समाचार

पुरातात्विक सम्पदाको संरक्षण र पुनःनिर्माणमा चासो

गलेश्वर । म्याग्दीका स्थानीय तहले पुरातात्विक सम्पदाको संरक्षण र पुनःनिर्माणमा चासो देखाउन थालेका छन् । संरक्षण र मर्मत सम्हारको अभावमा वर्षौदेखि अलपत्र ऐतिहासिक तथा पुरातात्विक सम्पदाको मर्मत, पुनःनिर्माण, संरक्षण तथा प्रचारप्रसार गरी पर्यटकीय गन्तव्यका रुपमा विकास गर्न स्थानीय तह सक्रिय भएका हुन् । तत्कालिन पर्वत राज्यको मुकाम रहेको म्याग्दीको बेनीबजार, पुलाचौर, ढोलठान, डढेकोट ताकम र ज्यामरुककोटका ऐतिहासिक देवल र पुरातात्विक सम्पदा पुनःनिर्माण भइसकेका छन् भने कतिपय सम्पदा पुनःनिर्माण तथा मर्मत भइरहेका छन् । संरक्षण र प्रचारप्रसारको अभावमा ओझेलमा परेका यहाँका… पुरा पढौ

पोखरा वडा नं. २५ द्धारा ज्येष्ठ नागरिकलाई घरमै स्वास्थ्य सेवा

गण्डकी । पोखरा महानगरपालिका–२५ ले ‘वडा नागरिक आरोग्य कार्यक्रम’ सुरू गरेको छ । ज्येष्ठ नागरिकलाई घरमै आधारभूत स्वास्थ्य सेवा प्रदान गर्न सो कार्यक्रम सञ्चालन गरिएको हो । हेम्जा स्वास्थ्य चौकीका प्रमुख कुश्मराज सुवेदीका अनुसार ज्येष्ठ नागरिकसँगै अन्य दीर्घ रोगी, अशक्त र विपन्न परिवारका सदस्यलाई लक्षित गरेर कार्यक्रम सञ्चालन गरिएको हो । “विशेष गरी नसर्ने रोगबाट प्रभावित ज्येष्ठ नागरिकलाई घरमै पुगेर स्वास्थ्य परीक्षण गर्ने, औषधि नियमित गरेनगरेको अनुगमन गरिन्छ”, प्रमुख सुवेदीले भने, “सरकारले सूचीकृत गरेका औषधि निःशुल्क वितरण गर्छौँ ।” उनले… पुरा पढौ

राष्ट्रपतिद्वारा कतारका अमिरको सम्मानमा रात्रिभोज आयोजना

वैशाख ११ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालको दुई दिने राजकीय भ्रमणमा आएका कतारका अमिर शेख तमिम विन हमाद अल थानीको सम्मानमा आज साँझ रात्रिभोजको आयोजना गरेका छन् । सो अवसरमा विविध सांस्कृतिक झलक पनि प्रस्तुत गरिएको थियो । रात्रिभोजमा प्रथम महिला सविता पौडेल, उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालको उपस्थिति रहेको थियो । त्यस्तै रात्रिभोजमा प्रधानन्यायाधीश, पूर्वप्रधानमन्त्रीहरु, उपप्रधानमन्त्री, मन्त्री, सांसद, उद्योगपति एवं विभिन्न क्षेत्रका लब्धप्रतिष्ठित महानुभावको सहभागिता थियो । कतारका… पुरा पढौ

मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

वैशाख ११ कर्णाली । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले बिहीबार विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री कँडेलले यही वैशाख १३ गते विश्वासको मत लिनका लागि प्रदेशसभा सचिवालयमा पत्र दर्ता गराएका थिए । नेकपा (माओवादी केन्द्र) लाई आर्थिक मामिला तथा योजना, सामाजिक विकास, उद्योग, पर्यटन, वन तथा वातावरण र जलस्रोत तथा ऊर्जा विकास मन्त्रालय दिने सहमति भएसँगै माओवादी केन्द्र प्रदेश सरकारमा सहभागी हुने भएको छ । माओवादी केन्द्रले चार मन्त्रालय प्राप्त गरेपश्चात् सरकार विस्तार हुने वातावरण बनेपछि मुख्यमन्त्री कँडेलले विश्वासको… पुरा पढौ

पोखरा १३ को निशुल्क तालिमबाट ४५ जना लाभन्वित

पोखरा । सीप सिकौं, दक्ष बनौं भन्दै पोखरा महानगरपालिका वडा नं. १३ ले निशुल्क सीपमुलक तालिम उपलब्ध गराएको छ ।एडभान्स कटाई सिलाई तालिम, डिप्लोमा ब्युटी पार्लर तालिम र लोकसेवाको अनलाइन कक्षा निशुल्क रुपमा उपलब्ध गराइएको वडाध्यक्ष किरण बरालले जानकारी दिए । वडाको भौतिक विकास सँगै नैतिक विकासमा पनि आफु सचेत रहेको उनले उल्लेख गरे । वडाका बेरोजगार युवाहरुलाई सीपमुलक तालिम दिलाई रोजगार दिलाउने उद्देश्य स्वरुप कार्यक्रम गरिएको उनले बताए । “वडाको विकास भनेको भौतिक मात्र होइन, नैतिक पनि हो ।… पुरा पढौ

लगानी सम्मेलनमा सोकेसमा राखिने परियोजनाको सूची स्वीकृत

वैशाख ११ काठमाण्डौं । आज बसेको लगानी बोर्डको ५८औँ बैठकले तेस्रो लगानी सम्मेलनमा आशयपत्र आह्वान गरिने, सोकेस गरिने र सम्भावित बजार खोजिने (मार्केट साउन्डिङ) परियोजनाको सूची स्वीकृत गरेको छ । सम्मेलनमा सरकारी र निजीसमेत गरी कूल एक सय ४८ वटा परियोजना सोकेसमा राखिनेछन् । आजको बैठकले दुई वटा परियोजनामा लगानी थप गर्ने निर्णय गरेको बोर्डका प्रवक्ता प्रद्युम्नप्रसाद उपाध्यायले जानकारी दिए । ह्वासिन नारायणी सिमेन्ट परियोजनाको लागि रु छ अर्ब ६३ करोड ४० लाख बराबर थप लगानी स्वीकृत भएको छ ।… पुरा पढौ

राष्ट्रपति पौडेल र कतारका अमिर अल थानीबीच भेटवार्ता

वैशाख ११ काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु परिवर्तनबाट पृथ्वीलाई सुरक्षित राख्ने, हिमाललाई जोगाउने, पानीको स्रोत बचाउने र वातावरण सन्तुलन राख्नेजस्तो साझा चासोको मुद्दामा सहकार्यका लागि कतारलाई आग्रह गरेका छन् । राष्ट्रपति पौडेलको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको दुई दिने राजकीय भ्रमणमा मङ्गलबार अपराह्न काठमाण्डौं आइपुगेका कतारका अमिर शेख तमिम विन हमाद अल थानीसँग राष्ट्रपति भवन शीतल निवासमा भएको द्विपक्षीय भेटवार्ताका अवसरमा उनले यस्तो बताएका हुन् । “आजको विश्वको साझा समस्या भनेकै जलवायु परिवर्तनबाट हाम्रो पृथ्वीलाई कसरी सुरक्षित राख्ने, हाम्रो हिमाललाई कसरी… पुरा पढौ

पोखरा स्पोर्ट्स अवार्डलाई टेल्जीको साथ

वैशाख ११ पोखरा । योमा मा ई मोर्टस् प्रा.लि. ले आठौं संस्करणको ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सहयोग गर्ने भएको छ । यही वैशाख २८ गते शुक्रबार पोखरा सभागृह हलमा आयोजना हुने ‘पोखरा स्पोर्ट्स अवार्ड २०८०’ लाई सफल पार्न टेल्जी ब्राण्डको इलेक्ट्रिक स्कुटरको आधिकारिक विक्रेता योमा मा ई मोर्टस् प्रा.लि.ले सहयोग गर्ने भएको नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले जनाएको छ । मञ्चले वर्ष खेलाडी महिला तथा पुरुष विधाका विजेतालाई उक्त ब्राण्डको स्कुटरको पुरस्कार स्वरुप प्रदान गर्ने भएको छ । प्रा.लि.का… पुरा पढौ

होटल पोखरा भिलेज एण्ड स्पा बन्यो चारतारे स्तरको

पोखरा, बैशाख ११ पोखराको चर्चित होटल मध्येको एक होटल पोखरा भिलेज अब चार तारे लेभलको बनेको छ । पोखराका पुराना पर्यटन व्यवसायी हरि शर्मा गैह्रेले आफूले सञ्चालन गर्दै आएको पोखरा हल्लनचोकदेखि करीब एक सय मिटर उत्तरतर्फ रहेको होटल पोखरा भिलेजलाई अपग्रेड गरेर चार तारे लेभलको बनाइएको हो । जसका लागि उनले पछिल्लो पटक ७ तले नया भवन थपेका छन् । जहाँ ४२ वटा कोठाहरु थपिएपछि अब होटल पोखरा भिलेज एण्ड स्पामा कुल ६५ वटा कोठाहरु पुगेको सञ्चालक हरि शर्मा गैह्रेले… पुरा पढौ

पोखरामा दुर्लभ बन्य जन्तुको मासु सहित १ जना पक्राउ

पोखरा । पोखरामा दुर्लभ बन्य जन्तुको मासु सहित १ जना पक्राउ परेका छन् । दुर्लभ बन्य जन्तु नाउर झारलको जस्तो देखिने १० के.जी मासु र हड्डी सहित काठमाण्डौ गोकर्णेश्वर न.पा. वडा नं. ८ बस्ने ६९ वर्षका बोर बहादुर लामा पक्राउ परेका हुन् । वडा प्रहरी कार्यालय गगनगौडा कास्कीबाट खटिएको प्रहरी टोलीले पोखरा ३० को पावरहाउस स्थितमा सवारी साधन चेकजाँच गर्ने क्रममा उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका प्रहरी नायव उपरिक्षक तथा सुचना अधिकारी बसन्त कुमार शर्माले जानकारी दिए ।… पुरा पढौ