साहित्य र कला

गायक कर्णदासलाई मातृशोक

गायक कर्णदासलाई मातृशोक परेको छ । उनकी ममतामयी माता रत्नदेवी दासको ७० वर्षको उमेरमा निधन भएको हो । मुटुरोगबाट ग्रसित उनको आज दिउँसो ३ः३० बजे निधन भएको कर्णदासको परिवारले जनाएको छ । कर्णदासकी आमा पोखराकी अग्रणी रंगकर्मीसमेत हुन् । कसैकसैले उनलाई पोखराकी पहिलो रंगकर्मीसमेत भएको बताउँछन् । यद्वपी पुष्टि भने नभइसकेको अग्रज रंगकर्मीहरु बताउँछन् । संस्कृति विज्ञ तीर्थ श्रेष्ठ पोखराको रंगकर्ममा रत्नदेवीको महत्वपूर्ण योगदान भएको बताउँछन् । मैले रत्नदेवी दिदीसँग संगत गर्ने अवसर त पाईन,उनले भने,‘तर उहाँले पोखराको रंगकर्मलाई एक… पुरा पढौ

कवि केबी नाम्जाली स्मृति अक्षयकोषको राशि १ लाख १ हजार पुर्याइयो

कवि केबी नाम्जाली भुरुङ मगरको नाममा स्थापित “कवि केबी नाम्जाली भुरुङ मगर स्मृति अक्षयकोष”को राशि १ लाख १ हजार रुपैयाँ पुर्याइएको छ ।मगर भाषा प्रतिष्ठान, कास्कीले सञ्चालन गर्ने अक्षयकोषमा यसअघि ६० हजार रुपैयाँ रहेको थियो । अक्षयकोषमा कवि भुरुङ परिवारले ४१ हजार रुपैयाँ थप रकम हस्तान्तरण गरेपछि अब अक्षयकोषको रकम १ लाख १ हजार रुपैयाँ भएको छ ।अक्षयकोषको ब्याजबाट हरेक दुई÷दुई वर्षमा एक जना मगर स्रष्टालाई सम्मान गरिँदै आएको छ । अक्षयकोषको थप रकम बिहीबार आयोजित कवि नाम्जालीको ५४ औं… पुरा पढौ

अस्ताए आधुनिक संगीतका ज्येष्ठ गायक जगतमर्दन थापा

आधुनिक संगीतका ज्येष्ठ गायक जगतमर्दन थापा अस्ताएका छन् । कोरोना संक्रमण भएर अस्पतालमा उपचाररत थापा आज विहान अस्ताएका हुन् । उनको गम्भीर अवस्थामा विगत एक महिनादेखि काठमाडौं थापाथलीस्थित नर्भिक अस्पतालमा उपचार भईरहेको थियो ।८५ वर्षीय गायक थापा कोरोना मुक्त भएर घर फर्केपनि छातीमा समस्या भएपछि पुनः अस्पताल लगिएको थियो । उनलाई भेन्टिलेटरमा राखेर उपचार जारी राखिएपनि बचाउन नसकेको परिवारलाई उद्धृत गर्दै साहित्यकार प्रकाश सायमीले बताए ।थापा ८५औं जन्मोत्सवको अवसरमा छैठौं एल्बम निकाल्ने तयारीमा थिए । सोहि काममा ब्यस्त भएका बेला… पुरा पढौ

अभिनेत्री स्वेता खड्काले आज विवाह गर्दै, मेहन्दी लगाउँदै गरेका तस्बिरहरुसहित….

नायीका स्वेता खड्का आज वैवाहिक जीवनमा प्रवेश गर्दैछिन् । उनले आज धनगडीका विजयेन्द्रसिंह रावतसँग विवाह गर्न लागेकी हुन् । उनको विवाह गोकर्ण रिसोर्टमा हुँदैछ । केहि दिनअघी मात्र उनले विवाह गर्ने घोषणा गरेकी थिईन् । आजको विवाहमा परिवार मात्र सिमित रहने बताइएको छ । विश्वव्यापी महामारीका कारण विवाहमा धेरैलाई नबोलाएर परिवार भित्रमात्र सिमित गरेको खड्काले बताएकी छन् । खड्काको यो दोश्रो विवाह हो । अभिनेता श्रीकृष्ण श्रेष्ठसँग विवाह गरेकी उनी ६ वर्षदेखि एकल जीवन बिताउँदै आएकी छन् । विवाह भएको… पुरा पढौ

विहेको अघिल्लो दिन स्वेताले लेखिन् विगत : म जीवनको नवीन यात्रामा

जीवनका बिभिन्न आरोह-अवरोह , उकाली-ओराली , सुख-दु:ख अनि हाँसो-रोदनका पलहरुलाई आत्मसाथ गर्दै आज जिन्दगीको अर्को एउटा मोडमा आईपुगेकी छु । जिन्दगीको यो मोडसम्म आईपुग्दा मैले जे जस्ता पिर,ब्यथा, दु:ख अनि कष्टहरुसंग सामना गरेकी छु, त्यस भित्रको कहालीलाग्दो अनुभवहरुलाई शब्दमा बयान गर्न पनि असमर्थ छु । 'अचानोको पिँडा खुकुरीलाई थाहा हुन्न' भनेझैं समयको दुस्चक्रले ममाथी प्रहार गरेको अनेकन प्रहार र त्यसबाट मैले भोगेको पिंडाहरु केवल मलाई मात्र थाहा छ । म देख्थें, मेरो अगाडि लम्पसार परेर सुतिरहेको जिन्दगीको लामो बाटो जस्मा… पुरा पढौ

स्याङ्जामा स्रष्टा सम्मान तथा रचना वाचन सम्पन्न

मंसिर २० पोखरा । स्याङ्जाको राङखोलामा शनिबार स्रष्टा सम्मान तथा रचना वाचन कार्यक्रम सम्पन्न भएको छ । शिव कुमार अधिकारी प्रतिष्ठान तथा लक्ष्मी स्मृति पुस्तकालयको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा टिकाराम वाग्ले र कपिल अज्ञातलाई नगद, दोसल्ला र सम्मापत्रबाट सम्मान गरिएको छ । सम्मानित स्रष्टाहरुलाई कार्यक्रमका प्रमुख अतिथि त्रिभूवन विश्वविद्यालयका सह–प्रध्यापक पूर्णप्रसाद अधिकारीले दोसल्ला ओडाएर सम्मान गरेका हुन् । स्याङ्जा साहित्य प्रतिष्ठानका अध्यक्ष तथा राङखोला लक्ष्मी स्मृति पुस्तकालयका अध्यक्ष समेत रहेका विश्व प्रेम अधिकारीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा आस्था पौडेल, नविनकुमार जिसी,… पुरा पढौ

नम्रता श्रेष्ठ बनिन् २६ औं मिस नेपाल

पोखरा । नम्रता श्रेष्ठ ‘मिस नेपाल २०२०’ बनेकी छन् । राजधानीमा शनिबार सम्पन्न ग्रान्डफिनालेमा २० प्रतिस्पर्धीलाई पछि पार्दै उनले मिस नेपाल वर्ल्डको उपाधि जितेकी हुन् । श्रेष्ठ २६ औं मिस नेपाल बनेकी छन् । उनलाई ‘मिस नेपाल वर्ल्ड २०१९’की अनुष्का श्रेष्ठले ताज पहिराएकी थिइन् । किण्डर गार्डेन शिक्षिका समेत रहेकी २३ वर्षिया नम्रताले अब मिस वर्ल्डमा नेपालको प्रतिनिधित्व गर्न पाउनेछिन् । यसैगरी, ‘मिस नेपाल सुप्रानेसनल २०२०’ को ताज सिमल कनौजियाले पाएकी छन् भने सन्ध्या शर्माले ‘मिस नेपाल इन्टरनेसनल २०२० को ताज… पुरा पढौ

नारायण गोपालको ३० औं स्मृति दिवस : एभरेस्ट एफ.एम.९३ मेगाहर्जले यसरी सम्झियो, स्वर सम्राटलाई …

नेपाली गीत, संगीत जगतका चम्किला तारा स्वर सम्राट नारायणगोपाल गुरुवाचार्यको स्वर्गारोहण भएको ३० वर्ष पुगेको छ। ३० वर्ष यता, हरेक वर्षको मंसीर १९ गते उनै स्वर सम्राटलाई सम्झने गरिन्छ। आज यस वर्षको मंसीर १९ गते अर्थात स्वर सम्राट नारायण गोपालको ३० औं स्मृति दिवस। उनका कालजयी गीतले नेपाली गीत–सङ्गीतको स्वरुप नै बदलिदियो । हिन्दी गीतबाट प्रभावित त्यतिबेलाको समयमा उनका एकपछि अर्को गर्दै आएका विभिन्न गीतहरुले दर्शक, स्रोताको मन जित्न सफल भएका छन् । उनका गीत राष्ट्रिय भावले ओतप्रोत रहेका छन्… पुरा पढौ

‘विफोर नारायणगोपाल र आफ्टर नारायणगोपाल’

प्रकाश सायमी नेपाली संगीतको इतिहास लेखिँदा विफोर नारायणगोपाल र आफ्टर नारायणगोपाल भनेर नै लेखिनेछ, यसमा विवाद नरहला ।नारायणगोपालले गोपाल योञ्जन र नगेन्द्र थापासित मिलेर आफ्नो गायनको विशेष यात्रा शुरु गर्दा उनका यसअगिका ६ गीतका इतिहासले एउटा अद्धितीय पाना ओगटिसकेको थियो । हिन्दी गीत भर्सेज् एन गोपाल :किलागल बस्ने नारायणगोपाल गुरुवाचार्य र कमलपोखरी बस्ने रत्न शम्सेर थापालाई जोड्ने श्रेय त्यतिवेलाको त्रिचन्द्र कलेजलाई जान्छ । रत्नशम्सेर थापासित भेट्न अगि नारायणगोपालले प्रेमध्वज प्रधान र माणीकरत्न स्थापितको संयुक्त संगीतमा गीतकार राममान श्रेष्ठको शब्दमा जीवन… पुरा पढौ

लामिछानेद्वारा निर्देशशित म्यूजिक भिडियो सार्वजनिक

चलचित्र निर्देशक घनश्याम लामिछानेको निर्देशनमा निर्माण भएको म्यूजिक भिडियो सार्वजनिक भएको छ । लामिछानेद्वारा निर्देशित म्यूजिक भिडियो बुधबार पोखरामा एक कार्यक्रम आयोजना गरि सार्वजनिक गरिएको हो । रामकृष्ण ढकालको आवाज, गीतकार विष्णु पौडेलको शब्द र बिमल डाँगीको संगीत रहेको गीत “तिमीलाई पर्खी बसे” गीत लामिछानेको निर्देशनमा म्यूजिक भिडियो बनाइएको छ । चलचित्र पत्रकार संघ कास्कीले आयोजना गरेको कार्यक्रममा बोल्दै निर्देशक लामिछानेले गीतको म्युजिक भिडियोमा सच्चा प्रेमीको कथालाई प्रस्तुत गर्न खोजिएको बताए । तीन दिन लगाएर पोखराको सराङकोट र लेकसाइडमा छायांकन… पुरा पढौ