समाचार

समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण छ : उपप्रधानमन्त्री श्रेष्ठ

चैत १४ चीन । उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठले नेपाल राजनीतिक परिवर्तन पछाडि आर्थिक समृद्धिको यात्रामा क्रियाशील रहेको जनाउँदै समृद्धिको यात्रामा चिनियाँ सहयोग महत्वपूर्ण हुने बताएका छन् । जनवादी गणतन्त्र चीनको औपचारिक भ्रमणमा रहेका उनले चिनियाँ कम्युनिस्ट पार्टी छोनछिन पार्टी सचिव युयान जाइजुनसँग आज भएको भेटवार्तामा नेपाल र चीन समृद्धिको यात्रामा सँगसँगै अघि बढ्नुपर्ने बताए । उनले भने, “चीन नेपालमा वैदेशिक लगानी गर्ने पहिलो र वैदेशिक व्यापारमा दोश्रो ठुलो मुलुक हो, आर्थिक सहयोग, लगानी अभिवृद्धि, पर्यटन प्रवद्र्धन तथा व्यापारलाई साथसाथै… पुरा पढौ

पोखरा स्पोर्टस् अवार्डको प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय

चैत्र १४ पोखरा । आठौं संस्करणको ‘पोखरास्पोर्टस् अवार्ड २०८० को प्रबद्र्धकमा नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालय रहने भएको छ । आउँदो वैशाख २१ गते पोखरा सभागृहमा हुने उक्त अवार्डलाई सफल पार्न बोर्ड र नेपाल खेलकुद पत्रकार मञ्च गण्डकी बिच बुधबार सम्झौता भएको हो । नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश कार्यालयका प्रमुख नविन पोखरेल, बोर्डका बरिष्ठ अधिकृत कुन्दन शर्मा मिश्र र मञ्च गण्डकीका अध्यक्ष दीननाथ बराल बिच सम्झौता पत्रमा हस्ताक्षर गरिएको थियो । पोखराको खेल पर्यटन प्रबद्र्धन गर्न यस्ता कार्यक्रमले… पुरा पढौ

एमाले कास्कीमा अधिकारी प्यानल नै बिजयी, मतसहित

पोखरा, चैत १४ नेकपा एमाले कास्कीको नया नेतृत्वमा खगराज अधिकारी समूहको प्यानल नै बिजयी भएको छ । एमाले कास्कीको नया नेतृत्वका लागि पार्टीका उपमहासचिव पृथ्वी सुब्बा गुरुङ र पूर्व संगठन विभाग प्रमुख खगराज अधिकारी समूहबीच प्यानल बनाएरै प्रतिष्पर्धा भएको थियो । प्रतिष्पर्धामा खरो उत्रिदै अध्यक्षमा अधिकारी समूहका बैनबहादुर अधिकारी क्षेत्रीको प्यानल नै बिजयी बन्दा पृथ्वी सुब्बा समूह कमजोर रहेको पुष्टि गरेको छ । अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीले प्रतिष्पर्धी माधव बास्तोलालाई २०४ मतान्तरले हराउँदै बिजयी भए । बिजयी अधिकारीले ५५१ मत… पुरा पढौ

एमाले कास्कीको सचिवमा दर्शन लामा बिजयी

पोखरा, चैत १४ नेकपा एमाले कास्कीको सचिवमा दर्शन लामा बिजयी भएका छन् । लामाले प्रतिष्पर्धी सुरेन्द्र गुरुङलाई २७५ मतान्तरले पछि पार्दै बिजयी भएका हुन् । बिजयी लामाले ५ सय ९५ मत मत प्राप्त गर्दा पराजित गुरुङले ३२० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । पुरा पढौ

एमाले कास्की अध्यक्षमा बैनबहादुर अधिकारी बिजयी

पोखरा, चैत १४ नेकपा एमाले कास्कीको अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्री बिजयी भएका छन् । अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीले प्रतिष्पर्धी माधव बास्तोलालाई २०४ मतान्तरले हराउँदै बिजयी भएका हुन् । बिजयी अधिकारीले ५५१ मत ल्याएर बिजयी हुँदा उनका निकटतम प्रतिष्पर्धी माधव बास्तोलाले ३४७ मत प्राप्त गरे । पुरा पढौ

एमाले कास्कीमा ५७४ मत गन्दा बैनबहादुर १३७ मतले अगाडि

पोखरा, चैत १४ नेकपा एमाले कास्कीको मतगणना जारी छ । अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीले अग्रता जारी राखेका छन् । हालसम्मको गणनामा अधिकारीले प्रतिष्पर्धी माधव बास्तोलालाई १३७ मतान्तरले पछि पारेका छन् । कुल ५१२ मत गणना सकिदा अधिकारीले ३४९ मत ल्याएर अग्रता बनाउँदा उनका प्रतिष्पर्धी माधव बास्तोलाले २१२ मत ल्याएका छन् । अर्का उम्मेदवार विवेक त्रिपाठीले १३ मत ल्याएका छन् । पुरा पढौ

एमाले कास्कीको अध्यक्षमा बैनबहादुरको ७० मतको अग्रता

पोखरा, चैत १४ नेकपा एमाले कास्कीको मतगणना शुरु भएको छ । अध्यक्षमा बैनबहादुर अधिकारी क्षेत्रीले अग्रता लिएका छन् । हालसम्मको गणनामा अधिकारीले प्रतिष्पर्धी माधव बास्तोलालाई ७० मतान्तरले पछि पारेका छन् । अधिकारीले १७९ मत ल्याएर अग्रता बनाउँदा उनका प्रतिष्पर्धी माधव बास्तोलाले १०९ मत ल्याएका छन् । अर्का उम्मेदवार विवेक त्रिपाठीले ९ मत ल्याएका छन् । पुरा पढौ

पोखरामा हुने अन्तर विद्यालय छात्रा क्रिकेटलाई कंगारुको साथ

पोखरा । पोखरा महानगरपालिका क्रिकेट संघको आयोजनामा आगामी बैशाख १५ देखि शुरु हुन लागेको पोखरा महानगरस्तरिय अन्तर विद्यालय छात्रा क्रिकेट प्रतियोगितालाई कंगारु एजुकेशन फाउण्डेशनले मुख्य प्रायोजन गर्ने भएको छ । फाउण्डेशन र आयोजक पोखरा महानगरपालिका क्रिकेट संघविच उक्त सम्झौता भएको आयोजक समितिका अध्यक्ष विरेन्द्र पुनले जानकारी दिए । २०२७ को टि ट्वान्टी यु–१९ विश्वकप क्रिकेट प्रतियोगितामा पोखराबाट खेलाडी उत्पादन गर्दै पोखरालाई क्रिकेटका माध्यमबाट पनि परिचित गराउन यो सहयोग गरेको फाउण्डन पोखराका निर्देशक टि आर काफ्लेले बताए । अध्यक्ष पुनले फाउण्डेशनको… पुरा पढौ

नेकपा एमाले कास्कीको नया नेतृत्व चयनका लागि मतदान जारी

पोखरा । नेकपा एमाले कास्कीको नया नेतृत्व चयनका लागि मतदान जारी छ । आईतबारदेखि शुरु भएको अधिवेशन अन्तर्गत मंगलबार साँझ ७ बजेदेखि मतदान शुरु भएको थियो । हिजो बेलुकादेखि शुरु भएको मतदान अहिलेपनि जारी रहेको निर्वाचन समितिले जनाएको छ । ९३५ सदस्य प्रतिनिधि रहेकोमा अहिलेसम्म ८२५ जनाले मतदान गरिसकेको निर्वाचन समितिका सदस्य शंकर सैंजुले जानकारी दिए । नेकपा एमाले कास्कीको नया नेतृत्व चयनका लागि भइरहेको निर्वाचनमा भोटिङ मेसिनको प्रयोग गरिएको छ । जसमा मतदान गर्नका लागि एक जनालाई ९ मिनेदेखि… पुरा पढौ

धुलोधुवाका कारण सडक विस्तारका कारण राजमार्ग छेउका होटल सुनसान

तनहुँ । पृथ्वी राजमार्ग विस्तारसँगै धुलोका कारण सो राजमार्गमा दैनिक गुड्ने बसका यात्रुको खाजा र खाना खाने गन्तव्य बदलिएको छ । धुलोका कारण राजमार्ग छेउछाउका होटल सुनसान बनेका छन् । पृथ्वी राजमार्गको पोखरादेखि नौविसेसम्मको एक सय ७२ किलोमिटर सडक खण्डमध्ये तनहुँको ७२ किलोमिटर सडक विस्तारको काम धमाधम भइरहेको छ । यात्रुले खाजा र खाना नखाँदा व्यवसाय धान्न गाह्रो भएको होटल व्यवसायी बताउँछन् । उनीहरु डेड वर्षदेखि राजमार्गको धुलोले सास्ती खेप्दै आएका छन् । “सडक विस्तार अघि खाजा र खाना खान… पुरा पढौ