साहित्य र कला

हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’ सार्वजनिक

काठमाण्डौं । सिर्जना खत्री हाउडेमायाको ‘तिम्रै प्यारी अर्धाङ्गिनी’सार्वजनिक भएको छ । स्वयं खत्रीको शब्द र स्वर रहेको सो गीतमा कालीप्रसाद बाँस्कोटाको सङ्गीत छ । गीतमा खत्री र केवलजङ्ग कुँवरको अभिनय छ । पछिल्लो समय ‘एक्सको छम्मा’ गीत गाएर चर्चा कमाएकी उनले हाल यो गीत सार्वजनिक भएपछि स्रोता तथा दर्शकबाट सकारात्मक प्रतिक्रिया पाएको बताएकी छन् । “विगतको गीतबाट यस्तै गीत मात्र गाउँछे भन्ने जुन टिप्पणी आएको थियो, त्यसलाई यो गीतले चिरेको छ”, उनले भनिन् । माया गर्ने सम्पूर्ण जोडीका लागि यो… पुरा पढौ

नेपाल गोल्डेन आइडलको उपाधि सुमन र जेबिकालाई

पोखरा । ललितपुरका सुमन लामा घिसिङ र दाङकी जेबिका रेउलेले सातौँ संस्करणको नेपाल गोल्डेन आइडलको उपाधि चुमेका छन् । पोखरामा भएको अन्तिम प्रतिष्पर्धामा सुमनले गायनतर्फको र जेबिकाले नृत्यतर्फको उपाधि चुमेका हुन् । प्रतियोगीतामा गायन तर्फ संखुवासभाका मदन लिम्बु फस्ट रनर्सअप र खोटाङका किस्मत चाम्लिङ राई सेकेन्ड रर्नसअप बने । नृत्यतर्फ कैलालीकी नेहारिका बोहोरा फस्ट रर्नसअप, बाँकेकी मनिषा परियार सेकेन्ड रनर्सअप र काठमाण्डौकी आकृती पोखरेल थर्ड रर्नसअप घोषित भए । गायनतर्फका ४ जना र नृत्यतर्फका पाँच जना बिच अन्तिम प्रतिष्पर्धा भएको… पुरा पढौ

मुखिया र पाँडे सम्मानित

काठमाडौँ। नेपाली व्यङ्ग्य चित्र क्षेत्रमा महत्वपूर्ण योगदान दिएका अग्रज कलाकार टेकवीर मुखिया र प्रा रामकुमार पाँडे सम्मानित भएका छन् । साधारणसभाको अवसर पारेर नेपाल कार्टुनिस्ट क्लबले हरेक वर्ष प्रदान गर्दै आएको ‘बराथा स्मृति सम्मान’ २०७५ र २०७६ क्रमशः मुखिया र पाण्डेलाई दिइएको हो । नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति केके कर्माचार्यले नेपाली कार्टुनलाई आजको अवस्थासम्म ल्याई पु¥याउन मुखिया र पाँडेले विशिष्ट योगदान दिएको बताए । उनले कार्टुन कला समाजलाई जनचेतना जगाउने महत्वपूर्ण विधा रहेको जिकिर गर्दै यसको विकास, प्रवद्र्धन तथा संवद्र्धनका… पुरा पढौ

म अल्छी शिक्षक !

हुइ हुइ भयो, उठेपछि रटायोसिकायो होइन घोकायोभाषण छ दमदारछैन केही उपलब्धिनेता हु नेता कक्षाको ठुलो नेताकाम छैन कुरा मात्रै, सिन्को छैन उपलब्धिकिनकि म अल्छी शिक्षक !दैनिकी कुदेकै छ, माखो मरेनपैसा पैसा छ मनमाकाममा शुन्यसिकाउने होइन रटाउने आउछपैसा पैसा हुन्छ मालामालकथा बन्दै छ जिन्दगीकिनकी म अल्छी शिक्षक !हे सुबास तिमी के गर्दै अहिले ?अमेरिकामा कार धुदै छु कार, अरे बधाई छहोइन होइन मेरो त, मेरो काम गर्दै छु अरेतिमी पि एच डि गर्दै होइन र?दुनियाँ ले जे भनुनपढेको छु काम गरेको… पुरा पढौ

साहिल खड्काको ‘कान्छी’ सार्वजनिक

पोखरा । गायक साहिल खड्काको आधुनिक गिति एल्वम् ‘कान्छी’ शुक्रबार सार्वजनिक भएको छ । खड्काको आफ्नै यूट्युब च्यानल ‘साहित खड्का अफिसियल’बाट शुक्रबार सो गित सार्वजनिक भएको हो । सार्बजनिक गितमा खड्का स्वयम्को शब्द, संगित रहेको गितमा स्वयम् साहिल खड्का र अनु चौधरीको आवाज रहेको छ । निकेस खड्काले निर्देशन गरेको म्यूजिक भिडियोमा माया पिरतीको विषय बस्तुमा बुद्धि तामाङ, मेनुका प्रधान, बिक्रम श्रेष्ठ लगायतको अभिनय रहेको छ । रोमन बज्रचार्यको संयोजन रहेको गितमा बासुरीमा सोर्निम महर्जन, गितार सञ्जल भण्डारीले साथ दिएका… पुरा पढौ

घान्द्रुकमा सिनेमा,साहित्य र पर्यटन विषयमा बहस

पोखरा । मुलुकका ग्रामीण क्षेत्रहरु प्राकृतिक स्टुडियोको रुपमा विकास गर्न सकिने सम्भावना देखिँदै आएका छन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय फिल्मको सुटिङका लागि विशेषतः पोखरा र आसपासका क्षेत्र फ्रेममा अटाएका छन् । फिल्ममा उक्त क्षेत्रको दृश्य समेटिनुसँगै त्यहाँको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको छ । त्यस्तै ठाउँ मध्ये कास्की अन्नपूर्ण गाउँपालिकास्थित घान्द्रुक गाउँ पनि सिनेमा छायांकनको लागि सम्भावना युक्त रहेको ठाउँ हो । सुन्दर घान्द्रुक गाउँमा नेपाल चलचित्र पत्रकार संघ कास्की शाखाको आयोजनामा मंगलबार ‘सिनेमा संवाद एट घान्द्रुक’ कार्यक्रममा ‘सिनेमा टुरिजमः सम्बन्ध… पुरा पढौ

सिनेमा साहित्यः सम्बन्ध र साझेदारी

माघ १३ घान्द्रुक। लभ माथि सिनेमा बनेका छन् । केही कृतिले ऐतिहासिक देश कालको कथा बोलेका छन् भने, कुनै कृतिले समसामयिक परिवेशलाई चित्रण गरेका छन् । तीनैको कथामा सिनेमा निर्माण हुँदा साहित्यसँगको सम्बन्धलाई सिनेमाले जोडेको छ । कास्कीको अन्नपूर्ण गाउँपालिकास्थित सुन्दर घान्द्रुक गाउँमा चलचित्र पत्रकार संघ नेपाल, कास्की शाखाको आयोजनामा ‘सिनेमा संवाद एट घान्द्रुक कार्यक्रम’मा दोस्रो तथा अन्तिम सेसन ‘सिनेमा साहित्यः सम्बन्ध र साझेदारी’ विषयमा छलफल चल्यो । सेसनमा वक्ताहरुमा कलाकार दीपकराज गिरी, लेखक गनेश पौडेल, कवि भूषिता वशिष्ठ र… पुरा पढौ

तमु भाषाका आदिकवि हर्क गुरुङको शालिक अनावरण

स्याङ्जा । तमु भाषाका आदिकवि स्व. हर्क बहादुर गुरुङको शालिक स्याङ्जाको फेदीखोलामा आइतबार एक कार्यक्रमका विच अनावरण गरिएको छ । स्वर्गिय गुरुङको ८४ औं जन्म जयन्तीका अवसरमा उनकै जन्मस्थान फेदीखोला गाउँपालिकाको साल्मेडमा शालिक अनावरण गरिएको हो । तमु आदिकावि स्व. हर्क बहादुर गुरुङ स्मृति प्रतिष्ठान फेदिखोला गाउँपालिकाको आयोजनामा सम्पन्न कार्यक्रममा गण्डकी प्रदेशका आर्थिक मामिला तथा योजनामन्त्रि किरण गुरुङले शालिक अनावरण गरेका हुन् । कार्यक्रममा बोल्दै मन्त्री गुरुङले तमु भाषामा गीत लेखन, गायनका सुत्रधार स्व. गुरुङको प्रकाशित, अप्रकाशित कृतिको संरक्षणका साथै… पुरा पढौ

गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने

पोखरा । गुरुङ फिल्म अब नियमित रुपमा चलचित्र हलमा प्रदर्शन गरिने भएको छ । आइतबार चलचित्र पत्रकार संघ कास्कीले पोखरामा आयोजना गरेको पत्रकार सम्मलेनमा गुरुङ फिल्म एशोसियशन नेपालका अध्यक्ष भोजबहादुर गुरुङले गुरुङ फिल्म माघ २३ गतेबाट नियमित रुपमा सिनेमा हलमा प्रदर्शन गरिने जानकारी गराए । गुरुङ चलचित्र निर्माण भएको २५ वर्ष पुग्दाको खुशियालीमा आफूहरु अब गुरुङ समुदायमा मात्रै सिमित नरही सिनेमा हल मार्फत आम समुदायमा फैलिने सोचका साथ अगाडि बढेको उनले बताए । भोजबहादुर गुरुङले भने,“२५ वर्षको लामो यात्रा तय… पुरा पढौ

चलचित्र पत्रकार संघको “सिनेमा संवाद एट घान्द्रुक” कार्यक्रम भोलि

पोखरा । चलचित्र पत्रकार संघ कास्कीले “सिनेमा संवाद एट घान्द्रुक” कार्यक्रमको आयोजना गर्ने भएको छ । माघ १२ र १३ गते पर्यटकीय गाउँ घान्द्रुकमा हुने कार्यक्रमको तयारी पुरा भएको चलचित्र पत्रकार संघ कास्कीका अध्यक्ष अरुण गिरीले जानकारी गराएका छन् । उनले लामो समयको बन्दाबन्दी पश्चात माघ १ गतेबाट खुलेको पर्यटकीय गाउँ घान्द्रुकको प्रचारप्रसार र चलचित्र क्षेत्रको गतिविधि बढाउने उद्देश्यले कार्यक्रमको आयोजना गरिएको जनाए । उनका अनुसार कार्यक्रममा “सिनेमा टुरिजम स् सम्बन्ध र सम्भावना” र “सिनेमा साहित्य स् सम्बन्ध र साझेदारी”… पुरा पढौ