समाचार

पोखराका मेयर आचार्यलाई मातृशोक

पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्यलाई मातृशोक परेको छ । आचार्यका ममतामयी माता (आमा) जमुनादेवी आचार्यको ७२ वर्षको उमेरमा मंगलबार विहान उपचारका क्रममा निधन भएको हो । केहि समयदेखि अस्वस्थ आचार्य पोखराको चरक मेमोरियल अस्पतालमा उपचाररत थिईन् । स्व. आचार्यका श्रीमान्, तीन छोरा र दुई छोरी तथा पाँच नाति र पाँच नातिनी छन् । पुरा पढौ

चौधरी फाउण्डेसनद्वारा रेन्वो चिल्ड्रेन होमलाई गर्यो खाद्यान्न सहयोग

पोखरा, चैत ६ चौधरी फाउण्डेसनले पोखराको रेन्वो चिल्ड्रेन होम नेपाललाई सहयोग गरेको छ । फाउण्डेसनले रेन्वो चिल्ड्रेन होमलाई खाद्यान्न सहयोग गरेको हो । फाउण्डेसनले मंगलबार ८ बोरा चामल, १ बोरा दाल, १ कार्टुन तेल र ३ कार्टुन चाउचाउ रेन्वो चिल्ड्रेन होमकी सञ्चालिका गोमा ढकाललाई हस्तान्तरण गरेको हो । पोखरा महानगरपालिका वडा नम्बर–६ स्थित रेन्वो चिल्ड्रेन होममा १५ बालिका र ११ बालक गरेर कुल २८ जना बालबालिका आश्रित छन् । त्यसबाहेक ३२ जना बालबालिकालाईपनि आर्थिक सहयोग गर्दै आएको छ । उनीहरु… पुरा पढौ

निसीखोला सवारी दुर्घटनाः ‘संयोगवस हामी त्यहीवेला गस्तीमा थियौ,घाइतेको उद्धार छिटो भयो’

बलेवा । इलाका प्रहरी कार्यालय बुर्तिबाङका प्रमुख राजकुमार विक सोमबार ग्रामीण गस्तीमा थिए । प्रहरी चौकी निसिखोलाका प्रमुख भोजबहादुर गुरुङसहितको प्रहरी जवानहरुको समूह लिएर पूर्वीरुकुम र बागलुङको सिमाना पुगेको विक नेतृत्वको गस्ती बुर्तिबाङ फकिँदै गर्दा साँझ पर्न लागेको थियो । मध्यपहाडी लोकमार्गअन्तर्गत बुर्तिबाङ पातिहाल्ने खण्डमा रात्रि बस चलिरहेका थिए । पातिहाल्नेबाट निसिखोला गाउँपालिका–६ को सीप गस्ती नपुग्दै गस्तीमा रहेको प्रहरीलाई खबर आयो, “जाउलेपानीमा रात्रि बस पल्टियो ।” गस्ती सकाएर ब्यारेक फर्कँदै गरेको प्रहरीको टोली बीचबाटोबाटै फर्कियो । जाउलेपानी पुग्दा बस… पुरा पढौ

अन्नपूर्ण हिमाल आरोहणका लागि पर्वतारोहीको टोली आउन थाले

म्याग्दी । म्याग्दीस्थित अन्नपूर्ण प्रथम हिमाल आरोहणका लागि पर्वतारोहीको टोली आउन थालेका छन् । बसन्त याममा आठ हजार ९१ मिटरको अन्नपूर्ण हिमाल आरोहणका लागि आएका चार आरोहीसहितको टोली आज आधार शिविर पुगेको छ । जङ्गे अल्टिच्युडमार्फत आएका उनीहरु म्याग्दीको अन्नपूर्ण गाउँपालिका–३ दानाबाट हेलिकप्टर चढेर आधार शिविर गएका स्थानीय पर्यटन व्यवसायी इन्द्रसिंह शेरचनले जानकारी दिए। “यो यामको पहिलो टोली आधार शिविर पुगेको छ,” उनले भने, “म्याग्दीमा रहेको धवलागिरि हिमाल चढ्ने टोली पनि केही दिनमा आउदैछन् ।” अष्ट्रेलिया, स्विजरल्यान्ड, बेलायत र युक्रेनका… पुरा पढौ

बेगनासमा प्रथम राष्ट्रिय ड्रागन दौड प्रतियोगिता हुने

लेखनाथ । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले पोखराको पर्यटकीयस्थल लेखनाथको बेगनास तालमा प्रथम राष्ट्रिय ड्रागन बोट दौड प्रतियोगिता गरिने भएको छ । फागु पूर्णिमाको अवसर पारेर यही चैत ११ र १२ गते होटल तथा रेष्टुरेन्ट एसोसिएसन लेखनाथ, पोखरा महानगरपालिका र डा«गन बोट सङ्घ गण्डकीले बेगनासतालमा प्रतियोगिता गर्न लागेका हुन् । प्रतियोगितामा १२–१६ समूहले सहभागिता जनाउने आज बेगनास ताल किनारमा आयोजित पत्रकार सम्मेलनमा आयोजक संस्था ड्रागन बोट सङ्घ गण्डकीका अध्यक्ष दीपक सुवेदीले जानकारी दिए। बेलनास तालमा ड्रागन बोट दौड प्रतियोगितासँगै लेखनाथ क्षेत्रका… पुरा पढौ

नेप्से परिसूचकमा छ दशमलव २४ अङ्कको गिरावट

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक सामान्य अङ्कको गिरावट देखिएको छ । आज नेप्से परिसूचक छ दशमलव २४ अङ्कले घटेर दुई हजार ६७ दशमलव २९ को अङ्कमा कायम भएको हो । आज तीन सय सात कम्पनीक ९४ लाख ७८ हजार नौ सय ३३ कित्ता शेयर ६३ हजार आठ सय एक पटक खरिदबिक्री हुँदा रु तीन अर्ब ६३ करोड ३९ लाख ३६ हजार पाँच सय ५४ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ । वित्त समूह दुई दशमलव १०, जीवन बीमा समूह शून्य… पुरा पढौ

प्रतिनिधिसभामा उठेका प्रश्नमाथि प्रधानमन्त्रीद्वारा जवाफ प्रस्तुत (पूर्णपाठ)

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसलगायतले उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेको राजीनामा, भ्रष्टाचार, सुन तस्करी, जग्गा हिनामिनालगायतका विषयमा सांसदहरुले उठाएका विषयमा जवाफ पेश गरेका छन । नेपाली कांग्रेसले संसदमा गृहमन्त्री लामिछानेको राजीनामा माग गरिरहेकोमा अनुसन्धानबाट दोषी प्रमाणित भए कारबाही गरिने प्रतिवद्धता प्रतिनिधिसभाको आजको बैठकमा प्रधानमन्त्री दाहालले व्यक्त गरे । पोखराको सुर्यदर्शन सहकारीका पीडितले दिएको उजुरीको अनुसन्धान सकिसकेको अवस्थामा लामिछानेलाई उपप्रधानमन्त्री एवम् गृहमन्त्री नियुक्त गर्दा स्वार्थको द्वन्द्व (कन्फ्लिक्ट अफ इन्ट्रेस्ट )नहुने पनि उनको भनाइ छ । प्रतिनिधिसभामा सांसदहरुले… पुरा पढौ

चैत अन्तिम सातादेखिसाता हुने हेमजा आलु महोत्सवको तयारी तिब्र

पोखरा । ‘सुन्दर ठाँउ हेमजा जाऔंः आलुका स्वादिष्ट परिकार खाउँ, आलु एक परिकार अनेक’ भन्ने मूल नाराका साथ यस वर्ष पनि हेमजामा आलु महोत्सव हुने भएको छ । यहि चैत २५ गतेदेखि बैशाख ५ गतेसम्म हुने १२ औं संस्करणको राष्ट्रिय हेमजा आलु महोत्सवको तयारी तीब्र पारिएको छ ।जसअन्र्तगत आइतवार भएको सरोकारवालाको भेलाले राजेन्द्र थापाको संयोजकत्वमा सांस्कृतिक उपसमिति तथा उमा पौडेलको नेतृत्वमा झाँकी ¥याली समिति गठन गरेको छ । स्थानीय विष्णुपादुका क्लवको आयोजनामा हुने उक्त महोत्सवको तयारी स्वरुप हाल दिनहुँ जसो… पुरा पढौ

पूर्वसभामुख महरा अस्पताल भर्ना, आज अस्पतालमै राखिने

चैत ५ काठमाण्डौं । स्वास्थ्य अवस्थाको कारण देखाउँदै काठमाडौँ जिल्ला अदालतले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपाध्यक्ष एवं पूर्वसभामुख कृष्णबहादुर महरालाई अस्पतालमा राखेर अनुसन्धान गर्ने भएको छ । चार दिन हिरासतमा राख्न अनुमति दिएको अदालतले म्याद थपेसँगै बिरामीका कारण उल्लेख गर्दै अस्पतालमा राख्न आदेश गरेकाले सोही अनुसार अस्पतालको व्यवस्थापन गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी) का प्रवक्ता प्रहरी उपरीक्षक होबिन्द्र बोगटीले राससलाई जानकारी दिनुभयो । उहाँका अनुसार नेता महरालाई नर्भिक अस्पताल राखिने छ । महराले आफूले आठ प्रकारका… पुरा पढौ

पोखराको काहुँडाँडामा भिषण आगलागी, बस्ती जोखिममा

पोखरा । पोखराको काहुँडाँडामा भिषण आगलागी भएको छ । पोखरा–११ स्थित काहुँडाडामा सोमबार राती करिव ९ बजेको समयमा नजिकैको जंगलबाट सल्किएको आगो भिषणरुपमा फैलिएको छ । अहिले आगो निभाउन दमकल, नेपाल प्रहरी, सशस्त्र प्रहरी तथा स्थानिय प्रयासरत रहेका छन् । जंगलबाट नजिकै रहेको बस्ती जोखिममा परेको छ । आगो लागिरहेको स्थान र बस्कीको दुरी करिव एक सय मिटरको फरकमा मात्रै रहेको हुँदा उक्त वस्ती जोखिममा रहेको स्थानियले एभरेस्ट आवाज डटकमलाई जानकारी दिए ।आगलागी के कारणले लाग्यो भन्ने खुल्न सकेको छैन्… पुरा पढौ