समाचार

सुन तस्करी प्रकरणः महरासँग आज पनि बयान लिइँदै

सुन तस्करी प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष कृष्णबहादुर महरासँग बयान लिन सुरु भएको छ । यही चैत ५ गते कपिलवस्तुको पकडीबाट पक्राउ गरिएका महरामाथि बुधबारदेखि मात्रै बयान लिन सुुरु भएकोे जिल्ला सरकारी वकील कार्यालय काठमाडौँले जनाएको छ । उक्त कार्यालयका प्रमुख सन्देश श्रेष्ठले उनीसँग बयान शुरु भएको र आज पनि बयान लिइने जानकारी दिए । उहाँलाई काठमाडौँ जिल्ला अदालतले ४ दिन हिरासतमा राख्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोलाई अनुमति दिएको छ । अस्पतालमा राखेर अनुसन्धान अघि… पुरा पढौ

गण्डकी पारा खेलकुदमा विभिन्न इभेन्टहरु सम्पन्न

पोखरा । प्रदेश खेलकुद परिषद गण्डकीको आयोजनामा बुधबार पहिलो दिन विभिन्न इभेन्टहरु सम्पन्न भएका छन् । पोखरा रंगशालामा पहिलो दिन मनोसामाजिक अपाङ्गता, बौद्धिक अपाङ्गता र अटिजम अपाङ्गता गरी तीन विभिन्न खेलका इभेन्टहरु सम्पन्न भएका हुन् । यस अघि उक्त प्रतियोगिता प्रदेश खेलकुद परिषद गण्डकीका सदस्य सचिव श्रीधर शर्माले एक कार्यक्रमका बीच उद्घाटन गरेका थिए । मनोसामाजिक अपाङ्गता म्युजिकल चियर प्रतियोगितामा विपना तामाङ्ग प्रथम, मनिशा भुसाल द्वितिय, सुजिता परियार तृतिय र ऋतु मजाकोटी चौथो भएकी छन् । बिजेताहरुले क्रमश नगद रु… पुरा पढौ

पोखरामा कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल सुरु

नेपाल ट्रस्टको मैदानलाई महानगरको स्वामित्वमा ल्याउन पहलः वडाध्यक्ष भट्टराई पोखरा । पोखराको बाराहीघाटमा पूर्व फुटबल रेफ्री स्वर्गीय कृष्ण गिरीको सम्झनामा पहिलो संस्करणको एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको छ । पोखरामा सामाजिक र खेलकुदको क्षेत्रमा क्रियाशिल बिक्कु गिरी, विषम पहारी र सञ्जय बुढाथोकीको सयुक्त आयोजनामा आजदेखि पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगिता सुरु भएको हो ।आजदेखि सुरु भएको पहिलो संस्करणको कृष्ण मेमोरियल एट ‘ए’ साइड भेट्रान फुटबल प्रतियोगितामा मालेपाटन एफसीले विजयी सुरुवात गरेको छ… पुरा पढौ

एक्सपर्ट एडुकेशनले आयोजना गर्ने “Expert Edu Conclave” तयारी पूरा

पोखरा / विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीलाई एक्सपर्टले शैक्षिक परामर्श गर्ने भएको छ। एक्सपर्ट एडुकेशनले विद्यार्थीलाई मध्यनजर गर्दै "Expert Edu Conclave" आयोजना गरेको हो। आफ्ना विद्यार्थीलाई उच्च शिक्षाको बारेमा जानकारी दिने हेतुका साथ आयोजना गरेको एकुकेशन कन्केलभको तयारी पूरा भएको एक्सपर्टले जनाएको छ। विदेश अध्ययन गर्न जान चाहने विद्यार्थीहरुलाई परामर्श प्राप्त गर्न सहज होस् भन्ने उद्देश्यले शैक्षिक परामर्श कार्यक्रम "Expert Edu Conclave" आयोजना गरिएको एक्सपर्ट पोखराका मार्केटिङ म्यानेजर विष्णु प्रसाद गौतमले जानकारी दिए। बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म… पुरा पढौ

मुग्लिन-पोखरा सडकको पश्चिम खण्डमा ७० मठमन्दिर भत्किने

मुग्लिन-पोखरा सडक बिस्तार आयोजना अन्तर्गत तनहुँको पश्चिम खण्डमा करिब ७० वटा मठमन्दिर भत्किने भएका छन् । राजमार्गको सडक मापदण्डभित्र निर्माण गरिएका मठमन्दिरहरु भत्किने भएका आयोजनाले जनाएको छ । तनहुँ खण्डमा मात्रै बाह्र मन्दिर र दुई पार्क भत्किने छन् प्रमुख जिल्ला अधिकारीको संयोकत्वमा गठित मुआब्जा निर्धारण समितिको हालै बसेको बैठकले मन्दिरको क्षतिपूर्तिका लागि मुआब्जा निर्धारण गरिसकेको छ । तनहुँ खण्डका लागि मात्रै रु ३४ लाख मुआब्जा वितरण गर्नुपर्ने देखिएको छ भने कोत्रेदेखि कास्कीको सेतीपुलसम्मको लगत लिने काम भैरहेको रेना आरडिइटी–एस कन्सल्टटेन्सीका… पुरा पढौ

झिनो अङ्कले घट्यो नेप्से परिसूचक

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा झिनो अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक तीन दशमलव ३४ अङ्कले घटेर दुई हजार ६३ दशमलव ९५ को बिन्दुमा कायम भएको हो । विभिन्न तीन सय पाँच कम्पनीका ९४ लाख ४५ हजार छ सय ९७ कित्ता शेयर ६० हजार १६ पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ४९ करोड ६२ लाख ८४ हजार ३६ बराबरको कारोबार भएको छ । कारोबारमा ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने एक सय ४७ कम्पनीको शेयर मूल्य घटेको… पुरा पढौ

माछापुच्छ्रे गाउँपालिकाले पर्यटन शुल्क लिने, पर्यटकले तेहेरो शुल्क तिर्नुपर्ने बाध्यता

माछापुच्छ्रे गाउँपालिकाले पर्यटकसँग प्रवेश शुल्कका नाममा पर्यटन शुल्क उठाउने भएको छ । गाउँपालिकाले एक सूचना निकालेर चैत १ गतेदेखि पर्यटकसँग पर्यटन शुल्क उठाउने जनाएको हो । योसँगै अब पर्यटकले तेहेरो शुल्क तिर्नुपर्ने भएको छ । यसअघि नेपाल सरकारले ट्रेकिङ ईन्फर्मेसन म्यानेजमेन्ट सिस्टम (टिम्स) बापत २ हजार र अन्नपूर्ण कन्जर्भेसन एरिया प्रोजेक्ट (एक्याप)ले आफ्नो क्षेत्रमा प्रवेश गरेवापत छुट्टै ३ हजार शुल्क उठाउने गरेको छ । दुबै गरेर पर्यटकले हालसम्म प्रति व्यक्ति ५ हजार तिर्दै आएका छन् । तर गाउँपालिकाले अबदेखि छुट्टै… पुरा पढौ

नेपाली क्रिकेट टोलीको घोषणा

नेपाल क्रिकेट सङ्घ (क्यान) ले घरेलु मैदानमा आयोजना हुने आयरल्यान्ड ‘ए’ सँग र भारतमा हुने फ्रेन्डसिप कपका लागि आज नेपाली टोली घोषणा गरेको छ । क्यानले रोहितकुमार पौडेलको कप्तानीमा १५ सदस्यीय नेपाली टोलीको घोषणा गरेको हो । छनोट हुने नेपाली टोलिमा कप्तान पौडेलसहित आसिफ शेख, कुशल भुर्तेल, दिपेन्द्रसिंह ऐरी, कुशल मल्ल, विवेक यादव, सन्दीप जोरा, अनिल साह, करण केसी, सोमपाल कामी, गुलसन झा, ललितनारायण राजवंशी, करण केसी, सोमपाल कामी, प्रतिस जिसी, अविनाश बोहरा र आकाश चन्द छन् । नेपालले आयरल्यान्डसँग… पुरा पढौ

एसईई परीक्षाको सम्पूर्ण तयारी पूरा

राष्ट्रिय परीक्षा बोर्डले यही चैत्र १५ गतेदेखि सञ्चालन हुने माध्यमिक शिक्षा परीक्षा (एसईई) को सम्पूर्ण तयारी पूरा भएको जनाएको छ । यसवर्षको एसईई परीक्षाका लागि देशभर दुई हजार ५७ परीक्षा केन्द्र निर्धारण गरिएको छ । चैत १५ गतेदेखि सुरु भई २७ गतेसम्पन्न हुने परीक्षाका लागि बोर्डले उक्त सङ्ख्यामा परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका अध्यक्ष डा महाश्रम शर्माले जानकारी दिए। उनका अनुसार यसवर्ष देशभरबाट करिब पाँच लाख विद्यार्थी एसईई परीक्षामा सहभागी हुनेछन् । यसवर्ष पनि जापानमा एउटा परीक्षा केन्द्र निर्धारण गरिएको… पुरा पढौ

पोखरामा चैत्र १९ देखि ‘स्टार्स समर क्याम्प’ हुँदै

पोखरा । तेस्रो संस्करणको ‘स्टार्स समर क्याम्प २०८०’ हुने भएको छ । वार्षिक परीक्षा पश्चात फूर्सदमा रहेका बालबालिकालाई लक्षित गरेर स्टार्स स्टुडियो नेपाल र स्टार्स फाउन्डेसन नेपालको संयुक्त आयोजनामा यो कार्यक्रम हुन लागेको हो । चैत्र १९ गतेदेखि चैत्र २८ गतेसम्म पोखरामा सञ्चालन हुने क्याम्पले बालबालिकाको व्यक्तित्व तथा नेतृत्व विकास गर्ने अवसरका साथै नयाँ साथीहरुसँग घुलमिल हुने र रमाउने अवसर प्राप्त गर्ने कार्यक्रम संयोजक जसमाया गुरुङ जसुले बताइन् । ‘समर क्याम्पमा बालबालिकाले व्यक्तिगत एवं सिर्जनात्मक सिकाईको बारेमा बुझन् पाउनेछन्, यसका… पुरा पढौ