समाचार

राष्ट्रिय माविको हीरक महोत्सव : एक वर्षमा विभिन्न २२ कार्यक्रम सम्पन्न गरिने स्थापनाको ७५ औ वर्ष

चैत ५ पोखरा । प्रवेशको अवसरमा हीरक महोत्सव मनाइरहेको पोखरा महानगरपालिका वडा नम्बर १ पुरानो टुँडिखेल स्थित राष्ट्रिय माध्यमिक विद्यालयले महोत्सव वर्षभरि विभिन्न २२ कार्यक्रम गरि मनाउने भएको छ । २० मंसिर ०८० मा आफनो स्थापनाको ७४ औ वर्ष पुरा गरि ७५ औ वर्षमा प्रवेश गरेको विद्यालयले हीरक महोत्सव २० मंसिर ०८० देखि २० मंसिर ०८१ सम्म एक वर्ष विविध कार्यक्रम गरि मनाईरहेको छ । यस अघि गत २० मंसिरमा प्रभातफेरी सगै हीरक महोत्वको शुभारम्भ गरिएको थियो । एक वर्षमा… पुरा पढौ

सुन तस्करी प्रकरण : उपाध्यक्ष महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद थप

चैत ५ काठमाण्डौं । नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष, पूर्वसभामुख कृष्णबहादुर महरामाथि अनुसन्धान गर्न नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले चार दिनको म्याद पाएको छ । काठमाडौँ जिल्ला अदालतले सुन प्रकरणको अनुसन्धान गरिरहेको सिआइबीलाई आज नेता महरामाथि अनुसन्धान गर्न चार दिनको म्याद दिएको हो । म्याद थपका लागि उहाँलाई आजै जिल्ला अदालतमा पेश गरिएको थियो । ब्यूरोका प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले म्याद थप भएसँगै थप अनुसन्धानका काम अघि बढाइएको जानकारी दिए । यसअघि सुन प्रकरणमा अनुसन्धान गरेको सिआइबीले महरालाई बयान… पुरा पढौ

निसीखोला बस दुर्घटना अपडेट : सातको मृत्यु, २० जना घाइते

चैत ५ बाग्लुङ । बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने २० जना घाइते भएका छन् । रुकुम पूर्वबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०१–००६ ख ३८७९ नंको बस आज साँझ मध्यपहाडी लोकमार्गमा दुर्घटनामा भएको हो । बस सडकबाट करिब तीन सय मिटर तल पुगेको र उद्धार कार्य जारी रहेको इलाका प्रहरी कार्यालय बुर्तिवाङका प्रमुख प्रहरी निरीक्षक राजकुमार विकले जानकारी दिए । घटनाको थप विवरण आउन बाँकी रहेको छ । रासस पुरा पढौ

आर्दश टोल सुधार समिति बैदाममाः सोमनाथ अधिकारी

चैत ५ पोखरा । आर्दश टोल विकास सस्था पोखरा महानगर पालिका वडा न ६ बैदामको अध्यक्षमा सोमनाथ अधिकारी चयन भएका छन । संस्थाको शनिबार पुनर गठित प्रथम अधिबेशन तथा दोस्रो साधारणसभाले अधिकारीको अध्यक्षतामा १६ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मतिले चयन गरको हो । संस्थाको उपाध्यसक्षमा कृष्ण प्रसाद पौडेल चयन भएका छन् । यस्तै सचिवमा कबिता अर्याल गौतम, कोषाध्यक्षमा सुरज श्रेष्ठ, ससचिबमा मैना देवी रावत लम्साल, चुनिएकी छन् । यस्तै सदस्यहरुमा विर बहादुर सुनार, सन्देश गौतम, पुरुषोतम न्यौपाने, गौमति थापा, राम बहादुर… पुरा पढौ

सत्ताका अगाडि घुँडा टेके मुख्यमन्त्री पाण्डेले, मनाङे बने चौथो पटक मन्त्री

पोखरा, चैत ५ राजिव गुरुङ उर्फ दीपक मनाङे चौथोपटक मन्त्री भएका छन् । गुण्डा नाईकेको छवी बनाएका मनाङे सोमबार चौथो पटक मन्त्री भएका हुन् । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले उनलाई भौतिक पूर्वाधार तथा यातायात विकास मन्त्रीमा नियुक्त गरेका हुन् । विहान नियुक्त भएका मन्त्री मनाङेले सोमबार दिउँसो सपथ लिए । उनलाई प्रदेश प्रमुख डिल्लीराज भट्टले पद तथा गोपनियताको सपथ खुवाएका हुन् । मनाङ (ख)बाट स्वतन्त्र उम्मेदवारी दिएर सर्वसम्मतहुँदै निर्वाचित भई नेकपा एकीकृत समाजवादी प्रवेश गरेका मनाङे यसअघि पृथ्वी सुब्बा… पुरा पढौ

काठमाण्डौंका लागि छुटेको बस बाग्लुङमा दुर्घटना, २ जनाको मृत्यु

बाग्लुङ । बागलुङको निसीखोला गाउँपालिका ६ को जाउले पानी भन्ने स्थानमा बस दुर्घटना भएको छ । पश्चिम रुकुमदेखि काठमाण्डौंका लागी छुटेको बागमती प्रदेश ६ ख ३८७९ नम्बरको बस सोमबार साँझ करिब ४ बजेतिर मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको हो । दुर्घटनामा निसीखोला गाउँपालिका अध्यक्ष सुर्य बहादुर घर्तिका अनुसार २ जनाको मृत्यु १६ बढि घाइते भएको बताइएको छ । मृत्यु र घाइते हुनेको संख्या अझै बढ्न सक्ने प्रत्यक्षदर्सीले बताएका छन । मृतक र घाइतेको उद्धारका निम्ति नेपाल प्रहरी र स्थानीयको सक्रियतामा उद्धारको… पुरा पढौ

आयआर्जनसँग जोड्न विपन्न परिवारलाई बाख्राका पाठी

ढोरपाटन । बागलुङका ग्रामीण क्षेत्रमा अहिले पनि धेरै नागरिक गरिबीको रेखामुनि छन् । ज्याला, मजदुरी र निमेक गरेर दैनिकी चलाउनुपर्ने उनीहरुको बाध्यता छ । आयआर्जनको माध्यम केही छैन भने रोजगारको अवसर पनि छैन । बिहान बेलुका के खाउँ, के लाउँ भन्ने अवस्थाका परिवारलाई काठेखोला गाउँपालिकाले आयआर्जनसँग जोड्न थालेको छ । खास गरी पालिकाभर रहेका दलित समुदायबाट अभियान थालिएको छ । दलित समुदायलाई आम्दानीसँग जोडेर आत्मनिर्भर बनाउनका लागि बाख्राका पाठी वितरण गरिएको छ । गाउँघरमा बाख्रा पाल्नका लागि पर्याप्त घाँस तथा… पुरा पढौ

मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन

तनहुँको आँबुखैरेनी गाउँपालिकास्थित मर्स्याङ्दी नदीमा र्‍याफ्टिङ सञ्चालनका लागि सम्भाव्यता अध्ययन गरिएको छ । गाउँपालिकाले पर्यटन प्रवर्द्धनका लागि आँबुखैरेनी–४ स्थित मर्स्याङ्दीमा र्‍याफ्टिङको सम्भाव्यता अध्ययन गरेको हो । पर्यटनमार्फत गाउँपालिकाको प्रचारप्रसार र समृद्धिका लागि मर्स्याङ्दीमा र्‍याफ्टिङ सञ्चालन गर्न लागिएको गाउँपालिकाका अध्यक्ष शुक्र चुमानले जानकारी दिए। “मर्स्याङ्दीमा व्यावसायिक रुपमा र्‍याफ्टिङ सञ्चालन गर्नका लागि विज्ञ बोलाएर सम्भाव्यता अध्ययन गर्दा सफल भएको छ”, उनले भने, “अब यसलाई व्यावसायिक रुपमा सञ्चालन गर्नेतर्फ अगाडि बढ्छौँ ।” अध्यक्ष चुमानका अनुसार एक्सप्याड नेपालका सिनियर प्रशिक्षक सुमन थापाको नेतृत्वमा र्‍याफ्टिङको… पुरा पढौ

नगरभित्रका ११ धार्मिक तथा पर्यटकीय गन्तव्यको जानकारी ‘क्यूआर कोड’ मार्फत

गलकोट । बागलुङ नगरपालिकाले नगरभित्रका ११ धार्मिक तथा पर्यटकीय गन्तव्यको जानकारी ‘क्यूआर कोड’ (विस्तृत रूपमा प्रतिक्रिया दिने) मार्फत दिन थालेको छ । नगरपालिकाले बागलुङको प्रसिद्ध कालिका मन्दिर, पञ्चकोटदेखि भकुण्डेको बराह तालसहित ११ पर्यटकीय गन्तव्यको जानकारी डिजिटल माध्यममार्फत दिन थालेको हो । नगरपालिकाको नक्सामा ती गन्तव्यको पूर्ण जानकारी अङ्ग्रेजी र नेपाली दुवै माध्यमबाट पढ्न र सुन्न सक्ने व्यवस्था सहित क्यूआर कोड निर्माण गरेको नगर उपप्रमुख राजु खड्काले जानकारी दिए । उनका ‘क्यूआर हेरिटेज म्यापीङ तथा स्टोरी टेलिङ’ गर्ने व्यवस्था मिलाइएको छ… पुरा पढौ

नर्स हत्या प्रकरण: आरोपित युवा मृत फेला

मोरङको विराटनगरस्थित नोबेल शिक्षण अस्पतालमा कार्यरत स्टाफ नर्स २५ वर्षीया चन्द्रिकाकुमारी दासको हत्यामा संलग्न आरोपित युवा मृत फेला परेका छन् । दासको हत्या गरेको आरोप लागेका सिरहाको लहान नगरपालिका–२१ का २३ वर्षीय शिवशङ्कर दास विराटनगर महानगरपालिका–४ स्थित होटल फाइन एण्ड लजमा आइतबार राति मृत फेला परेका हुन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक रञ्जनकुमार दाहालका अनुसार सो होटलमा खानतलासी गर्दा शिवशङ्कर झुण्डिएको अवस्थामा फेला परेका थिए । चन्द्रिकाकुमारीको हत्यामा संलग्न रहेका शिवशङ्कर गत फागुन २६ गते… पुरा पढौ