौ

विश्व वातावरण दिवसको चित्रकला प्रतियोगितामा रबिना प्रथम

पोखरा । “पृथ्वीको लागि कला: रचनात्मकता मार्फत प्रेरणादायक परिवर्तन” भन्ने मुख्य उदेश्यका साथ धौलागिरी विद्यार्थी समाज पोखरा विश्वविद्यालयद्वारा चित्रकला प्रतियोगिता तथा प्रदर्शनी बुधबारका सम्पन्न भयो ।विश्व वातावरण दिवसको अवसरमा आयोजना भएको चित्रकला प्रतियोगितामा रबिना बस्नेत प्रथम भएका छन् । यस्तै प्रतियोगितामा द्वितीय सिम्रन परियार, तृतीय विभुती पौडेल र सान्तोना दिपक काउचा भएका थिए ।प्रतियोगितामा १९ टिमको सहभागिता रहेको प्रतियगिता तथा प्रदर्शनी पोखरा विश्वविद्यालय प्राङ्गणमा भएको थियो । गण्डकी प्रदेश सभा सदस्य दोर्ण कुमार कुँवर चित्रकलाले नेपालमा मात्रै नभई विदेशमा पनि… पुरा पढौ

गायत्री सिकाई केन्द्रद्वारा स्टेशनरी वितरण

पोखरा । गाायत्री वहुद्घेश्यीय सामुदायिक सिकाई केन्द्रले विभिन्न सामुदायिक विद्यालयलाई स्टेशनरी तथा बाद्य बादनका सामाग्री वितरण गरेको छ । दश वर्ष अघि पोखरा १९ लाई कार्य क्षेत्र वनाई स्थापना भएको केन्द्रले त्यस वडाका महेन्द्र मावि, विन्ध्येश्वरी मा.वि र भारती भवन मा.विलाई स्टेशनरी तथा वाद्य वादनका सामाग्री वितरण गरेको सचिव बैकुण्ठ पौडेलले जानकारी दिए । महेन्द्र मा.वि घार्मीमा आयोजित कार्यक्रममा केन्द्रका अध्यक्ष शोभामोहन पौडेल, केन्द्रका सामाजिक परिचालक पवित्रा पौडेलले विद्यार्थीका लागि आवश्यक स्टेशनरी र मादल विद्यालय व्यवस्थापन समितिका अध्यक्ष बैकुण्ठ पौडेल… पुरा पढौ

कोकोम्हेन्दो साहित्य समाजको मातृभाषामा रचना वाचन कार्यक्रम सम्पन्न

गणतन्त्र दिवसको अवसरमा कोकोम्हेन्दो साहित्य समाज कास्कीको आयोजना र पोखरा महानरपालिकाको व्यवस्थापनमा ,तामाङ मातृभाषाको रचना वाचन तथा साहित्यिक विमर्श , कार्यक्रम नेपाल तामाङ घेदुङ रिठ्ठेपानी इकाई समितिको सभाहलमा सम्पन्न भएको छ। कार्यक्रम आदिवासी जनजाति समुदायका सामाजिक अभियन्ता एवम् युवा नेता पूर्ण ह्योल्मो लामाको प्रमुख आतिथ्यता साथै संस्थाका अध्यक्ष दीपक वाईबा तामाङको अघ्यक्षतामा सम्पन्न भएको थियो। प्रमुख अतिथि लामाले कुङामा दीप प्रज्वलन गरि कार्यक्रमको उद्घाटन गर्दै (कोकोम्हेन्दो )साहित्य समाजले शुरुवातदेखि आजसम्म गरेका हरेक कार्यक्रम गतिविधि सराहनीय रहेको छ,कुनै पनि समुदायले साहित्यका… पुरा पढौ

पोखरामा पाँच दिने प्राज्ञिक लेखन कार्यशाला तथा तालिम

गण्डकी । विश्वविद्यालय अनुदान आयोगको सहयोग एवम् विन्दुुवासिनी संस्कृत विद्यापीठ अनुसन्धान व्यवस्थापन एकाइको आयोजनामा पोखरामा पाँच दिने प्राज्ञिक लेखन कार्यशाला तथा तालिम सुरु भएको छ । प्राध्यापकहरूलाई प्राज्ञिक लेखनमा अभिप्रेरित गर्दै उनीहरूको क्षमता अभिबृद्धि गराउने उद्देश्यका साथ आयोजित कार्यशालामा पोखरास्थित विभिन्न क्याम्पसमा प्राध्यापनरत ४० जना प्राध्यापकको सहभागिता छ । कार्यशालाको उद्घाटन गर्दै पृथ्वीनारायण क्याम्पस पोखराका संस्थापक प्राचार्य जर्ज जोनले प्राध्यापकहरू प्राध्यापनसँगै निरन्तर अनुसन्धानमा संलग्न हुनुपर्नेमा जोड दिए। वर्तमानमा अनुसन्धानात्मक लेखन र त्यसको प्रकाशनविना प्राध्यापकहरूको प्राज्ञिक उन्नति हुन नसक्ने उल्लेख गर्दै… पुरा पढौ

तनहुँका साहित्यकारहरुले चार वर्षपछि सुरु गरे रचना वाचन शृङ्खला

दमौली । गण्डकी वाङ्मय प्रतिष्ठान तनहुँमा आबद्ध साहित्यकार प्रत्येक महिनाको दोस्रो शनिबार एकठाउँमा भेला हुन्थे । आफूले रचना गरेका साहित्य वाचन गर्थे । यो शृङ्खला चलेको ३७ महिना भइसकेको थियो तर त्यहीँबेला चार वर्षअघि कोरोना महामारी फैलिएपछि यो शृङ्खला रोकियो । प्रतिष्ठानले चार वर्षअघि रोकिएको अभियान शनिबारदेखि पुनः सुरू गरेको छ । विगतमा झै अब प्रत्येक महिनाको दोस्रो शनिबार यो शृङ्खला निरन्तर सञ्चालन हुने प्रतिष्ठानका उपाध्यक्ष सङ्गम सापकोटाले जानकारी दिए । उनले भने, “कोभिडपछि रोकिएको शृङ्खला विविध कारणले सञ्चालन हुन… पुरा पढौ

भानु जन्मस्थललाई साहित्यिक र सांस्कृतिक गन्तव्यस्थल बनाउन पहल सुरु

दमौली । नेपाली भाषाका आदिकवि भानुभक्तको आचार्यको जन्मथलो चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक गन्तव्यका रुपमा विकास गर्न पहल थालिएको छ । तनहुँको भानु नगरपालिका–४ चुँदीरम्घालाई साहित्यिक र सांस्कृतिक पर्यटकीय गन्तव्यस्थलको रुपमा विकास गर्न लागएको हो । भानु नगरपालिकाको नेतृत्वमा यस ठाउँमा साहित्यिक उद्यान निर्माणको प्रक्रियाले गति लिएको छ । चुँदीरम्घालाई सप्तधामको रुपमा विकास गर्ने लक्ष्य सहित साहित्यिक उद्यान निर्माणलाई सुरु गरिएको भानु नगरपालिकाका प्रमुख आनन्दराज त्रिपाठीले बताए। विगतमा जग्गा अधिग्रहणको काम सुरु भएपनि कामले गति लिन नसकेको भन्दै चालु आर्थिक वर्षदेखि… पुरा पढौ

भिरमा मह काढेको छायाङ्कन गर्न नेशनल जियोग्राफी टोली म्याग्दीमा

गलेश्वर । भिर महको निकालेको दृश्य छायाङ्कन गर्न नेशनल जियोग्राफीको टोलीसहित स्पेन र जर्मनीका नागरिक गरी १६ जना विदेशी पर्यटक म्याग्दीको धवलागिरि गाउँपालिका–२ लुलाङको खबाङ भिर पुगेका छन् । देख्दा आङ नै सिरिङ्ग हुने कहालीलाग्दो पहरामा भिर मह निकालिरहेको दृश्यको छायाङ्कनसँगै नेपालीको सौर्य प्रचारप्रसार गर्ने उद्देश्यका साथ विदेशीको टोली आएको धवलागिरि गाउँपालिका–२ का वडाध्यक्ष अकप्रसाद विकले राससलाई बताए। टोलीले हत्केलामा जउन राखेर डोरी ९परङ० मा झुन्डिएर मौरीको चाका नजिक पुगेर मह निकाल्ने मह सिकारीको अनुभवसँगै स्थानीयवासी र गाउँपालिकाको टोलीसँग छलफल… पुरा पढौ

‘भानु साहित्य उद्यान’ निर्माणार्थ प्रारम्भिक रेखाचित्र सार्वजनिक

तनहुँको भानु नगरपालिका–४ स्थित आदिकवि भानुभक्त आचार्यको जम्मस्थल चुँदी रम्घामा ‘भानु साहित्य उद्यान’ निर्माण गरिने भएको छ । नगरप्रमुख आनन्दराज त्रिपाठी, उपप्रमुख उमा गोतामे र प्रमुख प्रशासकीय अधिकृत दिवाकर पौडेलले संयुक्त रुपमा रेखाचित्रको बुधबार सार्वजनिक गरेपछि निर्माण प्रक्रिया अघि बढाइएको हो । वरिष्ठ कलाकार अशोकमान सिंहद्वारा नेपालका राष्ट्रिय विभूति भानुभक्त आचार्यको स्मृतिमा उद्यानको परिकल्पना गरिएको भानु नगरपालिकाले जनाएको छ । भानु साहित्य उद्यानको भविष्यको वास्तविकता कस्तो हुने भन्ने विषयमा निर्माण गरिएको परिकल्पनाको प्रारम्भिक तस्वीर (रेखाचित्र) स्केच गरिएको हो । आयोजनाका… पुरा पढौ