समाचार

कास्की माओवादीले गर्यो लेनिनको योगदानको स्मरण

पोखरा, बैशाख १० नेकपा माओवादी केन्द्र कास्कीले लेनिनको योगदानको स्मरण गरेको छ । लेनिनको १५४ औं जन्मजयन्ती र नेपाल कम्युनिष्ट पार्टीको स्थापना दिवसको अवसरमा नेकपा माओवादी कास्कीले सोमबार पोखरामा आयोजना गरेको अन्र्तक्रिया कार्यक्रममा विश्व कम्युनिष्ट आन्दोलन र क्रान्तिका नायक लेनिनको योगदानको स्मरण गरिएको हो । कार्यक्रममा बोल्दै नेकपा माओवादी केन्द्रका सचिव तथा गण्डकी प्रदेश ईञ्चार्ज दीनानाथ शर्माले लेनिन क्रान्ति र समाजवादको पर्याय भएको बताए । उनले नेपालको कम्युनिष्ट आन्दोलन र रुसको कम्युनिष्ट आन्दोलनको चरित्र एउटै भएको उल्लेख गरे । लेनिनले… पुरा पढौ

तनहुँमा अदुवा उत्पादन बढ्यो

तनहुँमा यस वर्ष अदुवा उत्पादनमा वृद्धि भएको छ । अदुवाखेतीतर्फ किसानको आकर्षण बढेसँगै उत्पादनमा वृद्धि भएको कृषि ज्ञान केन्द्रले जनाएको छ । पछिल्लो समय बाँदरले दुःख दिन थालेपछि किसान अदुवाखेतीतर्फ लागेका छन् । चालु आर्थिक वर्ष २०८०÷८१ मा पाँच हजार छ सय ७९ मेट्रिक टन अदुवा उत्पादन भएको कृषि ज्ञान केन्द्रका सूचना अधिकारी किरण परियारले जानकारी दिए । चालु आवमा पाँच सय २४ हेक्टर क्षेत्रफलमा अदुवाखेती गरिएको थियो । गत आव २०७९÷८० मा पाँच हजार छ सय ५४ मेट्रिक टन… पुरा पढौ

पूर्वराष्ट्रपति भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’

नेपाल कम्युनिष्ट पार्टी (एमाले)ले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीलाई ‘गणतन्त्र गौरव सम्मान’ प्रदान गरेको छ । ललितपुरको गोदावरीस्थित सनराइज सभाहलमा नेकपास्थापना भएको ७५औँ स्थापना दिवस (हिरक महोत्सव) समारोहमा एमाले अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति भण्डारीलाई उक्त सम्मान प्रदान गरेका हुन। हिजो सम्पन्न एमालेको राष्ट्रिय महाधिवेशन प्रतिनिधि परिषद् बैठकले एमालेका पूर्वउपाध्यक्षसमेत रहेकि भण्डारीलाई सम्मान गर्ने प्रस्ताव पारित गरेको थियो । मुलुकको लोकतान्त्रिक तथा कम्युनिष्ट आन्दोलनमा योगदान पु¥याउनु भएको, राष्ट्रिय स्वाभिमान रक्षाका खातिर अडान लिएका व्यक्तिहरुलाई सम्मान गर्ने घोषित योजनाअनुसार पार्टीका पूर्वउपाध्यक्ष एवं पूर्वराष्ट्रपति… पुरा पढौ

बागलुङका गाउँमा स्वास्थ्य बीमा पुग्यो तर सेवा पुगेन

बागलुङमा एक लाख १६ हजार नागरिक स्वास्थ बीमामा आबद्ध भएका छन् । स्वास्थ्य बीमाको पहुँच वृद्धि गरी नागरिकलाई निःशुल्क स्वास्थ्य सेवा प्रदान गर्ने उद्देश्यले विसं २०७३ असारदेखि लागू भएको यस कार्यक्रममा नागरिकको आकर्षण थप बढ्दो छ । सो बीमाबाट लाभ लिनका लागि स्वास्थ्य सेवाको पहुँच भने अझै पुग्न सकेको छैन । स्वास्थ्य बीमामा पहुँच पुगे पनि आफ्नै पालिकामा त्यसबाट लाभ लिन नपाएकामा बीमितहरू निराश देखिएका छन् । निसीखोला गाउँपालिका–३ का हुमलाल रेग्मीले आफ्नै पालिकामा निःशुल्क स्वास्थ्य सेवा पाउने आशले स्वास्थ्य… पुरा पढौ

कतारका राजा आउँदा भोलि सार्वजनिक बिदा दिने सरकारको निर्णय

सरकारले कतारका अमिर शेख तमिम बिन हमाद अल थानीको नेपालको राजकीय भ्रमणका अवसरमा भोलि मङ्गलबार सार्वजनिक बिदा दिएको छ । सिंहदरबारमा आज भएको मन्त्रिपरिषद् बैठकले कतारका अमिरले यही वैशाख ११ देखि गर्ने नेपालको राजकीय भ्रमणको अवसरमा भोलि सार्वजनिक बिदा दिने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले जानकारी दिइन । मन्त्रिपरिषद् बैठकले लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश जारी गर्न राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पेस गर्ने निर्णय गरेको छ । विपद्बाट क्षति भएका तथा जोखिममा रहेका निजी… पुरा पढौ

मनाङमा एक वर्षमा २१ हजार पर्यटक भित्रिए

हिमाली जिल्ला मनाङ आउने पर्यटक बढ्दै गएका छन् । विश्वकै १०औँ स्थानमा पर्ने जोखिमयुक्त पदमार्ग र मनास्लु पदयात्राको यात्रामा आउने विदेशी पर्यटक आगमन बढ्दो छ । विसं २०८० मा २१ हजार चार सय ९५ पर्यटक भित्रिएका अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाले जनाएको छ । वैशाखदेखि चैत मसान्तसम्ममा सो सङ्ख्यामा विदेशी पर्यटक भित्रिएका हुन् । तीमध्ये फ्रान्सका नागरिक बढी आगमन भएको तथ्याङ्कमा उल्लेख छ । मनाङ फ्रान्सका नागरिकको रोजाइमा पर्ने गरेको अन्नपूर्ण क्षेत्र संरक्षण आयोजनाका प्रमुख ढकबहादुर भुजेलले जानकारी दिए । उनका… पुरा पढौ

नेकपा स्थापनाको आज हीरक महोत्वस

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) स्थापनाको आज ७५ वर्ष पूरा भएको छ । नेपालमा तत्कालीन समयमा जहाँनीया राणा शासन कायम भएकाले सो को विरोधमा छिमेकी राष्ट्र भारतमा भूमिगत भई जनताको मुक्तिका पक्षमा राजनीति र अध्ययन गर्दै आएका नेपाली युवाको सक्रियतामा नेकपा को स्थापना भएको थियो । त्यसबेला भारतको कोलकातामा रहेका पुष्पलाल श्रेष्ठले नेपाली राष्ट्रिय कांग्रेसबाट राजीनामा दिई माक्र्सवादको अध्ययन गरी २००५ चैत २३ गते ‘कम्युनिष्ट घोषणापत्र’लाई नेपाली भाषामा अनुवाद गरेपछि नेपालमा कम्युनिष्ट विचारको प्रकाशनको सूत्रपात भएको मानिन्छ । नेपालमा २००६ वैशाख… पुरा पढौ

शिक्षक महासङ्घको महाधिवेशन आजदेखि

नेपाल शिक्षक महासङ्घको दोस्रो राष्ट्रिय महाधिवेशन आजदेखि सुरु हुँदै छ । महाधिवेशनबारे आपसी सहमति हुन नसेपछि महासङ्घको एक मुख्य घटक नेपाल राष्ट्रिय शिक्षक सङ्घठनले भने भाग नलिने भएको छ । महासङ्घको विधानविपरीत एक पक्षीय ढङ्घले जिल्ला समितिहरू घोषणा गरिएकाले महाधिवेशन रोक्न आफूहरुले राष्ट्रिय समितिको बैठकमा राखेको प्रस्ताव स्वीकार नगरिएको भन्दै सङ्गठनले महाधिवेशनमा भाग नलिने घोषणा गरेको हो । महासङ्घको सदस्यता नवीकरण, विद्यालयमा नयाँ नियुक्त भएका शिक्षक, प्राविधिक धारका शिक्षक सदस्यताबाट वञ्चित भएका, लोकतान्त्रिक विधिलाई निषेध गरिएको सङ्गठनका महासचिव हंशबहादुर शाहीले… पुरा पढौ

पारिश्रमिक वृद्धि नगरेसम्म एसईईको कपी परीक्षण नगर्ने शिक्षक संघ, संगठनहरुको अडान

पोखरा, बैशाख ९ शिक्षक संघ संगठनहरुले पारिश्रमिक बृद्धि नगरेसम्म एसईईको कपी परीक्षण नगर्ने अडान राखेका छन् । २०७२ सालदेखि हालसम्म कपी परीक्षणको पारिश्रमिक एउटै हुँदा अन्यायमा परेको भन्दै नेपाल राष्ट्रिय शिक्षक संगठन, प्रगतिशिल शिक्षक संगठन, नेपाल शिक्षक संघ, एकीकृत अखिल नेपाल शिक्षक संगठनले पारिश्रमिक बृद्धि नभएसम्म एसईईको कपी परीक्षण नगर्ने अडान यथावत रहेको भन्दै परीक्षा नियन्त्रण कार्यालयको ध्यानाकर्षण गराएका हुन् । उनीहरुले यसअघिपनि पटक पटक ध्यानाकर्षण गराउँदापनि माग सम्बोधन नभएकाले कठोर निर्णय गर्न बाध्य भएको जनाएका छन् । साथै यस… पुरा पढौ

महासंघको गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा महाधिवेशन बहिष्कार घोषणा

९ चैत्र, पोखरा । नेपाल शिक्षक महासंघको गठन प्रक्रियामा असन्तुष्टि जनाउँदै नेपाल राष्ट्रिय शिक्षक संगठनले महाधिवेशन बहिष्कार गरेको छ । हाल नेपाल शिक्षक महासङ्घको २०८१ वैशाख १०(१२ गते घोषित दोस्रो महाधिवेशन सम्बन्धमा सो महासङ्घद्वारा मिति २०८०र१०र२९ गते जारी भएको पत्रको आधारमा विधान बमोजिम स्थानीय, जिल्ला अधिवेशन सहमति नजिक पुगेको अवस्थामा नेपाल शिक्षक महासङ्घका महासचिवद्वारा २०८० चैत्र १६ गते सामाजिक सञ्जालमा सम्प्रेषित सूचना अनुसार कोभिड पश्चात् २०७८ सालमा केन्द्रमा बुझाएको सदस्यता शुल्कको आधारमा तथ्याङ्क तथा पदसोपान विभाजन गरी सार्वजनिक भएको विवरणले… पुरा पढौ