समाचार

नेवा पत्रकार पुचः कास्कीको आयोजनामा आधारभूत समाचार लेखन तालिम

पोखरा । नेवा पत्रकार पुचः कास्कीको आयोजना तथा पोखरा महानगरपालिका वडा नं. ९ को सहयोगमा आधारभुत समाचार लेखन तालीम सम्पन्न भएको छ । मंगलवार सम्पन्न तालिममा ४० जना नेवा तथा गैर नेवा समुदायका व्यक्तिहरुले सहभागिता जनाएका थिए । तालिमको उद्घाटन सत्रलाइ सम्बोधन गर्दै प्रमुख अतिथि वडाअध्यक्ष दिपेन्द्र मर्सानीले सञ्चारकर्मीहरुलाई वडामा भएका विभिन्न सामाजिक संघसंस्थाहरुको राम्रो काममा वडाले सदैव साथ दिएको बताए । उनले वडाले गरेका राम्रा कामहरुलाई प्रोत्साहन गर्न र नराम्रा कामहरुको बारेमा खवरदारी गर्न समेत आग्रह गरे । तालिममा… पुरा पढौ

मगर एकता दिवसः मौलिक कला संस्कृतिदेखि भाषा, भेषभुषा पुस्तान्तरण हुनुपर्छः मेयर आचार्य

पोखरा । पोखरामा मगर समुदायले ४२ औं मगर एकता दिवस मनाएका छन् । नेपाल मगर संघको स्थापना दिवस फागुन १५ लाई मगर समुदायले एकता दिवसको रुपमा मनाउँदै आएका छन् । नेपाल मगर संघ कास्कीको आयोजनामा पोखराको मानवअधिकार चोकबाट सुरु भएको झाँकी ¥यालीसहित महेन्द्रपुल, नयाँबजार, लखनचोक हुँदै सभागृहमा आएर औपचारिक कार्यक्रममा सुरु भएको थियो । नेपाल मगर संघको स्थापना दिवसको अवसरमा पोखरामा आयोजित ४२ औं मगर एकता दिवसको उद्घाटन पछि बोल्दै पोखरा महानगरपालिका मेयर धनराज आचार्यले मगर समुदायको मौलिक कला, संस्कृतिदेखि… पुरा पढौ

डिडिसीले तिर्न बाँकी ६ अर्ब भुक्तानी यथाशिघ्र दिन दुग्ध किसानको माग

पोखरा, फागुन १५ सप्तगण्डकी दुग्ध उत्पादक सहकारी संघ लिमिटेडले डिडिसीले तिर्न बाँकी ६ अर्ब बक्यौता रकम यथाशिघ्र भुक्तानी दिन माग गरेको छ । दूग्ध किसानहरुको साझा संस्था केन्द्रीय दूग्ध सहकारी संघ लिमिटेडको आह्वान अनुसार सोमबार जिल्ला प्रशासन कार्यालयमार्फत नेपाल सरकार, कृषि तथा पशुपन्छी विकास मन्त्रालयलाई ज्ञापन पत्र पठाउँदै दुग्ध किसानका बक्यौता रकम भुक्तानी दिन माग गरेको हो । संघका तर्फबाट संघका अध्यक्ष नवराज बरालले कास्कीका सहायक प्रमुख जिल्ला अधिकारी गंगाबहादुर क्षेत्रीलाई ज्ञापन पत्र बुझाएका थिए । ज्ञापन पत्रमा हाल किसानले… पुरा पढौ

घर बहाल सरोकार महासंघ गण्डकीको अध्यक्षमा न्यौपाने

पोखरा, फागुन १५ घर बहाल सरोकार महासंघ गण्डकीको अध्यक्षमा कमलप्रसाद न्यौपाने (कास्की) चयन भएका छन् । महासंघको सोमबार पोखरामा सम्पन्न अधिवेशनले न्यौपानेको अध्यक्षतामा नया कार्यसमिति चयन गरेको हो । अध्यक्षमा निर्वाचित न्यौपाने राष्ट्रिय घरभाडा सरोकार समिति कास्कीका निवर्तमान अध्यक्ष हुन् । समितिको बरिष्ठ उपाध्यक्षमा ईन्दु श्रेष्ठ (कास्की) चयन भएका छन् । श्रेष्ठ पृथ्वी होटल व्यवसायी समिति पोखराका महासचिव हुन् । त्यस्तै, महासंघको सचिवमा ताराप्रसाद तिवारी (कास्की) र कोषाध्यक्षमा कास्कीका अम्बिका घिमिरे (अमृत) चयन भएका छन् । कोषाध्यक्ष घिमिरे पृथ्वी होटल… पुरा पढौ

हेमजामा मादल बजाउने तालिम सुरु

पोखरा । महिला सञ्जाल पोखरा २५ को आयोजना तथा वडा कार्यालयको आर्थिक सहयोगमा १० दिने मादल बजाउने तालिम सोमबार पोखरा २५ हेमजामा सुरु भएको छ । पोखरा महानगरपालिकाका प्रवक्ता एवं वडा न. २५ का अध्यक्ष मोतीलाल तिमिल्सिनाले महिला सञ्जालले राम्रो काम गरेकोमा प्रसंसा गर्दै आगामी दिनमा पनि निरन्तरताको अपेक्षा गरे । मादलले गाउँ घर बिउझाउने गरेको उल्लेख गर्दै मादल जनुसुकै बाजामा पनि चाहिने बताए । कार्यक्रममा पोखरा महानगरपालिका कार्यपालिका सदस्य एवं वडा न. २५ का सदस्य धन कुमारी पोखरेल तिमिल्सिना,… पुरा पढौ

लमजुङको ऐतिहासिक इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने

लमजुङ । लमजुङको दूधपोखरी गाउँपालिका–३ को ठूलो काभ्रे र दोर्दी गाउँपालिका–५ पाँचोकको बीचमा रहेको इलामपोखरी क्षेत्रलाई व्यवस्थित गरिने भएको छ । यी दुई पालिकाको सिमानामा पर्ने यस ऐतिहासिक एवं धार्मिक सो क्षेत्रलाई व्यवस्थित गर्नाका साथै विभिन्न संरचना पनि निर्माण गरिने भएको हो । दुवै गाउँपालिकाले संयुक्त बैठक बसी इलामपोखरी क्षेत्रलाई व्यवस्थित बनाइने, सातकन्यादेवी मन्दिर पुनःनिर्माण गरिने, बाइसे तथा चौबिसे राज्यकालको इलामपोखरी गढीलगायते विस्तृत परियोजना प्रतिवेदन (डिपीआर) तयार गरिएको छ । दुवै गाउँपालिकाले रु दुई÷दुई लाखको लागतबाट डिपीआरको काम सुरु गर्न… पुरा पढौ

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि

गण्डकी प्रदेशसभाको हिउँदे अधिवेशन भोलिदेखि सुरु हुँदैछ । प्रदेश सरकारका प्रवक्ता एवं ऊर्जा, जलस्रोत तथा खानेपानीमन्त्री सरस्वती अर्याल तिवारीले विषयगत समितिबाट पारित भएका आमसञ्चार र बीउ बिजनसम्बन्धी व्यवस्था गर्न बनेको विधेयक अधिवेशनमा पेस हुने जानकारी दिए । सरकारले यही अधिवेशनमा प्राइभेट फार्म दर्ता ऐन २०७८ लाई संशोधन गर्न बनेको विधेयक र सार्वजनिक सडक निर्माण, विस्तार तथा मर्मत सम्भार गर्न बनेको विधेयक पनि सदनमा पेस गर्ने निर्णय गरेको उनको भनाइ छ । “हिउँदे अधिवेशनमा सात वटा विधेयक अगाडि बढाउने तयारीमा सरकार… पुरा पढौ

गीत-सङ्गीतको क्षेत्रमा आचार्यको योगदान महत्वपूर्ण: प्रधानमन्त्री ‘प्रचण्ड’

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले वरिष्ठ गायक तथा सङ्गीतकार भक्तराज आचार्यले दिएको योगदानले गीत-सङ्गीतको क्षेत्रमा लामो समयसम्म उत्प्रेरणा र दिशानिर्देशन गरिरहने बताएका छन । आज नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा-प्रतिष्ठान पुगी आचार्यको पार्थिव शरीर श्रद्धाञ्जलि अर्पण गदै प्रधानमन्त्री दाहालले उनको योगदान मुलुकका लागि महत्वपूर्ण रहेको स्मरण गरे । उनले स्व. आचार्यको पार्थिव शरीरमा राष्ट्रिय झण्डा ओढाएर सम्मान गरेका थियो । प्रतिष्ठानमा बिहान ११ बजेदेखि शुभचिन्तक, गीत सङ्गीत क्षेत्रका व्यक्तित्व तथा कलाकारहरुबाट आचार्यप्रति श्रद्धाञ्जलि अर्पण चलिरहेको छ । उनको आजै पशुपति आर्यघाटमा… पुरा पढौ

डुम्रे–बेँसीसहर दुई लेन सडकमा छ किलोमिटर कालोपत्र

लमजुङ र तनहुँ जोड्ने मुख्य सडक डुम्रे–बेँसीसहर सडक दुई लेन बनाएर छ दशमलव पाँच किलोमिटर सडक कालोपत्र सम्पन्न भएको छ । तनहुँ डुम्रे बजारबाट दुई सय २० मिटर अघिदेखि आठ दशमलव तीन किलोमिटर चाम्बाससम्म पहिलो चरणमा दुई लेन सडक बनाएको र सोमध्ये हालसम्म उक्त किलोमिटर सडक कालोपत्र सम्पन्न गरिएको डुम्रे–बेँसी–चामे सडक योजना कार्यालय लमजुङका सूचना अधिकारी इञ्जिनियर किरण पोखरेलले बताए । यहाँ ‘अस्फाल्ट’ किसिमको कालोपत्र भइरहेको छ । हालसम्म पाइप कल्भर्ट, स्याल्भ कल्भर्टको काम, सडक चौडाइ पु¥याउन कटिङ गर्ने, टेवा… पुरा पढौ

सुनको भाउ स्थिर, आज कतिमा हुदैँछ कारोबार ? हेर्नुहोस

नेपाली बजारमा सुनको भाउ आज स्थिर रहेको छ । सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो एक लाख १८ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन आज पनि यही मूल्यमा कारोबार भइरहेको छ । त्यसैगरि ,आज चाँदीको पनि भाउ घटेको छ । चाँदीको भाउ तोलामा १५ रुपैयाँले घटेको हो । चाँदीको भाउ आज भने एक हजार तीन सय ८० रुपैयाँमा कारोबार भैरहेको महासङ्घले जनाएको छ । पुरा पढौ