समाचार

पर्वतमा तेस्रो राष्ट्रिय मगर महोत्सव

पर्वतमा ‘तेस्रो राष्ट्रिय मगर महोत्सव’ मङ्गलबारदेखि सुरु भएको छ । ४२औँ राष्ट्रिय मगर दिवसको अवसर पारेर पुन युवा क्लब पर्वतले महोत्सव आयोजना गरेको हो । यही फागुन २६ गतेसम्म सञ्चालन हुने महोत्सवको पूर्वस्वास्थ्यमन्त्री एवं नेकपा एमाले संसदीय दलका प्रमुख सचेतक पदम गिरीले उद्घाटन गरेका छन । महोत्सव उद्घाटन गर्दै प्रमुख सचेतक गिरीले मुलुकको आर्थिक अवस्था विस्तारै सुधार हुँदै जाने दाबी गरे । इतिहासको कालखण्डमा नेपालको अर्थतन्त्र सबैभन्दा नाजुक अवस्थामा पुगेको बताउँदै उनले विस्तारै अर्थतन्त्र चलायमान हसँदै गएकाले आर्थिक अवस्था पनि… पुरा पढौ

राष्ट्रियसभा अध्यक्षमा माओवादीले उम्मेदवारी दिने

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) ले राष्ट्रियसभा अध्यक्षको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारी दिने भएको छ । पार्टी मुख्यालय पेरिसडाँडामा आज बसेको स्थायी समिति बैठकले उक्त निर्णय गरेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए । “यद्यपि, यस सम्बन्धमा गठबन्धनभित्र पनि छलफल हुनेछ, छलफलबाटै निष्कर्षमा पुगिने छ, अहिले हाम्रो पार्टीले पनि उम्मेदवारी दिने निर्णय गरेको छ”, उनले भने । बैठकमा राष्ट्रियसभा अध्यक्षमा माओवादीले दाबी गर्नुपर्छ भनेर अधिकांश सदस्यले धारणा राख्नुभएको उनले जानकारी दिए । राष्ट्रियसभा अध्यक्षको पद यही फागुन २० गतेदेखि रिक्त हुँदैछ… पुरा पढौ

पर्वतमा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष श्रेष्ठ जेल चलान

पर्वत सदरमुकाम कुश्मामा सञ्चालित माता पाथिभरा बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष किशोर श्रेष्ठ पुर्पक्षका लागि जेल चलान भएका छन् । जिल्ला अदालत पर्वतमा मङ्गलबार भएको थुनछेक बहसपछि श्रेष्ठलाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश भएको हो । जिल्ला न्यायाधीश विद्याराज पौडेलको आदेशले उक्त फैसला सुनाएको श्रेस्तेदार राजु ढुङ्गानाले जानकारी दिए । श्रेष्ठसँगै कपास सफ्टवेयरका सञ्चालक प्रतिमान पौडेललाई पनि पुर्पक्षका लागि जेल चालन गर्न आदेश भएको छ । सहकारी ठगीमा श्रेष्ठ २० दिनदेखि प्रहरी हिरासतमा रहेका थिए भने यसअघि तपाईँ हाम्रो… पुरा पढौ

भक्तराज आचार्यको पशुपति आर्यघाटमा अन्त्येष्टि, सत्य–स्वरुपले दिए दागबत्ती

फागुन १५ काठमाण्डौं । वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यको आज पशुपति आर्यघाटमा अन्त्येष्टि गरिएको छ । उनको पार्थिव शरीरमा उहाँका छोराहरू सत्यराज र स्वरूपराज आचार्यले दागबत्ती दिए । त्यसअघि नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठानमा राखिएको गायक आचार्यको पार्थिव शरीरमा श्रद्धाञ्जलि अर्पण गर्दै सङ्गीतकर्मीले उनकै गीत र भजनमार्फत बिदाइ गरेका थिए । सङ्गीतकार सङ्घ नेपालको आयोजनामा भएको श्रद्धाञ्जलि कार्यक्रममा ‘जहाँ छन् बुद्धका आँखा’, ‘हजार सपनाहरुको माया लागेर आउँछ’, ‘हरे राम हरे कृष्ण’ गीतलाई उपस्थित सङ्गीतकर्मीसँगै स्वर्गीय आचार्यका दुवै छोराले पनि… पुरा पढौ

भारतका विदेशमन्त्रीसँग परराष्ट्रसचिव लम्सालको शिष्टाचार भेट

फागुन १५ काठमाण्डौं । भारत भ्रमणमा रहेकी परराष्ट्र सचिव सेवा लम्सालले आज अपराह्न त्यहाँका बाह्य मामिलामन्त्री डा सुव्रमण्यम जयशङ्करसँग शिष्टाचार भेट गरेकी हुन् । त्यस अवसरमा नेपाल–भारत सम्बन्धका विविध पक्षका साथै भारत सरकारको सहयोगमा नेपालमा सञ्चालित परियोजनाको प्रगतिबारे छलफल भएको यहाँस्थित भारतीय राजदूतावासले जनाएको छ । परराष्ट्र सचिव लम्साल भारतको पुनेमा आगामी बिहीबारदेखि आयोजना हुने एसियाली आर्थिक संवाद २०२४ को उद्घाटन समारोहमा सहभागी हुने सिलसिलामा हाल नयाँदिल्लीमा छन् । रासस पुरा पढौ

पोखरा कप क्रिकेटः प्रतिभा र अमरसिंहविच उपाधि भिडन्तमा

पोखरा । एक्सपर्ट एजुकेशन पोखरा कप विद्यालयस्तरीय क्रिकेट प्रतियोगिताको उपाधिका भिडन्तमा प्रतिभा माध्यमिक विद्यालय र अमरसिंह माध्यमिक विद्यालय भिड्ने भएका छन् । मंगलबार भएको सेमिफाइनल खेलमा जित हासिल गर्दै प्रतिभा र अमरसिंहले फाइनल यात्रा सुरक्षित गरेका हुन् । बि–बग ईभेन्टसको आयोजना र एक्सपर्ट एजुकेसन एण्ड भिसा सर्भिस पोखराको प्रायोजनमा पोखरा रंगशालाको क्रिकेट मैदानमा जारी प्रतियोगिताको उपाधिका लागि बुधबार फाइनल खेल हुनेछ । सेमिफाइलनमा प्रतिभाले मदरल्यान्ड माविलाई र अमरसिंहले गण्डकी बोर्डिङ स्कुललाई पराजित गरेकोे हो । फाइनल खेल बुधबार विहान १०… पुरा पढौ

लायन्स समर्पणको कविता प्रतियोगितामा सचिन प्रथम

फागुन १५ पोखरा । लायन्स क्लब अफ पोखरा समर्पणद्वारा सामुदायिक विद्यालयस्तरीय कविता प्रतियोगिता मंगलबार सम्पन्न भएको छ । ५ कक्षादेखि ७ कक्षामा अध्ययनरत विद्यार्थीका बीच आयोजना गरेको कविता प्रतियोगितामा इन्द्रराज्यलक्ष्मी मा.वि.का सचिन पौडेल प्रथम भएका छन् । यसैगरी, प्रतियोगितामा चण्डिका प्रा.वि.का आशिका सुनारले द्वितीय, बालमन्दिर मा.वि.का आयुष्मा पोख्रेलले तृतीय र लिला आधारभूत विद्यालयका सुस्मिता बस्नेतले सान्त्वना पुरस्कार प्राप्त गर्न सफल भएका छन् । प्रतियोगितामा बालमन्दिर मा.वि.का अनुजा बराल र कन्या मा.वि.का रितिका शेर्पालीले प्रोत्साहन पुरस्कार प्राप्त गर्न सफल भएका छन्… पुरा पढौ

पोखरा वडा १२ मा हस्तकला तालिम सुरु

फागुन १५ पोखरा । पोखरा महानगरपालिका वडा नं. १२ को आयोजना तथा विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रको सहकार्यमा महिलाहरूका लागि एक महिने हस्तकला तालिम सुरु गरिएको छ । हस्तकला तालिमको उद्घाटन गर्दै पोखरा महानगरपालिका वडा नं. १२ का वडा अध्यक्ष सन्तोष बास्तोलाले महिला दिदीबहिनीलाई सिप सिक्ने अवसरका निम्ति वडा कार्यालयले गरेको लगानी बालुवामा हालेको पानी जस्तो खेर नजाओस् भन्ने आग्रह गर्दै दत्तचित्त भई नियमित हाजिरी गरी सिप सिक्न आग्रह गरे । विधाता हस्तकला तथा प्राविधिक तालिम केन्द्रकी सञ्चालक तथा… पुरा पढौ

फोनिज गण्डकीद्वारा पत्रकार महासंघलाई अल्टिमेटम र स्मरणपत्र

फागुन १५पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) गण्डकीले नेपाल पत्रकार महासंघ गण्डकीलाई सात दिने अल्टिमेटम र स्मरणपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनपर्ने मागसहित मंगलबार फोनिज गण्डकीका महासचिव धनबहादुर गुरुङ नेतृत्वको टिमले नेपाल पत्रकार महासंघ गण्डकीमार्फत केन्द्रलाई पत्र बुझाएको हो । महासंघ गण्डकीका तर्फबाट महासचिव गोविन्द सुवेदी र सदस्य राधिका कँडेलले उक्त पत्र बुझेका हुन् । फोनिज लामो समयदेखि नेपाल पत्रकार महासङ्घको गलत इतिहास सच्याउन संघर्षरत रहेको छ । तथ्य र प्रमाणका आधारमा… पुरा पढौ

फोनिज कास्कीद्वारा पत्रकार महासंघलाई अल्टिमेटम र ज्ञापनपत्र

फागुन १५ पोखरा । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) कास्कीले नेपाल पत्रकार महासंघ कास्कीलाई सात दिने अल्टिमेटम र ज्ञापनपत्र बुझाएको छ । नेपाल पत्रकार महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठ हुनपर्ने मागसहित मंगलबार फोनिज कास्कीका अध्यक्ष दीलप्रसाद गुरुङले नेपाल पत्रकार महासंघ कास्कीमार्फत केन्द्रलाई पत्र बुझाएका हुन् । महासंघ कास्कीका तर्फबाट अध्यक्ष विमला भण्डारीले उक्त पत्र बुझेकी छन् । फोनिज लामो समयदेखि नेपाल पत्रकार महासङ्घको गलत इतिहास सच्याउन संघर्षरत रहेको छ । तथ्य र प्रमाणका आधारमा महासंघको संस्थापक अध्यक्ष सत्यनारायणबहादुर श्रेष्ठलाई… पुरा पढौ